December 29, 2008

तड्पिएको प्रेमीको अवाज

कान्छा लाल तामाङ्ग
मकवानपुर फापरबारी-२ सिक्रे दोभान नेपाल
हाल-ताजी ईराक
मनको ढोका खोलेको थे तिमी लाई भिन
सर्बस्व सुम्पेको थे तिमीलाई आफ्नो ठानी
बिर्सी गयौ आजा तिमी मलाई एक्लो पारी
ओढाई गयौ जीन्दगीमा ठुलो काँडा घरी

मनको पिडा आपैसँग लुकाई राख्ने छ
भित्रीमन जलाई जलाई आपै जिउने छु
आँसु पिउदै जीन्दगीलाई मोडमा ल्याउने छु
जिवनको अन्तिम दिनलाई गन्दै बस्ने छु

किन दियौ छोटो हाँसो जिन्दगीमा आई
दुनियालाई देखाई छाड्यौ धोका मलाई दिई
ठुलै कुरा पायो होला मलाई छाडि गई
सुखै सुख पायो होला अरु साथमा लिई

बागिएको खोला हुं मा कहिल्यै फर्किदिन
जिन्दगीको बोझलाई हेरी हहिल्यै झर्किदिन
तिमलाई भेटे बाटोमा कहिल्यै तर्किदिन
तिमले बोले सुनि बस्छु बोली फर्काकाउदिन

तिमीले त सुख छान्यौ मलाई दुखमा पारी
के नै ठुलो कुरा पायौ मलाई जीउदै मारी
ठुलै सम्मान पायो होला मलाई अपमान गरी
बाँच्न बाध्य बनाई दियौ पानी बिना माछा सरी


3 Comments:

Luna said...

लौ ! रोएरै बस्नुस् तपाईं ।
उल्टो भन्या मैले । त्यसरी पिर मा परेर पनि साध्य चल्छ !
बहाले छोड्नु भो त के भो ! तपाईं पनि अर्कै रोज्नुस् । मेरो मतलब तपाईंले लेख्नु भएको हरफ मा झै 'पानी बिनाको माछा' भएर नबस्नुस् ।
हेर्नुस् ! प्रेम मा मान्छे तड्पिनु भन्या सजाय पा उनु हो । सजाय पाए पछी पनि के को प्रेम ! कि त्याग हुनु पर्‍यो । यहाँ त त्याग भन्ने अवस्था पनि देखिन ।
भने पछी जानी जानी तपाईं ले आफूले आँफै लाई सजाय किन दिने ? मेरो कुरा त बुझ्नु भो होला नि ?
कबिता - गजल - गीत निरन्तर लेख्नुस् है । मन हल्का हुन्छ । हलुङ्गो मन फुर्तिलो हुन्छ । फुर्तिलो मन ले खुशी भेट्न् धेरै बेर लगा उदैन ।

yam bahadur said...

veru good by kancha dai..hope for the more...

sudha suman said...

dherai ramro biyog pokhnu bhayo kanchha gi ..

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !