June 1, 2008

शहिदको सपना

- हस्त गौतम मृदूल

शहिदको सपना कुल्चेर नेता शत्तिले मात्तिय।
भोगेर संधै अन्योलै मात्रै जनता आत्तिय॥

धामिलो पारे राष्ट्रको दृष्टि कूजो भो बिधान।
स्वार्थको खेलमा अल्झेर पनि निस्केन निधान।
सांप र बिक्षि भ्यागुतो मिली देशलाइ हाक्दैछन।
कहिल्यै माथी नउठने गरी खाडलमा जाक्दैछन।

जनताको इक्षा कुल्चेर नेता असाध्यै पात्तिया
भोगेर संधै संकट देशमा जनता आत्तिय॥
मौलिक हक अमन चयन ओझेलमा पारे नी।
हुर्मत लुटी जनताको संधै जिउदै मारे नी॥

जहिल्यै पनि मुगडा गर्छन यो कस्तो चलन।
जनताको नेता रैनछन बुमु्ने राष्टको जलन।

राष्ट्रको मुद्धा उठाइ नेता केहीबेर तात्तिय।
भोगेर संधै अशान्ती त्रास जनता आत्तिय॥



May 31, 2008

माओवादीले चमत्कार नै गर्लान त ?

कामरेड प्रचण्ड र उनका चेलाचपेटाहरूको मुखबाट 'चमत्कार' शब्द निस्कन लागेको धेरै नै भयो । यसमा कुनै शंका नै छैन कि संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको रूपमा स्थापित भएर उसले एउटा चमत्कार गरिनै सकेको छ , भलै यो चमत्कार कसरी भयो भन्ने कुरामा कोही अपरिचित नभएको नै किन नहोस् ।
जनयुद्दले जनतालाई प्रताडित गरेको भनिएको हिंस्रक मिलिसिया मात्र साथमा भएको, तल्लो तहको संगठन र बौद्दिक जमात दुबैको साथ नपाएको नया पार्टी माओवादीले शान्ति प्रकृयाको पछिल्लो समयमा जे भन्यो त्यही पाउन थालेको देखेर उसको राजनीतिमा बार्गेनिङ शक्ति बढेको फाइदा उठाउन राजनीति, प्रशासन, पुलिस,सेना र पूर्व दरबारिया पक्षहरूको ठूलो अवसरवादी समूह माओवादीतर्फ आकर्षित बनेको कुरा नकार्न सकिन्न । यथार्थ पनि त्यस्तै थियो किनभने अन्तरिम समयमा , सत्तामा मुख्य भूमिका निभाइरहेका कांग्रेस र एमाले यति निरिह देखिन्थे कि माओवादीले जे चाय्हो त्यही गर्न सक्ने स्थिति सर्वत्र बनेको प्रतीत हुन्थ्यो । सरकारी सेना र पुलिस कहाँ र कुन संसारमा आराम गर्दै छन् जस्तो भान हुन्थ्यो तर चर्चा देखि सडक अनि घर घरमa माओवादी छापामार र वाइसिएलका गतिबिधिको एकछत्रपन कायम भएको थियो । त्यो समयमा माओवादीले वा वाइसिएलले गरेका ज्यादतिको कुरा गर्‍यो भने , शान्ति प्रकृया खलबलिन्छ भनेर सतर्कता अपनाउन पर्ने बाध्यता छ भनिन्थ्यो । साँच्चै भन्ने हो भने ठूलो स्वरमा हाच्छ्यूँ गर्दा पनि घरघरमा 'नानि उठ्ला है' भनेर हैन 'शान्ति प्रकृया खलबलिएला नि' भन्ने एक खालको जोक नै चलेको थियो । एकपटक त माओवादीहरू सबैले सरकारबाट राजीनामा गरेर बाँकि पक्षहरूलाई आँफूले जे ह्यो त्यही गर्न सक्ने कुराको पाठ पढायो , अनि बर्षे बिदाको गृहकार्य गरेर फेरि सरकारमा फर्कियो पनि । यो घटनाले पनि माओवादीले आफ्नो इशारामा अरूलाई सजिलै चलाउन र नचाउन सकिन्छ भन्ने सोचमा आश्वस्त बनायो ।सायद हिंसात्मक शक्तिलाई शान्ति प्रकृयामा बनाइराख्न यो आवश्यक थियो होला , तर अरूको यो कमजोडीलाई सदैव आफ्नो पक्षमा उपयोग गर्ने बठ्याइँमा उसले अरू शक्तिलाई हाकाहाकी ऊल्लू बनाइरह्यो । अर्कोतिर 'निर्वाचन त हाम्रै हो र भएमा हामीले नै जितिन्छ' भनेर बिना तयारी नै मख्ख परेर माओवादी आतंक र आफ्नै अकर्मण्यतामा र दुष्कर्मयुक्त पात्रको कारण ध्वस्त बनिसकेको स्थानीय सांगठनिकतमा नदारद कांग्रेस एमालेले केवल माओवादीलाई संलग्न गराई चुनाबमा जाने कुरालाई मात्र आफ्नो सफलता देख्न र ठान्न थाले , तर माओवादीले ग्रामीण समाजको अन्तस्तह सम्मको जनमनोविज्ञानमा कुन हस्र र सिर्जना गरेको छ भन्ने कुरा बुझ्न उनीहरूले कहिलै तयारी देखाएनन् । फलत: परिणाम कहाँ पुग्यो देखिएको छ । कांग्रेस र एमाले मात्र हैन यो परिणामले नेपाली उदारवादी लोकतन्त्रका पक्षमा उभिनेहरूलाई समेत हतप्रभ बनाएकोमा शंका छैन ।यो डर र शंका माओवादी एउटा दल विशेषको विजयले मात्र कदापि हैन, यसका प्रवृत्तिगत र
व्यवहारिक कारणहरू छन:

(१) माओवादी पार्टी , मिलिसिया र छापामारहरूमा एकदलीय कम्युनिष्ट अधिनायकवादप्रतिको अगाध मोह हुनु र अरू राजनीतिक पार्टी र तिनका समर्थक वा कार्यकर्ताप्रति चरम असहिष्णुपन विद्यमान हुनु । साथै आँफूलाई एउटा राजनैतिक दल विशेषप्रति लागेको संगठनको रूपमा बुझ्न नचाहने र समग्र मुलुकको एकल मसिहा र सबै जनताको एकल प्रतिनिधि आँफूमात्र हौँ भन्ठान्ने सर्वसत्तावादी सोच र चरित्र ।
(२) एउटा राजनितिक पार्टिको रूपमा सांगठनिक ढाँचा निर्माणबाट रुपान्तरित बन्न नचाहने बरू , सैनिक र अर्धसैनिक संरचना र चरित्रलाई जबर्जस्ति अरूमाथी राजनैतिक नै हो भन्ने ढंगले लादेर बाहुबली शैलिमा हरेक कुरा प्रमाणित गर्न चाहने व्यवहार ।

(३) कार्य र व्यवहारमा एकरूपता देखाउन नचाहने अनि निश्चित उद्देश्यका लागि आँफूलाई नरम देखाए झैँ गर्दै फेरि हामि त त्यस्तो हैनौँ तर निश्चित रणनीतिका लागि त्यसो गरेका थियौँ भन्ने अस्थिर र बेइमान चरित्र । अनि हालका लचकताहरूलाई भोलिको अर्को फड्को मार्ने कामका लागि उपयोग गरेका हौँ भन्ने कार्यव्यवहार ।

( ४) आँफूले अनुकूल ठानको खण्डमा कम्युनिष्ट अधिनायकवादमा जान चाहने उसको खुला घोषणा ।

यी कारणहरूको फेहरिस्त धेरै लामो हुनसक्छ ।

केही प्रमाण स्वरूप कुरा गर्दा गणतन्त्रको लगभग सर्वसम्मत घोषणा भएको भोलिपल्ट नै कामरेड प्रचण्ड र उनका पार्टि शिर्ष्स्थहरूको भनाइ अरू सहकर्मी दलहरूप्रति एकाएक असहिष्णु देखापरेको छ । अरू दलहरू आफ्नो वर्तमान पराजय भन्दा भोलिको सम्भावित माओवादीले शुरू गर्ने तानाशाही पद्दतिका कारणले डराएका छन् भन्ने उसलाई थाहा नभएको हैन। यस्तोमा राजतन्त्रीय सामन्तवादबाट उम्केर नेपाल र नेपाली अर्को एकाधिकारवादी अधिनायकवादको ताड्नामा फँस्न सक्ने सम्बावना उत्तिकै छ । अहिले ब्यारेकमा बसेका पार्टी राजनितिबाट दिक्षित मिलिसिया छापामार र वाइसिएल आतंकको छायाँमा भएको चुनाबले त यस्तो हालत बनायो भने भोलि माओवादि शासनमा , माओवादी सरकार, उसका पार्टी पुलिस र सेना अनि सरकारी सेना र पुलिसमा समेत समाहित गरिएका छापामारहरूको मातहत र निगरानीको निर्वाचनको स्वतन्त्रताका बारेमा अहिले केवल अनुमान मात्र गर्न सकिन्छ, कसका लागि कति पलदायी होला र नेपाली गणन्त्रात्मक लोकतन्त्रको नियति कहाँनेर पुग्ला भनेर ।

कतिपयले नेपाली भूराजनिति र नेपाली जनताको आन्दोलित बन्न सक्ने सामर्थ्यको हवाला दिँदै, यस्ता अधिनायकवाद नटिक्ने आत्मरति राख्ने गरेको पनि पाइन्छ । तर अहिले भारतीय सद्भाव पनि खुल्लमखुल्ला माओवादी टाउकोमा आशीर्वादका हातहरू राख्न व्यग्र देखिन्छ र उसले माओवादीहरूको अचम्म लाग्दो तरफदारी हालैका दिनहरूमा गर्न थालेको देखिन्छ ।अर्कोतिर जनताको आन्दोलित बन्ने उर्जालाई पनि हरेक १० वर्षमा प्रयोग गर्न पर्ने स्थितिको निरन्तरता हेर्‍यो भने २००७ साल यताको राजनैतिक अस्थिरताको नियति हाम्रो दूर्भाग्य बनेर सदा रहिरहने देखिन्छ ।

नेपाली गणतन्त्रको औपचारिक आगमन २४० वर्षको शाह शासनको अन्त्य मात्र हैन बरू नेपालको आधुनिक इतिहासका राजतन्त्रात्मक २००० वर्षहरू जुन लेखोटमा भेट्न सकिन्छ, को अन्त्य पनि हो । सम्भवत: नेपालको राजनीतिमा यति ठूलो यु परिवर्तन भएकै छैन । तर यो परिवर्तनको गूरूतालाई अबका दिनमा दलहरूले कुन जतन अपनाएर काँध र मन थाप्न सक्ने हुन भन्ने कुराले ठूलो महत्व राख्छ भन्ने कुरामा कुनै शंका भने छैन ।

तर पनि म भित्र भने वर्तमानको उत्तेजना भन्दा भोलिको उत्कण्ठा र व्यग्रता छट्पटाएको महशूस मैले गरेको छु । सायद म आशा र निराशाको मझधारमा उभिएको छु, युग परिवर्तनको अनिश्चिततामा ।


यस्तो स्थितिमा कामरेड प्रचण्डले गणतन्त्र आएको खुशियालीमा अस्ति खुलामञ्चमा भनेका दुइटा कुराले भावी नेपालको भाग्य वा दूर्भाग्यका बारेमा बडो महत्वपूर्ण संकेत गरेका छन कि जस्तो लाग्छ :

"(१) खबरदार, कान्तिपुर ( पत्रिकालाई दिएको धम्कि) हाम्रा बारेमा लेख्दा सतर्कता अपनाउनू"
"(२) ...............नत्र भने हामी जनगणतन्त्रतिर गैदिम्ला नि "

कतै कामरेड प्रचन्डको भावुक मनले सत्य कुरा छताछुल्ल बनाएको त हैन ? मेरो कामना छ, सदा झैँ यो पनि कामरेडको अर्को बर्बराहट मात्र साबित बनोस्, सत्य नबनोस् !


भवतु सब्ब मंगलम् !!! - एकलव्य


May 30, 2008

The Story of Berlin Walls's "Wife"

Most of us may have heard about the historic Berlin Wall, some may have got opportunity to visit and see it, feel it physically and most of us may have read, heard or watched it in books, newspaper and television.

Beside it’s historic aspects and it’s physical structure, we may rarely think any other things related to it. For most of us, it is just a wall, …..a historic wall… and that’s all.

But, a woman told an amazing and interesting story, who fell in love with the Berlin Wall and now believes they are husband and wife.


A Swedish woman with a passion for inanimate objects revealed that she has been married to the Berlin Wall for 29 years. Eija-Riitta Berliner-Mauer, 54, whose surname means Berlin Wall in German, said she fell in love with the Berlin Wall in childhood, when she saw "his" pictures on TV.

She began collecting "his" pictures and saving up for visits. And it is revealed that on her sixth trip in 1979, they tied the knot before a handful of guests.

In an amazing statement, she even claimed that her husband is not only attractive but rather “sexy”. Comparing to the Great Wall of China she said the former is attractive, but it's too thick and her "husband" is sexier than the Great Wall.

While she remains a virgin with humans, she insists she had a full, loving relationship with the wall.

"It's not just pleasuring myself. I want to please my partner when we make love."

While the rest of mankind rejoiced when the Berlin Wall was largely torn down in 1989, its "wife" was horrified.

She's never been back and now has only model to remind her of "his" former glory.

"We all have to live on this earth and the only way to peace, friendship and freedom is accepting and respecting even if one doesn't understand. As long as nobody is injured all is well," said Berliner-Mauer.


Source: Different news agencies/Internet



May 28, 2008

तातेको नेपाल

नेपाल अहिले ज्वालामुखी भन्दा पनि तातो छ। एका तिर नारा बिरोधको जुलुश छ भने एका तिर अबिर जात्रा छ अनि सुरक्षा निकै कडा छ। जनताको नारा बाहेक उता नेताको बोलिमा देश अल्झिएको छ। गणतन्त्र घोषणा गर्न निकै आतुर नेताहरु कस्ले के लिन भन्नैमा निर्कोल निकालेका छैनन। सायद राजाको अपुताली आफुतिर आएको मा तानातान होला। यदी उनिहरुले यो जनताको नासो भन्ने बुझेनन भने भोलीको दिनमा नेपाल रहेमा ज्ञानेन्द्रको हाल नहोला भन्न सकिन्न। टाटे र पाग्रेंको बिरालाहरुले कथा जस्तै कुराउनी बराबर बाढ्दा तराजुमा ठ्याक्कै बराबर नभएर नाप्न बसेको बांदरलेनै कुराउनी सकाएको थियो। त्यस्तै अहिले भारतले फाइदा नउठाउला भन्न सकिदैन।
हुन त आरोपमाहरुमा भन्ने गरिए जस्तै भित्र कुनै शक्तीको नभएमा आज नभए पनि भोली गणतन्त्र आउने पक्का छ तर नेताहरुको सुज बुज देख्दा चाही गणतन्त्रलाइ जन्मनु अगी नै कुपोषण लागी सकेको छ।
तर पुरा तयारीको साथ बसेको बैठकमा के गर्ने भनेर निर्कोल निकाल्न नसक्नु, स्वागत र बिरोधको नारा,सैनिक शक्ती सहितको राजा थन्किनु अनि साना तिना बम बिस्फोट तथा भोली के हुने हो भन्ने नेपालको स्थित रहेको बेलामा संसारका सबै क्यमरा नेपाल तिर फर्किनुले नेपाल रातो फलाम भन्दा पनि तातेको देखिन्छ।


May 25, 2008

गजल - खसखस लाग्छ

खसखस लाग्छ आजभोलि कुरा काट्यौ कि
अर्कै राजा मनमा पाली मलाई ढाट्यौ कि

श्रीखन्ड र खुर्पा बिड उस्तै देख्छौ तिमी
भ्रममा पारी चिनी भनी नून चट्यौ कि

विश्वास जोडछु भन्यौ शन्का लाग्छ अचेल
मनभरी कतै घातको दाम्लो बाट्यौ कि

कुरा छल्न सिपालु छौ डर लाग्छ अझै
जुठो माया चोखो भनी भाषाण छाट्यौ कि

अङालोमा बेरिदा नि हराएझै लाग्छ किन
अन्तै खाता खोली कतै माया साट्यौ कि


May 23, 2008

राम हरि हत्या झिंगा सरह

हिजो प्रचण्डले माओबादी द्वारा हत्या गरिएका राम हरि श्रेष्ठकी पत्नी संग भेट गरेका छन।
ठमेलस्थित होटल बैशालीमा प्रचण्डसँगको भेटपछि मृतक श्रेष्ठकी पत्नी रमिलाले भने आश्वासनभन्दा आफूले माओवादीको काम हेर्ने बताइन्, कारण बिगतमा माओबादीले मार्ने पिट्ने गर्दै यस्तै आश्वासन बाड्दै आएको थियो ।फेरी यि सर्वाहारा पार्टीले जे पनि होटल,रिजोर्टमै गर्नुपर्ने रहेछ? भेटमा माओवादी अध्यक्ष प्रचण्डले घटनाबारे माफी माग्नुसँगै जनमुक्ति सेना चितवनका डिभिजन कमाण्डर बिबिधलाई कानुनी कारवाहीको दायरामा ल्याउने वचन दिएको बताए । पिट मार गर्दा षडयन्त्रको क्लेबर जब जनता सामु छर्लंग हुन्छ र माओबादी चेपुवामा पर्छ, माओबादीले यसरी नै कारवाही गर्ने बचन दिन्छ तर याद गर्नुहोस माओबादीले माडी देखी पत्रकार शाह सम्म कसलाइ कारबाही गर्यो र कुन जेलमा कोच्यो? के तिनीहरुलाइ माओबादीको पकेटे कानुन लाग्छ? अनि सर्वसाधरणलाइ चाही जेल? प्रचण्डले भेटमा उच्चस्तरीय छानवीन आयोग गठन गर्न सरकारलाई पुन अनुरोध गर्ने पनि वचन दिएछन । देशमा तोड फोडको राजनिती गर्नेले वचन त दिन्छन नि, काम गरेर देखाउन १२ नै बज्छ। मान्छे मार्ने र बक्तब्को भरमा उम्किने पार्टीबाट कोटेश्वरका एक साधरण ब्यपारीको हत्या झिंगा सरह नै हो। अनगिन्ती बिधवा र टुहुरा बनाउनेलाइ सर्वधारण मारीएको भन्दा पनि आफ्नो पुत्ला जलेकोमा चिन्ता छ। बिहानीले दिन देखाउछ भने जस्तै माओबादी सरकार बनाउनु पहिल्यै आफ्नो कार्यकाल कस्तो हुन्छ भनेर देश बिदेशलाइ छनक दिएको छ। यस्ता खाले घटनाले माओबादी प्रती लचिलो निती अपनाउने बाहेक कसैलाइ खुशी बनाउदैन।