October 22, 2012

शुभ बिजय दशमी - Happy Dashai

हरेक बर्ष आउने नेपालीको ठूलो चाड बिजय दशमीको उपलक्षमा संपूर्ण दौंतरी लेखक तथा पाठकमा हार्दीक मंगलमय शुभकामना। गर्मी,जाडो तथा बर्षासंगै पार हुने दिनहरू दशैंसम्म आउंदा रंगमय हुन पूग्दछ। दैनिक काम,ब्यस्ता,सुख,दुख सबैलाइ चाड पर्वहरुले भूलाउने गर्दछन तथा आफन्तसित भेट गराउने अबसर जुराउंदछ

यस्तै ब्यस्तामा पाठकहरुको शुभकामनाको लहरले तपाईहरु बिच भेट गराउने अबसर जुटायो। कतिपय दशैंकोलागी घरतिरको यात्रामा लागीसक्नु भएको होला। कती दौंतरीहरु कामको चपेटामा परदेशमै या अन्य शहरमा घर भन्दा टाढा दशैं मनाउने तरखर गर्दै हुनुहुन्छ होला। जाहां हुनुहुन्छ,जसरी दशैं मनाउने बिचार गर्नुभएको छ,यो महान चाड निकै हर्ष उल्लासका साथ मनाउनु होला। पाठकहरुबाट प्राप्त केही दशैं झल्काउने सामाग्री सहित पून संपूर्ण लेखक तथा पाठकहरुलाई दशैंको हार्दीक मंगलमय शुभकामना टक्राउंदछौं।

तपाइको दशैँ कस्तो रह्यो, कसरि मनाउदै हुनुहुन्छ दौतारीमा बाड्न नभुल्नुहोला।


October 21, 2012

बिजया दशमीको हार्दिक शुभकामना


झुल्कियोस दैलो दैलोमा, अन्धकार चिरी ज्योति
धेरै भयो खुशी निभेको, आउ उषा लाली पोती 

रगतको छिट्टा छिट्टामा, निसास्यो यो कठै ! माटो 
श्रम शिप भए कदर, फल्थ्यो होला यही मोती 

सदभाबको बाताले कसम, आस्थाको छानो हाम्रो
छेकिन्थ्यो के झरी ?नत्र त, आर्काको छातामा ओती

भोक किन्न सकिन्छ कहाँ ? चौरासी बेन्जनै भे नी
अमृत झै हुन्छ बरु त्यो, पसिनाले कमा रोटी

हर नेपाली मनमा पलायोस खुशीको जमरा
अट्ल होस शान्ति यहाँ, देउ बिबेक सरस्वती



August 2, 2012

शेषनाग र गोरुको टाउको

— निर्मलमणि अधिकारी

पृथिवी केमाथि अडिएको छ वा के कारणले अडिन सकेको छ भन्ने बारेमा अनेक
भनाइहरु नरहेका होइनन् । कतै यस्तो लेखिएको भेटिन्छकि पृथिवी शेषनागको टाउको
मा अडिएको छ । शेषनागका एकहजार टाउकाहरु छन् अरे र ती टाउकाहरुमा पालैपालोसँग
पृथिवीलाई राख्ने क्रममा एक टाउकोबाट अर्को टाउकोमा पृथिवीलाई लैजाँदा
हल्लिएर भुइँचालो जाने हो अरे ! उता कसैको विश्वास अनुसार, पृथिवी एउटा गोरुको
टाउकोमा अडिएको छ अरे ! हक्र्युलिसले काँधमा आकाशलाई थामेको भन्ने जस्तै
हास्यास्पद छैनन् त पृथिवीलाई नाग वा गोरुका टाउकामा अडिएको विश्वास गर्नु ? यता
आधुनिक विज्ञानको सहयताले हामीले पत्तो पाइसकेका छौंकि पृथिवी सौर्य–प्रणालीको
आकर्षण–शक्तिको सन्तुलनका कारणले स्थित छ ।
हामीलाई थाहा हुनुपर्ने तथ्य के होभने आधुनिक विज्ञान र यस संसारको सर्वप्र
ाचीन ग्रन्थ वेद— यी दुइटाको यस सम्बन्धमा एक मत रहेको छ । यस सम्बन्धमा हामी
महर्षि दयानन्द सरस्वतीकृत ‘सत्यार्थ प्रकाश’को मद्दतबाट चर्चा गरौं । वेदको कथन छ—
“उक्षा दाधार पृथिवीमुत द्याम् ।।” (ऋ. १०।३१।८ तथा अथर्व ४।११।१) महर्षि लेख्नुहुन्छकि
वर्षाद्वारा भूगोललाई सिंचन गर्ने हुनाले सूर्यलाई ‘उक्षा’ पनि भनिन्छ र यही उक्षा
(सूर्य)ले पृथिवीलाई धारण गरेको छ भन्ने वेदको कथन हो । यसरी सहस्राब्दियौं अघि
(वा सृष्टिसँगै) वेदद्वारा भनिएको तथ्य आधुनिक विज्ञानद्वारा पुनः प्रमाणित गरिनुले वेद
विज्ञान हो भन्ने हाम्रो भनाइनै सत्य साबित भएको छ ।