February 3, 2009

बिर्सि देऊ

शेखर ढुगेंल

बिर्सि देऊ बितेका क्षण
तिमी को थियौ म को थिएँ
समयले टुटाई दियो
सपना जो देखेका थियौ
बिर्सि देऊ
आयो तुफान कतैबाट
किनारा लाग्यो चाहना त्यो
झुठो मायाले पागल बनायौ
दिउँसै तार गन्ने दिन आयो
बिर्सि देऊ ……
सक्छौ् /सक्छ्यौ देउ माया
अरु पिडा नथप
जसै काटुँला जीवन
पाइलाहरुमा काँडा नछरिदेऊ
हो हो काँडा
बिर्सि देउ


1 Comments:

Anonymous said...

त्यस्तो पागल बनाउने माया पनि के माया ! साचो मायामा त त्यो तागत हुन्छ जस्ले जर्जर जिबनलाई सिन्चित गर्न सक्छ , त्यस्तो माया पो माया !
--------
जिन्दगी दुई दिनको घाम छाया
पागल बनाउने पागल माया
फूल ओ इलिदिन्छ काडा छ रिन्छ दाँया बाँया
हाय ! यस्तो माया के माया ! --
------
ठिकै हो बरु बिर्सिदिनु नै बेश ---

मन छोयो तपाईंको गीत ले शेखर जि ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !