October 15, 2008

न देश, न जनता…

न देश, न जनता, केवल कमाउने सार छ ।
वृक्षा रोपण गर्नेको हातमा वनमारा झार छ ।

सर्वहाराका नाईकेको सवा लाखको विस्तरा त,
कैयौं निमुखाका अझै 'कब्जा' मा घरबार छ ।

नयाँ नेपाल बनाउने हामी नै हौं भन्थे तर,
हातमा अझै पनि यिनका बन्दुक र तरवार छ।

हत्या, हिंसा, विष्फोट अब सामान्य झै भयो यहाँ
वाध्य छु म सोच्न, के देशमा कुनै सरकार छ? ।

सुनेथेँ सडेको माछा यौटैले पोखरी नै सडाउँछ ,
यहाँ त कुहिएका माछाले तालै पुरा भरमार छ ।



5 Comments:

आकार said...

सटिक छ ।
मैले सर्वहाराको अर्थ यस्तो बुझेँ है: सर्वहारा भनेको सबैकुरा खाइदिने, अरुको बाल मतलब !

nepalean said...

राजनैतीक र सामाजीक कबिता चोटिलो छ। मलाइ कुहिको माछाले पोखरी भरेको भन्दा पनि कुहिको माछाको धाकले राज गरेको छ जस्तो लाग्छ।

Luna said...

तितो यथार्त लाई झा पड हान्नु भएको छ कबिता मार्फत । आशा गरौ छिट्टै नै हामी जनता ले यस्तो कबिता लेख्न नपरोस ।

ठरकी दादा said...

आकार जी! तपाईको सर्वहाराको अर्थ मलाई पनि चीत्त बुझ्यो । पक्कै पनि हाम्रा नेताहरुले यो शब्दको यहि अर्थ लागाएको हुनु पर्छ ।

nepaleanजी, Luna जी!

यो कुहिएका माछाको धाक र रवाफ कायम रहेसम्म केहि सुधार होला जस्तो चाहि लागेको छैन। तर आशा गरौं सब ठीक हुने छ ।

waka said...

समसायिक बिषय ,आजको बर्तमान सन्धर्ब
गजलमा समेटी चोटिलो प्रहार गर्नु भएको छ ,
खुशी लाग्यो तर अली घुमाउरो पारामा
पोखिनु भएको भए अझ राम्रो हुन्थ्यो कि?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !