December 21, 2008

हबल्दार !, मास्टर !, र हुट्टीट्याउँहरु !

हवल्दार!, तिमि हवल्दार थियौ
हवल्दारै रहेको भए ठीकै हुन्थ्यो
देशै चलाउँछु भनेर तम्सियौ
पटक पटक मौका पायौ, तर
न त देश नै चलाउन जान्यौ
न आफूलाई नै अयोग्य ठान्यौ

शकुनिका पासा फ्याक्यौं
छिमेकका झाँक्रि डाक्यौ
भष्माशुरको बुई चढी
तिम्ले ईन्द्रासन ताक्यौ

अब तिमि मात्रै हैन देशै डुबाएर छाड्यौ
हबल्दार!
तिमि हवल्दारै भएको भए
कमदेकम देश त डुब्दैन थियो

***         ***          ***
मास्टर!, तिमि मास्टर थियौ ।
मास्टरै रहेको भए राम्रो हुन्थ्यो
कुण्ठाको आवेगमा
दुई-चार लट्ठी हान्न पाएकै थियौ
देशै युद्धभुमी बनायौ

पाठशाला र कक्षा चलाउन नसक्ने
मुलुकै हाँक्न निस्कियौ
सय जना पढने स्कुल र
अढाई करोड जनातको मुलुक
कसरी यौटै हुन्थ्यो?

यो जान्नै सकेनौ!
त्यो धान्नै सकेनौ!
उधारो नीति, सापटीको ज्ञान!
तिमि मात्रै बगेको भए
कुनै रुनु थिएन
तिमिले त लहडमै देशै बगाएर छाड्यौ ।

हबल्दार! मास्टर! र हुट्टीट्याउँहरु

देश तिम्रा बुताले चल्दैनन।
हबल्दार हबल्दारी मै,
मास्टर, पाठशाला मै
र, हुट्टीट्याउँ बाँसको टोडकामै
ठिक थिए, छन र रहने छन।



6 Comments:

Anonymous said...

ठरकीको झक्की हबिता
हल्दराले भेटे लठ्ठी
मास्टरले भेटे छडी
हुटिट्याउले भेटे हतकडी
दिमाग ठण्डा हुने हबिता ( हिबता सहितेको कबिता) भनु कि देशकै फन्डा खोतल्नुभयो।
अघिल्लो पटक हास्न पाइन्न भन्नुभयो, यसपटक त पेट मिची हासियो।

Anonymous said...

kabita yakdam bhabpurna lagyo yastai rashilo ra man chune kabita aaune dinma pani padna paiyous...

Anonymous said...

मलाई कविता एकोहोरो लाग्यो । नेताहरु नयाँ नेपालको निर्माणमा जुट्दै छन। तपाईले गाली गरेका दुबै नेता त्यत्ती खराव छैनन। सट्यायर अली बढि भयो ।

ठरकि दादा said...

नेपालीयन जी, खुशी जी र 'अज्ञात' जी!

मन्तव्यको लागी धन्यवाद् ।
अज्ञात जी!
तपाईले नेताहरु नयाँ नेपालको जुटेका र मेरो कविताका दुबै नेता खराव खराब नभएको कुरा व्यक्त गर्नु भएको रहेछ ।

मेरो कविता पढेर तपाईले ति "दुबै नेता" चिन्नु भयो भनेपछि, म त आफूलाई सफल भएको ठान्छु । पक्कै पनि मेरो कवितामा ति नेताहरु (जसलाई म त भातमारा भन्न रुचाउँछु) को यथार्थ चरित्र देखीयो होला र त तपाईले "दुबै" नेतालाई त्यत्ती प्रष्टसंग चिन्नु भयो ।

अनी अर्को कुरा मैले 'गाली' गर्‍या हैन। हो तपाई कसैको सपोर्टर हुनुहोला र तपाईलाई यो व्यङ्य पचाउन गाह्रो भयो होला। त्यसको दोष म तपाईलाई दिन्न। आफ्ना नेतामाथि व्यङ्य नहोस भन्ने चाहनुहुन्छ भने चाहि, त्यो कुरा व्यङ्य गर्नेलाई हैन आफ्नै 'महान' नेतालाई भन्नुहोस। उहाहरु सुध्रिनुभयो भने हामीले यस्तो व्यङ्य गर्नै पर्दैन थियो । म पनि कसैमाथि व्यङ्य गर्न नपरोस भन्ने चाहन्छु।

मेरो कविता स्पष्ट बुझी हौसला बढाईदिनु भएकोमा पून: धन्यवाद् ।

Anonymous said...

necessary to say like this .

पीजी said...

ठरकीजी एकदम सटीक छ ।

अनि एनोनिमसजी नया नेपालमा कसरी जुट्दैछन भन्ने कुराहरु हामिले देखि राखेकै छौं । तपाइं हाम्रो चाहना भनेको पनि हामिले सोचे जस्तै नेपाल बनोस भन्ने हो । त्यसका लागि अन्धो समर्थन र थपडीको भन्दा खबरदारीको जरुरत छ । अनावश्यक चाकडीयुक्त थपडिले चर्का भाषण भन्दा अरु कुराको आविष्कार गर्दैन । त्यसैले देशका चालक हरुले देश सहि बाटोमा लगे भने भविष्यमा यस्ता कविता लेख्न पर्ने अवस्था आउने नै थिएन कि !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !