December 8, 2008

लघुकथा- श्राप निवास

आचार्य प्रभा
ऊ आफ्नो भब्य महल भएकोमा गमक्क थियो। उस्ले घरको अगाडि एउटा बोर्डमा ''आशिष निवास'' लेखेर टाँसेको थियो, जुन टाडाबाट नै देख्न र पढ्न सकिन्थ्यो । घरको वरिपरी ईटँका पर्खालले घरलाई सुरक्षित बनाइएको थियो। मानौ त्यो भब्यमहलको शान सौकत नै अर्कै होला जस्तो भान हुंथ्यो । सँगैमा उस्का हितैषी मित्रको भने यौटा सानो झुप्रो थियो जस्को चाँही उस्ले ''शान्त कुटी'' भन्ने नाम दिएको थियो। उक्त कुटिको वरिपरि सुन्दर फूलहरु लगाइएको थियो ।यसरी दुई मित्र बिचको आश्रय ''भब्यमहल''र सानो झुप्रोमा परिभाषित थिए ।

एकदिन अकास्मात् दुईमित्रबिच सानो कुरामा भनाभन पर्‍यो। ‘निवासवालाले’ बडो फुर्ति र घमन्ड्को साथ ''कुटिवाला'' लाई भन्यो ''साला झोपडिमा बस्नेको बुद्धी पनि त्यस्तै नै हुन्छ । कहिले ठुलो संसार देख्ने सपना पालेको भए पो सोचाइ पनि ठुलो हुन्छ । कुटिवाला मौन बनेर उस्का गाली सुनिरहेको थियो र उस्ले पनि ब्यङ्यात्मक मुस्कान छर्दै जवाफ दियो। ''हो हजुर महलमा बस्नेहरुको मात्रै सोचाइ महान हुन्छ, उनिहरु मात्रै समझदार हुन्छन । हामी झोपडिवालाहरु यस्तै नै हुन्छौ हामी जस्ता सँग किन तुलना गर्ने ? ”। फेरी निवासवाला गम्किएर बोल्न थाल्यो: ''हेर साथी मान्छेले आफ्नो औकात् बिर्सनु हुन्न। तिमी अहिले म सँग बोल्दैछौ । तिमी जस्तै सँग होइन याद गर, मान्छेले जहिल्यै सानो बिचार पाल्नु हुन्न। तिम्रो औकात जस्तो छ,बिचार पनि त्यस्तै सानो छ । त्यहि माथि यी झोपडिवालाहरु किन आँफै ठुला हुन खोज्छन ? मलाई त हाँस उठेर आउँछ । यी मलाई नै हेर न,बास पनि गतिलो, सोचाइ पनि उचा, त्यसैले त मेरा आफन्त, मित्रहरु पनि म जस्तै फराकिला सोचाइका छन। तिमीले देखिरहेकै छौ नि कस्ता कस्ता ठाट्टिएर आउछन मलाई भेट्न।

उस्का घमन्ड्का बखानहरु यसरी धारा प्रवाहका साथ बहिरहेको थियो जस्ले गर्दा उस्को मित्रलाई भित्र भित्रै असह्य भैरहेको थियो। उस्ले शान्त र सरल तरिकाले संयमित हुँदै भन्यो ''हेर्नुहोस् साथी मलाई ठुलो महलमा बसेर ठुलो रवाफ देखाउनु छैन,अब रह्यो ठुलो बिचारको कुरा, ठुलो बिचार सोंच, शब्द र भाषाणमा सिमित राखेर यदी त्यो ब्यवहाँरमा लागु हुँदैन भने म त्यस्ता बिचार लाई मान्न तयार छैन । मैले हेर्दै आइरहेको छु, महलमा बसेर ठुला गफ छाट्नेहरुका जाल र षड्यन्त्रहरु पनि। मलाई त्यस्तो बोक्रे भलाद्मी हुनुछैन । हो,  म झोपडिमा बस्छु मेरो सानो कुटी छ त र त्यो पवित्र छ,शान्त छ । त्यहा जालझेल छैन, म महलमा बस्नेसङ आफुलाई दाज्न पनि चाहन्न किन कि मैले समाजको लागि झोपडिमा नै बसेर पनि केही योग्दान दिइरहेको छु जस्तो लाग्छ।  म झोपडिमा बसे पनि भिखारिको जस्तो चित्त मेरो छैन र दुनियाँलाई लुटेर मैले बैभवशाली बन्नु पनि छैन। घर भनेको मन, मुटु र आत्मा मिलेर बनेको हुनुपर्छ। ढुङ्गा,माटो र ईटाँको पहाड अग्लाएर मात्र घर 'घर' हुदैन। यदी त्यहा मानवता र आत्मियता छैन भने, त्यो भित्र जहिल्यै शितयुद्ध चर्कन्छ भने त्यो घर होइन खण्डर हो । यसैले मलाई खण्डहर भित्रको खोक्रो बनावटि प्राणी हुनुछैन बरु झोपडिभित्रको मान्छे हुनुछ केवल मान्छे”

कुटिवाला मित्रको सम्बेदनशिल तर्क उस्ले सुनिरहेको थियो। ऊ अनायस झस्कियो चार ,पाँच जना मान्छेहरु उनिहरु भएतिर मचिदै आएर 'निवास वाला' लाई च्याप्प समातेर तथानाम भन्दै घिसार्न थाले । ''साले हामीलाई बिदेश पठाउछु भन्दै हामीबाट पैसा खाने त नै होइनस ?, अर्काको पैसा खाएर शान देखाउन लाज लाग्दैन ?, हाम्रो पैसा फिर्ता गर कि तेरो ''आशिष निवास ''हाम्रो नाममा नाम्सारी गर'' । त्यती भन्न नसकी नै अर्काले थप्यो '' नाम मात्र ''आशिष निवास'' टाउकोभरी ऋण बोकेर ठडाएको महल बैंकले लीलाममा निकालेको हिजोको अखबारमा मात्र मैले पढेको थिए । अनी कहाँ बाट हाम्रो नाममा नामसारी गर्नु ?, त्यो निवासमा हज्जारौको आँखा गडेको छ, कत्तिलाई रुवाएर ठडाएको निवास कत्तिले सराप दिइरहेको छ त्यसैले अब त ''आशिष निवास हैन ''श्राप निवास ''भने हुन्छ''

यसरी अनेकौ बचन् बाणले ऊ नतमष्तक भैरहेको थियो। आफ्नो साथीलाई भर्खर मात्र आडम्बरी गफहरु चुटेर ऊ आफुलाई महान ब्यक्तित्वमा साबित गराइ रहेको थियो। तर ती मानिसहरुले उस्लाई त्यसरी लज्जित बनाएकोमा ऊ साथीको अगाडि अत्ती नै शर्मिन्दा बन्न पुग्यो । आफ्नो साथीको बिह्वल अवस्था देखेर कुटिवाला साथीलाई दया लागेर आयो र उस्ले भर्खर मात्र भएको उनिहरुको भनाभनलाई बिर्सिएर ती मानिस् हरुलाई सम्झाउन थाल्यो। उस्ले अनुनय बिनय गर्दै भन्न थाल्यो: ''कृपया आज वहाँलाई छाडिदिनुहो स, वहाँलाई एक पटक मौका दिनुहोस । वहाँलाई म पनि साथ दिन्छु, म वहाँको दु:ख,सुखको साथी हो । मलाई जहसम्म लाग्छ वहाँ त्यस्तो बेइमान हुनु हुन्न। कहिले कही मान्छेबाट नचाहेर पनि गल्ती हुन सक्छ'' ।

उस्को मित्रले के बिन्ती पोखिरहेको थियो, तिनिहरुले रिसको आवेग ऊ माथि पनि पोखे । तर पनि ऊ धैर्य बनेर उनिहरुको बचनबाण सहिरहेको थियो । यत्तिकै बिचमा एउटाले भन्यो '' आज जाउँ, यसलाई अर्को पटक चाँही छाड्नु हुन्न ''भन्दै तिनिहरु बाटो लागे ।

ति दुई साथीहरु किङ्कर्तब्यबिमुढ बनेर त्यही झोक्राइ रहेका थिए । अनायस शान्तकुटी वालाले साथीलाई शान्त्वाना दिदै भन्यो: ''साथी चिन्ता नगर्नु होस्, समस्यासँग डराउनु हुन्न । साथी भनेको यस्तो मौकामा काम लाग्नु पर्छ, म छु, नडराउनु होस् । तपाईंको महल लीलाम भएपनी मेरो कुटिको दैलो खुल्ला छ । तपाईंको समस्या मेरो पनि समस्या हो। म पनि यस्मा सहभागि हुन्छु । मेरो एकमात्र बिन्ती तपाईंलाई अब देखी तपाईंको सोचाइमा परिवर्तन ल्याउनु होस्, अहमताको ढोकालाइ बन्द गर्नुहोस् । अरुलाई क्षणिक आँखा छलेर कमाएको सम्पत्तिले यस्तै हालत हुन्छ बरु म जस्तै झोपडिमा बस्नु होस्, आत्मा स्वच्छ राख्नु होस्, बिलासितामा नडुब्नुहोस् यसैमा आनन्द छ । बरु जाउँ मेरो कुटिमा थकाई मारौ ।त्यस्पछी अरु कुरा सोचौला ।

यत्तिका शान्तावनाका बचनहरु सुन्नसाथ ऊ बिक्षिप्त बनेर गहभरी आशु पार्दै भन्न थाल्यो ''साथी मलाई माफ गर, मैले घमण्डको आड लिएर तिमीलाई भन्नु नभन्नु भने । म अहमता भित्र रन्थनिएको रहेछु। मैले आफ्नो बैभवको शान देखाएर मानवता बिर्सिएको रहेछु । आज थाहा भयो मान्छेभित्रको मानवता र महान सोच भनेको के हो भनेर? ।महलभित्रको आडम्बर र झोपडिभित्रको साचो जीवनबिचको परिभाषा। हो, मैले त्यो निवास झुठो कमाइको आड्मा ठडाएको हुँ। त्यहा मैले वास्तवमा सन्चोको सास फेर्न पाएको छैन । मेरो घरपरिवार भित्रमा पनि जहिल्यै कलहको बिज फैली रहेकोहुन्छ किन कि मैले पनि अरुको परिवारलाई रुवाएको छु । म आज नै त्यो निवासबाट सर्छु । मलाई महलभित्रको बिलाशितामा क्षणिक रमेर अभिमान गर्नु छैन। तिमी जस्तै झोपडिभित्रको असल मान्छे भएर साचो र सत्य जीवन जिउनु छ।

(अमेरिका )



6 Comments:

Luna said...

" घर भनेको मन - मुटु र आत्मा मिलेर बनेको हुनु पर्छ " कती गहन अर्थ राख्छ्न यि भाब हरुले !
यस्तै शन्देश मुलक कथा हरु निरन्तर पस्किरहनु होस् प्रभा जि , शुभ कामना ।

बिमल गिरी said...

प्रभा जी
नमस्कार, कथा अतिनै सुन्दरछन। निरन्तरता दिनुहोला। शुभकामना।

गोकुल बिबश said...

नमस्कार, कथा अतिनै सुन्दरछन। निरन्तरता दिनुहोला। शुभकामना।

मदन बराल said...

सान्दर्भीक र प्रेणादायी कथा रहेछ प्रभा जी।
नेपालमा भइरहने घटनालाइ प्रस्तुत गर्नु भएकोमा धन्यबाद।

Panda said...

तर अझै पनि निवास वाला कै जग जगी छ , कुटी वाला ले कुटीवाला भन्दा "निवास" वाला लाई नै पत्याउछन किनकि सबैलाई "निवास" चाहिएको छ !

dong dong23 said...

ray ban sunglasses
kate spade handbags
burberry sale
coach outlet online
ysl bags
true religion sale
fitflops sandals
oakley vault
air max 2017
nike air max shoes
2017.5.18chenlixiang

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !