October 5, 2008

अलमलियको प्रदेसी

purushottam subedi
–beljiyam
चाड आय जस्तो लाग्छ -कता कता यो मन भित्र ।
संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।।

बढे जस्तो लाग्छ मलाई - नास्तिक को बाहुल्यता ।
आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।।

धर्म संग आस्था राख्ने - हिन्दू भन्न शरम मान्ने ।
कस्ता धार्मिक भेटें मैले -चाड बाड पारी रक्सी तान्ने ।।

दसैं आउछ त्यसै जान्छ -थाहै छैन के हो दसैं ।
कर्कलुको पानी जस्तो -थाइ होकी आस्थाइ बसाइ ।।

नेता हुन दौडीरहेछन -संस्क्रिती र देस बिनाको ।
सबै पराइ जस्ता लाग्छन -छैन यहाँ मन चिनेको ।।

धनको धक्कु लाउदै हिंड्ने -समयको ख्याल न गर्ने ।
१२ जना को जमात भेटे -भाइटल पोस्टकै दाबी गर्ने ।।

समाज सेवा गर्छु भन्छन -अप्सर बादको पोको बोकी ।
सिद्धान्तका कुरा गर्छन् - बनी आफै साधु होकी ।।

नेपाल देखी पुजीबादको - पोको बोकी आका सबै ।
समयको बाढि छोपी -नेतै नेता भाछन सबै ।।

बिचार सबका हुन्छन आफ्नै -मानवताको आस्था संग ।
ब्यभिचारी बढ्न थाले -आस्था सबै भता भुंङग ।।

तिथी मिती बिर्सि सके - बिर्से सबले घरबार पनि ।
हिसाब किताव गर्नु पर्दा - भांच्छन औंला गनी गनी ।।

पढाई लेखाइ सुन्य डिग्री - सिस्नाको झ्यांङ हलो ।
मुर्ख को साथ पछी लाग्दा - कस्को होला भलो ।।



October 3, 2008

दौँतरीलाई जन्म दिन र दशैँको बधाइ र शुभकामना !

ख्याल ख्यालमा नचिनेका साथीहरूसंग
दौँतरीको पिर्ति कोरेको वर्ष दिन हुन थालेछ,
दौँतरीको यस पटकको पिर्ति संयोगले
दशैँको महाअष्टमीको पवित्रतामा फुलेछ

हरेक यात्राहरू , एक कमजोड पदचापबाट शुरू हुन्छन्
विशाल नदीहरू, चट्टान फोरेर निरिह निसृत बहन्छन्
तर पनि नदीको विशालता महासागरको सांक्षी छ
यात्राका पाइलाहरू अन्तरिक्षमा अनुवाद बन्छन्

कलमहरू श्वरमा अनुवाद हुँदा, निर्भिक बन्न सक्नु पर्छ
स्वतन्त्रता अनि मानवातका पक्षमा अडिग अड्नु पर्छ
निरंकूशताको गन्धे प्रदषणको नाडी छाम्न सक्नु पर्छ
छल-कपट र बैमानी चालहरूको पद आहट चिन्नु पर्छ

आक्रान्त छौँ हामी , ढोंगी बुद्दको आवरणमा युद्द बोकेकाहरू संग
नक्कली मसिहाको आवरणमा हिंसाको खेती गर्नेहरू संग
जनताको नाममा जनतालाई जन्तु भएको ठान्नेहरूसंग
मेरो लागि केही गरेको दावामा केवल आफ्नो भण्डार भर्नेहरूसंग

इतिहास सांक्षी छ , कोकोहोलो लगाउनेहरूको भीड हामीले देखेका छौँ
आँफ्ना सबै सुकर्म अनि अरू सबै कुकर्मको रट पटक पटक पढेका छौँ
उनकै पछि हिँड्नेहरू जनता हुन् , अरू सबै पराइ भएपछि,
आफ्ना र अरूको भेदमा हामी जनताको सदैव भएकै हो दूर्गति

झूट र भ्रमको यो बाली इतिहासका गराहरूमा सदैव फस्टाएको छ
अतितभन्दा हिजो र आजमा यो प्रवृत्ति झ्याङ्गिँदै झन मौलाएको छ
अत: निरन्तर गोल पोष्टतर्फ मिल्क्याइँदो भकुण्डो हामी बनाइएका छौँ
अन्धकारमा अनुहार आँकलनको यो विडम्बनामा उल्लू जो बनाइएका छौँ

हे कलमहरू , अन्धकारको यो भ्रममय पर्दाको विन्यास गर्ने बेला आएको छ
अनुहार र दावाहरूमा भन्दा नियत त उद्देश्यको तस्वीर खिच्ने बेला आएको छ
शुरुवात त कहीँबाट हनैपर्छ, त्यो म आँफैबाट प्रस्थापन आज प्रस्थापन गर्नुपर्छ
अक्षर अक्षर अभिव्यक्तिको 'दौँतरी' बनेर श्‍वरको खेतीमा कलमको उद्‍घोष छर्नुपर्छ।


जय दौँतरी ! जय दशैँ ! जय होस् मित्रहरूको !



-एकलव्य


October 2, 2008

गजल - दशै

दौतरीका दौतरीहरुलाई बिजया दशमीको मंगलमय शुभकामना
सहित यो दशैको गजल पेश गरेको छु
रातो अक्षतामा निरहको रगत नहोस
दिगो कामना शान्तिको,अब फगत नहोस

पाबन क्षण,माहान पर्ब ,उल्लास र हर्ष
दशै भोग्दा दशाको लामो लगत नहोस

राम या राबण ,सुर या असुर चिन्छ को
आस्थाको पूजारी बकुला भगत नहोस

सबका ओठमा उषाको कान्ती छायो भन्थे
निरह रगतले पोतिने जगत नहोस

मन फुकाई देको सुका आठना लाख हुन्छ
दान दक्षिणामा फिरौतिको नगत नहोस


October 1, 2008

दशै आयो, खांउला पिउंला

चाड पर्व बर्ष भरी गरेका दु:ख भुलेर परिवार, नाता गोता संग खुशीको समया बिताउने क्षण हो। दशै नेपालीको लागी त्यस्तै चाड हो। यस अवसरम एक आपसमा शुभकामना साटा साट गर्ने, अनेक किसिमका रमाइलो गर्ने यस्तै आदी गरेर समय बिताइन्छ। हुन त नेपालमा अहिले इतिहासकै काल घडिमा बिती रहेको छ, के को टिका लाउनु, यस्तै अनुभुती हुन्छ कहिले कांही। नेताहरुले छक्काउदा छक्काउदै अहिले संबिधानको ललिपप दिएर जनतालाइ राखेका छन। सामानमा कम्पिटिसन भए ग्राहाकलाइ फाइदा हुन्छ तर नेपालमा धेरै पार्टी भए पनि जनता नै सस्ता भएका छन। तर पनि बर्ष दिनको चाड, पुर्खाले दिएको उपहार, हाम्रो संस्क्रिती धान्नु नै पर्दछ। आफ्नो मौलिकता जोगाउनु भनेको आफ्नै आत्मसम्मान गर्नुहो।
यस्तै अबसरमा दौंतरीबाट शुभकामना साटासात गर्दा बिभिन्न खाले शुभकामना प्राप्त भएका थिए। केहीलाइ तपाइहरु समक्ष बाढ्न चाहान्छु।
-----------------दौतरी लाई मेरो शुभकामना--------
purushottam subedi beljiyam
दु:खमा होस वा सुखमा मेरो दौतरी संग
म सधैं सधैं साथ दिने दौतरिको पनि दौतरी
बुढै भय पनि जोस थपी दिने मेरा दौतरी हरु संग
हातमा हात मिलाई यस मानव रुपी जिवनमा
दौतरिको भिडमै रमाउन चाहन्छु । मेरा जोडीहरु संग
म जहाँ भय पनि बेखबर रहने छैन । मेरो एउटा सुझाब
दौतरी लाई -माइ संसार को जस्तो चकारेर गाली गर्ने लेखक हुन
वा कम्मेन्ट कर्ता त्यस्तो लाई जगा दिनु दौतरी को अपमान हुनु हो भन्ने
सुझाब दिदै मेरा दौतरी परिवार का साथै संसार भरका दौतरी प्रेमीसबै दौतरी लाई
बिजया दशमीको हार्दिक मंगलमय शुभकामनाका साथै उत्तरोत्तर प्रगतिको थप शुभ कामना टक्र्याउडछु धन्यवाद ।।
----सुसन न्यौपाने, रामबाबु तथा साथीहरु----
HAPPY VIJAYA DASAMI 2065 विजया दशमी २०६५ सालको हार्दिक मंगलमय शुभकामना !शुभकामना ! शुभकामना !! शुभकामना !!! याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने किहले बन्द नगर्नू । बिजया दशमी २०६५को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा सुख शान्ति छाओस् दहि,चामलको टिका होस् निधारमा, जमरा पाती अनी दुबोको चोखो फूल होस् कानमा सुख होस् परिवारमा, शान्ती होस् देशमा, दशैमा खुशी को बास होस् सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्, धन,दौलतको रास होस्, सबै परिवार ईस्टमित्रहरुको साथ होस्, दशमी टिकाको आशिक लाओस, दु:ख बिमार सबै टाढा जाओस, पुरा होस् तपाईंको सबै मनोकामना, यही छ मेरो तपाईंलाई विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना बिजयादसमि तथा दिपावली को पावन अवसर मा समस्त मेरा आफ्न्त परिवार र मलाई चिन्ने सम्पूर्ण देस तथा बिदेस मा रहनु भयका मेरा साथी भाई दिदी बहिनी अनि दौतरी परिबारमा श्री नव दुर्गा माता को आसिर्बाद ले सदा सुखी अनि खुशी राखुन भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्चु। अनि हाम्रो देस मा सदा शान्ति फैलिरहोस् भन्ने कामना गर्दछु। -


September 30, 2008

यसपाली दशैं छैन!

परार् पाखो बेचेर खसी किनेथ्यो भञ्ज्याङे काइलाले,
खसी काटेर बर्ष दिनको खुशी मनाउन्न काइदाले,
अष्टमी को दिन थियो,
पूजा सक्याएर,
भूजा ज्युनार गरेर,
आँगनै भरी फुलेका,
हास्न भुलेका ,
नाती नातीनी संग खेल्दै,
जीवनको उत्तरार्ध पनि भुल्दै,
काइला रम्दै थिए,
काइला जिम्दै थिए।

साँझ नपर्दै रात आयो,
अज्ञात कुनै हात आयो,
धेरै बर्ष पछीको खुशी,
धेरै दु:खले किनेको खसी,
चन्दा धन्दा गर्नेले,
दण्डा देखाउदै मागे,
काइलाले खुशी फर्काउन मानेन,
खसी दिन चाहेन।
खसी के काट्नु पाउनु?
काइला आँफै काटिए ।
यसरी दशैंदशासंग साटिए ।
त्यसैले कान्छा,
यस्पाली टिकेस नकाटेस,
दसैं उतै मनाएस्,
टिका उतै लगाएस

गाम मा दशैं छैन,
यता टिका पनि,
जमरा पनि,
न लागा भन्ने उर्दी जारी हुन बेर छैन,
बिना वर्दी भारी हुन बेर छैन।

मान्छे को मोल भन्दा
पशु को मोल ज्यादा भएको देशमा,
पशु काट्न मनाही छ,
खसी संग खुशी साट्न मनाही छ।



September 29, 2008

जय दुर्गे !

Durga2 श्रोह्र श्राद्धको समाप्तिसंगै हिन्दू धर्माबलम्बीहरुकालागी एकदमै पवित्र र महत्वको पर्व शुरु हुन्छ। असत्य माथि सत्यको विजयको प्रतिकको रुपमा धुमधाम संग मनाईने यो यो कालरात्रीलाई बोलीचालीको भाषामा हामी नवरात्री पनि भन्छौं ।

यस पावन अवसरमा माता नवदुर्गाको आराधना गरिन्छ। यो नौ दिनमा माताको नौ रुप अर्थात:

१‍) शैलपुत्री २) ब्रह्मचारिणी ३) चन्द्रघंटा ४) कुष्मांडा ५) स्कंधमाता ६) कात्यायिनी ७) कालरात्री ८) महागौरी र ९) सिद्धिदात्री को आराधना गरेमा यस लोक र परलोक दुवैमा सुख शान्ति मिल्ने विश्वास गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाको दिनमा घर-घरमा कलश स्थापना गरेर यो आराधनाको शुरुवात गरिन्छ । साथै कलशको वरिपरि वा घरको पूजाकोठा वा पवित्र स्थानमा जौ छरेर जमरा रोपिन्छ । यो पवित्र जमरा दशौं दिन अर्थात विजया दशमिको दिनमा मातको प्रसादको रुपमा टिका संगै शिरमा लगाउँदा माताको आशिर्वाद प्राप्त हुने विश्वास गरिन्छ ।

शास्त्र र पुराणका अनुशार : भगवान रामले दुर्गा सहित शस्त्र पूजा गरी शक्ति संपन्न भई दशमीको दिनमा रावण माथी विजय प्राप्त गर्नु भएको थियो। र त्यसै बेलादेखी नवरात्रीमा शक्ति एवं शस्त्र पूजा को परम्परा कायम भयो ।

त्यस्तै अन्य केहि मान्यताका अनुशार इंद्र भगवानले यहि दशमिका असुरहरु माथी विजय प्राप्त गरेका थीए। महाभारतको युद्ध यसै दिन प्रारंभ भएको गाथा पनि छ भने पांडवहरु आफ्नो गुप्तवास पश्चात यसै दिनमा पांचाल आएका थिए। त्यस्तै अर्जुनले पनि यहि दिनमा द्रौपदीलाई स्वयंवरमा प्राप्त गरेका थिए भन्ने कथन पनि छ ।

प्रसंगहरुलाई जे जस्तो गरी जोडे पनि वा बयान गरे पनि वास्तबमा यो विजयको उत्सव हो र यस उत्सवले असत्य माथि सत्यको जित हुने दर्शाउँछ ।

अन्य समयमा गरीएको आराधना र शाधना भन्दा यो समयमा छिट्टै सिद्धि र सफलता मिल्ने आस्थाका कारण यस समयमा माता दुर्गाको विशेष पूजा-आराधना गरिन्छ।

भिन्न भिन्न लक्ष वा कामना पूर्ण गर्नको लागी माताको भिन्न भिन्नै मन्त्र वा श्लोकले माताको आराधना गरिन्छ। आउनुहोस हामि पनि जानिराखौं के का लागी कसरी माताको आराधना गर्ने:

विपत्ति नाश को लागी: शरणागतदीनार्थपरित्राण परायणे। सर्वस्तयार्तिहरे देवि नारायणि नमोऽस्तुते।।

शत्रु नाशको लागी: सर्वाबाधाप्रशमनं त्रैलोक्यस्या‍‍‍खिलेश्वरी। एवमेव त्वया कार्यमस्मद्‍वैरी विनाशनम्।।

सर्वबाधा निवारणको लागी: सर्वाबाधाविनिर्मुक्तो धनधान्यसुतान्वित:। मनुष्यों मत्प्रसादेन भविष्यति न संशय।।

भक्ति प्राप्तिको लागी: नतेभ्य: सर्वदा भक्त्या चण्डिके दुरितापहे। रूपं देहि जयं देहि यशो देहि द्विषो जहि।।

मोक्ष प्राप्तिको लागी: त्वं वैष्णवो शक्तिरनन्तवीर्या विश्वस्य बीजं परमासि माया। सम्मोहितं देवि समस्तमेतत् त्वं वै प्रसन्ना भुवि मुक्ति हेतु:।।

मंगल प्राप्तिको लागी: सर्वमंगमांगल्ये शिवे सर्वार्थसाधिके। शरण्ये त्र्यम्बके गौरी नारायणि नमोस्तुऽते।

जे होस, संगारमा आईसकेको विजया दशमीले संसारभरि छरिएर रहेका सम्पूर्ण नेपालीको भलो गरोस र माता दुर्गाको कृपाले हामी सवैको कल्याण होस ।

म यहि पोष्ट मार्फत सबै ब्लगर मित्रहरु र दौंतरीका शुभ चिन्तक तथा पाठकहरुमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

"जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा, स्वधा नामोस्तुते ।।"

जय दुर्गे !