December 18, 2008

कबिता - ''श्रद्धान्जली शिवलाइ'

आचार्य प्रभा
हे शिव!
तिमी कुन हत्तारमा थियौ
त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ
हावाको बेग झै रफ्तारमा
बहनु पर्ने के त्यस्तो बाध्यता थियो ?
तिमी मीठो अभिष्ट पालेर
बिदेसिएका थियौ शायद ---
अमीट आकाङ्क्षा बोकेर
पर्देसिएका थियौ अवश्य ---,
तर ---कुन दैवको श्राप पर्‍यो
या तिम्रो जीवन लीलाको खेलको
समाप्ती त्यती नै थियो
त्यसैले चडायौ जीवनदान चाडै नै इश्वरलाई /
छोटो आयुको समय
बोकेर आएछौ संसारमाझ
गयौ रुवाइ सबैलाई
बनाइ दुखित आज /
चडाउदैछौ श्रद्दान्जली तिम्री चिर आत्माको लागि
देह तिम्रो माटो भएपनी
अविश्मरणिय रहोस्
तिम्रो मुहारको आभा,कान्ती
अनी मिलोस तिम्रो आत्मालाई
सदा सदा शान्ती /
(अमेरिका) (प्रवासमा अल्पायुमा नै देह त्याग गर्नुभएका शिवलाल आचार्य लाई समर्पित)


2 Comments:

nepalean said...

मेरो पनि शिवलाल आचार्यलाइ हार्दिक श्रदान्जली।
लाग्छ समयले लखेटे पछी कसैको केही लाग्दैन। एउटा सुन्दर घर भत्केर त्यहाका मान्छे किचिएर भुत बन्दा अचम्म नमाने हुंदो रहेछ। सुन्दर कांच फुटेको देख्दा कसैले त्यस्को सुन्दरता कस्तो थियो आंक्न पनि सक्दैन। तर दशा बाजा बजाएर कसैलाइ पनि आउदैन, नत्र अहिले हामी श्रदान्जली लेखीरहेका हुदैनथ्यौं।

Luna said...

म तिम्रो मृत्‍यु मा
" दु:ख " बाहेक
सम्बेदना प्रकट गर्ने इमान्दारिता ब्यक्त गर्न सक्तिन
" दु:ख " !
यो पनि तिम्रो परिवार को लागि
तिमी प्रती मेरो स हानु भूती रित्तियो
तिमी स्बार्थी --
आफ्नै लागि मर्यौ --
आफ्नै लागि त जो पनि मर्न सक्ला --
तर बाँच्न त अरुको लागि बाच्नु पर्छ
बाँच्न सक्नु पर्छ
आत्म हत्या गरेर जाने
अर्थात मरेर जाने सँग
जिबनको पिडा हुँदैन
तिमी मर्यौ
तिमी गयौ
तर तिमीले पिडा दिएर गयौ
बाच्ने लाई जिबन भर को पिडा --
यो न्याय भएन --
त्यसैले मेरो इमान्दारिताले
तिमीलाई सम्बेदना भन्न् सक्तैन --
यथार्थ जिबन सघर्स हो --
तिमीले सिकाउन सकेनौ
यस्को ब दलामा म तिमीलाई
सम्बेदना भन्न् सकिरहेकी छैन -
यो मेरो इमान्दारिता भित्र परेन --
°

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !