April 2, 2009

गाउँखाने कथा - ९ (Nepali Gau Khane Katha)

अपडेट: भिर, पहरा बस्ने सानी सुकुमाइ फर्सी पनि होइन,मौरी पनि होइन,जुका पनि होइन। यस्कको उत्तर चिचीचीन्डो पनि होइन, घ्याम्पो पनि होइन। किर्नु उत्तर चाही एक्दमै सहि हो। लुना जीलाइ धेरै धेरै बधाइ छ। ल लुना जी कुन गाउं लिनुहुन्छ?
-------
सानी-सानी सुकुमाइ घ्याम्पा जत्रो पेट
काहा. बसेर मोटाइन? भिर,पहरा,लेक। के होला सानी सुकुमाइ?


April 1, 2009

कोशीस

शेखर ढुङेल
०३-२९-२००९
सम्झौता गर्न खोजे
आगो सित
खोइ त्यो चिसो भएन
सम्झौता गर्न खोजे
नदी सित
खोइ त्यो बग्न छाडेन
सम्झौता गर्न खोजे
पहाड सित
खोइ त्यो झुक्न मानेन
सम्झौता गर्न खोजे
स्वाभिमान सित
खोइ त्यो बिक्न मानेन
सम्झौता गर्न खोजे
आसु सित
खोइ त्यो झर्न छाडेन
सम्झौता गर्न खोजे
दु:ख सित
खोइ त्यो हास्न खोजेन
सम्झौता गर्ने खोजे
स्वार्थ सित
खोइ त्यस्ले त्याग गरेन
सम्झोता गर्न खोजे
समय सित
खोइ त्यस्ले रोकिने नामै लेन
अन्तिम मा
सम्झौता गर्न खोजे
मृत्‍यु सित
खोइ त्यस्ले कुनै शर्त रोजेन


March 31, 2009

ओखलढुंगाको विकासका लागि केही गरौं


अमेरिका - गुरु केदार बराल

आफ्नो जीवनका भोगाई, अरुबाट प्राप्त धोकाको कारण व्यक्तिगत जीवनलाई समाजसेवा वा जिल्लालाई विकासको गतिमा डोहोर्याउने सोचमा म पुगें । कहिले काहीं त्यस्तो सोच अचानक पलाउँदो रहेछ, आफैलाई थाह हुन सारो । प्रेम यो दुई अक्षरको शब्दले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याइदिदो रहेछ। जुन परिवर्तन अन्त्यमा गएर सकारात्मक, वा नकरात्मक, आशावादी वा निराशावादी दुवै हुन सक्ने रहेछ । आजसम्म संसारमा जति व्यक्ति महान, प्रतिभाशाली र पूर्ण रुपमा सफल भएका छन् । तिनीहरुको जीवन नयाँ पुस्ताको लागि एक अमूल्य आदर्श बन्न पुगेको हुन्छ।

त्यस्को पछाडी कतै न कतै अमुल्य भुमिकाको रुपमा नारीको हात रहेकै हुन्छ । अहिंसाका जनक गौतम बुद्ध, द्वन्द्ववादी भौतिकवादका प्रणेता कार्ल मार्क्स आ आफ्नै कारणले आज दुनियाँमा जीवित रहेका भन्छन् । उनीहरुको पछाडी राम्रो या नराम्रो जे भएपनि नारिको हात रहेकै छ। यो मैले प्रसंग मात्र जोडेको हुँ । मैले जीवनमा गल्ति गरेको हुँला । आफुले गरेका गल्ति आफैं देखिदैन् भन्छन् । गल्ति देखाइदिने काम त तपाईहरुको हो। म मेरो जन्मस्थान, बाल्यकालमा खेलेका पाखा पखेराहरु, ती प्रकृतिका मनोरम दृश्य सम्झन्छु र सुन्दर झर्ना पोकली, मलाई यो युवा अवस्थामा आइसकेर पनि त्यहाँ केहि दिन नसकेको जस्तो आत्मग्लानि भएर आउँछ । त्यसैले केहि गर्न सकिएलाकी भनेर यो सानो लेख लेखेको हु । प्रसस्त पैसा कमाएर मात्र मानिस सफल बन्न सक्दैन । सफलता नाप्ने माध्यम पैसा होइन। सफल त्यो मान्छे मात्र हुनसक्छ जस्ले समाजबाट इज्जत पाउन सक्छ । उसले समाजलाई केहि दिएको हुन्छ। धनाढ्य तर घृणित भएर बाँच्नुको सार्थकता छैन। तपाईहरु आफैं बिचार गर्नुस त एउटा स्वस्थ आमा भएर पनि आफ्नो बच्चालाई दुध चुसाउन पर सर्छिन भने उनले आमाको कर्तब्य निर्वाह गरेको ठर्हछ र ? मानिसको जीन्दगी एक नदी हो । समुन्द्रको कोखमा बिलिन नभएसम्म धेरै अप्ठयारा ठाउँहरुबाट बग्दै जानुपर्छ । कहिले हिमाली चिसो खोच् कहिले भत्भती पोल्ने तराई त कहिले निर्जन पहाड भित्रबाट यो मेरो घर परिवार भित्र नैा घटेको घटनाबाट सिजृत वास्तविकताको संगालो हो । जब मेरी आमालाई क्यान्सर भएर जिल्ला बाहिर अर्थात राजधानी लैजानु पर्ने अवस्था आयो गाउको बिकटता, विकासमा पछि परेको अवस्थाले नराम्ररी मनमा चिसो पस्यो । फेरी अस्पतालमा बिरामी आमालाई डाक्टर र नर्सहरुले देखाएको आत्मियताले मेरो मनलाई समाज सेवामा लाग्न प्रेरित गर्‍यो फलस्वरुप सामाजिक कार्यको लागि सामुहिक प्रयास नै अपरिहार्य देखें, मैले बुझेको ओखलढुंगा र त्यहाँ हामीले गर्न सकिने विकास निर्माणका संभावनाहरुलाई यहाँ उतार्न कोशिस गरेको छु ।

भौगोलिक परिचय

पूर्वाञ्चल विकास क्षत्र अर्न्तगत पर्ने ओखलढुङ्गां विश्व विख्यात सगरमाथा अञ्चलमा पर्छ । पूर्वदेखि पश्चिमतर्फ फूक्दै गएको यो जिल्ला विकासको दृष्टिकोणले धैरै पछाडि परेको छ। उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर र सिन्धुलीसँग ओखलढुगां जिल्ला जोडिएको छ। पूर्वमा खोटांग जिल्लासँग दुधकोशीले र पश्चिममा रामेछापसँग लिखु नदिले छुट्टाएको छ। यो जिल्लाको भू–बनौट नै नेपालका अन्य जिल्लाहरुभन्दा बेग्लै छ । आखलढुङ्गांलाई तीनतिरबाट नदिले घेरेको छ। नेपालका ७५ जिल्ला मध्येबाट क्षेत्रफलको हिसाबले ६८ औं स्थानमा र जनसंख्याको हिसाबले ५९ औं नम्बरमा पर्छ । ओखलढुंगा जिल्ला पृथ्वीनारायणको एकीकरण पछि भीमसेन थापाको प्रशासनिक विभाजन अर्न्तगत नेपाल अधिराज्यलाई ३९ जिल्लामा बाडिएको थियो, जस अर्न्तगत आजका सोलुखुम्बु र खोटाङ जिल्लाका पूर्व ३ नं. ओखलङ्ढुगा जिल्ला अर्न्तगत नै पर्दथिए। यो २०१८ साल अघिसम्म कायम थियो, आज ओखलढुङ्गा जिल्ला भित्र ५६ गाउँ विकास समिति पर्दछन् । ओखलढुङ्गा जिल्लाको कुल क्षेत्रफल १०७४ वर्गकिलोमिटर अर्थात १०५,८६४ हेक्टर छ । यसको भौगोलिक धरातल अक्षांस २७ दशमलदेखि २७ बाइस दशमलवसम्म उत्तरसम्म पर्दछ र, देशान्तर ८६ बत्तीस पूर्वसम्म पर्छ ।

भौगोलिक विभाजन

डाडा काडा भीर पाखा, खोल्साखोल्सि, वनजंगल, टारबेंसी, पाखापखेरा आदी जस्ता धरातलीय स्वरुप भएको यस जिल्लालाई विभिन्न भागमा वर्गिकरण गर्न सकिन्छ। ती यसप्रकार छन ओखलङ्ढुगां समुन्द्रि सतहदेखि ३९० देखि ३६७२ मिटरसम्म पर्ने हुनाले तल्लो क्षेत्रलाई वेशी मानिन्छ। जिल्लाको ठूलो क्षेत्रफलको १६१ वर्ग कि मि अर्थात छ प्रतिशत भूभाग यो क्षेत्रले ओगटेकोछ। खोलाछेउका नदी क्षेत्र र उच्चाइ कमका ठाउहरु यो क्षेत्रमा पर्छन। यो क्षेत्रमा बसोवास गर्ने जन्ताको मुख्य पेशा कृषि हो। फलफुल्र तरकारी, पशुपालन र माछापालन स्थानीय वासिन्दाका नगद रकम खैचने भरपर्दा उपायहरु हुन् ।

मध्य पहाडी क्षेत्र यस क्षेत्रले जिल्लाको ६९८ वर्ग कि । मी । भूभाग अर्थात ६५ प्रतिशत भूभाग क्षेत्रफल ओगेटेकोछ । रुम्जाटार यसै क्षेत्रमा पर्छ । धान, मैदा, गहुँ, कोदो, फापर, तोरी तरकारी र पशुपालन यस क्षेत्रका वसिन्दाले गर्छन् ।

लेकाली क्षेत्रका कुल क्षेत्रफलको २० प्रतिशत अर्थात २१५ वर्ग कि । मी । ओगटछ लेकाली क्षत्रले। यहा पातलो वस्ती छ । जनताले मकै, उवा, आलु, जौ, गहुँ, स्याउ खेती र भेडा च्याग्रा तथा चौरी पालन गर्छन् ।

भौगोलिक विभाजनको सही सदुपयोग स्थानीय नागरिकहरुलाई राजनीतिक दलहरुले सही ज्ञान र सिप दिन सकेको खण्डमा ओखलढुङ्गांको विकासमा कायापलट फेरिन लामो समय लाग्दैन। औल अर्थात, समुन्द्र सतहदेखि कम उच्चाइ क्षत्रमा गर्न सकिने कामहरु धेरै छन् । यस क्षत्रका गाविसले विपन्न परिवारको उपभोक्ता समिति बनाई उन्नत जातका माछापालन, खसी-बोका पालन,, पशुपंछी पालन आदी गराउन सकिन्छ । त्यस्तै मध्य पहाडी क्षेत्रमा अहिले गरिएको अतिरिक्त पशुपंछी पालन गराउन गारो छैन किनभने जिल्लाभरीमा २३० सामुदायिक वन १४ वटा कवुलियत वन र एउटा निजि वन छन् । यस हिसावमा चरन क्षेत्रको समस्या जिल्लामा छैन्। यस्ता वन क्षेत्रमा अनेकौं प्रकारका जडिबुटीहरुको खेति गर्न सकिन्छ । यो जनताको निम्ति लगानी विनाको आम्दानी र स्थानीय सरकारको निम्ति शुद्द आम्दानी बन्न सक्ने पक्का छ । लेकाली क्षेत्रको सम्भाव्यता त कति हुन्छ कति । अहिले स्याउ खेती भए पनि वजार छैन भनेर चिन्ता लिनु पर्ने देखिदैन । स्याउलाई भट्टीमा सेकाएर सुकुटी बनाउन सकिन्छ, चौरीको दुधबाट छुर्पी बनाउन सकिन्छ । सम्बन्धित क्षेत्रबाट अध्यान गराएर लेकाली वनमन अलैाची खेति गर्न सकिन्छ। यस कामको लागि भने गाविस र जिल्ला विकास समितिको सहयोग अनिर्वाय चाहिन्छ।

क्रमश:



एउटा कुखुराले १६ जनाको खाना र आर्थिक मन्दीबारेका ब्लगहरु

kancho kukhura

तपाईले कुनै बेलामा एउटा कुखुराले पाँच थरी खाना बनाउने बिधी पढनु भएको छ भने त्यो कुनै आश्‍चर्यको कुरा रहेन। संसारनै आर्थिक मन्दिको मारमा परेको बेलामा एउटै कुखुराले सोह्रजनाको खाना बन्ने उपाए पनि पत्ता लागिसकेको छ ।

विश्‍व आर्थिक मन्दिको प्रभाव कुन कुन क्षेत्रमा कसरी परिरहेको छ भन्ने हामि सबैलाई आ-आफ्नै ढंगले थाहा छ। मल्टि नेशनल कम्पनीमा भएका कर्मचारी कटौती देखी मूल्य बृद्धि अनी यसैसंग संसारभरी आएका बिभिन्न समस्यासंगै, यसलाई कसरी सामना गर्ने, र मन्दिको मारबाट कसरी बच्ने भन्ने पनि सबैले आ-आफ्नै योग्यता र स्थानबाट प्रयास गर्दै आएकाछन ।

अहिलेको समय विश्‍व-ग्राम अर्थात ग्लोवल भिलेजको समय हो, त्यसैले यहा कुनै एक ठाँउमा भएको समस्याले सबैलाई असर गरे जस्तै, कुनै पनि स्थानका व्यक्तिले निकालेको समस्या समाधानका उपाए पनि सबैले प्रयोग गर्न सक्छन ।

यसै क्रममा यत्रो ठूलो संसारलाई सानो गाउँ बनाउने ईन्टरनेटमा खोजें । मन्दिलाई नै मुल विषय बनाएर अनगिन्ती वेपपेज र ब्लगहरु चलेका रहेछन ।

एकजना जेन नाम गरेकी ब्रिटिस महिलाले शुरु गरेको र उनकै भनाईमा “money-saving blog” भनिने http://recessiontips.co.uk/ पनि एउटा यस्तै ब्लग हो । हालैका दिनमा खासै अपडेट नगरिए पनि त्यसमा भएको एउटा How to get sixteen meals out of one chicken भन्ने पोष्टले मन्दिको मारबाट बच्न के सम्म गर्न सकिन्छ भन्ने जानकारि दिन्छ ।

छोटकरीमा यो मन्दिको बारेमा बिभिन्न खबरहरु हेर्नु छ भने http://recession.org/ एउटा राम्रो स्रोत हुनसक्छ त्यसमा भएका Worse Recession Since 1930'sRecession Proof Your Job जस्ता पोष्टहरुले तपाइलाई मन्दिको जानकारी मात्रै हैन कसरी मन्दीको समयलाई पार गर्ने भन्ने टिप्सहरु पनि दिने छ ।

अन्य यहि बिषयलाई मूल बिषय बनाई संचालनमा आएका पेजहरुमा http://www.surviverecession.com/, http://recessionwatch.blogspot.com/, र http://recessiontimes.blogspot.com/ पनि हुन।

ती बाहेक Surviving Recession dotcom मा पनि Surviving A Recession With Good Planning, 10 Tips For Saving Money In A Recession जस्ता लेखहरु भेटिन्छन ।

केहि पेजहरुमा आउने दिनहरु झनै खरव हुने कुराहरु छन र त्यसकोलागि तयार रहन टिप्सहरु दिईएका छन भने केहिमा भने अब यसको प्रभाव बिस्तारै कम हुँदै जाने उल्लेख छ।

खोज्दै जानु भयो भने पुरानो जिन्सलाइ फेरी कसरी नयाँ बानाएर लगाउने देखी ग्यारेजमा फालीएका पुराना फर्नीचर मर्मत गरेर नया काम लिन सकिने अनी फुर्सदको समयमा बढि भन्दा बढि उत्पादनसील कार्य गरेर मन्दीलाई छिट्टै भगाउने यस्ता हजारौं टिप्सहरु भेटिनेछन ।

आशा गरौं मन्दीका दिनहरु, नेपालमा बिजुली गाएब भएजस्तै गरी गाएब हुनेछन र विश्‍व छिट्टै यो समस्याबाट मुक्त हुनेछ, त्यो भन्दा पहिला भने यी ब्लग र पेजहरुबाट केहि सिक्दा सबैलाई राम्रै होला कसो? ।



March 30, 2009

मनको कुरा भन्छु भन्थ्यौ

नीर्मन केएम
नंखेल भक्तपुर

मनको कुरा भन्छु भन्थ्यौ किन भनिनौ त?
एकैछिनमा झुल्किएर किन अस्तायौ त?

म पनि त तिमीसंग नजीक होउं भन्थें
सबै कुरा तिमी सामु पोख्न पाउं भन्थें

मनको कुरा मनमै राखी किन बल्झियौ त?
एकैछिनमा झुल्किएर किन अस्तायौ त?

कहिलेकाहीं भेट्दाखेरी मनभरि आशा बढ्छ
नयनभरि संसारमा तिम्रै कुरा नाची दिन्छ

मंजील नछोइ बीचै बाटो किन फर्कियौ त?
एकैछिनमा झुल्किएर किन अस्तायौ त?


कोठे साहित्यिक यात्राको तेस्रो कार्यक्रम भब्यताको साथ मनाइयो


आचार्य प्रभा/ बोल्डर् कोलोराडो
मिती ३/ २८/ २००९

कोलोराडोबासी साहित्य प्रेमीहरुले नियमित आफ्नो कार्यक्रम ''कोठे साहित्यिक यात्रा'' को आफ्नो तेस्रो कार्यक्रम कवि गोष्ठी आज मिती ३/ २८/ २००९ का दिन कबी भुपेन्द्र महतको निवासमा भब्यताको साथ मनाए । कार्यक्रममा लगभग सहभागीता धेरै भएता पनि कबिता बाचन् गर्नेहरुमा १) जगन्न्नाथ गौतम, २) ज्ञानेन्द्र गदाल, ३) पारस लम्साल, ४) केशब आचार्य, ५) प्रमोद घिमिरे, ६) भुपेन्द्र महत, ७) झलक सोती, ८) आचार्य प्रभा थिए, भने ज्ञानेन्द्र गदाल र आचार्य प्रभाका केही गीतहरुका म्युजिक भिडियो को प्रदर्शन गरेर कार्यक्रमलाई संगीतमय बनाइएको थियो । ''कोठे साहित्यिक यात्रा'' को उदेश्य लेखक कबिको उपस्थिती मात्र नभएर साहित्यनुरागिहरुलाई पनि सहभागिता गराउनु हो र यो कार्यक्रममा साहित्यनुरागिहरुको नै बडी उपस्थिती पनि हुँदै आइरहेकाछन र कबी ,लेखक हरुलाई धेरै ठुलो प्रोत्साहन मिलीरहेको छ । अब आउने अप्रिल महिनाको कार्यक्रम दुइजना, रमा कान्त अधिकारी र प्रमोद गिमिरेको निवास मध्य एकजनाकोमा हुने निर्णय गरिएको छ । यो कार्यक्रम निरन्तर रूपमा नै हुने अठोट गरिएको छ।
सहभागिहरुमा निम्न उपस्थिती थिए

१) जगन्ननाथ गौतम, २) के. बिश्वकर्मा, ३) राम प्रशाद विश्वकर्मा, ४) प्रमोद घिमिरे, ५)आचार्य प्रभा, ६)सरगम गदाल, ७)ज्ञानेन्द्र गदाल, ८) रमा कान्त अधिकारी, ९) अंम्बिका घिमिरे, १०) सम्झना कार्की, ११) सलिना कार्की, १२) भागवत कार्की १३) सेजल कार्की, १४)बालमुकुन्द अधिकारी, १५) पारस लम्साल, १६) देवी लम्साल, १७) प्रियमबदा सोती, १८) नीती आचार्य, १९) निरज गौतम, १९) सुयोग सोती, २०) केशब आचार्य, २१) भुपेन्द्र महत, २२) अधिर प्रसाईं, २३) राजेश बिष्ट, २४) बिशेश्‍वर के.सी आदीको सहभागीता थियो। कार्यक्रमको समापन चिया पान पश्चात भएको थियो ।



March 29, 2009

किन बर्बराउँछन बाबुराम डाक्टर ?

२०२६ सालमा एसएलसीमा बोर्ड फर्स्ट पड्काएको बुर्जुवा रवाफले नै माओवादी पार्टीको बौद्दिक मुखौडाको एकल ताज पहिरन सफल डाक्टर बाबुराम भट्टराई अहिले कार्यरत नेपाल सरकारका अर्थमन्त्री हुनुहुन्छ । कुनै बेला बुर्जुवा शिक्षालाई धिक्कार्ने र यस्ता प्रमाणपत्र च्यात्नु पर्छ भन्ने माओवादी पार्टीका देखाउन मिल्ने शैक्षिक योग्यता बोकेका एउटा मात्र ठूला नेता भएका हुनाले पार्टी भित्र वहाँको स्थान उच्च नै होला । तर त्यही पार्टीको सांगठनिक ढाँचा भित्र र विशेष गरी पार्टीको अनुदारवादी मानिने मोहन वैद्य-नेत्र चन्द नेक्ससले भने उनलाई पटक्क देख्‍न रुचाउँदैन भन्ने कुरा बेलाबेलामा नेपाली छापाको विषय भने हुने गरेको छ । यस्को मुख्य कारण डाक्टर साहेबले बनाएको आफ्नो बौद्दिक इमेजका आधारमा वहाँलाई सबैले उच्चतम सम्मान दिनुपर्छ भन्ने वहाँकोको बुर्जुवा आग्रह नै हो भन्ने कुरा पनि यदाकदा सुनिएकै हो !

माओवादी पार्टीको कथित बौद्दिक र उदारवादी खेमाको नेता मानिने भट्टराईलाई विडम्बनापूर्ण तरिकाले साउथ-ब्लकको प्रतिनिधिको रूपमा चित्रण पनि गर्ने गरिन्छ, पार्टि भित्र र बाहिर जतासुकै । माओवादी सरकार गठन भएर माओवादी-एमाले समीकरणको खिचडी जब पाक्दै थियो र निवर्तमान एमाले महासचिव माधव कुमार नेपाललाई दुई पार्टीले राष्ट्रपतिको उमेद्वार बनाउने निर्णय हुँदै थियो, अन्तिम समयमा कुनै भारतीय दूतको इशारामा बाबुराम डाक्टर साहेबले त्यो खिचडिको ताउलो गुल्टाएर बनिबनाउ राजतिक समीकरणलाई आर्यघाट पुर्याएका हुन भन्ने धेरैको आरोपमा मोहन वैद्यहरूले सांक्षी बकेको धेरै भएको पनि छैन । एमाले नेता बामदेवलाई जब मन्त्रिमण्डलमा दोस्रो बरियता दिनेकुरा आयो, भट्टराईलाई यस्तो ऐठन भयो कि राजीनामा नै दिएर घुर्क्याउने मनस्थितिमा डाक्टर साहबमा जाग्रत भयो , प्रचण्डले कुन ललिपप दिएर शान्त पारे उनै जानून ।

तर हेर्दै गम्भीर देखिने अनि कुनै कुरामा रिसाइरहेका जस्ता देखिने डाक्टर बाबुराम रूखो बोल्न, मान्छे चिढाउन, बनेको मेलमिलापको वातावरण बिथोल्न अनि आँफू बाहेक अरूका विचारको अनौचित्यतालाई गालीले पछार्न माहिर हुनुहुन्छ । भर्खरै सम्पन्न विद्यार्थी युनियनको चुनावमा क्याम्पस क्याम्पस्मा पुगेर कांग्रेस एमाले विद्यार्थीलाई गालि गर्न वहाँले खर्चेको जाँगर हेर्दा वहाँ नेपालको अर्थमन्त्री नभएर कुनै ऐरेगैरे कलेजको युनियनको कोषाध्यक्ष पो हुनहुन्छ कि भनी झुक्किनु पर्ने हुन्छ ।



केही समय अघि नेपालका पुर्व राजादेखि हरू धेरै दलका नेताहरू पनि भारत जाने सन्दर्भ पर्‍यो, डाक्टर साहेबले अनेकन तिखा र तिता टिप्पणि गर्न पुग्नुभयो । नेताहरू यसरी सामूहिक बिरामी हुने कुरामा अवश्य 'दालमा कुनै कालो छ' भन्ने देख्ने भट्टराईका तिक्ष्ण नजर वहाँ इञ्जिनियर नभएर टेष्ट ट्यूबमा 'बेबी किङ' कोरल्ल्न लगाउने वैद्य नै हो कि भन्ने सोच्न वाध्य पार्‍यो । वहाँले घोर षडयन्त्रको गन्ध पाएर बेसरी हुन्डरी नै पिट्नुभयो ।



नेपाली सेनाका ८ जर्नेलहरूको पदावधी नबढाउने सरकारी निर्णय र त्यो कुराको बिरूद्द सर्वोच्च अदालको अन्तरिम आदेश अहिले माओवादीलाई नपच्ने विषय बनेको छ र माओवादी नेता-कार्यकर्ता सबे सडकमा उत्रेर न्यायलयको हूर्मत लिँदै छन् । माओवादीले सोचे अनुरूप निर्णय हुन नपुगेमा वा नभएका सबै जसो कुरा गणतन्त्रको बिरुद्द अर्थ लगाएका छन् अहिले विद्वान डाक्टर र वहाँका मण्डलीहरूले । उनीहरूको बिद्रूप तर्क छ , न्यायलयको बिरोध 'जनता'ले गरेका हुन , माओवादीले हैन । मानौँ देशमा जनता भनेको माओवादी नामको जमातको पछि लाग्ने भीड बाहेक अरू कोही हैन ।


यस्तोमा , माओवादीको जोरजुलुम त जारी छ नै , बाबुराम डाक्टरका विचारहरू झनै उदेक लाग्दा देखिन पुगेका छन् :

'लोकतन्त्रभन्दा माथि न्यायालय हुन सक्दैन,न्यायलय माथि रहे लोकतन्त्र खतरामा पर्नसक्छ।´
- राजधानी फर्कने क्रममा आईतबार बिहान पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग ।

माओवादीहरूले हत्या गरेको भनिएका बुटवलका युथ फोर्स नेता प्रचण्ड थैव ( एमाले ) काण्डले सिर्जना हुन पुगेको परिस्थितिमाथि डाक्टर बाबुराम यसो भन्न पुग्छन् :

”एमाले राजनीतिक पार्टी हो कि चौतारी हो ,आफैं सत्तामा बस्ने आफैं प्रतिपक्षी जस्तो सरकारी कार्यालयमा ताला लगाउँदै हिंड्ने एमालेको चरित्र दल भन्न सुहाउने देखिँदैन।”- एमालेप्रति आक्रमक देखिएका भट्टराईले भने ।

यसो भनिरहँदा डाक्टर साहेबले माओवादी कार्यकर्ताले सिर्जना गरेको अराजकता र मन्त्रि भैरहँदा बोकेको बिद्रोही नेताको झूसे डकारलाई सम्झिन भने उचित ठानेनन् ।

अनि श्याङ्जाको वालिङमा भाषणको जोशमा बाबुरामले ठोकेछन्:

' सरकारबाट बाहिरिन्छु भनेर एमालेले कसलाई धम्काउन खोजेको हो ? यदि त्यसो भयो भने एमालेले ठूलो मूल्य चुकाउनु पर्नेछ ।'

आखिर समीकरण मेलमिलापको सरकार चलाउँदा त एउटा पक्ष अलि तातिएको बेलामा अर्को पक्षले शितल कुराहरू गर्दै परिस्थितिलाई सन्तुलनमा राख्न मद्दत पुर्याउनु पर्ने कुरा किन बिर्सिरहेका होलान डाक्टर साहेबले । भट्टराईजिले बौद्दिकतालाई अर्थमन्त्रीको ब्रिफकेशमा बन्द गरी हुल्लडवाज कार्यकर्तालाई मसला दिने काममा आफ्नो बुर्जुवा बौद्दिकता खर्च गरेर, कतै यो बुर्जुवा डिग्रिको अनौचित्यता साबित गर्न खोजिरहनु भएको त छैन ?