May 4, 2009

हिजोका गल्तिहरू र आजका अनुत्तरित प्रश्नहरू

नेपाली जनताको शान्तिप्रतिको चाहना फेरि धरापमा परेको महशूस हुँदैछ । सत्तामा रहेको माओवादीले अलिक जिम्मेवारीपूर्ण र सम्झौतावादी बाटो अपनाइदिएको भए अहिलेको मुठभेडको स्थितिलाई सायद तर्काउन सकिन्थ्यो । तर लाग्छ ,अपेक्षाकृत जिम्मेवार र भावुक देखिने कामरेड प्रचण्लाई सम्झौतावादी र व्यवहारिक बन्न नदिने स्थिति उनको क्रान्तिकारी पार्टीले पैदा गरिदियो र उनले चाहेर पनि सेनापति प्रकरणमा यो अप्रिय कदम लिन वाध्य भए । हुनपनि, माओवादी सरकारमा आइसकेपछि, उसले लिने आगामी राजनैतिक बाटोका बारेमा धेरैलाई केही हलुका महशुस हुन लागेको पनि थियो । तर साथसाथै माओवादी नेतृत्वले बेलाबखत भन्ने गरेको 'सत्ता कब्जा' र 'अदालत जनमुखी' हुनुपर्ने दावाका नाममा गर्ने गराउने तमाशाहरूबाट माओवादीको असली चाल सर्वसत्तावाद नै हो कि भन्ने संशय धेरैको मनमा ज्यूँका त्यूँ थियो ।

नेपाली शान्ति प्रकृया भारतीय कृपामा राजा ज्ञानेन्द्र बिरुद्द गिरिजा प्रसाद र प्रचण्डको हातेमालोको उपज थियो । शान्ति प्रकृयाका ३ वर्षसम्ममा , यो समीकरणले गिरिजा प्रसादलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाएन बरू प्रचण्डको एकल विजयलाई धाप मार्‍यो । हतियार र हिंसाको भरमा सत्ता कब्जा गरेर एक दलिय राजनीतिको शासनतन्त्र लागू गर्ने घोषित एजेण्डा बोकेको माओवादी दललाई कथित मूलधारमा ल्याएको दावा गर्ने गिरिजा प्रसादले प्रथम राष्ट्रपति बन्ने मोहमा र प्रचण्ड कामरेडको गूलियो आश्वासनमा ,उसका हतियार र छापामार सहित समविधानसभाको निर्वाचनमा भाग लिन दिएर भोलिका समस्याहरुलाई अरू बिकराल बन्नकालागि राखिदिए ।

बिगत २ हप्ताको विकसित घटनाक्रम हिजो र आजसम्म आइपुग्दा , केवल प्रश्नहरू जन्मिएका छन् । जवाफ, आ-आफ्नै हुन सक्ने भएको हुँदा अनुत्तरित राख्न उचित ठानिएको छ ।

१) के शान्ति प्रकृयाको यो बिन्दुमा आइपुग्दा गठबन्धन सरकारको नेतृत्वकारी दल माओवादीलाई मात्र तीन महिना बाँकि पदावधि रहेका सेना प्रमुखलाई नहटाइ नहुने जरूरी थियो ? यो अनिवार्यता , नागरिक सर्वोच्चताका लागि थियो अथवा क्यान्टोनमेण्ट सर्वोच्चतावाद र कम्युनिष्ट सर्वसत्तावादका लागि थियो ?

२) बाँकि सरकारका घटक दलहरूले साथ नदिएको अवस्थामा गठबन्धनको अन्तर्राष्ट्रिय नैतिकता र मर्म अनुसार , मात्र माओवादी पार्टीका सदस्यहरूको अल्पमतीय मन्त्रीपरिषदले राष्ट्रपतिकहाँ स्वीकृतिका लागि पत्र नपठाई, सेनापतिलाई वर्खास्त गरेको पत्र थमाउनु संविधान, कानून र नियम सम्मत थियो ?
३) सरकारको निर्णयमाथि आलंकारिक तर सेनाका परमाधिपति राष्ट्रपतिले ओभररूल गरी , सेनापतिलाई पदमा बहाल रहिरहन र काम गर्न पत्र लेख्नु संविधानसम्मत थियो ? अब नेपाली सेनाको चेन अफ कमाण्ड र सेनाको अनुशासन कुन किसिमले चल्ने होला ? अबको नेपाली राजनीतिक घटनाक्रमको हविगत के हुने होला?
आँफूसंग असहमत सेनापतिलाई यतिका समय राखेर पदावधी सकिनुभन्दा ३ महिना अगाडि जुन मूल्यमा भएपनि हटाउनु पर्ने माओवादी नियत देख्दा , रुक्मागत कटवाल भन्दा धेरै परको माओवादी उद्देश्यबारे अनुमान गर्न गाह्रो छैन । तर पनि नेपाली राजनीतिका आगामी केही वर्षहरू सङ्लो बन्ने हैनन् कि भन्ने बारेमा कल्पना गर्नु पर्दा , डरलाग्दो कहाली लाग्ने गरेको छ । यस्तोमा नेपाली राजनीतिमा अनिश्चित मात्र निश्चित छ कि जस्तो लाग्न थालेको छ ।



विश्वाश मर्‍यो

प्रबिण थापा

विश्वाश मर्‍यो अबिश्वासको जरा मौलाउँदै छ
मेरो प्रेम, कथा भयो हल्ला फैलाउँदै छ

ठान्यौ तिमीले अहोभाग्य अरुलाई चोट दिनु
सुन्दर एउटा बस्तिमाथी स्तब्धता छाउँदै छ

मुलबाटो भुलीगयौ स्वार्थको ओरालोमा
मरुभुमिमा मुल फुटाउछु भनी बौलाउँदै छ

आश्वासनका खोलासगै तिमी बगेपछी
फूल फूलाउँछु पत्थरमा भन्दै टोलाउँदै छ

पर्दाफास भो सबको सामु चरित्रमा दाग लाग्यो
खुच्चीङ भन्दै शत्रुले नि ताली बजाउँदै छ




May 2, 2009

सपना देख्नुभयो?, बिपनामा के होला?

गुरु केदार बराल, अमेरिका

त्यसो त सपनाको बारेमा भिन्न भिन्न धारणाहरु बिद्यमान छन। कोहि सपनालाई केवल सुषुप्त मनले उब्जाएको कोरा कल्पना मान्छन भने कोहि भने हरेक सपनाले भिन्न भिन्न अर्थ राख्‍ने र ती सपनाहरुले मानव भविश्य र मनोदशाको संकेत गर्ने बताउँछन । भिन्न भिन्न धर्म र समुदायमा कुनै एक सपनाको बारेमा पृथक पृथक अर्थहरु समेत छन, भने यता केहि समयमा सपनाको वैज्ञानिक खोजि गर्ने कार्यहरु पनि चलि रहेका छन। वैज्ञानिकहरु मै पनि सपनाको अर्थ र संकेतको बारेमा मतभेदहरु भए पनि सपनाको अध्ययनबाट कुनै पनि मानिसको मनोदशा र मानसिक विकास आदि बुझ्न भने यस्ले निकै मद्दत गर्ने कुरा प्रमाणित भैसकेको छ।

कस्तो सपना देखेमा कस्तो फल मिल्छ भन्ने वारेमा गुरु केदार बरालको संकलन हेर्न भने भित्र आउनु होला :

सपना

फल

आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
आकाशमा उड्नु लाभ हुन्छ ।
आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
जमीनसम्म देख्नु दौलत मिल्छ ।
जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
आकाशका धूलो वा आँधी देख्नु त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
बिजुली देख्नु मालदार हुइन्छ ।
जमीनमा मिल्नु वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
जङ्गलमा हिँड्नु धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
जङ्गलमा खानु पिउनु धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
माटो खानु धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
माटोमा हिँड्नु धनी होइन्छ ।
ईनार खन्नु आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
इनारबाट सिँचाइ गर्नु आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नु दीन वा दुःखीहरुको सेवा गर्छ ।
इनारबाट पानी पियाउनु साधु वा महात्माको सेवा गर्छ ।
इनारबाट पानी निकाल्नु आम्दानीमा वृद्धि हुन्छ ।
इनारमा झर्नु मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
इनारबाट निस्कनु जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
पानीमा हिँड्नु कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
खोलामा बाढी देख्नु रीस या मुसीबतको सूचना हो ।
नदीमा अँध्यारो देख्नु परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
सोतो तर्नु मरण नजीकिएको निशानी हो ।
नदी या कुलोमा नुहाउनु कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
भुसमा भासिनु मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
कुलाको फोहोर पानी पिउनु कुनै रोगमा फस्ने सूचना हो ।
कुलोलाई अर्कातिर बगाउनु शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
हौज देख्नु कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
नाउ देख्नु शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
नाउमा चढेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
नाउबाट सुखा भुइँमा उत्रनु दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
नाउलाई सुखा मैदानमा देख्नु मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
जमीनमा केही बनाउनु असल दिलको हुइन्छ ।
ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
तारा समूहलाई अति चम्किलो देख्नु देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
तारा निल्नु चोरी गर्छ र तकलीफमा फस्छ ।
तारालाई हातमा लिनु गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
नाउसहित आफूलाई डुबेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
पहाड देख्नु शत्रुमाथि विजय प्राप्त हुन्छ ।
पहाडमा हिँड्नु इज्जत मिल्छ, धेरै धन पाइन्छ ।
पहाडको मालिक हुनु कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
पहाडमा बाटो हिँडिरहेको देख्नु धैर्यवान् वा साहसी हुइन्छ ।
पहाडमा प्वाल पार्नु कसैसँग जालसाँजो गरिन्छ ।
पहाडमा चढ्नु अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
फूल देख्नु प्रेमी/प्रेमिका मिलन
पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
पिँजडा देख्नु जेल-नेल पर्ने ।
हरियो वन देख्नु शुभ समाचार मिल्ने ।
सुख्खा वन देख्नु चिन्ता हुने ।
चन्द्रमा प्रतिष्ठा मिल्ने ।
ग्रहण आपत पर्ने ।
खाना बनाउनु सन्तान बिरामी हुने ।
सुन पाउनु धन जाने, हानी हुने ।
र्सप मार्नु कष्टबाट छुटकरा पाउने
हस्ताक्षर गर्नु धनहानि हुनु ।
बिरालोले टोक्नु दर्घटना पर्ने तर बच्ने ।



फरक किन?

हस्त गौतम मृदुल
यहाँ मान्छेले मान्छेलाइ छून नै पाइन्न
आफनै आँशु झारेर पनी त रुन नै पाइन्न।
कसैको इसारामा नै हामीले बाँच्नू पर्छ
संधै नै सर्कसको बाँदर भएर नाच्नु पर्छ।

बोल्न पाइन्न, आफ्नो मन खोल्न पाइन्न
श्रद्धा बिनाको त्यो स्वतन्त्रता नै चाहिन्न।
खै देश काहां छ? बिधिको कहा छ शासन
केवल जिवनभर सुनेको छ रुखो भाषण।

अगी बढ्ने निकास छैन, कूनै बिकास छैन
दिन पनि रात भयो खूशीको नै प्रकास छैन।
जाती जाती बिच घृणा, छैन यहाँ भात्रीत्व
भागबन्डा लगाए नेपाल आमाको मात्रीत्व।


जय ईन्टरनेट ! जय युट्युब !!

ईन्टरनेट र युट्युबलाइ तपाई केबल मनोरन्जनको भण्डार मात्रै सोच्नुहुन्छ भने त्यो गलत हुन सक्छ। मनोरञ्जन बाहेक बिभिन्न किसिमका सूचना र सहायता समेत तपाइले यसबाट पाउन सक्नुहुन्छ ।

Marc Stephens नाम भएका एकजना बेलायती नागरीकले केबल ईन्टरनेट र युट्ययबको भिडियोको मद्दतले आफ्नै घरमा नया जिवनको स्वागत गर्न सफलता पाएकाछन । यसभन्दा अघि पनि अरु तीन जना सन्तानका माता पिता भईसकेका जो, र मार्कको यो कथाले अहिले संसारभरको पत्र-पत्रिका र ईन्टरनेटका पन्नाहरु भरिएकाछन ।

समाचार अनुसार गत मार्च २१ का दिन, अनुमानीत समय भन्दा करिब ३ हप्ता अगाडि नै जोलाई प्रसव पिडाको पहिलो अनूभव भयो । रातको करीब २ बजेतीर पिडा शुरु भएपछि मार्कले नजिकको अस्पतालमा फोन गरे, तर तत्काल कोहि midwives (धाई ?) उपलब्ध नभएको बताईएपछि यी दम्पतीले घरमै बच्चा जन्माउने बिचार गरे।

ईन्टरनेट भिडियो कै मद्दतबाट गिटार बजाउन र रुबिक क्युब मिलाउन सिकेका मार्कलाई अचानक ईन्टरनेटमै सहायता खोज्ने बिचार सुझ्यो र उनले गुगलको सहारा लीए । करिब एक घण्टा जत्तीको खोजमा नै उनले How to Deliver a Baby in a Taxi Cab र आर्को “This is how you give birth” र अन्य केहि DIY (Do It Yourself ) क्लिपहरु हेरे।

यी सबै भिडियोहरुका सहायताका कारण, घरमै बिना कुनै स्वास्थ सहायक, स्वस्थ बच्चा जन्माउन सफल भए ती दम्पती। साधारण महिलाहरुलाई भन्दा कम समय प्रसबव पिडा हुने मानीएकी जोको घरमा स्वास्थ सहायकहरु पुग्दा तीनले ईन्टरनेट भिडियोको सहायतामा आफैं एउटा नया ५ पाउण्ड तौल भएको बालकलाई आफ्नो परिबारमा स्वागत गरीसकेका थिए र आमा तथा बच्चा दुबै स्वस्थ थीए ।

यति मात्रै हैन बालककी आमा जोले पहिलो तीन पटक भन्दा यस पटक सजीलोसंग बच्चा जन्मेको र कम पिडा झेल्नु परको पनि बताईन ।

सुरक्षीत तरीकाले जन्म दिने जानकारी दिने युट्युबका केहि भिडियोहरु यहाँ छन ।

तपाई आफैं गर्नुहोस वा Do It Yourself का भिडियोहरु भने यहाँ छन ।

जय ईन्टरनेट ! जय युट्युब !!

(स्रोत: बिभिन्न ईन्टरनेट साईटहरु)



May 1, 2009

बाबुरामको प्रलाप र नाङ्लो ठटाउने यो तरिका

वर्तमानलाई हेर्दा लाग्छ, माओवादी सरकारको लागि कटवाल सबैभन्दा ठूला अवरोध हुन् ।

हुनत , आफ्नो बाटोमा आउन सक्ने सबैलाई पालैपालो प्रयोग गर्ने र फाल्ने चालको यो पछिल्लो कडि हो भनिरहन पर्दैन । तर पनि माओवादी सरकारले 'शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउन ' जुन गट्टा खेल्ने काम गरिरहेको छ त्यसलाई हेर्दा लाग्छ रुक्मागत कटवाललाई हटाउन सकेमा मुलुकमा चमत्कार हुनेछ ।

माओवादीमा एउटा बुर्जूवा पढाइको योग्यताले शोभायमान नेता हिजो टुँडिखेलमा आफ्ना हजारौँ कार्यकर्ता बीच बम्किए , 'त्यो राष्ट्रपतिले के खोजेको छ ? त्यसलाई ज्ञानेन्द्रको हैसियत बनाइदिन्छौँ'। ज्ञानेन्द्र भुतपुर्व राजा हुन, सबैले जानेको सत्य । तर बाबुरामले रामवरणलाई कसरी भुतपूर्व राजा बनाउने हुन जवाहरलाल नेहरू विश्वविद्यालयको 'डाक्टरी' नभई बुझ्ने कुरा भएन । रामवरण जनता थिए र भोलि राष्ट्रपतिबाट हटेपछि पनि जनता नै हुने हुन भन्ने कुरा बुझ्न 'डाक्टरी' चाहिन्न, सबैले जानेकै छौँ । आफ्नै सरकारको मुख्य घटक एमालेलाई तेस्रो लिङ्गी भन्ने बाबुरामले एमालेको खिल्ली उडाए कि तेस्रो लिङ्गीको बेइज्जती गरे उनले वा उनका भक्त हरुले जानून् । विकसित वा सभ्य मुलुकमा र यसरी सरकारका मन्त्रीले 'तेस्रो लिङ्गी' भनेर अरूलाई गाली गरेको बुझिएमा त त्यसैको आरोपमा अहिलेसम्म सरकारबाट बाहिरिनु पर्थ्यो । तर हाम्रो नागरिक सर्वोच्चताकालागि प्रलाप बक्न आतुर विद्वान मन्त्रीलाई यस्तो फित्तुरको कुरामा ध्यान दिनु पर्ने कुनै दरकार नै भएन । एमालेको वैशाखीले सत्तामा टिक्ने , सत्ताबाट कसेले हटाए सत्ता कब्जा गर्ने धम्कि दिन बाँकि नराख्ने , अनि आफ्नै कोलिसन मण्डलिका कुनै पार्टीलाई समेत सेनापति प्रकरणमा विश्वासमा लिन नसक्ने जाबो सरकारको नेतृत्वकारी दलका एकजना छुद्र गालिबाजले के भने बन्ने कुराले खासै महत्व राख्दैन , तर यो विषय वौद्दिक दरिद्रताको उदाहरणमा दरिन लायक छ , बुझ्न गाह्रो छैन । सबैले बुझेकै कुरा हो, सेनापति प्रकरणमा सबैलाई पेलेरै जाने ध्येय राखेको माओवादी चालमा भारत वाधक नबनिदिएको भए कुरा पहिल्यै खलाँस हुन्थ्यो , तर लाचार छन् बाबुरामहरू रामवरणलाई गाली गरेर आफ्ना 'गडफादर' साउथ ब्लक र राकेश सूदसंग आफ्नो अप्रशन्नता जाहेर गर्दै छन् । किनभने स्वदेशका लाई जे भनेर गाली गरेपनि हुन्छ , तर सूद महोदयलाई सिधै चिढाउन भएन । यो कुराको ज्ञान बाबुराम डाक्टर साहेबलाई भन्दा बढी कस्लाई होला र ?