December 6, 2008

तीन सय पचासका सभासद र नया नेपालको संबिधान

देशको हालसम्मको सबै खराव कार्यको लागी होलसेलमै राजतन्त्रलाई दोष लगाए पनि र गणतन्त्रको नाममा आफ्ना सबै पुराना पाप धोएर गौदान गरी चोखीन खोजे पनि हाम्रा देशका महानतम नेताहरुले आफ्नो रंग देखाउन थालिसकेका छन ।

एक जमानामा खसी बोका जस्तो गरि किनबेच भएर बदनाम भएका हाम्रा नेताहरु आजका दिनमा आँउदा सुध्रिसके भन्ने कसैलाई लाग्छ भने त्यो बिल्कुल गलत हुनेछ ।

यो कुनै व्यक्ति वा दल विषेशको कुरा होईन, तर हाम्रा नेताहरुको नैतीकताको स्तर झन झन घट्दो हालतमा छ । अझ सिधै कुरा गर्ने हो भने यिनिहरुको मूल्य '… लाई भन्दा देख्‍नेलाई लाज' भने जस्तै यति सस्तो भएको छ कि पत्याउन पनि मुश्किल हुन सक्छ ।

केहि दिन अगाडी पत्रिकामा यौन क्रिडाका लागी चाहिने औषधिको बिल सरकारी ढुकुटिमा पेश गर्ने सभासदको महानता भरिएको समाचार सेलाउन नपाउँदै यो हप्ता ३५० रुपैया मा बिक्ने सभासदहरुको आर्को समाचार आएको छ।

हालको नियमावलीमा गरिमामय संबिधान बनाउने जिम्मा पाएका सभासदले हाजिर गरेपछि दैनिक २ सय रुपैया बैठकभत्ता र १ सय ५० रुपैया यातायात खर्च गरि ३५० रुपैया पाउने व्यबस्था छ । अनि हाम्रा माननियहरु त्यो रकम प्राप्त गर्न मात्र सभामा हाजिरि जनाउन जाने गर्दछन ।

यो कुनै मनगढन्ते कुरा होईन डिसेम्बर ४ तारिखका दिन ४७ जना सभासदहरु ३५० को हाजिरी मारे पछि सभाहल बाट अन्तर्ध्यान भएछन । अब यो क्रम कति दिन देखी जारि थियो र कति दिन सम्म चलिरहनेछ भन्ने त यिनै ३५० मा बिक्ने सभासद र तिनका दलका नेताहरुलाई थाहा होला तर यो उच्च पदको निचो अबमूल्यन गर्ने सभासद र यिनका दलले कस्तो संबिधान बनाउलान र देशको कुन गती गर्ने हुन भन्ने चाहि सबैले सहज अनुमान गर्न सक्ने कुरा हुन ।

संबिधान सभाको चुनाव भएको दिनलाई छाडी पहिलो बैठक बसेको दिनबाट गन्ति गर्दा पनि यो गरिमामय सभाले पुरै ६ महिनाको समय यस्तै बिबिध जन-प्रियजन-सेवाको कार्यमा खर्चि सकेको छ ।

हुन त केहि समय अगाडी नया नेपालको संबिधान कुन दिन, कसरी र कहाबाट लागु गर्ने भन्ने सम्मका तिथि मिति तोकीएका खवर पनि आई सकेका छन, तर विकाउ सभासदका व्यस्तताका कारण चुनाव सक्कीएको सात महिना हुन लाग्दा समेत केहि स्थानमा गर्नु पर्ने उप चुनाव समेत हुन सकेका छैनन् । फेरी सरकार पक्ष र प्रतिपक्षको हालसम्मको रवैयालाई हेर्दा कसैलाई पनि यो संबिधान बनाउने हतार भएको पनि देखिन्न । जनतको बलिदान, ईच्छा, आकांक्षा सबै एकातिर राखेर हाम्रा सभासदहरु भने चिया-गफ, घाम तप्ने –बदाम खाने र दिनमा ३५० रुपैया कमाउनैमा व्यस्त र मस्त छन ।

नया संबिधान बने पछि हुने चुनावमा फेरि आईने, नआईनेमा यि ३५० का सभासदहरुलाई शंका होला र त यिनिहरु यहि सभालाई जति सक्यो त्यति तन्काउनु र लम्बाउनुमा नै लागेका छन। तर यस्ता ३५० का सभासदले कहिले संबिधान बनाउलान र कहिले देखी लागु गर्लान? खै मलाई त शंकै छ !



2 Comments:

पीजी said...

मलाई पनि त्यो समाचार पढ्दा दिक्क लाग्यो । मुद्रास्फिती बढेर सबै कुरा को भाउ बढेको बेलामा पनि "नया नेपाल" र "स्विट्जर्ल्याण्ड" जस्तो नेपाल बनाउने "भाग्य विधाताहरु" अझै ३५० रुपैयाँमा बिक्दा रहेछन ।
भारतको झन्डा भएको बस चढेर संसद जान त अझ के लाज हुन्थ्यो र यिनलाई !

nepalean said...

संबिधान सभा चुनाबको एजेण्डामा गणतन्त्र बाहेक मैले केही देखिन। त्यसैले संबिधान सभामा राजा हटाउनु बाहेक उल्लेख्न्निय काम म यिनीहरु बाट आशा गर्दिन। उहि शब्दको झालझेलले यस पटक पनि पार्टीहरुले जनतालाइ ठगे। नेपालीकै भाग्य भनु कि देशको नियत, देश यस्तै अन्टसन्टमा अल्झिने गर्छ जनताको जिबन स्थार झन उंधोगतीमा छ।
सही टपिक उठाउनु भयो ठर्की जि तर के गर्ने यस्ता समाचारले नेपाली हुनुमै शिर निहुराउनु पर्छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !