September 7, 2010

सपना हराएको मान्छे

- प्रयास
कस्तो अनौठो, सपना पनि हराउदो रैछ
कता हरायो हरायो मेरो सपना
फिर्ता गरिदेउ है, कसैले लगेको भए
खबर पाऊ है, कसैले पायौ भने
जहाँ सुकै खोजे , कुना कानी जताततै हेरे
धरतीको यो पाटो बाट अर्को गोलार्ध सम्म
कहिँ भेटिन , शंका पनि कसलाई गरु ?
आँखा को ज्योति हराउछ भन्छन
सुख दुख हराएको पनि सुने को छु ,
आँशु - हाँसो पनि हराउछ रे समय संगै

तर सपना हराएको त सुनेकै थिइन ,
अझै विस्वास लगेको छैन सपना हराउछ भनेर ...
कुनै समाचार पनि बन्न सकेन यत्रो विषय
कस्तो अचम्म मेरो त सपना नै हरायो !
गास ,बास र कपाश को सपना थियो त्यो
साँझ - बिहान गरिव को पेट भर्ने सपना ,
अकाल मा कसैले मर्नु नपर्ने सपना
अभाव मा कसैले रुनु नपर्ने सपना ,
देश विकास को कुरा मेरो गाउ वस्तीको सपना
बाँझो खेतमा पानीको सपना
हली, खेताला ,रोपाई को सपना ,
नांगा पहाडमा वृक्षारोपन को सपना
स्कुल, कलेज, मन्दिरको सपना ,
समयको क्यानभासमा कोर्ने नभ्यायका सपनाहरु
जिन्दगीका पाना मा लेख्ने नसकेका सपना थिए ति ,
शब्दले व्याख्या गर्ने नसकिने ,भावनाले ब्यक्त गर्ने गाह्रो
मेरो मनको कोलाज बाट तिम्रो मनमा , उनको मनमा
सर्ने नपाएका ति असिमित सपनाहरु
मेरो दुख मा तिमि रोएको सपना
तिम्रो खुसीमा मं हाँसेको सपना,
तर अफसोस !
मैले त सपना नै हराएछु
मं त सपना हराएको मान्छे !!!

4 Comments:

Luna said...

heart touch ----
very nice poem प्रयास ji .

वेदनाथ पुलामी (उमेश ) said...

यथार्थ ....... कुराहरु उल्लेख गर्नु भएको रहेछ !
अनि मलाइ नी भन्न मन लाग्यो हामि सबै 'सपना हराएको मान्छे'परिम !
- प्रयास जी को लेखन प्रयास निकै राम्रो ! धन्यबाद !!

MN said...

Ramro rayecha kabeeta.

sanu jange said...

bahut khub..... sarai man chune khal ko

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !