December 31, 2018
December 20, 2018
हिरो ओली – जिरो ओली! – देशसञ्चार
हिजो खड्गप्रसाद ओलीका बिरुद्ध दुई शब्द लेख्न–बोल्न डराउँथे मान्छे। आज उनै प्रधानमन्त्री खड्गप्रसाद अर्थात केपी ओलीको समर्थनमा दुई शब्द लेख्न–बोल्न डराउँछन्। हिजोको हिरो ओली आज जिरो ओली भएको छ।
हिरो ओली - जिरो ओली!
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
हिरो ओली - जिरो ओली!
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
Shiva Prakash
July 11, 2018
डा. देवकोटा फेरि फेरी पनि नेपाली भएर जन्मिरहुन्
डा. उपेन्द्र देवकोटाको अन्त्यष्टिमा सहभागी
हुने इच्छा हुँदाहुदैँ पुरा हुन सकेन, सायद उनलाई सम्झंदा मलाई धेरै पछिसम्म त्यहि
खड्किरहने छ | मरण जीवनको सबैभन्दा अकाट्य सत्य हो भनेर बुझ्दाबुज्दै पनि सहज स्वीकारोक्ति
प्राय कसैलाई पनि नहुने रहेछ | डा. देवकोटाको मृत्यु प्रसङ्ग, अन्तिम दिनहरुमा
गरेका गतिविधिहरु, सक्रिय व्यवसायिक जीवनकालमा गरेका योगदान र अन्तिम समयमा उनले
दिन खोजेको सन्देशलाई लिएर दिमागमा केहि कुराहरु खेल्यो |
स्वदेशमा मृत्युवरणको इच्छा हुनु, आई. सि. यु.
को बेडबाट गाउँमा जाने रहर जाग्नु, पुर्ख्यौली घरको पिंडीमा अन्तिम समय बिताउने
रहर लाग्नु, सिस्नेपानी धाराको चिसोपानीले मृत्युसँग खेलिरहेको शरीरलाई सिंचित
गर्ने इच्छा हुनु डा. देवकोटाको केवल लोकलाई देखाउन थिएन; अन्तर्मनको अगाध
राष्ट्रप्रेम र मातृभूमिप्रतिको कदरवोध थियो भन्ने मलाई लाग्छ | धेरै पहिले
पाठ्यक्रममा पढेको बालकृष्ण समको “इच्छा” कविता जबरजस्त दिमागमा आयो | सायद
देवकोटाको अन्तरवोधले यहि इच्छा गरेको थियो, “संसार देखें तर म तिम्रै काखमा
समर्पित हुन आएँ, यो भन्दा ठुलो वात्सल्यप्रेम मैले कहिँ कतै भेटिन, सप्रेम मलाई
तिम्रो काखमा विश्राम गर्न देउ|”
इच्छा यो छ महेश अन्तिम जसै यो मृत्यु शैय्या जलि |
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छटपटी ||
त्यै बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल |
जे जेमा हिम शैलको छ मधुरो मिठो चिसो चुम्बन ||
मलाई डा. देवकोटाले मृत्युवोध गर्दै प्राण त्याग
गर्ने अवसर प्राप्त गरे, उनको इच्छामरण भयो भन्ने लाग्छ जुन कुरा वैदिक दर्शन
अनुसार बुद्ध पुरुषहरुलाई मात्र प्राप्त हुने गर्दछ | सायद उनले यस्तै पल कुरेर
बसेको हुनुपर्छ:
बज्ला मन्दिरमा तथास्तु जब यो घण्टा दिंदै उत्तर |
हाँस्दै शान्त भै उही समयमा नेपाल हेरी मरुँ ||
परम्परागत पोसाक दौरा सुरुवाल, ढाका टोपी
देवकोटाले त्यसै ढोंग पार्नमात्र लगाउने इच्छा गरे होलान् भनेर म सोच्न पनि सक्दिन
| देवकोटालाई परलोकमा पनि नेपाली हुनुको सहज परिचय दिनु थियो सायद उनको मृत्यु
भेषले यहि संदेश दिईरहेको थियो :
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
Dinesh Chandra Panthy
October 10, 2017
राइनासकोट नमुना गाउँ उदघाटन सँगै होमस्टे सञ्चालन
लम्जुङ जिल्लास्थित
राइनास नगरपालिका, वडा-९ को शिरमा अवस्थित
ऐतिहासिक कोट "राइनासकोट" को नजिकै रहेको राइनासकोट गाउँमा भूकम्प पछिको
पुनर्निर्माण सम्पन्न भएको छ | पुनर्निर्माण अन्तर्गत १ सामुदायिक भवन र १४ वटा आवासीय घरहरुको
नयाँ निर्माण तथा १ संग्राहलय (घुमाउने घर) र २ पुराना घरहरुको संरक्षण रहेका छन्
| संगसंगै अमेरिका र संगसंगै नेपालको मुख्य आर्थिक सहयोग, सर्वोदय सेवाश्रमको स्थानीय
समन्वय र स्थानीय जनताहरुको सहभागितामा सम्पन्न पुनर्निर्माणको जम्मा लागत २ करोड
५० लाख रहेको छ, जस मध्ये १ करोड ६० लाख बराबर “संगसंगै” बाट सहयोग र ९० लाख बराबर
स्थानीय सहभागिता भएको छ | उक्त पुनर्निर्माणमा संगसंगै अमेरिका संयोजक नतासा
ओजनियकको प्रमुख भूमिका रहेको छ |
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
Dinesh Chandra Panthy
September 17, 2017
स्थानिय चुनावमा कस्ता उम्मेदवारहरुलाई भोट हाल्ने ?
‘नेपालको संविधान २०७२’ घोषणा हुने ताका केहि विद्वान मित्रहरुले तर्क राखेका थिए, स्थानिय निकाय सकेसम्म दलिय राजनीतिबाट मुक्त हुनुपर्छ र त्यो कुरा संबिधान मै ग्यारेन्टी गरिनुपर्छ| केहि गरि नगरप्रमुख वा गाउँप्रमुखमा त्यस्तो हुन सकेन भनेपनि वडा प्रतिनिधिहरु र त्यो भन्दा तलका पदहरुमा राजनीतिक उपस्थिति हुनुहुदैंन | नेपालको सामाजिक चालचलन, पहिचान र स्थानिय सामान्य विकास निर्माणमा समेत दलिय राजनीतिले पुर्याउन सक्ने नकारात्मक प्रभावलाई गहिरो गरि विश्लेषण गर्दा यो विचार अत्यन्त सान्दर्भिक थियो | तत्कालिन नेपाल इन्जिनियर्स एशोसियसनको ३० औँ कार्यकारी परिषदको तर्फबाट सरकारलाई बुझाईएको सुझावमा समेत यो कुरा प्रष्ट लेखिएको छ |
विगतलाई सम्झदा २०५०-५१ साल तिर गाउँघर, छरछिमेकमा दलिय राजनीतिको अत्यन्त चर्को प्रकोप थियो, विकास निर्माणको कुरा त परै राखौं, सामान्य अइचोंपैंचो, मेलापातोमा समेत आफ्नो रगत भन्दा दलको प्रभाव बढी थियो | सामाजिक बहिस्करण तथा छरछिमेकमा झगडाको मूल कारण फरक राजनीतिक विचार हुने गर्दथ्यो, पानी बाराबारको अवस्था थियो| एकै थातथलोमा हुर्किएर सदियौं देखि दुखसुख, विहाबारी, मर्दापर्दा समेत संगै हुने मान्छेहरु बिचपनि एकप्रकारको निषेधको भावना थियो| हामी
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
Dinesh Chandra Panthy
Subscribe to:
Posts (Atom)