December 18, 2008

श्रद्धान्जली वरिष्ट साहित्यकार रमेश बिकल ज्यु मा।

हस्त गौतम मृदुल

स्तब्ध पारी संधैका लागी छोडेर गैदियौ।
सपनीमा पनि नभेटने गरी पराइ भैदियौ।

क्षेणिक रैछ जीवन चोला पानीको फोका झै।
चटक्कै छोडी अनयासै गयौ हावाको झोका झैं।

भौतिक शरीर अचानक कठै धुवामा बिलायो।
बिधिको बिधान यस्तै नै रैछ आफैमा मिलायो।

सु न्य नै पारी शोकमा डु बाइ छोडेर गैदियौ।
जीवनमा कैलै नभेटने गरी बिरानो भैदियौ।

शोकाकुल भै श्रृद्धाणजली श्रद्धाले चढाउदा।
भाबुक छ यो दू खी मन संधालाइ गु माउदा।

अमर छ सृष्टाको नाम मर्दैन नी योगदान।
प्रेरणाको स्रोत ठानी गाउने छौ जय गान।

रिक्तता कैलै नभरिने गरी छोडेर गैदियौ।
दर्शण कैलै नपाउने गरी दूर्लभ भैदियौ।



3 Comments:

Anonymous said...

दिबगन्त आत्माले चिर शान्ती पाबोस ।
हस्त गौतम जि ! तपाईंको भाबुक गजल ले हिर्दय रुबायो ।

ठरकि दादा said...

मेरो पनि शोक सन्तप्त परिवार प्रती हार्दिक श्रद्धान्जली!

nepalean said...

रमेशजीका कथा कबिता ठ्याक्कै के पढें अहिले त भुलें तर उनको एउटा क्रिती चांही निकै चर्चित थियो। उनको खास नाम त रमेश्बर चालिसे हो। तर त्यती बेला कबिहरुमा उपनाम राख्ने खुबहोड चलेको थियो।
उनका छोटा कबिता निकै चर्चित थिए। कसैले नेपाली टिभीमा "अबिरल बग्दछ इन्द्राबती" हेर्नुभएको भए त्यो उनैले लेखिएको हो। उक्त टेलीसिरियल चलिरहेको ब्यबसाहीक टेलीसिरियल भन्दा निकै फरक र उत्तम छ।
मेरो पनि रमेश बिकाललाइ हार्दिक श्रदान्जली।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !