April 12, 2008

नया बर्षमा नया माहोल सबैलाइ शुभकामना

नया नेपालमा नयै नयां। नया बर्ष २०६५ को सबैलाइ हार्दिक मंगलमय शुभकामना। नेपालमा शान्ती र बिकास सधै जनताको घर दैलोमा पुगोस। अबको संबिधान जनतालाइ नै बनोस तथा कागजमा मात्र होइन ब्यवाहारमा पनि लागुहोस।
बर्ष नया संगै नेपालको ठुलो पार्टी पनि नया भएको छ। अहिले सम्म बन्दुकमा ठुलो रहेको पार्टि ब्यालेटमा पनि ठुलो भएको छ भने पहिले जनताको निम्ती लडेका पार्टीहरुलाइ जनताले पाखा लगाइ दिएको छन। यसो हेर्दा पुराना अनुहार चिप्लिने र नया अनुहार झुल्किन क्रम बढ्दो छ। पुराना घुस्याहा अनुहार चाही चिप्लियर जेलमा थन्कियुन, नया नेपालमा यो कुरा देख्न पाइयोस।
फेरी पनि नया बर्ष२०६५ को समस्त लेखक तथा पाठकलाइ हार्दिक मंगलमया शुभकामना।


April 9, 2008

संबिधान सभाको चहल पहल

संबिधान सभाको चुनाव आज सुरु भएको छ। बिगतमा जस्तै कतै शान्ती कतै अशान्ती, तर चुनाव प्राय ठाउंमा सुचारू छ। सुरक्षालाइ बल दिन सबै कर्मचारी, सुरक्षा बल , म्यादी प्रहरी तथा हवाइ गस्ती जुटाइएको छ। छिटो खबर पाउन सजिलो होस भनेर नेपाली कमिन्युटी बाट तयार पारिएको नेपाल एफ एम दौतरीमा राखिएको छ। तलको लिंक क्लिक गरेर ताजा समाचार सुन्न सक्नुहुनेछ। तुरुन्तै सुरु नभए केहि समय कुर्नुहोला।
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<नेपाल fm>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>






सभै सभा संबिधान सभा

यता उता जता तता, नेपालमा संबिधान सभाको रमिता। सार्दा सार्दा, हुन्छ हुन्न भन्दा भन्दा संबिधान सभाको दिन आउने ४८ घण्टा पनि बांकि छैन। जनतालाइ स्पष्ट रुपमा किन संबिधान सभामा भाग लिने भन्न नसके पनि जनताले नया बन्ने संबिधान बनाउन आफ्नो प्रतीनिधी पठाउन पाउने भएका छन।
नेपाल चुनाव आयोगले संबिधान सभालाइ यसरी परी भाषित गरेको छ।

"संविधानसभा भनेको जनइच्छा बमोजिमको नयाँ संविधान निर्माणका लागि जनताबाट निर्वाचित गरिएका जनप्रतिनिधिहरुको सभा हो । सवै तह, वर्ग र क्षेत्रका जनताको उचित र समानुपातिक प्रतिनिधित्व एवं सक्रिय सहभागितामा उनीहरुको चाहना अनुसारको नयाँ संविधान निर्माण गर्न नेपालमा संविधानसभाको आवश्यकता परेको हो । यसरी बन्ने संविधानमा जनताको स्वामित्व स्थापित हुन्छ ।"

"Constitution is the main law of the country. The country's state management runs according to this law. Constituent Assembly is an assembly of people's representatives chosen by the people for the formation of a new constitution, as desired by the people. Constituent Assembly Election is needed in Nepal to restructure the nation according to the aspirations of the People's movement – II, to reach a decision on the future of monarchy, to ensure democratic rule of law, to ensure proportional representation in all the bodies of state, to institutionalize the people's sovereignty and to create an atmosphere for all the citizens to exercise equal rights."

कालो गोरो जस्तो सुकै होस यसपटक फेरी नेपालले नया संबिधानको खोल ओड्ने पाउने भएको छ। जती नेता उती अस्थिरता, तर अस्थिरताको अन्त्य गर्न चुनाबको आबश्यक्ता; यो सबैले बुझेकै कुरो हो। यदि नेताहरुको भनाइ र देशको परितस्थीती हेर्ने हो भने यो संबिधान सभाको चुनाव पछि आदी भन्दा बढि राजनैतीक समस्याको अन्तय हुनुपर्छ। आशा गरौ देशले यो चुनाब पछि गति लिनेछ, देशमा शान्ती छाउने छ, देशले कहिल्यै शहिदको लगी रगत बगाउने छैन।




निरंकुशता, दण्डहिनता, अज्ञानता र चरम, पुँजिबादको महत्वकांक्षामा उब्जिएको बिद्धोह



-पुरुषोत्तम सुबेदी
मानिश जन्मदात स्वतन्त्रताको अधिकारी हो र मानिश एउटा सामाजिक प्राणि पनि हो । बिगत २३७ बर्षसम्मका अवधिको नेपाली समाजमा ४ जात ३६ बर्णको भेदभावलेनै नेपाली समाजलाई अन्य मुलुकको तुलनामा धेरै पछाडि धकेली दिएको छ । बर्गै बर्ग जातै जात भएको समाजमा जातिय बर्गिकरणले गर्दा समान्तबादले जरो गाडेको पाइन्छ , जसले जान्यो बुझ्यो टाँठो बाठो भयो शिक्षा प्राप्त गर्यो त्यो बर्गले अन्य असिक्षित बर्गलाइ माथि उठन बन्चित गरायो । जातिय भेदभाव बाट सामन्तबादी नङग्रा गाडने बाहुनबाद र सैन्य शक्तिबाटै आफ्नो राज्य टिकाइ राखेको शाह बंसिय समाजले नेपाली सोझा साझा जनतालाई धेरै बर्षसम्म पिंजडामा राख्न शबल भयो ।

प्रकृतिको चक्रसंगै समयपनि परिर्बतनशिल छ । गतिशिल छ समयकै गतिमा मानिश पनि दौडिरहेको छ । पिजडामा राखेको सुगाले पनि पटु भन्छ भने एउटा निरंकुश दण्डहिनताको खुल्ला समाजमा रहेका नेपाली सोझा जनताले लोक तन्त्रको पटु बाक्य उच्चारण गर्न सक्ने भएका छन । तानाशाही र सामन्तबादीहरु दमन शोषणबाट पिडित जनताले यतिबेला निकै छला‹मारि सकेका छन । यो एउटा नेपाली समाजको त्रि्र गतिशिलता हो । हिजो आफैले दमन, शोषण गरेर गूमरामा राखेका दरबारीयाहरुले तिनै सिधा सोझा जनताको हक अधिकारको प्रयोग गरि फेरी सत्तामा पुग्ने बकमफुसे दाउमा छन । ठुलाले जे गरेपनि छुट र सानोले केही गल्तिनै नगरि आफ्नो बाँच्ने अधिकार गुमाएको नेपाली सोझो समाजले अब जतिसुकै महंगो मुल्य चुकाएर पनि निंरंकुशता दण्डहितना र अज्ञानको मुल जडलाईनै समाप्त पार्ने आँट र जमर्को गरेको छ यसले नेपालको बिकाशको ठुलो फड्को मार्ने केही बिदेशी अडकलबाजहरुले बिष्लेशण गरेका छन् ।


April 8, 2008

देश नै तनावमा भएको बेला संविधानसभा निर्वाचन होला कि नहोला

निर्वाचनको पूर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा भएका अपि्रय घटनाले संविधानसभा निर्वाचनमाथि अन्यौलता छाएको छ । निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा भएको जनाइरहँदा देशका विभिन्न ठाउँमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीचको झडप तथा निर्वाचन भाँड्ने तत्वद्वारा चालिएको िहंसात्मक कदमले यस्तो स्थिति निम्त्याएको हो ।
धादिङमा कांग्रेस र एमाले कार्यकर्ताबीच सोमबार र मंगलबार पटक-पटक झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएकाले स्थानीय प्रशासनले आज बिहान १० बजेदेखि अनिश्चितकालिन कफ्र्यु लगाएको छ । त्यहाँ नेपाली सेनासहितको सुरक्षाकर्मीको आकस्मिक बैठक बसेको खबर छ ।
त्यस्तै अर्घाखाँचीमा कांग्रेस उम्मेदवार मानबहादुर विकसहित एक दर्जन कार्यकर्तामाथि माओवादीले कुटपिट गरी गम्भीर घाइते बनाएपछि त्यहाँका स्थिति पनि तनावपूर्ण बनेको छ ।
उता लमजुङमा सयौंको संख्यामा रहेका माओवादी कार्यकर्ताले िसंगो गाउँ घेरेर कांग्रेस कार्यकर्ताको ज्यान लिने भन्दै सर्च अभियान चलाएको बुझिएको छ भने तनहुमा कांग्रेस उम्मेदवार गोविन्दराज जोशीसहितका कार्यकर्तामाथि आक्रमण गरिएको छ ।
त्यस्तै माओवादीले डडेलधुराका केही गाउँमा अन्य दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा रोक लगाउँदै कांग्रेस उपसभापतिमाथि कुटपिट गरेका छन् । उनीहरुले मतदान तथा मतगणनाका सिलसिलामा एजेन्ट बस्ने जुनसुकै दलका कार्यकर्ताको ज्यान लिने धम्कीसमेत दिएका छन् ।
यता माओवादीले सिन्धुपाल्चोकबाट प्रकाशित हुने एक स्थानीय साप्ताहिक पत्रिका छाप्दाछाप्दै प्रेसबाटै नियन्त्रणमा लिएको खबर छ । त्यस्तै लमजुङमा कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीसहितका केही कार्यकर्ता एमाले आक्रमणबाट घाइते भएका छन् ।
उता धनुषामा मतदान अधिकृतलाई नै अज्ञात समूहले नियन्त्रणमा लिएको बताइएको छ ।
त्यस्तै रुपन्देहीको क्षेत्र नं। ३ का कांग्रेस सभापति विष्णु वस्यालमाथि हिजो मध्यरातमा खुकुरी आक्रमण भएको छ उनको स्थिति चिन्ताजनक छ । त्यस्तै रुपन्देहीकै पस्ररीमा बम विष्फोट गराइँदा पाँच जना घाइते भएका छन् । हिजो राजधानीको व्यस्त सडक नयाँबानेश्वरमा कांग्रेसको आमसभा सकिए लगत्तै अज्ञात समूहले बम विष्फोट गराउँदा एक जना पैदल यात्री घाइते भएका छन् भने वीरगंजमा गराइएको बम विष्फोटमा परी १४ जना घाइते भएका छन् ।
माओवादीले गोर्खामा कांग्रेसका बुथ प्रतिनिधिलाई गाउँ प्रवेशमा रोक लगाएको र गुल्मीमा एमालेका केही कार्यकर्तामाथि आक्रमण गरेको खबर छ ।
यता सिन्धुलीको शिविर बाहिर रहेका माओवादी सेनाका बि्रगेड कमान्डर रामबाबु थापा ुसंग्रामुलाई एमाले कार्यकर्ताले हतियारसहित समातेर सीडीओ कार्यालयमा बुझाएका छन् ।
त्यस्तै वैतडीमा एमाले कार्यकर्तामाथि माओवादीले कुटपिट गर्दा गम्भीर घाइते भएकाहरुलाई जिल्ला अस्पतालमा उपचार गरिएको छ भने ओखलढुंगामा माओवादीले कांग्रेस उम्मेदवार बालकृष्ण दाहालले सम्बोधन गर्दै गरेको आमसभामा आक्रमण गर्दा केही कांग्रेसी घाइते भएका छन् ।
यसैबीच आज बिहान माओवादी अध्यक्ष प्रचण्डसँग अनमिन प्रमुख इयान मार्टिनले भेटघाट गरेका छन् । उनले अध्यक्ष प्रचण्डसँग शिविर बाहिर रहेका माओवादी जनसेनाबाट अराजक स्थिति निम्त्याइएको गुनासो गरेपछि प्रचण्डले शिविर बाहिरै रहे पनि जनसेनाले त्यस्तो उपद्रो नमच्चाउने प्रतिबद्धता प्रकट गरेका छन् । आजै मार्टिनले चितवनको जुनपानीस्थित जनसेनाको शिविर भ्रमण गरेको खबर छ ।
निर्वाचनकै अवस्थालाई ख्याल गरी आजदेखि नेपाल भारत सीमा शिल गरिएको छ । २८ गते राती खोल्ने गरी सीमा शिल गरिएको बताइएको छ ।

.

बिगतलाई सम्झनु नपरोस ॥

नपाल चनाबमय भएको छ । सारा नेपाली जनता आफनो देशको भाग्य निर्माण र नयाँ नौलो संविधान र नयाँ नेपालको उदय भएको हेर्न अतुर छन् नेपाली जनता । नेपाली जनताले धेरै पटक दुख कष्ट भोग्नु परेका छन् । देशमा भएका नेता भनाउदाहरु जब चुनाब आउछ तब यो हाम्रो देश हो भनेर चिन्न थाल्दछन् । चुनाब जिताएर पठायो आफुले बिजय हाँसिल गरेर गए पछि बिजय यात्रा मनाएको ठाउँलाई समेत भुलेका हुन्छन् । यस्ता कृर्या कलाप हामीले धेरै देखि सकेका छौ । फेरि पनि तिनै अनुहार ले गाउघरमा गएर आफना स्वार्थ पुर्तिको लागि निमुखा जनता माथि बजारमा पाइने जुलेबिको रसमा चुलुम्म ढुबाउन सकि नसकि ती ध्याम्पे भुडी देखाउदै हामीलाई भोट दिनुहोस भनेर गाउघर पसेका छन् ।
हामी सर्बसधारण निमुखा जनता सधैभरी ललाई फकाईको चपेटामा परेर आफुले पाएको हकअधिकारलाई पनि आफनो इच्छासँग सदुपयोग गर्न पाएका छैनन् । यस्ता घटनाबाट त्रसित भइराखेका हामी नेपाली अब त त्यस्ता घटना दोहोरिने छैन होला भनेर निर्धक्कसँग आफनो देशको भाग्य निमार्णमा कम्मर कसेर लागेका निमुखा नेपाली जनताले सोच्दै नसोचेका कुरा अचानक अहिले आएर जबरजस्ती धम्की त्रास पुर्ण वातावरण देख्नु पर्दा हामी नेपालीले कहिले आन्नदको सास फेर्न पाउला भन्ने कुराको आगमानलाई डोरयाउने होला त ।
निरंकुश राणा शासनमा नेपाली जनताले १०४ बर्षसम्म आफनो हक अधिकार बाट बिाचत बनाएर कालकोठरीको जिवन बिताउनु परयो । त्यो अत्याचारलाई सहन नसकेर त्यसको बिरुद्धमा जनता उत्रिए र आखिरमा बिजय समेत हासिल गरेर छाडे । त्यस पछि देशमा राजतन्त्रको पुर्नबहाली भयो त्यसबाट पनि जनताले कुनै उपलब्धि हासिल गर्न नसके पछि फेरि सत्ता परिबर्तन तिर लागे बहुदलिए प्रजातन्त्रको स्थापना गरे र देशमा नयाँ संविधान बनाए । प।र्टिहरु एक आपसमा खिचातानीको उतारचडाबले सिमा नागेर दलहरुमा मपाइत्वको भावना सृर्जना हुन थाले पछि जनताको मुल्य मान्यतालाई भुल्न छाड्यो नेता भनाउदाहरुले केवल खाली अएस आरामको दुनियाँमा बाधिन पुगे र आफनो भुडि भर्न तर्फ मात्र लाग्न थाले ।
निरंकुशबाट पार पायो भनेको तानाशाही प्रबृतीको थिचो मिचोमा परियो त्यसबाट पनि बहुदलिय प्रजातन्त्र ल्याइयो त्यो पनि सहिय हुन सकेन कोही जंगल पसे त कोही राता रात देशको ढुकुटीमा पौडि खेल्न थाले निमुखा जनता सधै भरि थिचो र मिचोमा पिल्सी नै रहने । त्यसलाई पनि प्रतिबाद गर्न देशमा फेरि रगतको भलबाडि बगाउन तत्परमा पुगे नेपाली जनता र अघि सरेर नयाँ नेपालको खाका कोर्न तर्फ दिन नरात नभनिकन सडक गल्ली तताउन थाले र आफना हक अधिकार सुनिश्चित पार्नलाई फेरि पनि कम्मर कसेर लागे । कयौ शहिद भए कर्याैको सिदुंर पुछिए कयौ टुहुरा भए त कयौ घर बेघर भए आफनो सन्ततीको लागी दिलो ज्यान दिएर यो देशमा फेरी सारा नेपाली जनताले चाहेको लोकतन्त्रको जग गाड्यो । सारा नेपाली जनताको मुहारमा खुशियालीको बहार छायो । लोकतन्त्रको बहाली कुनै एक ब्यक्ति र एक पार्टिले ल्याएको होइन यसमा सारा नेपालीको देन छ ।यसमा सबैको सहकार्य छ ।
नेपालीको रगतको भल बगाएर ल्याएको लोकतन्त्रलाई पुर्ण रुप दिन देशमा नयाँ सबिधानको आवश्यकता पर्ने भएकोले देशमा भएका सारा नेपालीहरुले आफना अफना प्रतिनिधिलाई अघि सारेर नौलो नयाँ नेपालको मुहार सृजना गर्नलाई कम्मर कसेर लागे । अब मात्र २ दिन बाकि छ देशको नौलो जन्म कुन्डली कोर्ने पण्डितहरुलाई हामीले राम्रोसँग चिन्नु पर्छ । नेपाली युवा शक्ति बिदेसिनुको कारण पनि देशको राजनितिक अस्तिरता राम्रो नहुनुको कारणले गर्दा र नेपालीले बिदेशमा बसेर पनि अनेक दुख कष्ट भोगी रहनु परिराखेको कारण पनि त्येहि नै हो । देशको माया कसलाई लाग्दैनर ।हामी प्रबासमा अनेक झमेलामा परि बिभिन्न कष्ट भोगी रहेका नेपालीको एउटे पुकार छ हामीले नेपाली भएर आफनो हकअधिकारको लाभ गर्न पाउँ भन्ने हाम्रो यो आउदो चैत्र २८को दिनलाई भय रहित बाताबरणमा देशको भविष्य निर्माण कत्र्तालाई छान्न सकौ भन्ने अभिलाषा हामीले बोकेका छौ ।
बिजय कुमार श्रेष्ठ
धादिङ्ग कटुन्जे ९
बाग्मित
नेपाल
हाल इराक