March 20, 2010

अस्तायो एउटा राजनीतिक ध्रुव

नेपाली राजनीतिका शिखर पुरुष काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको चैत ७ गते शनिबार मध्यान्न निधन भएको छ । उहाको निधन १२ बजेर ११ मिनेट जाँदा भएको हो । लामो समयदेखी छातीको रोगबाट ग्रसित कोइरालाको छोरी सुजाता कोइरालाको घरमा राखेर उपचार गर्दा गर्दै निधन भएको हो । कोइरालाको निधनले मुलुक स्तब्ध भएको छ । नेपाली राजनीतिमा शिखर पुरुषका रुपमा परिचित कोइराला पाँच पटक नेपालको प्रधानमन्त्रि हुनुभएको थियो । अहिले सम्म नेपाली राजनीतिमा निर्णायक मुभिकामा रहनु भएका कोइरालाको निधनले नेपाली राजनीतिको मोडमा पनि परिवर्तन ल्याउने पक्का छ । सबै जनाको मुखमा अव मुलुकको राजनीतिक कसरी अघि बढ्छ भन्ने प्रश्न छाएको देखिन्छ । कोइराला कसरी नेपाली राजनीतिमा महानायक हुनुभयो त ? उहाको संक्षिप्त जीवनी

नाम : गिरिजाप्रसाद कोइराला
जन्ममिति: १९८१ साल असार
जन्मस्थान : बिहार, सहरसा, टेडी, भारत
पिता : कृष्णप्रसाद कोइराला
माता : दिव्या कोइराला
शिक्षा : आइ ए
राणा प्रधानमन्त्री चन्द्रशम्शेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्घा लगाइ सर्वस्वहरण सहित देश निकाला गरेपछि ४५ जनाको परिवार सहित भारतको वनारस निर्वासनमा पुगेको कोइराला परिवार बिक्रम सम्बत् १९७५ मा भारत बिहार राज्यको सहर्षा जिल्लाको टेडीमा पुग्यो । त्यही जन्मभयो, गिरिजाप्रसाद कोइरालाको । उहाँं गर्भमा रहेका बेला मातापिता गिरिजादेबिको मन्दिरमा जाने गर्नुहुन्थ्यो र उहाहरुको सन्तान जे जन्मे पनि गिरिजाप्रसाद या गिरिजा देवि राख्ने सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको बताइन्छ । कोइराला परिवारको आय स्रोत खेतिपाती थियो । चन्द्र शम्शेरको मृत्यु पछि पिता कृष्णप्रसाद कोइराला बिक्रम सम्बत १९८६ मा विराटनगर फर्कनुभयो । त्यतीबेला गिरिजाप्रसाद कोइराला ५ वर्षको मात्र हुनुहुन्थ्यो । पछि बि सं १९०३ साल असोज २ मा पिताजी कृष्णप्रसाद कोइरालाले राणाशासन बिरुद्घ बिराटनगरबाट जनताका थोत्रा कपडा हुलाक मार्फत पठाएपछि राजद्रोहको मुद्दा लगाइ सर्वस्वहरण सहित पुन देश निकाला गरेको थियो । पीताकै प्रेरणाबाट राणाशासन विरोधी भावना जन्मिएको थियो, गिरिजाप्रसाद कोइरालामा । त्यसैले उहा २३ वर्षको उमेरेदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभयो । उहाले २३ वर्षको उमेरमा नै बिराटनगर जुटमिलमा चर्किएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सन् १९४८ मा त उहा नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष नै बन्नुभयो । सन् १९५२ देखि १९६० सम्म कांग्रेसको मोरङ जिल्ला सभापति बन्नुभएका कोइरालालाई सन् १९६० मा पक्राउ गरी सात वर्षसम्म जेल हालियो । उहाले त्यतिबेला जेलमा नै २१ दिने भोकहडताल समेत गर्नुभयो । जेलबाट छुटेपछि भारत पुग्नुभएका कोइराला ११ वर्षपछि बीपीसंगै मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो । सन् १९७५देखि ९१ सम्म पार्टीका महामन्त्री बन्नुभएको थियो, गिरिजाप्रसाद कोइराला । २०३९ साल साउन ६ गते बीपी कोइरालाको निधन पछि पार्टी गिरिजाप्रसाद कोइरालासहित गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट अगाडि बढेको थियो । २०४८ सालको चुनावपछि जेठ १६ गते बनेको सरकारमा तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुभयो । त्यसपछि २०५३ साल बैसाख २९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको नवौं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो । २०५७ साल माघ ९ गते कांग्रेसको दशौं महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो । यो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुन पार्टी सभापतिमा निर्वाचित हुनुभयो । २०६२ साल भदौ १४ गतेदेखि १७ गतेसम्म ललितपूरमा सम्पन्न एघारौं अधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुन निर्वाचित हुनुभयो । जनआन्दोलन सफल भएपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो भने उहा १३ वर्षदेखि नै कांग्रेसको सभापतिमा हुनुहुन्छ । दिल्लीमा भएको १२ बुदे समझदारीदेखि शान्ति सम्झौताहुदै नेपालको शान्ति प्रकृयामा महत्वपूर्ण भूमिका रहेको छ, ८७ बर्षीय कोइरालाको । नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा पहिलो बिराटनगर मजदुर आन्दोलनका नेता कोइरालाले निरंकुश राणा शासनबिरुद्ध जनक्रान्ति, पञ्चायती व्यवस्थाबिरुद्धको संयुक्त आन्दोलन र २०६२÷ ६३ को लोकतान्त्रीक आन्दोलनमा अग्रणी भूमिका पूरा गर्नुभयो, कोइरालाले । लोकतन्त्र प्राप्तिपछि भारतिय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० बर्ष लामो युद्ध गरेको माओबादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो । संसारमै साम्यवादी आन्दोलन संकटमा रहेको चर्चाका बीच पनि कोइरालाले शशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन सफल हुनुभएकाले पनि उहाको नाम विश्वमा चर्चित छ । ०४६ को जन आन्दोलनपछि नेपालका कम्युनिष्ट प्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवी कम्युनिष्ट विरोधीका रुपमा समेत चर्चामा थियो । २०४६ सालको जनआन्दोलनपछिको दशकमा उहाको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो । माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहा त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चित्रण हुनुभयो । तर २०६२ सालमा भने उहा युद्ध लडिरहेको कम्युनिष्ट पार्टीसंग समेत हातेमालो गर्न पुग्नुभयो । युद्धकालमै माओवादीसंग राजतन्त्रबिरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो । तर कोइरालाको ब्यक्तित्वका अगाडी त्यो बिरोध गौण बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढसय वर्ष पूरानो राजतन्त्रका बिरुद्ध आन्दोलनको अगुवाइ गर्नुभएको थियो । राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भैसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रभागमा नै रहदै आउनु भयो । ८६ बर्षिया कोइराला बिगत लामो समय देखि अस्वस्थ्य हुनुभएपनि नेपालको राजनीतिमा उहाको भूमिकालाई अहिलेसम्म पनि निर्णायक रुपमा हेर्ने गरिन्थ्यो ।


4 Comments:

nepalean said...

नेपाली राजनितीमा गिरीजा प्रसाद कोइराला जस्तो बिबास्पद राजनिती नेता नेपाली इतिहांसमा पाउन दुर्लवै नै हुनेछ। सबै भन्दा धेरै पटक प्रधानमन्त्री बनेका कोइरालाका देशका लागी भने काफी गुन छन। गिरीजासंग नजिक त हुन पाइएन तर उनलाइ भेट्नेहरु उनीबाट निकै प्रभाबित भएको देखेको छु। निडर तथा राजनितीको भबिष्य बुझेका गिरीजाले माओबादीसंग मिलेर अहिलेको राजनिती धरालमा ल्याएका हुन।

नेपाली राजनितीका यि महान हस्तीप्रती हार्दिक श्रद्दान्जली।

inashrestha said...

एउटा युगको अन्त भएको पक्कै हो । ईतिहासमा जे जसरी नाम लेखिए पनि उनी निडर र आँटिला नेता थिए । अन्तिम समयतिर आएर देशको लागि गरेको सह्रानिय कामको तारिफ गर्नै पर्छ । उनले जनताको लागि गरेको सबै वाचाहरु त पूरा भएनन । तर आगामी दिनहरुमा हाम्रा नेताहरुले पूरा गर्ने साहस गरुन । यो नै उनीप्रतिको हार्दिक श्रद्धान्जली हुनेछ । चिर आत्माको शान्तिको कामना ।

merodhesh said...

आज नेपालमा गिरिजा प्रसाद कोइरालाको निधन भयकोमा श्रद्धा सुमन । तर स्व। दीपेन्द्र वीर बिक्रम शाहको मृत्‍युमा कुनै राजकिय सम्मान भयको थियो की थियन थियो भने चक्रपथ चक्रपथ ३ट्नको पिक अपमा हालेर पशुपती लागेको र स्व। गिरजा प्रसाद कोइरला श्रद्धान्जली दिन गयका थिय र आजको यो कयर सरकारले यो कुरा सम्झना प्रर्छ की प्रदैन र आज किन उसलाई रजकिय सम्मान .........................................

MANU said...

RIP Girija Prasad Koirala.
We will miss you.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !