October 17, 2009

ब्लग संबाद निर्मलमणि अधिकारीसंग


दौंतरीको ब्लग भित्र ब्लग स्तम्भमा नेपाली ब्लगरलाइ निम्ताउने गर्छौं। यसले ब्लगर बिच भाइचाराको कायम हुनुको साथै उदायमन ब्लगरलाइ थप परिचित गर्न मद्दत गर्छ। अत दौंतरी आफैमा ब्लग चौतारी भएकोले अन्य ब्लगरको सफलता नै दौंतरीको सफलता हो। यस पटक प्रध्यापन पेशमा संलग्न ब्लगर निर्मलमणि अधिकारीलाइ निम्ताएको छु। आउनुहोस वहाँसंगको कुराकानीमा लागौं ।

१ ब्लग लेख्ने रहर कसरी जाग्यो ?

सन् २००६ जनवरीदेखि ब्लगिङ् थालेको हुँ । त्यतिखेर म आमसंचार र पत्रकारिता प्राध्यापन गर्थेँ र अनलाइन न्यूजपोर्टलको सम्पादक थिएँ तर पत्रपत्रिकामा नियमित स्तम्भलेखनको काम भने बन्द गरिसकेको थिएँ । ब्लगका विशेषताबारे विद्यार्थीहरुलाई बताउँदा बताउँदै आफूलाई पनि यसले आकर्षित गरेको म सम्झन्छु ।

त्यतिबेला मैले मूलतः तीनवटा उद्देश्यहरु राखेर ब्लगिङ् सुरु गरेको थिएँ । एक विद्यार्थीहरुका लागि पाठ्यसामग्री तथा गृहकार्यहरु राखिदिन साइबरस्पेसलाई प्रयोग गरौँ भन्ने उद्देश्यले । दुई आफ्ना पूर्वप्रकाशित सामग्रीहरुलाई डिजिटल स्वरुपमा संरक्षण गर्न सकिने र नयाँ पाठकहरुसमक्ष पुर्याउनसमेत सकिने भएकाले । तीन केही समसामयिक टिप्पणी लेखियो भने त्यसलाई पनि पोस्ट गर्ने भनेर ।


२ तपाईँको ब्लग पूर्वतिर जाने भनिएको रहेछ पूर्वमा त्यस्तो के छ जो पश्चिममा छैन ?

यहाँ मैले पूर्व भनेर वैदिक हिन्दू विचारधारालाई जनाउन खोजेको हुँ । पूर्वमा धर्म अर्थ काम र मोक्ष यी चारैवटा पुरुषार्थलाई समान महत्व दिइने समष्टिकृत दार्शनिक संश्लेषण छ जुन पश्चिममा छैन ।

३ तपाईँको ब्लग धरातल कसरी फैलिएको छ ?

यतिखेर मेरा पाँचवटा ब्लगहरु साचालनमा छन् । मेरो पहिलो ब्लग http://nirmalamani.blogspot.com/ मा दार्शनिक धार्मिक सांस्कृति एवं सामाजिक सन्दर्भमा लेखिएका सामग्री छन् । अर्को एक ब्लग http://maharshidhaumya.blogspot.com/ मा मेरा साहित्यिक रचना समेटिएको छ । तेस्रो ब्लग http://nirmalam.blogsome.com/ मा नेपालमा जातीय भाषिक साम्प्रदायिक सवालबारे मेरा लेखहरु राखिएका छन् । चौथो ब्लग http://sadharanikarantheory.blogspot.com/ मा साचारसम्बन्धी मेरा मौलिक अनुसन्धानमूलक सामग्री राखिएका छन् । यसमा संख्यात्मक रुपमा सबै भन्दा थोरैवटा पोस्टहरु प्रकाशित छन् । पाँचौँ ब्लग http://adhikary.wordpress.com/ लाई मैले माथि उल्लेखित चारैवटा ब्लगहरुको समष्टिकृत साइटका रुपमा विकास गर्न खोजिरहेको छु ।

४ तपाईँको ब्लगको स्वरुप कसरी निर्धारण गर्नु भएको छ ?

यस प्रश्नको उत्तर माथि पनि केही मात्रामा आइसकेको छ । थप भन्नु पर्दा मेरो पहिलो ब्लग ज्योतिर्गमय- A Movement toward East मा धेरै समयसम्म विद्यार्थीहरुका लागि पाठ्यसामग्री तथा गृहकार्यहरु पूर्वप्रकाशित सामग्री तथा समसामयिक लेखोट यी सबैखाले सामग्री राखिन्थ्यो । पछि अन्य पोस्टहरु डिलिट् गरेर दार्शनिक धार्मिक सांस्कृति एवं सामाजिक सन्दर्भमा लेखिएका सामग्री मात्र राखिएको छ ।

५ धर्म अध्ययन अध्यापन लेखनमा के समानता असमानता भेट्नु भयो ?

मेरो दृष्टिबिन्दुबाट हेर्दा यी सबै मेरा कर्म हुन् त्यसैले उस्तै हुन् ।

६ धर्मलाई अफिम किन भनिएको होला ?

यो भनाइ अन्यत्रको सन्दर्भमा भनिएको हो भारतवर्षको सन्दर्भमा होइन । कार्ल माक्स्रले समाजको अध्ययन गर्ने क्रममा खासगरी पश्चिमा मुलुकमा धर्मका नाममा कतिपय अन्धविश्वासी कामहरु भएका र कट्टरता रहेका परिप्रेक्ष्यमा त्यसो भनेका थिए । भारतवर्षमा खासगरी वैदिक परम्परामा धर्म भन्नाले जीवनपद्धति बुझिन्छ ।

७ भगवानको अवतार साँच्चै हो कि यो रावणले रामलाई भनेजस्तो जादूगरी हो ?

दुवै कुरा हुन् । कतिपय अवतार साँच्चै हुन् भने कतिपयले जादूगरी वा अन्य शक्तिको आडमा अवतार भएको दाबी गरेर भ्रम फैलाउन सफलता पाएका पनि छन् ।

८ थुप्रै पुस्तक लेख्नुभएको छ सबैभन्दा सफल पुस्तक कुनलाई मान्नु हुन्छ ?

बजारको मापदण्डअनुसार भन्ने हो भने आमसाचार र पत्रकारिता नै सबैभन्दा सफल पुस्तक हो । यो पुस्तकको पहिलो संस्करण वि.सं. २०६० मा प्रकाशित भएको थियो र भर्खरै पाँचौँ संस्करण प्रकाशित भएको छ । पुनर्मुद्रणलाईसमेत हिसाब गर्दा यो धेरै नै बिक्री भएको पुस्तक हो । चर्चाका हिसाबले भन्ने हो भने आस्थाको शान्ति-युद्ध वि.सं. २०५७ ले राष्ट्रियसाथै अन्तर्राष्ट्रिय चर्चा पायो ।

९ पत्रिकामा लेख्दा र ब्लगमा लेख्दा कस्तो फरक अनुभव गर्नु हुन्छ ?

लेख्दाको अनुभूति उस्तै हो । सार्वजनिक भइसकेपछिको अवस्थामा पत्रिकाका सन्दर्भमा धेरै पाठकले पढेको पाइन्छ तर ती देशभित्रका मात्र हुन्छन् । ब्लगका सन्दर्भमा पाठक संख्या कम हुन्छ तर ती पाठकहरु संसारका विभिन्न ठाउँका हुन्छन् ।

१० विश्वको शक्तिशाली राष्ट्र अमेरिका अझै पनि In God We Trust भन्ने भनाइमा अडिग छ नेपालजस्तो अविकसित देश भने धर्मबाट टाढिँदै छ । यो गरिबी हो कि अज्ञानता ?

नेपालमा गरिबी अज्ञानता र हीनताभाष जस्ता आन्तरिक कारण र वैश्विक स्तरमा रचिएको व्यूहचक्र ग्राण्डडिजाइन का कारण धर्मद्रोही विचार र व्यवहारले मौलाउन पाएका हुन् । जसले आफ्नो धरातल मजबुतसँग टेक्छ उही शक्तिशाली हुन्छ । ढिलोचाँडो सबैले आफ्नो जरो नजगाई धरै छैन ।

११ नयाँ धर्मावलम्बीहरुको संख्या बढ्दै गइरहेको छ तर हिन्दूको संख्या जसका तस छ । यस्तो किन भएको ?

संख्या बढाउनुलाई नयाँ धर्मावलम्बीहरुले विशेष प्राथमिकतामा राख्ने गर्छन् । यसका लागि बाह्य सहयोग पनि जुटिरहेको हुन्छ । मूलबासीहरुले पत्तो नपाइन्जेल यस्तै हुन्छ ।

१२ धर्म र नैतिकतामा के फरक छ ?

धर्म बृहद् प्रणाली हो जसले समष्टि जीवनपद्धति बुझाउँछ । नैतिकता त्यसको अनिवार्य अंग हो । नैतिकताबिना धार्मिकता हुँदैन ।

१३ नेपालमा तन्त्रको बोक्रोमाथि बोक्रो थपिँदै जाँदा धर्म किन भने क्षीण हुँदै गइरहेको होला ?

धर्म त किन क्षीण हुन्थ्यो र त्यो तत्व त अक्षण्ण छ । मानिसहरु त्यसबाट टाढिने र त्यसको फलस्वरुप अधर्म अनैतिकता अशान्ति बढ्ने चाहिँ हुन्छ ।

१४ अन्य ब्लग कत्तिको सयर गर्नु हुन्छ कस्तो अनुभव छ तपाईँको ती ब्लगप्रति ?

गर्छु । कतिपय त नियमितजसो नै हेरिन्छ । तिनको सामान्यीकृत टिप्पणी गर्न सकिन्न । कतिपय आफ्ना उद्देश्यमा प्रष्ट छन् कतिपयले रहरै रहरमा गरिरहेका छन् ।

१५ तपाईँले दौँतरीलाई के सुझाव दिनु हुन्छ ?

मैले बेला बेलामा हेरिरहने साइटमध्ये यो पनि पर्छ । धेरै किसिमका पठनीय सामग्रीहरु समेटिएका छन् । यसलाई कायम राख्दै थप विविधता ल्याउन सकोस् ।

१६ तपाईँलाई भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन् कि ?

ब्लगको उपयोगिताअनुसारको प्रतिफल हामीले लिन सकिसकेको स्थिति होइन अहिले । त्यसैले यसको दोहनलाई मात्रात्मक र गुणात्मक दुवै आयाममा वृद्धि गर्न थप गहकिला प्रयत्नहरु गरौँ ।


21 Comments:

आकार said...

Glad to Know about Sir, experience.

Dilip Acharya said...

निर्मल सर जस्तो बौद्धिक व्यक्तित्वलाई दौँतरीमा निम्त्याउनु भएको र यो कुराकानी पढने मौका जुराईदिनु भएकोमा म दौँतरी र निर्मल सर दुबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

वैदिक दर्शन र पूर्विय सभ्यतामा सामान्य चाख रहेकोले म वहाँको ब्लग नियमीत हेर्ने गर्छु । हुन त वहाँका आफ्नै ब्लगहरु छन, तैपनि दौँतरीमा पनि कहीलेकाही वहाँको लेख-रचना राख्‍न सकेमा (वहाँका ब्लगमा पुग्न नसकेका) दौँतरीका पाठकहरु पनि लाभान्वित हुन सक्थे होलान जस्तो लाग्छ ।

हार्दिक आभार र तिहारको शुभकामना !

Prabesh said...

Really interesting interview Sir !!!! Very glad to know about your blogs....

Prajwol said...

लौन, आंफुलाई यता एउटा ब्लग चलाऊन त धौ धौ पारीरहेको छ, उहांको ५ वटा रहेछन :D

म दिलिप जि संग सहमत छु, वहाँको एक दुई लेख कहिले कंही प्रकाशित गरे सार्है राम्रो हुन्थ्यो ।

I appreciate Dautari for unearthing Nirmal Sir for us.

N K M said...

One of the best interview in Dautari. Thanks for bringing it.

धर्मलाई अफिम किन भनिएको होला ?
"... धर्मका नाममा कतिपय अन्धविश्वासी कामहरु भएका र कट्टरता रहेका परिप्रेक्ष्यमा त्यसो भनेका थिए ..."

... that is true in our society too. I think that Marx is not irrelevant here when he said "... It is the opium of the people. ...". [1]
The social and culture impact of such mis-guidance can not be ignored in our case. While the West could create a heat of friction between such black magic and science, our pundits simply made living out of it.
In that respect I agree with Nepalean's question.

[1] Karl Marx: Introduction to A Contribution to the Critique of Hegel’s Philosophy of Right, in: Deutsch-Französische Jahrbücher, February, 1844

Sujan Sharma said...

Happy to read this interview! Thanks to Dautari for posting this interview.

एकलव्य ( Eklavya) said...

धर्मलाई आडम्बर र कर्मकाण्डको पिंजडा भित्र रहने मात्र स्थितिबाट मुक्त गर्ने हो भने सनातन वैदिक धर्म, मान्यता र दर्शनको जति बखान गरे पनि कम हुन्छ । हुनत कसैलाई लाग्न सक्छ, यो एकोहोरो सकारात्मक स्तुतिगान हो । तैपनि , धर्मलाई जीवनपद्दति बनाएर व्यक्तिगत एवं सामुहिक अनुशासन, नैतिकता र आचरण र मानवताका पक्षमा धर्मलाई लगाउन सक्दा, सनातन धर्मले कट्टरता, कठमुल्लावाद , असहिष्णुता र प्रचारवादी भौतिकतालाई हर्दम नकारेको छ । यही गुणका कारण पनि, ग्लामरस धर्महरूको प्रचारवादी प्रभावका कारण यसले संख्यात्मक क्षय व्योहर्नु परेको छ । तर, वैदिक सनातन धर्म जस्तो प्राचीन धर्मलाई समयानुकूल बनाउन नसक्नुमा हाम्रा कथित विद्वान धर्मगुरू हरूको आधुनिकता र समसामयिकतालई चिन्न नखोज्ने वा नसहने प्रवृत्ति उत्तिकै जिम्मेवार छ । जातीय विभेद , मन्दिर प्रवेश निषेध , चरम कर्मकाण्डवाद जस्ता विकाहरूको चंगूलबाट मुक्त पारेर , वैदिक धर्मका रत्नहरू: योग, ध्यान, ज्ञान , समर्पण, भक्ति, अनुराग, ममता, दया, क्षमा, परोपकार र मनावताको उद्बोधनलाई लक्ष्य बनाउने हो भने सनातन धर्मले दुखित बन्नु पर्ने कारण पनि केही छैन । कर्मकाणड नै धर्म हो भन्नेगलत बुझाइबाट मान्छेलाई निकालेर धर्म जीवन पद्दति हो र ' धार्यते इति धर्म' ( धरण गरिएको कुरा नै धर्म हो ) भन्ने ज्ञानको प्रचार प्रचारका लागि हाम्रा संस्कृत धर्म गुरूहरू अंग्रेजी र अरू आधुनिक भाषामा धार्मिक बहस, प्रवचन र धार्मिक शास्त्रार्थका लागि सक्षम पनि बन्न सक्नु पर्छ । हामीमा ज्ञानको खानी छ भनेर हामीले मात्रै बुझ्ने भाषामा भनेर अरूले बुझ्दैन , हामीले उनीहरूको भाषामा हाम्रो कुरा दिन सक्नु पर्छ ।

जयतु सनातन धर्म !

Basanta said...

निर्मल सरसंगको बौद्धिक/आध्यात्मिक कुराकानी पढ्ने मौका जुराईदिएकोमा दौंतरीलाई हार्दिक धन्यबाद! उहाँको ब्लग "ज्योतिर्गमय- A Movement toward East" को नियमित पाठक हुँ म पनि। पूर्वीय दर्शन अहिले फोहरको थुप्रो भित्र लुकेको सानो हिराको टुक्रो जस्तो भएको छ। अनेक कुरिति, कर्मकाण्डीय ढोंग र सामाजिक-सांस्कृतिक पुरातनताको फोहरलाई पन्छाएर पूर्वीय दर्शनको ज्योति फेरि फैलाउन उहाँजस्ता बौद्धिक ब्यक्तित्वको धेरै ठूलो योगदान हुनसक्छ। उहाँलाई शुभकामना!

नेपालियन said...

निर्मल सरलाई प्रश्न राख्न निकै कठिन भएको थियो मलाइ। निकै सरल र स्पष्ट तरिकाबाट उत्तर दिनु भएपछि बल्ल प्रश्न चित्त बुझ्यो।

आजकाल अमेरीकीहरु बढी हिन्दुबादी भएका छन। कारण के भने हिन्दूले जुन भगवान राम्रो लाग्छ त्यही अनुशरण गर्नु भन्दछ। त्यसैले त पूजा पाठ गर्दा अन्तिममा "सनातन धर्मकी - जय!" भन्दछन। तर अन्य धर्मले भने भगवान आफू मात्रै भएको र मोक्ष पाउन आफ्नै धर्म अपनाउनु पर्ने नत्र नर्कमा कुहिने जस्ता कुरा गर्दछन। त्यसैले हिन्दु धर्म प्रती लगाब झन बढेको छ।

माथी धेरै साथीहरुले भनिसक्नु भएको कुरा पनि ठिक लाग्यो। यस्ता राम्रा कुरा दौंतरीमा कहिले कांही निर्मल सरले बांडे वहांको ब्लगमा नपुगेका दौंतरी पाठकहरु पनि लाभान्दित हुने थिए। निर्मल सरले यसमा बिचार गर्नुहोला।

हावा De Wind said...

धर्म भनेको अफिम भन्ने कुरा कार्ल मार्क्स को पाला मा थियो... अहिले संसार ले धेरै बिकास गरिसकेको छ... अहिले को सन्दर्भ मा धर्म भनेको हेरोइन चरेस हो

Anonymous said...

हावा De wind नाम रहेछ, De अंग्रेजी हैन फ्रेञ्च शव्द हो र यसको meaning 'of' भएकाले हावा अफ विण्ड नामका खुस्केट भाइले भन्न खोजेको आशय के रहेछ ? हावाका हावादारी कुरा हुन कि , हैनभने कार्ल मार्क्सका पालामा धर्म अफिम भन्ने कुरा थियो भनेर के भन्न खोजेको हो नि ? मार्क्सबाजेका पालामा हैन उनले भनेको कुरा पो हो त त्यो त ! अहिले त ज्ञानेन्द्रकालका मुख्य सचिव लोकमानसिंह कार्कीका सप्ताहमा गएर प्रचण्ड कामरेडले ज्यूनार गर्ने प्रसाद भा'छ धर्म , अनि धर्म त बालाजूको माओवादी जनमैत्री अस्पताललाई देश भरिबाट चन्दा जुटाउने उद्योग पनि भा'छ ।

Anonymous said...

यस्तो राम्रो कुराकानी भएको ठाउंमा घच्चा घच्ची नगरेको भए राम्रै हुन्थ्यो के रे? एउटा बिचार मात्र। बांकी त उहांहरुकै मर्जी।

हावा De Wind said...

जरूर साथी
मेरो एक नशा ढिलो छ
यस्तै छ मेरो हाल

Anonymous said...

हावा(दारी)ले आफूलाई देवकोटा सरह देखाउन खोजेकोले म हाँसेर मर्न आँटे।।।।।। कताको देवकोटा कताको हावा(दारी)! कताको प्राणवायु कताको अपानवायु!

हावा De Wind said...
This comment has been removed by the author.
हावा De Wind said...
This comment has been removed by the author.
हावा De Wind said...

कभी सोचता हु मै कुछ कहु
कभी सोचता हुँ मै चुप रहु

Bindesh Dahal said...

Nirmal sir is the intellectual genius of this country. His confidence, diligence and sincerity are laudable.

Janak Timilsina said...

ब्लगरको रुपमा सरको अन्तर्वार्ता निकै पठनीय लाग्यो ।

Anonymous said...

It is always nice to read sir; be it his book or his articles..the most important thing about him, is he always comes forward with clear ideas.

AMOL said...

It is always nice to read sir; be it his book or his articles..the most important thing about him is, he always comes forward with clear ideas.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !