February 18, 2009

गजल

हात सेक्नु तिमी कतै म बलिछु भने
मुढा भनी टेक्नु कतै म ढलिछु भने

रातमा निद छैन बातमा तुक छैन
आश्चर्य नमान्नु बेहोसिमा चलिछु भने

काँडाका झिँजा सफा भएकै जाती होला
न नीभाउनु भैगो कतै जलिछु भने

नजर झुकाएर हिडन नपर्ला म सित
ठीक्क भो भन्नु थलिएर गलीछु भने

मानसिक सन्तुलनको के भर भो र
कठै!नभन्नु भो रुखमा फलिछु भने


10 Comments:

Anonymous said...

Simply awesome ! Kudos !

-Eklavya

प्रबिण थापा said...

very nice
keep on continue

Anonymous said...

heart touch one !

Admin said...

!!Awesome Gazzal!!

Anonymous said...

wa wa nice one....

Saban Poudyal said...

खरनी हुऊनजेल पनि साथ दिं ए तिमिलाई
मुडो बनाई छाडि दिएपनि।।
अनत्यसम्मको साथ दिएं तिमिलाई
जिऊँदै मलाई गाडिदिए पनि।।

nepalean said...

यो हरफ निकै राम्रो लाग्यो
"हात सेक्नु तिमी कतै म बलिछु भने
मुढा भनी टेक्नु कतै म ढलिछु भने "
यो चाहिं निकै पिडादायिक लाग्यो
"मानसिक सन्तुलनको के भर भो र
कठै!नभन्नु भो रुखमा फलिछु भने"
म नेपालीको उत्तर पनि उत्तिकै शसक्त छ।

Anonymous said...

गजल मन पराइ दिनु भएकोमा सबैले धन्यबाद!
यहाँहरुको हौसलाले मेरो जाँगर बढाएको छ

Anonymous said...

pidadayak, kata kata suskera haru pani....
jindagi ko yehi ta ho ni rit ... kahile aansu aani kahile haanso...

Dahichurye

Anonymous said...

veri nice keep up

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !