December 28, 2008

साँढे, गिद्ध र चमेरो

एकाठाउँमा यौटा राम्रो शुन्दर वन थियो, त्यो वनमा पुस्तैनी रुपमा त्यहिको हात्तीको रजाई चल्थ्यो ।

हात्तीले खान मात्रै धेरै खाएको तर केहि काम नगरेकोले उपवन जस्तो हुनुपर्ने वन, मरुभूमिमा परीणत हुन लागेकोले, त्यहा पुरानो हात्तीको ताण्डब रोक्न गिद्ध, साँढे र चमेरो लगाएत वनभरिका सबै मिलेर बिरोध गरे । पुरै जंगल मेरै हो भन्ने हात्तिको केहि लागेन र उस्ले आत्मसमर्पण गर्‍यो।

यता हात्तीको आत्मसमर्पणलाई जंगलभरीका सबैले विजयोत्सवको रुपमा मनाउँदै थिए भने उता हात्तीले धेरै खाएको र त्यो ठुलो भाग सबैमा बराबर बाँडने नारा दिएर हिँडने गिद्ध, साँढे र चमेरोहरु भने आफैं हात्तीको स्थानमा बस्ने सपना देख्‍दै थिए।

आफ्नो दूरदृष्टीको कारण नै यो सब सम्भब भएको भन्दै बुढो गिद्ध, अबको मुखिया आफै हुनु पर्ने कुरा अघी सार्थ्यो भने आफ्नै बल र धाकको कारण हात्ती भागेको भन्दै सो को जश लीन साँढे आतुर थियो। उता आफ्नै मेलमिलापको नीतिका काराण सबैको एकता भएकोले अब उसैलाई सबैकुरा सुम्पीनु पर्ने बिचार चमेरोको थियो ।

त्यसपछि छलफल, छलछाम, नीति-कूटनीति र छिमेकको आशिर्वाद सम्म लिएर चमेरोको सहायतामा साँढेले प्रबन्धनको जिम्मा लियो।

साँढेको जिम्मामा जंगल गएपछि बुढो गिद्ध सपना भंग भएकोले अर्ध पागल भएर भौतांरिन थाल्यो, चमेरो पनि आफ्नो पुरानो चरित्र अनुशार कहिले साँढेको बिरोध त कहिले भजन गाउँदै हिडंन थाल्यो।

अहिले सो वनमा साँढे नै मुखिया बनेको छ। मुखिया बने पनि उसले आफ्नो मिचाहा प्रबृत्ती त्यागेको छैन । न त, उसले अरु प्राणिकोलागी केहि गरेको छ, न त, खानमा नै उ पुरानो हात्तीभन्दा कम छ ।

यौटा उच्छृङ्खल साँढेको त्यो रबाफ देखेर त्यहाँ आजकल धेरैको संख्यामा गोरु, बहर र रांगा समेत छाडा भएर भाग माग्दै हिंडन थालेका छन र सो ठाउँको हालत झन झन जर्जर हुँदै गएको छ ।



8 Comments:

दीपक जडित said...

क्या बात ! ठरकी दादा । बेजोड चित्र उतार्नु भएको छ कथामा त्यो जँगलको । अझ स्याल थप्नुपर्ने एकातिर साँढे र चमेरोसँग र्‍याल काढ्दै पछि लाग्ने अर्कोतिर दिउँसै हुण्डरी आयो भनेर हुँई हुँई कराउने ।

नेपालियन said...

ठरकी सरको कथा दर्हो गयो। एका देशको को जंगल झन फडानी भएर जंगलनै नहुनु बेर छैन।
दिपक जि को कमेन्ट पनि दमदार छ। यो जंगलमा स्याल पक्कै छ तर संख्या मात्रै कती पो हो? नाप्ने हो भने र्यालको खोलो नै बग्छ।

Panda said...

छिमेकी ब्वांसो चाहिं चेपुवामा परेका जनावरलाइ चुस्ने र पुरै जंगल आफ्नो हालिमुहाली मा राख्ने दाउमा रैछ । त्यहि भएर बेला बेलामा मुसाहरु पठाउंदै जंगलको बत्ति काटिदिएर अंध्यारो पारिदिने रैछ ।

हिमाल _ पारी बाट said...

ठरकी दादा को कथा मा दम छ । राम्रो कथा पस्किनु भएकोमा धन्यवाद । कथा मा हात्ती, गिद्ध, साँढे र चमेरोहरु पढ्दै गर्दा क्रमश:ज्ञानेन्द्र, गिरिजा, प्रचन्ड र एमाले हरुको अनुहार हरु चलचित्र को पर्दा मा जस्ताइ घुम्न थाले।

Rajan said...

सबैलाई बिझेको र सबैले बुझेको बिषय हुँदा हुँदै पनि दामि चित्रण छ तपाईको कथामा। hats off to you!!

Luna said...

बेजोड छन कथा ।
तर कथा पढि सके पछी लुनालाई भने पिर पर्‍यो । त्यो उजाड हुँदै गैरहेको बन लाई तपोबन मा पारीणत गर्ने त्यस्तो कुनै उपाय नभेटियला र !
उपाय देख्नु भो - भेट्नु भो - सोच्नु भो भने फेरी अर्को कथा लेख्नुस् है ।
निरन्तरताको शुभ कामना हिर्द य देखी नै ।

ठरकी दादा said...

सबैजना कमेण्ट र सुझाव दिनुहुने ब्लगर मित्र तथा प्रबुद्ध पाठक वर्गमा धन्यवाद।
दीपक जी!
लघुकथा त तपाईका निक्कै चोटिला हुने गर्छन (म तपाईको ब्लगको नियमित आगन्तुक हुँ, कमेण्ट गर्न अल्छि गर्छु त्यो भिन्दै कुरा हो)

अनी दीपक जी, नेपालियनजी, Panda जी, त्यो जंगलमा स्याल, ब्वाँसो, बाँदर, हुँडारहरु त कत्ति छन कत्ती, सबेको लेखाजोखा गर्न थाल्यो भने लघुकथा हैन महाभारत तयार हुन्छ।

Luna जी, हिमालजी, र Rajan जी , ढाडस बढाईदिनु भएकोमा धन्यवाद् ।
लुनाजीले भन्नु भएजस्तै त्यो स्थानलाई तपोवन बनाउन नसकिने त हैन र अझै पनि आत्मविश्वास बाँकि छ। गाह्रो छ तर असम्भव हैन ।

सपनासंसार said...

ठरकी दादा !
गजबको लाग्यो मलाई तपाईको लिखित चित्रण ! नआत्तिनोस दादा ज्यु , बज्जीया साढेको पनि एक दिन हात्तीकै जस्तो दिन आउछ !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !