May 29, 2009

गाउँखाने कथा - १७ (Nepali Gau Khane Katha)

हरेक शुक्रबार झै आज पनि आएको छु गाउँ खाने कथा लिएर। उत्तर मिलाएर गाउँ लिनुहोला।
बाह्र छोरा तेह्र नाती, एउटा छाता सबै माथी, के हो?


17 Comments:

बिप्लब said...

यो त उखान भएन र भन्या? नत्र भने नेपालका पार्टीहरु हुन लौजा।

नेपालियन said...

बिप्लब जी तपाइको उत्तर मिलेन। पुन प्रयास गर्नुहोला।
यो गाउं खाने कथाको उत्तर गाउले पाराकै छ। ल अब अनुमान लागाम।

Unknown said...

केराको घारी ( केराको बोट )

nepalean said...

सुजन जी म त दौतरीमै बरालिदै छु। तपाइको उत्तर आइसकेछ।
तुरुन्तै उत्तर दियो भनेर नभन्नु होला, तर तपाइको उत्तर भने मिलेन। अर्थात गाउं हाता लाग्ने मेसो मिलेन।

प्रबिण थापा said...

लौ आफु त सधैंको लुते लङगडे परियो यस बिधामा यसपटक पनि उत्तर चाँही छैन ।
कमसेकम साथीहरु उत्तर मिलएर पनि गाउ नलिई राश्ट्र नै लिने भनेर कसिरहेका छन् फेरि पनि ति राश्ट्र नै जित्न खोज्ने साथिहरुले नै मिलाउन ,मेरो शुभकामन! बरु म उहहरुकै राश्ट्र भित्र बसौला इज्जत र सम्मान्ले छाति फुलाएर छुट्टै गाउ बनाउनु भन्दा।

Unknown said...

मकैको कुन्यौ वा परालको कुन्यौ

Prajwol said...

बुङो (Bungo)

अर्थात: केरा फल्नु अघि त्यो बोटमा रातो रातो फलेको हुन्छ नि

त्यो मिलेन भने त्यो TV मा आउंछ नि Citi Cards को Ad, जसलाई पनि ठुलो छाता ओढाउने :D

नेपालियन said...

ल है यस पटक गार्हो परेछ। मकैको कुन्यो नि मिलेन, बुंग पनि मिलेन।
केराको बुगंको अचार चाही निको मिठो पो हुन्छ। मुखै रसायो।
सिटी कार्डको छाता ओढाउने याड त देखेको छैन, सुन्दैमा रमाइलो लाग्यो।

नेपालियन said...

अली अली क्लु दिनु पर्ला जस्तो छ। खाने कुरा हो यो। कांचौ चाही नखानुहोला।

Prajwol said...

सलिफा??

Basanta said...

पिँडालु।

नेपालियन said...

बस्नतजी ले भने उत्तर ठ्याक्कै मिलाउनु भयो। कांचो पिडुलु न नखानुहोला कोक्काउला, अब कुन गाउं खाने भनिहाल्नुहोस।
अर्को गाउं खाने कथा भोली आउदै छ,त्यसमा साच्चैको पुरस्कार छ है! प्रतिक्षा गरी बसौं।

Prajwol said...

नेपालियन जी,

तपाईंले मलाई यसको उत्तर पनि बुझाउनु पर्ने भयो, फेरी केही पसेन दिमागमा । कस्तो गार्हो हुने पो रहेछ यि गांउ खाने कथा :(

नेपालियन said...

ल ल प्रज्वल जी म उत्तर ब्याख्या गर्छु।
बार्ह छोरा तेर्ह नाती भनेको पिंडालुको गानु र खुजुरा हरु भए। अब एउटै छाता सबै माथी भनेको त पिंडालूको पात छाता जस्तै हुन्छ नि। हुन त पिडालुको बोटमा एउटा भन्दा बढी पात हुन्छन सायद राइम मिलाउन एउटै छाता भनेको हुनुपर्छ। यो मेरो बुझाइ हो। बसन्ता जी पनि गाउंखाने कथामा दिग्गज हुनुहुन्छ उहांबाट केही सुन्न पाउ न त?

Prajwol said...

ओ हो यो गांउ खाने कथा भनेको त सार्है subjective पो हुन्छ जस्तो लाग्यो :)

सलिफा को गुडि छोरा भए बिंया नाती भए, अनी बाहिरको बोक्रा छाता भयो । अनी यो पनि पाके पछी मात्र खान मिल्छ । सबै कुरो मिले जस्तो लागेको थियो last मा fail भएछ :D

लौ बसन्तजी ज्ञान प्रदान गर्नु पर्‍यो :)

Basanta said...

साथीहरु, मेरो विचारमा पिँडालुको बोट (कर्कलो)मा एउटामात्रै पात हुन्छ। भित्र गानाहरु त धेरैनै हुन्छन्।

पिँडालुको गाऊँखाने कथा मिलाएको उपलक्षमा सखरखण्ड गाऊँ पाऊँ न त अब:)

नेपालियन said...

हाम्रो तिर त सखर खण्ड पिडालु तरुल सबै पाइन्छ। ल यो उपक्षमा आज भने पक्कै पिडालु कानै भइयो। पडालु र मासको दाल त सार्है मिठो पो हन्छ त।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !