May 2, 2010

बोष्टन हैन प्योङयाङ जाऔँ

कतिपय क्रान्तिकारी मित्रहरू युरोप , अमेरिका, जापान र अष्ट्रेलियामा बस्छन् तर उत्तर कोरिया र क्यूवाको गीत गाउँछन् । एउटा नाम चलेको ब्लगमा साम्राज्यवादी भनिने गरेको अमेरिकाको न्यू योर्क र बोष्टनमा बसेर, नेपालमा अराजकता अव्यवस्थाका अर्को नाम बनेका माओवादीको किर्तन गाउने माओवादी भाटहरूका लेख पनि कहिले काहीँ पढ्न परेको छ । यो देख्दा अवश्य उदेक लाग्छ । यी उग्र कम्युनिष्ट व्यवस्थाका मतियारहरू किन यति धेरै आडम्बरी बनेका होलान् भनेर । यदि उनीहरूले समर्थन गरिरहेको र भजन गान गरिरहेको उत्तर कोरियन वा क्यूबाली ढाँचाको उग्र कम्युनिष्ट व्यवस्था साँचै नेपाली जनताको मुक्तिदाता विचार हो भने , ती व्यवस्थाले नै राज्य चलिरहेका मुलुकहरु संसारका सबै भन्दा अछूत र निम्न कोटिका किन बने मैले अहिलेसम्म बुझेको छैन । किन हिजोका पूर्व युरोपेली कम्युनिष्ट राष्ट्रहरूको त्यो हविगत भयो ? किन हिजोदेखि आजसम्मका सबै कम्युनिष्ट राष्ट्रहरु नरसंहार र पछौटेपनको अर्को नाम मात्र भएर इतिहास बने ? नेपालका माओवादीले अँगालेको राजनैतिक विचार र दर्शनले नेपालको कायापलट हुने भए , किन एउटा अपवाद चीनलाई छाडेर बाँकि कम्युनिष्ट संसार यति बिघ्न तुच्छ बन्यो ?

(चीनिया कम्युनिष्ट शासन माओवादी विचारको बिरुद्ध छ । चीनमा सन् १९७५ मा माओवादका प्रणेता माओत्सेतुङ स्वर्गे भएपछि , उनकी कान्छी श्रीमति र उनको चण्डाल चौकडी ( ग्याङ अफ फोर) लाई जेलमा जाकेर देङ सियाओ पेङले थालेको आर्थिक परिवर्तनको पूँजीवादी मोडेललाई , त्यहाँको आर्थिक क्रान्तिको कारक मानिन्छ । राज्य व्यवस्थामा संशोधनवादी कम्युनिष्ट व्यवस्थाको नियन्त्रण भए पनि , आजको चीनको विकास पश्चीमी राष्ट्रहरूको पूँजी लगानी र व्यवस्थापनले अघि बढेको हो भन्ने कुरा जगजाहेर छ । हाल आएर , आफ्नो आर्थिक समृद्दि संगै चीनले आफ्नो प्रभावलाई विश्व मञ्चमा स्थापित गर्न खोजे पनि , क्यूबा, उत्तर कोरिया वा हिजोको कम्यनिष्ट रसिया जस्तो राजनीतिक व्यवस्थाको निर्यातमा चीनले विश्वास गर्दैन । अहिले चीनले लिने विश्व सम्बन्ध नीतिमा केवल उसको राष्ट्रिय सुरक्षा र आर्थिक लाभको मुद्दाहरूले मात्र स्थान पाउने गरेका छन् । बाँकि संसारसंगको सम्बन्धको कुरामा चिनले राजनीतिको कुरालाई अघि सार्दैन ।) तर , नेपालमा माओवादी पार्टी भन्ने समुहले अँगालेको विचार ‘माओवाद’ आधुनिक चीनले अँगालेको विचा हैन । यो सन् १९७५ साल पहिला चीनमा अपनाइएको अत्यन्त असहिष्णु र क्रूर विचार हो । यही विचारको नेतृत्वमा चीनमा सांस्कृतिक क्रान्ति र क्याम्बोडियमा करोडौँ नागरिकको कत्लाम गरिएको थियो । नेपालका माओवादीहरूले , आफ्नो विचार माओवादी र सांस्कृतिक क्रान्तिकालीन मोडेलकोनै हो भन्ने कुरा बारम्बार दोहोराएका छन् र उनीहरूका अहिलेसम्मका काम र व्यवहार दुबै यही अनुरूप छन् । भारत र चीनको बारेमा राजनीति गर्नु पर्दा र आफ्ना कार्यकर्तालई मच्चाउने कुरामा आँफू भारत बिरोधी र चीन पक्षधर रहेको देखाए पनि , नेपाली माओवादीहरू अहिलेको चीनको राज्य व्यवस्थालाई निकम्मा र संशोधनवादी नै भन्ने गर्छन् । यस्तोमा प्रश्न उठ्छ, नेपाली माओवादीको रोलमोडेल शासन पद्दति कुन हो र उनीहरु नेपाललाई कुन उदाहरणतिर डोराउन खोजिरहेछन् ?

अचम्म लाग्छ , केही नेपालीहरू अमेरिकाको बोष्टन वा न्युयोर्कमा बसेर नेपालका माओवादीका पक्षमा विज्ञापन व्लग लेख्छन् । सिड्नी, सिराक्युज , बोष्टन र न्युयोर्कमा बसेर माओवादको प्रचारमा लागेका पौडेल, श्रेष्ठ र लामाहरू किन उनीहरूले आदर्श मानेको राज्य व्यवस्था रहेका देसहरूका प्योङयाङ वा हवाना विश्वविद्यालयमा पढ्न गएनन् ? किन तिनले महान साम्यवादी व्यवस्थाको उदाहरण सहित पूँजिवादका विकृतिको भण्डाफोर गर्न खोज्दैनन् ? नाना कृत्रिम विधि अपनाएर अमेरिका, युरोप वा पूँजीवादी संसारमा भासिन खोज्दै , माओवाद र किम जोङ इल पन्थको गुणगान गाउनु एक नम्बरको आडम्बरीपन भएन र ? डलरको मोहमा जिन्दगीलाई पूँजीवादी रछानमा डुबाएर , कम्युनिज्मको किर्तन गाउँदा माओको प्रेतात्माले गाली नगर्ला र ? माओवादी नेताहरू पनि किन जापान, स्विट्जरल्याण्ड, अमेरिका वा अन्य पूँजीवादी मुलुकको भ्रमण भनेपछि यति बिघ्न मरिहत्ते गरिरहन्छन् ? किन उनीहरू, आँफूले अँगालेको राजनैतिक विचारको प्रयोग भूमिबाट , अनुभव सँगालेर देशमा यो गर्छौँ भन्न खोज्दैनन् ? किन विचार र व्यवहारमा यति धेरै आडम्बर देखिएको यिनीहरूमा ? माओवाद वा साम्यवाद त्यति उत्कृष्ट राज्य व्यवस्था हो र यसले नै नेपाली जनताको मुक्ति गर्न सक्छ भन्ने प्रयोगात्मक सत्य हो भने , आजको उत्तर कोरिया र क्यूबा यस्तो विचारको प्रयोगशाला नै हुनुपर्ने हैन र ? के जानेका वा सुनेका छौँ यी पराहिया मुलुकका बारेमा हामीले , कठोर अधिनायकवाद बाहेक ?

पश्चिमा र पूँजीवादी संसारको विशेषता भनेको , विधिको सर्वोच्चता, कानूनको शासन, पारदर्शिता, दक्ष र जवाफदेही प्रशासन र सरकार अनि सबैभन्दा ठूलो कुरा व्यक्तिको अधिकारको रक्षा हुन् हो । त्यहाँ पनि कमजोरीहरू होलान् । तर, पेसबुक र गुगल सर्च गर्न पाउने सम्मको वैयक्तिक स्वतन्त्रता नभएको राष्ट्र चीन, मोबाइल फोन र इण्टरनेट चलाउने अधिकार नपाइने क्युबा र उत्तर कोरियाको शासन व्यवस्थाको गुणगान गर्दै अमेरिकाले छात्रवृत्तिमा दिएको हण्डि खाएर अमेरिकी विश्वविद्यालयमा पढ्दै , अमेरिकाले दुष्ट मानेको र अणुबमको बार्गेनिङनमा अरूसंग अन्न मागेर आफ्नो मुलुकको अनिकाल थेग्ने तुच्छ दर्जाको अधिनायकवादी उत्तर कोरियन शाषकका गीतहरू गाउनु त भयानक पाखण्ड हो । हैन र, कामरेड ?



16 Comments:

mahesh sagar khanal said...

भयङ्कर पाखण्डी सोच हो त्यो।

Reshu said...

Tapaile pani ta anti-communist bhajan gaunu bho, haina ta mitra.

प्रबिण थापा said...

सम्यक जी! के अमेरिका , युरोप, अस्ट्रेलिया बस्दैमा समाजबादी विचारधारा अगाल्नु र?

Anonymous said...

Prabin thapa, ameican government ko paisa khayera padne ani nepal ma communist ko damfu thokne ko naitikta lai k bhannu huncha? Communist teti bidhi maan pareko bhaye kina yo america ma basnu,utai communist desh tira janu ni. Sabai lai taha chha america capitilist ho,tesaile nai yeha abundance opportunity chha. Tehi opportunity ko upyog garna nai boston ma ayera basne ani nepal ma chhai communist chaincha bhanne. Manche ma naitikta ra bibek nabhaye pachi j bhane pani huncha.

Basanta said...

एकदम सही बिश्लेषण! आफू खुल्ला-लोकतान्त्रिक समाजमा बस्ने तर नेपाललाई भने उत्तर कोरीयाको बाटोमा धकेल्ने पाखण्डीहरुलाई यसैगरी नंग्याउनुपर्छ।

यसै विषयमा मैले दुई वर्ष पहिला लेखेको लेख पनि पढ्न साथीहरुलाई अनूरोध गर्दछु।

http://www.basantagautam.com/2008/01/blog-post.html

Anonymous said...

Tapai haru bidesh ma bashera thula thula kura garnuhuncha. Afno padai sakera kina Nepal farkanu hunna? Nepal ko garibi sanga kina daraunu huncha? Garib Nepali ko lagi maobadi ka neta,karya karta harule jiwan arpan gareka chhan. Hajarau hajar sahid bhaye. Tara pani uniharu nadarai garib janata ko lagi laddai chhan. Tapai haru bhane bidesh ma lukera basera uniharulai hatotsahit garne?

Reshu said...

Tapai haru bidesh ma bashera thula thula kura garnuhuncha. Afno padai sakera kina Nepal farkanu hunna? Nepal ko garibi sanga kina daraunu huncha? Garib Nepali ko lagi maobadi ka neta,karya karta harule jiwan arpan gareka chhan. Hajarau hajar sahid bhaye. Tara pani uniharu nadarai garib janata ko lagi laddai chhan. Tapai haru bhane bidesh ma lukera basera uniharulai hatotsahit garne?

राम गुरुङ said...

होइन सम्यक, आफु चाँही कुन दूलोमा बसेर पूँजीवादी या मंडले बिष बमन गर्दै हो? आस्था र विचार हुने जो कोही मान्छेले जहाँकही बाट आफ्नो कुरा राख्ने अधिकार छ । सिस्नुको किरा झै काम्दै कुन दूलोमा लुकेर गफ दिनु पर्दैन ।

Anonymous said...

Ram Gurung, maobadi ko jyadati ko kura garda mandale nai hunuparcha ki kya ho? Ani maobadi haru ko kura garda kina kamnu?
Kripaya sajha ma jau ra herau, maobadi sanga janta kati wakka chhan bhanera thaha paunu hunecha.

Dilip Acharya said...

महेशजीकै शब्द सापट लिएर केही हेरफेर गर्छु म पनि : "सुविधाभोगी पाखण्डी सोच"

Anonymous said...

Nepal ko 1number ko mandale ta mayobaadi nai hun. tiniharu le janata ko ragat chuseko chhan.

Anonymous said...

ha ha yo lekh maobadiko chamche ra bharaute harulai sunaunu parne rahechha hai. dami chha lekh

सम्यक ( Samyak) said...

राम गुरुङ,

कुरो म सिस्नुमा बसेको किरा भएँ कि भइन भन्ने हैन । गाली गर्न तपाईँलाई मन लागेका शव्द खोजी खोजी प्रयोग गर्नु होला । तर , यसले तपाईँमा तर्क गर्ने सामर्थ्य नभएर छटपटाउनु भएको प्रमाणित गर्नेछ । अनि, माओवादीको अतिवादलाई मन नपराएर , उनीहरूको व्यवहारमा सुधारको अपेक्षा गर्दा , माओवादीका भाटहरूको दिमाग चक्कराएर अरूलाई मण्डले भन्ने गाली दिन्छन् भने यो चेतना गुमाएको हताशा बाहेक के नै हुनसक्छ र ? यिनीहरू प्रति मेरो दया जागेको छ ।

प्रविणजी,

लोकतन्त्र नै यस्तो पद्दति हो जहाँ विचारका आधारमा जीउन पाइने स्वतन्त्रता हुन्छ । मेरो बिमति विचारसंग हैन । व्यक्तिको वैचारिक स्वतन्त्रता र अहिंसामा विश्वास गर्ने समाजवादी पद्दति मेरो पनि आदर्श हो । तर , विचारका आधारमा मान्छेलाई छप्काउने र गिँड्ने व्यवहारिकता बोकेको राजनीति गुण्डागर्दी र अपराध हो समाजवाद हैन । यदि गरीबको पक्षमा नारा लगाएको देखिएर समाजवादी वा क्रानरिकारी भइने भए , धनीलाई लुटेर केही रकम गरीबलाई बाँड्ने रबिन हुडहरू संसारका सबैभन्दा ठूला क्रान्तिकारी समाजवादी हुनु पर्ने थियो । समाजवाद भनेको नियम र पद्दतिले चलेको शान्लोतिपूर्ण लोकतान्त्रिक व्यवस्था हो जहाँ समाजको तल्लो भनिएको तप्कालाई राज्यले उचित संरक्षण दिन्छ , तर त्यहाँ लुटेर खान सक्नु र असहमत माथि जाइलाग्नुलाई अपराध नै मानिन्छ र दण्डनीय हुन्छ । माथिको लेखको आसय हो, जीवनमा अवसर र सुविधाको खोजी गर्न पश्चिमा लोकतान्त्रिक संसारमा मरिहत्ते गरेर हामफाल्ने , तर विचार र राजनीति असहिष्णु , हिंस्रक र असभ्यहरूको प्रचार गर्नु घोर आडम्बर हो भन्ने हो । यस्ता ढोंगीहरूले यिनले आदर्श ठानेको मुलुकमा नै पुगेर आफ्नो रनिङ कमेण्ट्री जारि गरून भन्ने हो । पूँजीवादीको रसमा डुबेर , त्यसैलाई गाली गर्ने कृतघ्नता अँगाल्नु आँफैलाई र हरूलाई उल्लू बनाउनु हैन र ?

एकलव्य ( Eklavya) said...
This comment has been removed by the author.
पुष्प said...

सम्यकजी,

के अमेरिकामा साँच्चिकै स्वर्ग हो र जहाँ कुनै उद्देश्यले जाँदैमा उसकै सिद्धान्त वा विचारको वकालत गर्नुपर्ने ? अनि के 'माओवादी' (माओको होइन) को वकालत गर्दैमा अमेरिकी विचारको विरोध भएको ठहर्छ ? अमेरिका आर्थिकरूपले सबल छ, उसबाट हामीले केही कुरा सिक्न सक्छौं, तर समाजिक संरचनामा आइरहेको धराशायी स्थितिबाट पनि त हामीले उनीहरूबाट सिक्नुपर्छ नि । यस अर्थमा माओवादीको पूँजीवाद र साम्यवादको 'फ्यूजन'को कुरा मननीय छ । शायद यसैकारण केही नेपाली माओवादीहरू अहिलेको चीनको राज्य व्यवस्थालाई निकम्मा र संशोधनवादी भन्ने गरेको कुरा तपाईंका कानमा आइपुग्यो होला । तर के यसो भन्दैमा समग्र माओवादी, तिनका समर्थन र मत हाल्ने सबै जनता उस्तै विचारधाराका भए ?

नामकै पछाडि लाग्ने हो भने त के कुरा गर्नु; 'माओवादी' शब्दलाई एकछिन बिर्सेर यसले नेपाल र नेपाली जनताका पक्षमा गरेको वकालतको कुरा गर्नुहुन्छ भने कोही पनि यसका विरुद्धमा जानुको कुनै तुक छैन । हो माओवादीमा पनि कमिकमजोरी नभएका होइनन्, तर उसको उसले उठान गरेका विषयहरू कुनै पनि आर्थिक, सामाजिक र राजनीतिक विकास चाहने कसैका लागि पनि अमान्य हुन सक्दैनन् । हत्या, आतंक, चन्दा, कब्जा आदिजस्ता एकोहोरो शब्दको रटानको कुनै अर्थ छैन । माओवादीविरोधी वा भनुँ खासगरी परिवर्तनलाई आत्मसात् गर्न नसक्ने दक्षिणपन्थीहरूले यी शब्दको कसरी अतिरञ्जित प्रयोग गरिरहेका छन् भन्ने कुरा पनि छर्लंग हुँदै गएको छ ।

धेरै कुरा के गर्नु सम्यकजी, नर्कसमान हुँदै गइरहेको यो पृथ्वीलोकमा बसेर स्वर्गको बयान गर्ने पनि त हामी नै हौं नि । त्यसैले को, कहाँ, कसरी देश र जनताका पक्षमा अझ भनुँ आफ्नो पक्षमा वकालत गर्छन्, त्यसले कुनै फरक पार्दैन । यस क्रममा विचार वा सिद्धान्तभन्दा पनि आफ्नो अन्तर्आत्माले ठीक ठहर्याएको कुराको समर्थन गर्नु र बेठीक ठहर्याएकाको विरोध गर्नु श्रेयष्कर हो । यदि साँच्चिकै माओवादीको अन्धविरोधमात्र गर्ने भए तपाईंकै भावमा 'भारत जाऔं' ।

Anonymous said...

भन्छन नि के गर्ने लाइ भन्दा देख्ने लाई लाज। हो त्यस्तै छ आजकाल। आफूं एक थोक गर्ने। अरुलाइ अर्को थोक भन्ने। ह्वां भने पूंजीबादी देशको भिषाको लागी मरिहत्य गर्ने,अनि ठम्फू भने कमिन्युजमको बजाउन। अरु कुरा के गर्नु र सर, यो बन्दमा देखीहाल्नुभो नि। माओबादीका लागी खाना,पानी र उनीहरुका नेता सररर गाडीमा हुइकिने,जनता भने ढोका थुनेर बस्ता पनि मरिने हो कि भन्ने डर। फेरी यिनै हरु जनता का १ नं पहेरदार भनेर आफूलाइ घोषणा गर्छन। अरु कुरा के भन्ने यिनीहरुलाई। यस्ता पापीलाइ त नर्कमा पनि ठाउं छैन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !