May 4, 2009

विश्वाश मर्‍यो

प्रबिण थापा

विश्वाश मर्‍यो अबिश्वासको जरा मौलाउँदै छ
मेरो प्रेम, कथा भयो हल्ला फैलाउँदै छ

ठान्यौ तिमीले अहोभाग्य अरुलाई चोट दिनु
सुन्दर एउटा बस्तिमाथी स्तब्धता छाउँदै छ

मुलबाटो भुलीगयौ स्वार्थको ओरालोमा
मरुभुमिमा मुल फुटाउछु भनी बौलाउँदै छ

आश्वासनका खोलासगै तिमी बगेपछी
फूल फूलाउँछु पत्थरमा भन्दै टोलाउँदै छ

पर्दाफास भो सबको सामु चरित्रमा दाग लाग्यो
खुच्चीङ भन्दै शत्रुले नि ताली बजाउँदै छ




0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !