September 30, 2008

यसपाली दशैं छैन!

परार् पाखो बेचेर खसी किनेथ्यो भञ्ज्याङे काइलाले,
खसी काटेर बर्ष दिनको खुशी मनाउन्न काइदाले,
अष्टमी को दिन थियो,
पूजा सक्याएर,
भूजा ज्युनार गरेर,
आँगनै भरी फुलेका,
हास्न भुलेका ,
नाती नातीनी संग खेल्दै,
जीवनको उत्तरार्ध पनि भुल्दै,
काइला रम्दै थिए,
काइला जिम्दै थिए।

साँझ नपर्दै रात आयो,
अज्ञात कुनै हात आयो,
धेरै बर्ष पछीको खुशी,
धेरै दु:खले किनेको खसी,
चन्दा धन्दा गर्नेले,
दण्डा देखाउदै मागे,
काइलाले खुशी फर्काउन मानेन,
खसी दिन चाहेन।
खसी के काट्नु पाउनु?
काइला आँफै काटिए ।
यसरी दशैंदशासंग साटिए ।
त्यसैले कान्छा,
यस्पाली टिकेस नकाटेस,
दसैं उतै मनाएस्,
टिका उतै लगाएस

गाम मा दशैं छैन,
यता टिका पनि,
जमरा पनि,
न लागा भन्ने उर्दी जारी हुन बेर छैन,
बिना वर्दी भारी हुन बेर छैन।

मान्छे को मोल भन्दा
पशु को मोल ज्यादा भएको देशमा,
पशु काट्न मनाही छ,
खसी संग खुशी साट्न मनाही छ।



4 Comments:

एकलव्यको डायरी ( Eklavya's diary) said...

सटीक छ कविता !

Panda said...

के गर्ने प्रभु,

" मान्छे को मोल भन्दा
पशु को मोल ज्यादा भएको देशमा "

खसीको साटो काइलाहरु आंफै काटिन्छन् । सटिक छ ।

त्यति मात्रै कहा हो र?

अब त "काइलाहरु" काट्नेको क्रान्तिकारी शिक्षा र अग्रगामी छलाङको प्रभावले होला,
बस रोक्नलाइ पनि हात उठाउने जमाना गएछ,
हैन के भएछ "नया नेपालमा",
गुडिरहेको बस रोक्न गोली चलाउने चलन आएछ ।

नेपालियन said...

राहुल दाइ लामो समय पछि दौंतरीमा पाल्नु भएको मा धन्यबाद। कबिता सटिक छ। तपाइको कबिता ले मैले पोहोर साल टिका नलगाउ भन्ने कबिता लेखेको याद आयो।
बिचार पोख्दै गर्नुहोला, दौंतरीलाइ माया नमार्नुहोला।

sangamkirati said...

यो दौत्तरीको ब्ल्गमा पहिलोपटक छिरेको म आज कता -कता दसै कसरी मनाउदै हुनुहुन्छ। भनेर तर कबिता पडदा सारै आनन्द लाग्यो।जे होस सबैलाई सबैको ब्याथा झन्डै-झन्डै मिल्दोजुल्दो रहेछ।धन्यबाद अनिHappy Dashain, सबैलाई

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !