April 16, 2009

गाउँखाने कथा - ११ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा १० को उत्तर नेपाल हो र गाउँखाने कथा ११ को उत्तर कसौडी बसालेको हो।
गाउँखाने कथा १० को उत्तर मिलाउने मिलन जी र गाउँखाने कथा ११ को उत्तर मिलाउने लुनाजीलाइ धेरै धेरै बधाइ। तपाइहरुले आफ्नो मनपर्ने गाउं माग्नुहोला।
------------------------
ठाक्सेठोक्से ठोक्राभरि काण,
त्यसमाथि बस्यो गजदेउ सांढ। उत्तर बतानुहोस,गाउं लैजानुहोस।


4 Comments:

बिप्लब said...

यस पटक को प्रश्न कस्तो ठाक्सेठोक्से हो? की फर्सी हो की घैटौ हो। ल गाउं दिउं हजुर।

Luna said...

भात पकाउनु
( पकाएको )

Anonymous said...

खै हजूर कोई मधेश चाहियो भन्छन, कोई लिम्बुवान, कोई थारुवान त कोई के कोई के... बर्थ डे केक काटे झै उत्सब मनाई मनाई देश टुक्रा टुक्रा पर्ने कुराले मेरो मुटु नै टुक्रा टुक्रा पारेको छ ... बरु सक्नुहुन्छ भने की त मलाई सिंगे गै नेपाल दिनुस वा सिंगै नेपाल हजूर नै राख्नुस...यो गाऊँ गाऊँको भागबण्डा मलाई चाहिएन...

नेपालियन said...

मिलन जी तपाइको भनाइ एकदम मन छूने छ। नेपाल सिंगै केक जस्तो होस।
गाउं खान कथामा पाइन गाउं चाही सिंगोनेपालकै गाउं हुन। त्यसमा दुइ मत छैन है?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !