August 19, 2008

बिरोध र भर्त्सना

अहिले नेपालको माहोल निकै भिन्नै छ। महिनौं लगाए र प्रधान मन्त्री त बने तर अझै सरकार बनेको छैन। मनमोहन पछिका दोस्रा कम्नियुष्ट प्रधानमन्त्री बन्न सफल प्रचण्ड जनयुद्द छेडेर आएका हुन। उनि नेपाली सेनाका पदेन कमान्डर तर उनको मातहतमा अझै पनि जन मिलिसियाहरु छन। वाइ सि एल बिघटन गरे पनि वाइ सि एलका क्रियाकलाप जारी छन। यस्तै यस्तै छन उनका बिरोधाभास क्रियाकलाप। अझ उनले सपथ ग्रहण गर्दा देखाएको क्रियाकलाप त निकै आलोचना खेप्ने खालको छ। यसै प्रसंगमा प्राप्त भएको बिरोध र भर्तसना यस प्रकार छ।
बिरोध र भर्त्सना
नयां नेपालको नाममा नेता भनाउदाहरु एक पछि अर्कोले जनताको संवेदनशील भावनामाथि चोट पुर्‍याउन थालेका छन् यो नेपाल र नेपाली को लागि दुर्भाग्य हुंदै जांदैछ । राष्ट्रियता र राष्ट्रवादिका लागि आफुलाई अव्वल ठान्ने माओवादी नेता प्रचण्डले देशको प्रधानमन्त्री जस्तो पद ग्रहण गर्दा समेत पदीय आचरण स्थापित गर्न नसकेको देख्दा हामीलाई दुःख लागेको छ । शपथ ग्रहणजस्तो राष्ट्रिय समारोहमा राष्ट्रिय पोषाक नै नलगाउने प्रधानमन्त्रीलाई कुन कोटिको नेता मान्ने र यस्ताले देशलाई कुन दिशातिर धकेल्न खोजिरहेका छन् सहजै अनुमान गर्न गाह्रो छ ।


दौरा सुरुवाल कुनै जात विशेषको नभै नेपाली परिचयको द्योतक हो राष्ट्रको उच्च पदाधिकारीले त्यो अस्वीकार गर्नु राष्ट्रिय मर्ममा चोट पुर्‍याउनु हो । प्रधानमन्त्री जस्तो उच्च ओहदामा आशिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पोशाक नलगाउनु रातो टिका लगाएर पनि ईश्वरको नाममा शपथ नलिनु राष्ट्रिय सुरक्षा निकायप्रति अनविस्वास गर्दै आफ्नै जनसेनाको घेरा विस्तार गर्नु आदिले उनको यो पद थाम्न सक्ने क्षमताको विकास भैनसकेको हाम्रो निष्कर्ष छ । नेपाली जनता प्रतिको यो हेपाहा प्रवृत्ति प्रति हामी क्षोभ प्रकट गर्दछौं । हाम्रो राष्ट्रियता र राष्ट्रवादमा किरा लाग्दै गएकोमा दुःख समेत व्यक्त गर्दछौं ।

भवदीय
शेखर ढुंगेल क्यालिफोर्निया
अनिल पाण्डे क्यालिफोर्निया
ज्ञानेन्द्र गदाल कोलोराडो
वासु ढकाल क्यालिफोर्निया
गोविन्द गिरी भर्जिनिया
कमला प्रसाईं न्यूयोर्क
कमल पाण्डे न्यूजर्जी
दिलनाथ गिरी भर्जिनिया
अनुप श्रीवास्तव क्यालिफोर्निया
मणी नेपाली क्यालिफोर्निया
तथा अमेरिकावासी राष्ट्रवादी नेपालीहरु ।



3 Comments:

ठरकी दादा said...

यो बिरोध र भत्सर्नामा मेरो पनि ऐकबद्दता र समर्थन छ।

aAkaR said...

जनताले नेतालाई झपार्नु झपारे, हपार्नु हपारे, कतिलाई त कोपारे पनि । सम्झाए बुझाए, उनका अघि आफ्ना आँखा रुझाए पनि । तर आखिराँ उही भो । बाह्रवर्षकुकुरको पुच्छर ढुङ्ग्रा हाल्यो ढुङ्ग्र्रै बाङ्गो । र्कुर्चीकै लडाइँमा जुग बिताउने भए यिनले । यिनै नेता ऊबेला ज्ञानेन्द्र सापले फुटबल बनाएर राजनीतिक टुँडिखेलमा पेनाल्टी हिर्काउँदा, जनताकै आँगना आएर पछ्छारिएका थे । लखतरान परेका तिनलाई हामीले जुस पेलेर तङ्ग्रायौं, सडकमा ओराल्यौं र सदनमा उकाल्यौं पनि । ऐले उनै हामीसँग टेढिए, बाङ्गिए र जलकुम्भी बनेर लोभ र लालचमा झाङ्गिए । अब त पूरै नाङ्गिनमात्र बाँकी छ ।

राष्ट्र र राष्ट्रियता माथि निकै ठूला-ठूला प्रहार हुँदै गइरहेकाछन्, थाहा छैन परिणाम के हुने हो ?

nepalean said...

जती बिरोध र भर्तशना गरे पनि यि नेतालाइ छेउ लाग्ने होइन। जो आए पनि जनताको त पुर्पुरोमै हात हो । हुन त अहिले देश बनाउने शुवर्ण मौका हो तर कास्टीगं नै झुर गरे प्रचण्डले शो चाही कसरी चलाउने हु।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !