December 6, 2008

अतीतको पानाबाट (दोस्रो भाग)

(अतीतको पानाको पहिलो भाग यहा छ)

यसो हेर्दा नौ-दश कक्षामा पढ्ने देखिए पनि तिनी सात कक्षामा पढ्दीरहेछिन। तिनकै क्लासमा मेरो एउटा साथी थियो जसले पढ्न ढिलो शुरुगरेको ले भक्खर् सात कक्षामा पुगेको थियो। उ बाट तिनको बारेमा केहि सोध्न थालें। तिनको खास् घर तनहुंको खैरेनीटार तिर रहेछ र यहा सानिमाको घरमा बसेर पढ्न आएकी रहिछन्। मलाइ त्यतिखेर खैरेनीटार् कहा छ भन्ने पनि थाहा थिएन। तिनी राम्री थिईन् तर अहिले झन् तिनको सुन्दरता बढ्दै गए जस्तो लाग्न थाल्यो। दिन् पर् दिन् झन् झन् राम्री। तिनले हेरेको, हांसेको, सबै राम्रो लाग्न थाल्यो। अझै बोलचाल् भने भएको थिएन। त्यसै त केटीहरु संग बोल्न गाह्रो, झन् "कुछ् कुछ् होता है" हुन थाले पछि त झन् कस्तो गाह्रो। प्रयास् चांहि जरुर् गरें। तिनी बस्ने घरको बाटो, काम् नपरे पनि अलि बढि हिंड्न थालें। तिनकी सानीमाको पसल् पनि रहेछ र केही किन्ने निहुँले पसल् पनि जान थालियो, तर नचाहिएको भए पनि सामान् किन्यो, फर्कियो, र तिनीलाइ देखिईहालेमा यसो मुस्कायो अनि हिंड्यो। खास केही प्रगति भएन।

मैले तिनको कक्षामा पढ्ने मेरो साथीसंग कुरा छेडें। उसले चिट्ठी लेख्, म दिन्छु पनि भन्यो, तर हिम्मत् भएन। त्यतिखेर कस्तो स्थिति थियो भने, कुनै केटाले केटीलाई चिट्ठी लेख्यो र त्यो स्वीकार् भएन भने त्यो चिट्ठी स्कूलको अफिसमा पुग्थ्यो अनि शिक्षकको भक्कुमार् खाइन्थ्यो । र कहिले काहि त केटाको अभिभावकलाई समेत स्कूलमा झिकाइन्थ्यो। मेरो क्लासको दुई-तीन जना आशिक-दिवानाहरुले त्यो भोगि सकेका थिए। म त झन् क्लासको फर्स्ट ब्वाइ, अनुशासन, लगनशील र जिम्मेवार नमुना बिध्यार्थी भनेर चिनिएको। कहिले कांही यो इज्जत भन्ने कुराले पनि अवरोध पुर्याउदो रहेछ। चिट्ठी दिएर कथंकदाचित् approval भएन र त्यो स्कूलको अफिसमा पुग्यो भनेत बर्बादै भयो नि। यत्तिकैमा दशैं आयो। दशैं, नयाबर्ष आदिको मौकामा शुभकामना साटासाट खुब् हुन्थ्यो। कसले कसलाई पठायो, के लेखेर पठायो, र त्यसको के अर्थ हो, खूब् चर्चा हुन्थ्यो। अकास पात्ताल् जोडेर नेपाली अनि हिन्दीमा सायरी लेख्थे। कत्ति साथिहरुको शुभकामना पत्र, प्रेम् पत्र मैलेनै लेखि दिएको पनि थिंए। स्कूलको साहित्य प्रतियोगिताहरुमा, कथा, कविता, निबन्धहरु लेख्ने गर्थें र स्कूलको भित्ते पत्रिकामा त म सम्पादक मण्डलमा नै थिएं। त्यसैले यसको साहित्य राम्रो छ भनेर केही साथीहरु प्रेम पत्र लेखाउन म कहा आउथे। मलाई यसको राम्रो अनुभव थियो। तर आफ्नो लेख्ने बेलामा कस्तो गारो।

मेरो साथीले दशैंको यो मौकामा शुभकामना पत्र पठाएर हेर्न भन्यो। मलाई पनि हो जस्तो लाग्यो। बजार गएर एउटा राम्रो ग्रीटिङ् कार्ड किनेर ल्याएं, अनि आफूले उसलाई मन पराएको कुरा हल्का रुपमा राखेर, तिनलाई स्वीकार भए जवाफ लेख्नू, नभए पनि ठिकै छ नराम्रो नमान्नू वा नरिसाउनू वा यस्तै केही जे होस आफू बच्ने खालको भाषा प्रयोग् गरेर लेखें र साथीलाई दिएँ। यत्तिकैमा दशैं को छुट्टी भयो अनि त्यसपछि लगतै सेन्ट अप् टेस्ट पनि थियो। अलि याद् भएन,सेन्ट अप् टेस्ट दशैं पहिले थियो वा दशैं पछि। जे होस प्रत्यूत्तर् को प्रतिक्षा गरिरहें। प्रतिक्षाको घडी कस्तो ढिलो हुन्छ, भनिरहन पर्दैन। अति ब्यग्र र अधैर्य हुन्छ त्यो समय। त्यस माथि प्रेम पत्र लेखेको सार्बजनिक भएमा हुने लाज त छदै छ। यस्तो मान्छे ले पनि यस्तो गरेको भन्ने हुन्छ। जे होस प्रत्यूत्तर् को प्रतिक्षा गरिरहें। हरेक् दिन साथीलाई सोध्थें, जवाफ आयो कि भनेर । छैन भन्ने जवाफले निराश तुल्याउथ्यो।

क्रमश.....



4 Comments:

shresthabk said...

its great story i lile its. samayele manislai ka ha bata kaha puraucha ra kaha lagera thanko lagai dincha tiyota samaye le nai bataucha ani ganagasyako ukalo chadda jati sasti hunthiyo tetinai kaga beniko oralo jharda huttine dar huncha tesatai gari jivanma taras harule basgardacha , je hos yo tapaiko lekha malai ati maana pardai gayeko cha nichodale ke bathucha herdai jau la ta bye

ठरकी दादा said...

तपाईले पनि जान्नु भएको रहेछ ... ठ्याक्कै 'अब के होला' भन्ने ठाँउमा आएपछि क्मश... राखिदिएर । झन कौतुहल बढ्यो हो !

Panda said...

दर्हो पर्न लारैछ !

अनी ग्रिटिङ कार्ड नभए पनि पोस्ट कार्डसम्म त यो बबुरो पाण्डाले पनि दिएको थियो तर फलो अप गर्न पुगेन अनी ब्रेक लाग्यो ।

nepalean said...

कुरोमा रस थपिदै छ तर ठरकी जि ले भने जस्तै ठ्याक्कै 'अब के होला' भन्ने ठाँउमा आएपछि क्मश भयो।
यदी टेस्ट २०५० साल भन्दा पहिले भए दशै र तिहारको बिचमा हुन्थ्यो क्यारे। हाम्रो पालामा चाही मंसिरमा हुन्थ्यो। दशै र तिहार टेस्टकै टेन्सनले बित्ने गर्थयो।
खैरेनी भन्दा खैरेनीटारको साथिले २ क्लासमा भनेको जोक याद आयो। एक पटक रानी त्या आएकी थिइन रे, अनि कता हराइछन। त्यस पछि रानी को खोजी हुंदा सबैले खै रानी खै रानी भन्दा खोजेकाले त्यो ठाउको नाम खैरेनी भएको रे। ल सबै जना हासौ है २ कक्षा को जोक हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !