February 18, 2009

आमाको सम्झनामा बलिन्द्रधारा आशु

अनायसै परदेशको यो कुटिमा छीर्दै गर्दा आमाको याद आयो । मेरो आमाको अनी आफ्नै नेपाली आमाको । म परदेशिएपछी मेरो ठुलोदाइ ईन्द्र लोहनी बिते, मेरी दिदी उमा सिंह लाई मेरै आफन्तले घाटी काटेर मारे । तर माइलो दाजु ॠषि धमला जेलमा छ । दिदी उमा र ठुलोदाइ ईन्द्र मरेर कती नाम कमाए, यहाँ मैले आफ्नै परिवारको गुणगान नगाउदा नै बेश होला तर त्यो दाजु ॠषिलाई दाई भन्न पनि डर लाग्छ । जसरी त्यसले जग्गा बेच्ने साहिला बाउको घाटी काट्ने ताना बुना बेनेको थियो, भोली मेरै घाटी पो गिड्छ कि भन्ने डर पो लागेर आएको छ ।

तर मेरी आमा सधैं घास पात गर्दै छिन । न छोरी उमा जन्मेर अनी मरेर तिनले सुख पाइन । न ठुलो छोरो सबैको प्यारो भएर मरेकोले सन्तोषको सास फेरिन । तिनिलाई त मरेका सन्तान उमा र ईन्द्र भन्दा जिउदै मरेको लाश भएको माइलो छोरो ॠषि प्रती घृणा छ । जो बाँचेर पनि मरेको छ । जसले आफन्त काटेर १० लाख कमाउने सपना देखेको थियो र आज सपना गुमाएर जेलको चिसो छिडिमा आमा - आमा भनिरहेको छ । मलाई लाज लागेर आएको छ कि मेरै माइलो दाजुको यो बेलिबिस्तार गाएर आँफैले बिरहको गीत गाई बेइज्जतिको शरण लिनु परेको छ । मलाई माफ गर्नुहोला - मेरा आफन्तहरु । मेरी आमालाई मैले भर्खरै फोन गरेको हजुर, आमा यती रुनुभयो कि मैले कसरी बताउ ???, म आँफै भन्दा भन्दै रोएरै मर्छु कि जस्तो लाग्छ । आमाको लागि म त मर्न तयार छु तर ईन्द्र दाई मर्‍यो, दिदी मरी । अर्को हुतिहारा दाई भनौदो जेलमा सडेको छ । म आफुनै मरे भने त तेही सास मात्र बाँकी भा'की आमाको कसले हेरचाह गर्ला । त्यसैले पासोमा झुन्डिन लागेको यो घाटी पनि कहिले कहिले आमाकै सम्झना र सपनीले गर्दा अल्झिएको छ भनेर चित्त बुझाउन न !!!

भन्दै गर्दा अनी लेख्दै गर्दा अघि भर्खरै काकाले फोन गरेका थिए, भाईलाई कुन चाँही स्यालले मार्‍यो रे । पहिला बाघले मार्थ्यो रे अहिले त स्याल नै तगडा भएछ, आफन्त मार्न । स्याल तगडा भएछ मेरो गाउँमा । खुशी लाग्यो । बाघका जमाना गए जस्तो छ । तर हामी कसैले नबिर्सिउ कि, पोथी बासेपछी के हुन्छ ? बाघ मरेर स्यालको रजाइ हुँदैछ । म झुन्डिन लागेर आमाको यादले फर्के पनि त्यो राष्ट्रघाती दाजुको रिहाइले फेरी आफन्तैको घाटी रेटिन्छ'की भन्ने पिरले आमालाई डर लागेको छ रे । क्रमश :



3 Comments:

ठरकि दादा said...

आमाको सम्झनामा आँसु बगाउनु बाहेक अरु केहि गर्न सक्ने पनि केहि भएन ।

अनि त्यो त्यो राष्ट्रघाती दाजुको रिहाइले फेरी आफन्तैको घाटी रेटिन्छ'की भन्ने पिरले आमालाई डर लागेको छ रे भन्ने कुरा पनि जायज लाग्यो। ति राष्ट्रघाती भन्दा पनि बढे बढे महारथिहरु खुलेआम 'ईज्जत'को जिन्दगी बिताईरहेको ठाँउमा एकजना अर्को छुटनु कुनै अचम्म पनि हुने छैन ।

अस्ति मात्रै एकलव्यजीको "मुलुकमा अपराधीकरणको सरकारीकरण हुँदै कानूनको धज्जी उडेको" पोष्ट पढेको थिएँ। अब तिनै भाग्यशाली अपराधिजस्तै हाम्रो पत्रकार दाऐ पनि छुटछन नै होला ।

प्रबिण थापा said...

हिर्दय छुने लेख, के गर्नु नेपालको कानुन दैबले जानुन भने जस्तै हो। यहाँको न्यायलनै ठीक छैन किनकी हाम्रा नयाधिसहरु पनि हाम्रा नेता हरुकै नोकरहरु हुन। उनिहरु न्यय सम्पादन होइन राजनीति गर्छन अदालत भित्र कालो कोट लाएर। यदी ॠषि धमला छुट्यो भने
यो सबै ति कालोकोट लाउने नेताहरुको नोकर हरुको कमाल हो भन्ने बुझे हुन्छ र अनर्थ नमाने हुन्छ।

nepalean said...

शुरुमा त दुखात्मक कथा भनेर निकै तर्सिएं। कथा दुखात्मक त रहेछ तर त्यो भन्दा बढी समसमायिक। क्रमश भन्नु भएको छ अरु पनि त ल्याउनुहुन्छ होला। माइला दाजु लाइ त सबैले रिहा गर्न निकै जोडबल गरेका छन के रे। फेरी पनि माइला दाइकै कथा लेख्नुहुन्छ कि साइला,काइला को नि? कथा निकै राम्रो लाग्यो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !