March 31, 2009

एउटा कुखुराले १६ जनाको खाना र आर्थिक मन्दीबारेका ब्लगहरु

kancho kukhura

तपाईले कुनै बेलामा एउटा कुखुराले पाँच थरी खाना बनाउने बिधी पढनु भएको छ भने त्यो कुनै आश्‍चर्यको कुरा रहेन। संसारनै आर्थिक मन्दिको मारमा परेको बेलामा एउटै कुखुराले सोह्रजनाको खाना बन्ने उपाए पनि पत्ता लागिसकेको छ ।

विश्‍व आर्थिक मन्दिको प्रभाव कुन कुन क्षेत्रमा कसरी परिरहेको छ भन्ने हामि सबैलाई आ-आफ्नै ढंगले थाहा छ। मल्टि नेशनल कम्पनीमा भएका कर्मचारी कटौती देखी मूल्य बृद्धि अनी यसैसंग संसारभरी आएका बिभिन्न समस्यासंगै, यसलाई कसरी सामना गर्ने, र मन्दिको मारबाट कसरी बच्ने भन्ने पनि सबैले आ-आफ्नै योग्यता र स्थानबाट प्रयास गर्दै आएकाछन ।

अहिलेको समय विश्‍व-ग्राम अर्थात ग्लोवल भिलेजको समय हो, त्यसैले यहा कुनै एक ठाँउमा भएको समस्याले सबैलाई असर गरे जस्तै, कुनै पनि स्थानका व्यक्तिले निकालेको समस्या समाधानका उपाए पनि सबैले प्रयोग गर्न सक्छन ।

यसै क्रममा यत्रो ठूलो संसारलाई सानो गाउँ बनाउने ईन्टरनेटमा खोजें । मन्दिलाई नै मुल विषय बनाएर अनगिन्ती वेपपेज र ब्लगहरु चलेका रहेछन ।

एकजना जेन नाम गरेकी ब्रिटिस महिलाले शुरु गरेको र उनकै भनाईमा “money-saving blog” भनिने http://recessiontips.co.uk/ पनि एउटा यस्तै ब्लग हो । हालैका दिनमा खासै अपडेट नगरिए पनि त्यसमा भएको एउटा How to get sixteen meals out of one chicken भन्ने पोष्टले मन्दिको मारबाट बच्न के सम्म गर्न सकिन्छ भन्ने जानकारि दिन्छ ।

छोटकरीमा यो मन्दिको बारेमा बिभिन्न खबरहरु हेर्नु छ भने http://recession.org/ एउटा राम्रो स्रोत हुनसक्छ त्यसमा भएका Worse Recession Since 1930'sRecession Proof Your Job जस्ता पोष्टहरुले तपाइलाई मन्दिको जानकारी मात्रै हैन कसरी मन्दीको समयलाई पार गर्ने भन्ने टिप्सहरु पनि दिने छ ।

अन्य यहि बिषयलाई मूल बिषय बनाई संचालनमा आएका पेजहरुमा http://www.surviverecession.com/, http://recessionwatch.blogspot.com/, र http://recessiontimes.blogspot.com/ पनि हुन।

ती बाहेक Surviving Recession dotcom मा पनि Surviving A Recession With Good Planning, 10 Tips For Saving Money In A Recession जस्ता लेखहरु भेटिन्छन ।

केहि पेजहरुमा आउने दिनहरु झनै खरव हुने कुराहरु छन र त्यसकोलागि तयार रहन टिप्सहरु दिईएका छन भने केहिमा भने अब यसको प्रभाव बिस्तारै कम हुँदै जाने उल्लेख छ।

खोज्दै जानु भयो भने पुरानो जिन्सलाइ फेरी कसरी नयाँ बानाएर लगाउने देखी ग्यारेजमा फालीएका पुराना फर्नीचर मर्मत गरेर नया काम लिन सकिने अनी फुर्सदको समयमा बढि भन्दा बढि उत्पादनसील कार्य गरेर मन्दीलाई छिट्टै भगाउने यस्ता हजारौं टिप्सहरु भेटिनेछन ।

आशा गरौं मन्दीका दिनहरु, नेपालमा बिजुली गाएब भएजस्तै गरी गाएब हुनेछन र विश्‍व छिट्टै यो समस्याबाट मुक्त हुनेछ, त्यो भन्दा पहिला भने यी ब्लग र पेजहरुबाट केहि सिक्दा सबैलाई राम्रै होला कसो? ।



2 Comments:

पीजी said...

बंगालीहरुले एउटा माछाले परिवारलाई पुर्याउंछन रे, मन्दी नभएको बेला पनि।
तिनिहरुको ब्लगमा कमेन्ट गरेर मन्दीको बेलामा हुम्ला जुम्ला गएर बस्ने सल्लाह दिनु पर्ला , त्यतातिर मन्दीले छोएको छैन ! एक के जी चामलले हप्ता चलाउने तरिका सिक्न !

ठरकि दादा said...

हुम्ला जुम्लाको बारेमा त केहि कुरा थाहा थियो, तर यो एउटा माछाले परिवारलाई पुर्‍याउने बंगाली तरीका भने रमाईलो लाग्यो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !