December 27, 2008

लघुकथा - सकारात्मक प्रश्न

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]

त्यसदिन म दुखित भएँ, कारण त्यस साहित्यिक कार्यक्रमको उपस्थितिमा एउटा फुचे केटाको ब्यङ्यात्मक र अस्वभाविक प्रश्नहरुले मलाई कता कता आफ्नो लेखकिय बिधाको परिचयबाट बन्चित बनाएझै महशुश भयो (जो केटा नेपाल बाट भर्खर मात्र अमेरिका भित्रिएको रहेछ )हुन पनि त यो ब्यस्त दुनियाँमा आएर म ब्यस्तताभित्र हराएकी छु मैले यहाँ आफुलाई समय र कमाइको रफ्तारमा मात्र दौडाइ रहेकी छु। कहाँ फुर्सद र ?भावना र कल्पनालाई सप्तरङी इन्द्रेणिको माला बनाएर साहित्यको भंडार् भर्ने ?। अनी कस्को समय छ र साहित्यिक परीवेश भित्र हराउने ? अनी आफ्नो अस्तित्व कहाँ खोज्नु र पाउनु मैले ? । यस्तै यस्तै प्रश्न र दुबिधामा अल्झिएर आफ्नो अतित मा हराउन पुग्छु म । दु:ख ,पीडा, समस्या ,अभाव साथ नै भए पनि लेखन क्षेत्रमा आफु रमाएको आफुले अरु बाट पाएको सम्मान ,एउटा छुट्टै अस्तित्व, आफ्नो बेग्लै छवी तर आज गास,बास, कपासको राम्रो बन्दोबस्त भएपनी सम्पन्नता र बैभव को लिस्नो चढि रहेता पनि आफ्नो लेखकिय अस्तित्व गुमेर त्यो फुच्चे केटाले गरेको ब्यङ्यातमक पर्श्नहरुले म कता, कता मर्माहत बन्न पुगे र सम्झिन थाले उस्का ब्यङ्यात्मक पर्श्नका लहरहरु ।

''तपाइ लेख्ने मान्छे हो र ?''
''खै त मैले नेपालमा तपाईंको नाम सुनिन त ?''
''खै तपाईं के के लेख्नु हुन्छ ?(ब्यङ्यात्मक भाव ले मेरो डाइरी तान्दै पल्टाउन थाल्छ )
म पनि बिच बिच्मा उस्का पर्श्नका जवाफ दिरहेकी हुन्छु ।
''तपाइ ले गीत पनि लेख्नु भएको रे ?''(अलिक अगाडि मैले अर्को ब्यक्तिसँग कुरा गरी रहेको सुनेर उस्ले त्यस प्रकारको प्रश्न मलाई गरिरहेको थियो )''क- कस्ले गाएकाछन त तपाईंका गीत हरु'' भन्दै ब्यङ्यात्मक हासो उडाउदै अहिलेका केही चर्चित एक दुई वटा ब्यान्ड हरुको नाम लिन्छ । म मध्यम बर्गका गायक हरुको नाम लिन्छु ।''ए तिनिहरु त हराइ सके'' भन्दै ब्यङ्यात्मक हासो उडाउछ अनी फेरी उस्ले त्यसरी नै अर्को प्रश्न तेर्स्याउछ ''तपाइ त्यो अहिलेको बरिष्ट लेखक  ……लाई चिन्नु हुन्छ ?भनेर उस्को नाम लिन्छ अनी म झन अवाक बन्छु त्यो फुचेले जस्को नाम लिएको थियो ऊ त्यही केटो थियो जस्लाई मैले मेरै घरमा साहित्यिक परीवेश बनाएर साहित्यिक गोस्ठिहरु गरी एउटा लेखक बन्ने प्रेरणा दिएकी थिए र फल स्वरूप उस्को प्रतिभामा अंकूर पलाई रहेको थियो।

म हर्षले बिभोर पनि भएं किन कि मैले उत्साह र प्रेरणा दिएको केटो यौटा बरिष्ट लेखक मा गनिएको सुन्दा त्यस्ता हजारौ युवाहरुको म प्रेरणाको श्रोत थिए तर आज त्यो फुच्चेले मेरो औकात तौलिएर यदी त्यो बरीष्ट लेखकलाई चिने भने मात्र म यौटी लेख्ने महिला हुँ भन्ने उस्को भाव ले पर्श्न गर्दा साचै म अवाक बने।  मैले साँच्चै आफुलाई अती नै ओझेल मा धकिलिएको महशुश गरे र आँफैलाई धिक्कारे अनी सोचें, साच्चै म आफ्नो सानो देश र ठाउँमा यौटा चम्किलो तारा नै थिए भने आज यती ठुलो देशमा आएर धुलोको कण समान नै भैछु । अनी त्यो फुचे केटोको पर्श्नलाई मैले सकारात्मक् नै ठाने, हुन पनि त हो; अमेरिका आएको चार बर्ष भयो उस्ले मेरो नाम कहाँ बाट सुनोस ?अनी कसरी मेरो परिचय् पाओस यहाँ आएर मेरा लेख्ने हातहरुले कलम को मोह बिर्सिएर पसिना को मर्म मात्र बुझ्न थालेका छन अनी कसरी म लेखिका भएको प्रमाण कसैले पाउनु ? । हो, अहिले म आफ्नै रेस्टुराँको ''गूड् वेटरेस '' भएकी छु सबैलाई बाड्ने मीठो भावनात्मक शब्दहरुको बद्लामा ग्राहक हरुलाई मीठो मुस्कान छर्दै ''नमस्ते ''को सट्टा मा ''हेल्लो हाउ आर यू ?' 'भन्ने ब्यवसायिक वाक्य मात्र बाड्न सक्षम भएकी छु। मेरो परिचय् ''राईटर्''बाट ''वेट्रेस'' मा अनुवाद भएको छ । आजकल राम्रो लेखिका बाट ''गूड् वेट्रेस'' भन्ने प्रशङ्सात्मक शब्दहरु पाउन थालेकी छु ।

हो, मेरो परिचय् यही भएको छ। मैले नौलो पहिचान पाइरहेकी छु पुरानो अस्तित्व बाट म ओझेल भाईरहेकिछु, अनी म फेरी त्यो फुच्चेको प्रश्नहरुलाई आत्मसात गर्न पुग्छु। साच्चै, यथार्थ मा उस्का प्रश्न हरु सहि थिए भन्ने मलाई भान हुन्छ यस्तै कल्पनामा म हराइ रहेको बेला अनायस एउटा ग्राहक को वाक्यले म झस्किन्छु उस्ले भनी रहेको हुन्छ ''मे आइ गेट सम मोर वाटर ''? । म हठात को साथ जग को पानी उठाएर उस्को ग्लास भर्न पुग्छु उस्ले हाँस्दै ''थ्यान्क् यू'' भन्छ म उस्लाई ''वेल काम ''भन्दै अरु टेबलमा पाहुना हरुसँग मुस्कान साट्न थाल्छु ।



13 Comments:

Rajan Rimal said...

यो लघुकथा हो?
लौ, उत्तर पनि म नै दिन्छु:- यो लघुकथा होईन।
यो स्मरण हुनसक्छ, मनोवाद हुनसक्छ तर मेरो बिचारमा यो लघुकथा भने होईन ।

नेपालियन said...

प्रभा जीको लघु कथा राम्रो लाग्यो। भाबनामा मज्जाले डुबेर लेख्नुभएको छ।
राजन जी ले जनाउनु भएको कुरा पनि सही नहोला भन्न सकिन्न। यो लघु कथाकै फर्म्याटमा छ तर प्रभा जि कै आफ्नै कथा संग मिल्न गएको जस्तो देखिन्छ । यदी त्यो सही हो भने राजन जी ले भने जस्तो मनोबाद,स्मरण आदी पनि हुन सक्छ।

prabha said...

प्रतिक्रीयाकोलागी धन्यबाद / असली समिक्षक हुनुदोरहेछ / मलाई त यो त प्रतिक्रीया पनि मीठो रिस फेरेको जस्तै नै लाग्यो/ गाली र प्रतिक्रीया पनि असली समिक्षकको पढ्न सार्है मज्जा हुन्छ त्यसैले म अत्ती नै हर्षित छुत र क्रीपाया लघु कथा र आत्माकथा,कथाको भिन्न्ता छुयाटाइ दिनुभए आभारी हुनेथिए काराण म पनि भ्रममा रहेछु बर्षौ देखी यस्तै कथाहरु छापीदै आइेरहेको थियो यस्मा मेरो मात्र कम्जोरी नभएर प्रकाशन समुहकै कमजोरिरहेछ/प्रशंसाको झुठो धाप भन्दा मायाको सहि गाली नै मीठो हुन्छ यसैले प्रतिक्रीया र गाली पनि यस्तै सटिक त र मीठो र चित्त बुझ्दो पाउन सके हर लेखकको कलममा उर्जा थपिन सक्थ्यो/
धन्यबाद /

हिमाल _ पारी बाट said...

लघु कथा राम्रो छ। शायद राजन जी ले भन्नु भएको कुरा मा पनि सत्यता होला।

Anonymous said...

स्मरण भन्नु भएको छ/ संस्मरण भन्न खोज्नु भएको हो कि ?राजन जी ले? संस्मरणमा चाँही बितेका कुराहरुलाई कथा,अर्थात लघु कथामा ढालेर पनि लेख्न सकिन्छ किन कि कथा भनेको नै बिगत हो/बिगतका तीता,मीठा क्षण नै कथा बन्दछन / त्यती हो त्यस्मा पात्रहरु हुन्छन/ती पात्रहरुमा आँफै पनि नायक बन्न सकिन्छ/ अनी मनोबाद,सम्बाद सबै हुन सक्छन त्यसैले राजनजीले संस्मरण भन्न खोज्नु भएकोमा स्मरण भएको जस्तो भान भयो/स्मरण भएका कुराहरु नै संस्मरणमा लेखिन्छन जस्तो लाग्छ मलाई हुनत साहित्यबिधा मा घुमाइ फिराइ त्यही तीता मीठा कुराहरुलाई नै धेरैबिधामा ढालेर लेख्न सकिन्छ/ तर गीत,कबिता,गजल का बनौट झन्डै एउटै भए झै कथा,सन्स्मरण,लेख,बिचार,निबन्ध का एौटै स्वरूप झै भान हुन्छ/ त्यती हो लघुकथा छोटा हुन्छन/हामी सबै नै भ्रममा पर्नु स्वभाविक हो/

ठरकी दादा said...

बिगत केहि यता देखि दौंतरीमा रचनात्मक बहस हुन थालेका छन। सबैलाई जस्तै मलाई पनि,यसमा प्रभाजीले आफ्नै भोगाई बयान गर्नु भएको जस्तो लाग्यो। जसलाई उहाले लघुकथा भन्नु भएको छ।

म वहाँलाई व्यक्तिगत रुपमा वहालाई चिन्दिन, तर पढदा खेरी यो वहाँको व्यक्तिगत भोगाई नै होला जस्तो लाग्यो मलाई पनि। जसलाई हाम्रो "अनुभव, अनुभूति" मा राखीएको भए बढि सान्दर्भीक देखिन्थ्यो होला । तर लघुकथा भन्दा पनि खासै फरक त पर्दैन की?

हिजो मात्रै मैले पनि यौटा "लघुकथा" लेखी टोपलेको थिएँ, दौंतरिमा राख्न लाग्दा यताको बहस देखेपछि त्यत्तिकै "कथा, साहित्य, आलेख" मा हालीदिए (लघुकथा भन्न डर लाग्यो क्या हे हे हे...)

Rajan said...

घरबाट हिंडदा नेपाली शब्दकोष बोकेर ल्याईएन, त्यसैले केहि संझना र बाँकी विकिपेडिया र अनलाईन शब्दकोषको सहारा लिएर लेख्दैछु:-

लघुकथा वा आत्मकथाको को भिन्नता छुट्याउनु भन्दा पनि पहिला “कथा” के हो हरौं न त:

कथा मतलब: कल्पना, कथा मतलव: कल्पित उडान, कथा मतलब: fiction, वा आख्यान, जहा मानिसको सोच क्षितिज पारि, बादलपारि वा आर्को लोक सम्म पुग्छ । जसको व्याख्या:
A literary work based on the ‘imagination’ and not on ‘fact’ र
A deliberately ‘false’ or ‘improbable’ account. भनेर गरिन्छ ।

छोटोमा भन्दा कथा, पूर्णरुपमा काल्पनिक र सृजित हुनु पर्‍यो । तर तपाईको लेखमा कल्पना छैन ‘सम्झना’ छ, ‘सृजना’ हैन संस्मरण छ, आख्यान हैन, आफ्नै भोगाईको अनुभूति छ। तपाइलाई यो रचना तयार गर्न पक्कै पनि कल्पना त गर्नै परेन होला, केवल सम्झना गर्दै लेख्दै गर्नु भयो होला। ईतिहास लेखे जस्तै ।

माथि Anonymous को नामबाट फेरि आर्को व्याख्या आएको छ “कथा भनेको नै बिगत हो”, विल्कुल गलत! । बिगत पनि कथा बन्न सक्छ तर ‘कथा भनेकै बिगत हो’ भन्नु चाहि मिल्दैन। अंग्रेजीमा History र Story दुई शब्द छन। यौटा ईतिहास र अर्को कथा। “ईतिहास भनेको नै बिगत हो” भन्नेकुरा चाहि १००% सहि हुन्छ ।

यौटा कुरा यहाँ प्रष्ट गरौं मैले तपाइको लेख नराम्रो भनेको हैन, लेख पढनयोग्य छ. तर तपाईको निजि जिवनको नितान्त व्यक्तिगत अनुभवलाई कसरी लघुकथा मान्न सकिन्छ? कल्पना र सृजना विनाको पनि कहि कथा हुन्छ?। सत्य घटनामा आधारित भन्नु भएको भए भिन्दै कुरो हुन्थ्यो (अनी फेरि जब यो घटना सत्य हुन्छ त त्यो कसरी ‘लघुकथा’ हुन्छ?)।

Rajan said...

Thanks Dautari!
for publishing my comments as it is,without any edit.

Actually,I was thinking it will be deleted (as I am criticizing yr author)

Thanks and keep this fair and free spirit.

Rajan Rimal

Panda said...

माथिका रचनात्मक बहसहरु हेर्दा मलाइ पनि दौतरीमा रचना प्रकाशन सम्बन्धी केहि कुराहरु लेख्न मन लाग्यो ।

पहिलो कुरा माथिको रचना के हो भन्ने सम्बन्धमा :
माथिको लेखमा कल्पना वा काल्पनिक कुराहरु नै छैनन जस्तो लाग्दैन । लेखकले संस्मरण लेखेको हो वा कथा लेखेको हो पढेर बुझ्न गार्हो पर्छ, हो अनुमान गर्न सकिन्छ । मैले यसलाइ कथा वा संस्मरण भन्दा पनि व्यंग्य लेखको रुपमा बढी सकार्न सकिन्छ कि जस्तो माने, हुन त यो पाण्डाको अल्पज्ञानी बिचार हो ।

अनि राजनजीले उठाउनु भएको पोष्ट संपादनको सम्बन्धमा :
दौंतरी कुनै व्यक्तिको निजी ब्लग हैन । यसमा कुनै प्रकाशक वा सम्पादक छैनन । कहिले काहि फुर्सदमा लेख्ने अनि केहि मात्रामा भए पनि शुध्दाशुध्दी हेर्ने काम नेपालीयन, ठरकी दादा र महिनामा १-२ पटक मैले पनि गरेको छु ! अर्थात ब्लगको बजारीयापन देखि र बेला बेलामा गाली गलौज र सस्ता कमेण्ट बटुल्ने आशामा र २-४ सेन्ट पाउने आशामा आत्माले नै धिक्कार्ने खालका राष्ट्र विरोधी र कुनै बादले ओतप्रोत भएर लेखिएका "कुसुचना" हरुले नेपाली ब्लगको मार्ग नै धमिल्याउन खोजेकाले मात्र नेपाली भएको नाताले नेपाललाई माया गर्नेहरुको केहि गर्नु पर्छ भन्ने जमर्को हो यो दौतरी। अझ रमाइलो कुरा त के छ भने, वाया पट्टी लेखक र एडमिनिसट्रेटर अधिकार लिएका दौतरीहरु बिच एक अर्कामा व्यक्तिगत चिनजान समेत छैन । अर्को शब्दमा भन्दा म कुन ठाउ मा छु, को हो भन्ने नेपालियनजी, ठरकि दादा, एकलव्य, ब्रिलियण्टम्यान, मावेरिक आदि कसैलाइ थाहा छैन र वहाहरुको बारेमा मलाइ थाहा छैन । हामी यो ब्लग प्रति, आफ्नो क्षेत्र प्रति र देश प्रति इमानदार छौं र त्यहि नै यो ब्लग संचालन र संवर्धनका लागि उत्प्रेरक हो । हामी यो दौतरीको मिशनलाई अगाडि लैजाने तपाइ जस्ता धेरै दौतरीहरुको प्रतीक्षामा छौं !

यसमा कुनै पनि लेखक वा कमेण्ट पोष्टकर्ता "rational issue" वा "emotional conflict" वा "ideological conflict" को शिकार हुदैन । पचाउन सकिने सभ्य भाषाको कमेण्ट वा लेखलाइ हटाउने हिम्मत कुनै पनि दौतरीले गर्ने छैन ।

ठरकी दादा said...

मैले पून भन्नु पर्ने केहि कुरा माथी पाण्डाजीले लेखीसक्नु भएको छ ।

राजन जी!, समष्टिमा दौंतरी मर्द (मेरो यो 'मर्द' को अर्थ 'हक्की' वा 'स्वतन्त्र' भन्नेमा लिनुहोला, जसभित्र महिला मित्रहरु पनि पर्नुहुन्छ) हरुको ब्लग हो, त्यसैले यहा लेखीएको पोष्टमा असहमत हुनेको कमेण्ट शिष्टताको मर्यादाभित्र रहेर लेखिएको छ भने खाली ब्लगरसंग असहमत भएकै कारण, त्यो कुनै पनि हालतमा डिलिट हुदैंन ।

हामी कसैलाई पनि माथी पाण्डाजीले भन्नु भएजस्तै २-४ डलरकोलागी कुनै वाद वा गुटको समर्थन वा बिरोध गर्नु छैन र हामि केवल स्वतन्त्रताका हिमायति हौं । म त भन्छु, आफूले लेखेको कुराको बिरोधमा आउने कमेण्ट डिलिट गर्ने पानिमरुवाले त ब्लग नै नचलाए पनि हुन्छ ।

ल! नेपालीयन सर!, तपाई पनि केहि भन्नु हुन्छ की?

सबैलाइ (र विशेषगरी राजन जी लाई) गहकिलो तर्क सहितको कमेण्टको निम्ति धन्यवाद।

nepalean said...

प्रभा जी को लघु कथा ले लामो कमेन्ट पाए। सायद बैचारीक बहेसले नै साहित्यमा निखारता ल्याउछ होला।
राजनजी को कमेन्ट केर मेटलाइ पाण्डा जीले प्रष्टै भनिहाल्नु भयो। म पाण्डाजीको मा थप्ने भन्दा पनि सिधै सहमती जनाउंछु। दौंतरी लेखहरु बास्बमा नचिने पनि दौंतरीले हामीलाइ एउटै परिधी भित्र राखेको छ। म बाहेक ठरकी दादाले दौंतरीमा धेरै समय खर्चिनु भएको छ। आशा छ लेखको संख्य बढे जस्तै पाण्डाजीले पनि सम्पादनको लागी समय बढाउनु हुने छ।
सबैको यो हप्ता सुखमय रहोस।
नेपालियन

brilliantman71 said...

कथा भनेको शतप्रतिशत काल्पनिक हुनुपर्छ भन्ने कुरो चाँही होइन होला। कुनै एउटा शून्यबाट कथा जन्मिन सक्छ र? मैले पनि केही कथाहरु लेख्ने जमर्को गरेको छु, जसको लागि मैले पात्रहरु, घटनाहरु वास्तविक जीवनबाटै लिएको छु र कथालाई रोमान्चक बनाउन अलिकती काल्पनिकता, नाटकियता थपिदिएको छु। कथाको कुनै पात्र, कहिले कांही वास्तविक जीवनको धेरै चरित्रको संयोजन पनि हुन्छ। एउटा कथाकारले आफ्नै जीवनबाट, आफ्नो वरपरका घटनाहरुबाट कथाको बिषयवस्तु पाउछ र केही प्रतिकहरु, श्रींगारहरु, अलंकारहरु थपेर प्रस्तुत गरिदिन्छ, जुन मनोबाद जस्तो पनि हुनसक्छ, संस्मरण जस्तो पनि हुनसक्छ।
तर प्रतिकृया लेख्दा लेखक हतोत्साही नहोस् भन्ने ध्यान पुर्याउन पनि जरुरी हुन्छ। यहाँ पेशेवर लेखक कोही पनि नभएकोले गाली पनि मायाले गर्नुहोला।

Luna said...

राजन जि को कमेन्ट पढ्दा लघु कथा ,कथा , ईतिहास , सस्मरण सम्बन्धी जानकारी पाए । धन्यवाद राजन जि लाई ।
प्रभा जि को यो लेख मलाई पनि सस्मरण जस्ताइ लाग्यो । तर हुन सक्छ फुच चे केटो ( पा त्र ) को भनाइ बहाको अर्थात प्रभा जि को रचनात्मक कल्पना पनि हुन सक्छ ,त्यसैले लघु कथा पो भन्नु भएको हो कि ।
जे होस् प्रभा जि को लेख को मूल उद्देश्यले चाँही मन छोयो । यो एक कलाकार को कला आफ्नै जन्म भूमी प्रती पोख्न नसकेको अवस्थामा कलाकारको हिर्दय भित्र उठेको ज्बार भा टा हो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !