April 16, 2009

बिरत्त

हस्त गौतम
हाँसु भने खुशी रित्तियो
रोउँ भने आँसु सिद्धियो
निर्स मेरो यो जिन्दगीमा॥
उड्ने मन्को प्वाँखै काटियो
हाँसो संग आँशू साटियो
आज मेरो यो जिन्दगीमा॥
चिरा चिरा पारी यो मुटु
छिया छिया पारी सपना
धोका दिइ कोही गैदियो॥
अन्तर मन्को नाता तोडेर
दुनियाँमा एक्लो छोडेर
आफनै छायाँ वैरी भैदयो॥
न खायको विष लाग्यो नि
भय जति सुख भाग्यो नि
दुखि मेरो यो जिन्दगीमा॥
उड्ने मन्को प्वाँखै काटियो
हाँसो संग आशू साटियो
आज मेरो यो जिन्दगीमा॥
भताभुंग भय चाहाना
लथालिंग भय योजना
खानु सम्म धोका खाएर ।।
अध्यारो भो पुरा जिवन
निरस भो मेरो संसार
अलछिनी कोही आयर॥
माया गर्ने बहानामा
सकुनिको पासो थापेनी
दुखि मेरो यो जिन्दगीमा॥


1 Comments:

प्रबिण थापा said...

हस्त जि, माया त माया नै हो नि तर माया गर्छु भनेर कसैको जिन्दगीमा आउने अनि आफ्ना र इच्छा चाहना पुरा भएपछि लात हानिदिने धेरै छन । तपाईं एक्लै होइन, आउनुस तपाई हामी सबै एउटा मालामा गाँसिउ अनि यस्ता पिंडा र दर्दका अनुभबबाट पाठ सिकेर, उर्जा बटुलेर जिन्दगीमा केही नौलो गरौ, जिन्दगिलाइ सफलाततिर डोराऔ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !