January 13, 2008

ओबामा की क्लिंटन ?

- Ajaya Dhakal
अमेरिकी रास्ट्रपति को चुनाव को सरगर्मी चलेको बेला मैले केहि लेख्ने जमर्को गरेको छू। डेमोक्रेटिक पार्टी बाट उमेदवार बनेका दुई पत्रिस्पर्धि बराक ओबामा र हिलारी क्लिंटन बारेमा मेरो बिचार यहाँ समक्ष प्रस्तुत गरेको छू।
किन ओबामा ?
सीनेटर ओबामाको बोलिमा एक जादू छ।
जहाँ जहाँ उनी बोलेका छन उनले खूब राम्रो छवि छाडेका छन। मेरो बिचारमा ओबामामा एउटा गजबको influential capability छ, एक किसिमको ताजापन छ । सायद उनको उपस्थितिले होला , यस पटकको चुनाव प्रचारमा युवाहुरुको ठुलो उपस्थिति भएको छ। ओबामा को चुनावी मुद्दा भनेको इराक युद्द , स्वास्थ्य र उच्च शिक्षा वरिपरी घुमेको छ. उनको चुनावी नारा छ " Change, we can believe in".
किन क्लिंटन ?
न्यूयोर्क की सिनेटर हिलारी क्लिंटन मा आठ वर्ष सम्म अमेरिकाको प्रथम महिला भएको अनुभव पनी छ । यसको अलावा बिगत ३५ वर्ष देखी कानून ब्यवसाय मा काम गरेको अनुभव छ। क्लिंटन ले अमेरिका भित्र मात्र हैन अमेरिका बाहिर को संसार पनी देखेकी छिन ।उनको चुनावी मुद्दा पनी ओबामा को जस्तै जस्तै नै छ। उनको चुनावी नारा छ " Ready for Change" ।
मेरो रोजाईको को त ?
यिनीहरु दुई जना मा आ आफ्नो खूबी र क्षमता छ। दुई मध्ये कसैले रास्ट्रपति को चुनाव लड़ने मौका पाए र जीते भने इतिहास बनाउने छन। हुन त म जस्तो बिदेशी मान्छेलाई कागलाई बेल पक्यो हर्स न बिस्मात हनु पर्ने हो , तर पनी यो मन न हो. . ..नसा त अली अली चढी हाल्छ। मेरो सहानुभूति भने ओबामा भन्दा क्लिंटन प्रति धेरै छ। उनको अनुभव ले मात्र हैन , उनका पति बिल क्लिंटन को अनुभब ले पनी अमेरिकाको खास्किदो अर्थतंत्र लाई माथी उठाउने छ भन्ने मेरो बिस्वास छ। हेरौ यो राजनीति को खेल ले कस्लाई कहाँ पुर्याउँछ ?
दौतरी हरु को के बिचार छ ?
यहाँहरुको रोजाई को उमेदवार को हो , कमेंट मा लेख्नु होला। अहिले लाई जदौ !


4 Comments:

Postak_Shrestha said...

ओबामाको बोलीमा रुखोपन छ। डिबेट हरुमा हंसिलो बोली गरेर बोलेको त्यती देख्दिन, तर हिलारीमा शालीनता छ र प्रत्यक प्रश्नको जवाफ शान्तपुर्ण रुपमा दिएको देख्छु। सैद्धान्तीक कुराहरुमा त्यती भिन्नत भएजस्तो त लागेन। मेरो बिचारमा हिलारीको बिजयले अंमेरीकाले सही नेत्रित्व पाउने छ।

nepalean said...

हुन त म जस्तो बिदेशी मान्छेलाई कागलाई बेल पक्यो हर्स न बिस्मात हनु पर्ने हो- अजयको कुरा सटिक लाग्यो। म पनि बुस र केरीको रिजल्ट हुंदा होमवर्क नगरी रिजल्ट हेरेर बसेको थिए। गजबको हुंदो रहेछ यो चिज।
मेरो बिचारमा ओबामा ले जित्यो हुन्छ जस्तो लाग्छ।
ओबामा बनको कांडा हुन तिनलाइ तिखार्नु पर्दैन, तिनले अमेरीकालाइ अगाडी लान्छन कि? तर हिलारी संग अनुभव त पक्कै छ तर तिनको अनिभव सिमीत हो कि।

पीजी said...

ओबामा र क्लिन्टनमा क्लिन्टन अली भलाद्मी र ओबामा चाँही भाषणकलामा निपुण छन जस्तो लाग्छ । अब तेस्तै हो, बोल्न र गर्न अली फरक होला ।

CNN ले केही समय पहिले Obama को पुर्ख्योउली गाउ को रिपोर्ट दिएको थियो । उनी बाहेक उनको पुर्ख्योउली परिवारका सबै जना मुस्लिम रहेछन। उनको नाम बाराक हुसैन ओबामा रहेछ । ओबामा ले जिते भने एउटा अफ्रिकन मुसल्मानले अमेरिकाको राष्ट्रपती पद पाउनु वाह्य दुनियाँको लागि चाँही पक्कै interesting हुनेछ ।

हिलारी क्लिन्टनको शासन खासै बिल क्लिन्टनको भन्दा फरक नहोला कि? बिदेश मामिलामा सुस्त बसेर आन्तरिक अर्थतन्त्र लाई दर्हो बनाउने तिर क्लिन्टनको ध्यान जान्छहोला ।

ओबामाले जिते भने पक्कै पनि उनी चर्चा को राजनीतिमा आउन चाहन्छन र त्यस्ले केही ठुलो (नकारत्मक वा सकारात्मक्) परिवर्तन ल्याउला कि !

Anonymous said...

malai ta obama lay jitay hunthiyo... young blood cha.. kehi garcha ki kale lay

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !