July 27, 2009

राष्ट्र भक्ती बिहिन नेता हाम्रो दुर्भाग्य

शेखर ढुङेल

०७-२७-२००९

कुनै बेला " दुई ढुङ्गा बीच को तरुल " को जस्तो सम्बेदनशील अवस्था मा रहेको नेपाल लाई हाल ' दुई ढुङ्गा बीच को डाइनामाइट "मा परिवर्तन भएको भन्ने नेता हरु ले यो देश को राष्ट्रियता , स्वाभिमान , राष्ट्रभक्ती लाई बिस्फोटन पछी को अस्तित्वहिन डाइनामाइट जस्तै बनाउने खतरानाक सम्भाबना हाम्रो सामु देखा पर्दैछ ।

तराइ लाई मधेष नामाकरण गरी सो बिषय मा नेपाल लाई श्री लन्का को नियती भोग्नु पर्ला भनी धम्काउने मधेश बादी राजनैतिक् दल का नेता हरु र उनिहरु कै समर्थन मा उप राष्ट्रपती बनेका परमनन्द झा ले हिन्दी भाषा मा शपथ लिएको बिबाद , सर्बोच्च अदालत को फैसला , र उप् राष्ट्रपती झा को प्रतिकृया ले सम्पूर्ण नेपाली को भावना र कानुनी राज को सिदान्त माथि मर्माहत प्रहार गरेको छ । देश को पूर्व बरिस्ठ कानुन बिद समेत रहेका झा को यो " हठिपन " ले झुठ को सहारा लिएको स्पस्ट त छदै छ त्यसमा पनि अझै बिबाद थप्न र देश लाई द्वन्द मा धकेल्न प्रोत्साहंन पुग्ने गरी मधेष बादी दल हरु सित सुझाब माग्ने नाटक गर्नु उन्को " अल्पबुद्धी " मात्र हो वा नेपाल को स्वतन्त्र अस्तित्व माथि को गम्भिर षड्यन्त्र को सुरुवात ? के कतै साच्चिकै मधेश लाई नेपाल को नक्सा बाट अलग पार्ने "ग्राइन्ड डीजाइन "त भै राखेको छैन ?


देश को दोस्रो बरिस्ठ ब्यक्तित्व ले जनता ले दिएको सम्मानित पदिय गरिमा समेत लाई लत्याइ देश को कानुन र जनता को भावना सित खेल्बाड गर्ने , जनता मा बिभाजन ल्याउने काम गर्दछन भने त्यो खेदपूर्ण त छदैछ बिडम्बनायुक्त यस्तो गैर्ह जिम्मेवारीपन अनी निरन्कुस सैली ले नव जात गणतन्त्रात्मक् प्रजातन्त्र को र देश कै भबिस्य मा खतरा निम्ताएको छ ।

हुन त उप् राष्ट्रपती झा देखिएका एक मोहरा मात्र हुन । देश को स्वाभिमान लाई तिलान्जली दिएर " सत्ता लाई केन्द्र बिन्दु मानि "बिदेशी को ईशारा मा राजनीति गर्ने नेता हरु को भिड कम छैन नेपाल मा । दिउसो मन्च मा चर्को राष्ट्र बाद को कुरा गर्ने र साझ बिदेशी को ह्विस्की को चुस्की मा रमाउने आफु लाई अंबली राष्ट्रबादी भन्न रुचाउने छद्म भेषी हरु को दोहोरो भूमिका झनै खतरनाक छ । जाती अनी को भाषिक अधिकार को नाम मा देश लाई बिभक्त पार्ने भारतीय " साउथ ब्लक "को सम्रक्षण र सहयोग मा जन युद्ध लडेका , उसकै सहयोग र निर्देशन मा दिल्ली मै "सत्ता केन्द्रित कथित शान्ती सम्झौता "मार्फत दोहोरो भूमिका खेली राखेको एउटा समुह को नेत्रित्व " दिन मा सुरुङे युद्ध गर्ने "" बिदेशी प्रभु " भनी धरे हात लगए जस्तो गर्छ र अध्यारो पर्ने बित्तिकै चोर बाटो बाट उस्कै कोठा मा पुगी आदेश , निर्देशन र सल्लाह लिन्छन ।

राणा शासन को अन्त पछी आधुनिक नेपाल को ईतिहास मा कोइ मानुन की नमानुन राजा महेन्द्र र बिरेन्द्र बाहेक यो नेपाल को स्वाभिमान को लागि चिन्तित कोइ राज नेता देखिएनन । प्रजातन्त्र को नाम मा देश को स्वाभिमान बन्धक राख्नु हुन्न भन्दै ०३६ साल को जनमत सङ्र्ह को झिनो मतान्तर को परिणाम् लाई स्विकार गरी " राष्ट्रिय एकता लाई बलियो बनाउने बि पि कोइराला लाई पनि भुल्न सकिन्न । उन्को अबशान र बहुदलिय ब्यबस्था को पुनर्स्थापना पस्चात प्रत्यक राजनैतिक दल ले "आफ्नो शक्ती केन्द्र को बिन्दु भारतीय साउथ ब्लक "लाई मान्ने , उस्लाई बढावा र प्रोत्साहित गरी राखेका छन । प्रत्यक सत्ता परिवर्तन र राजनैतिक घटना मा प्रत्यक्ष छिमेकी को संलग्नता रहेको छ । देश को आन्तरिक समस्या लाई आपसी सहमति र सल्लाह मा सुल्झाउनु को साटो छिमेकी लगायत अन्य बिदेशी नियोग हरुको मुख ताक्ने , आशिर्बाद थाप्ने होडबाजी ले नेपाल को स्वाभिमान र राष्ट्रबाद लाई धमिलो मात्रै पारेको छैन नेपाल को आन्तरिक निती नेपाली को नियन्त्रण बाहिर पुगिसेको होकी भन्ने अवस्था छ । नेपाल को अखन्डता र नेपाली भाषा अनी राष्ट्रिय एकता को बिरुद्ध को सन्जाल बिदेश मा पनि सक्रिय भै राखेका छन ।

कुनै पनि राष्ट्रबादी नेता ले जनता लडाउदैन , जनता को भावना सित खेलबाड गर्दैन , राष्ट्रिय स्वाभिमान मा आच आउने काम गर्दैन , बिदेशी सित कुनै शर्त मा झुक्दैन , नेपाली को भावना मा चोट पुर्याइ बिदेशी लाई खुशी पार्दैन । तर मधेश आन्दोलन , उप् राष्ट्रपती झा प्रबिर्ती , राष्ट्र बादी भावना सुन्य राजनैतिक नेता हरुले नेपाल को स्वतन्त्रता , एकता , राष्ट्रियता सार्बभौमसत्ता मा जुना गर्ब थियो त्यस माथि कुठारा घात गरी राखेका छन । यस्तो प्रबिर्ती ले निम्ताउन सक्ने बिषम परिस्थिती को बेलैमा उपचार् गर्न नसक्ने र नेता हरु न सच्चिने हो भने नेपाल र नेपाली को लागि दुर्भाग्य साबित हुनेछ ।


18 Comments:

HAWA said...

सेखर जी, महेन्द्र र बिरेन्द्र को गुणगान गाएर तपाईंले पनि त खास किसिमको नेताहरु लाई जनता लडाउने अवसर दिनुभएन र भन्या ?

पुष्प said...

खै कसरी 'ठेगान' लगाउने यी पाखण्डी राष्ट्रघातिहरूलाई । लौ न दौंतरीमा यतिका बुद्धिजीवीहरू हुनुहुन्छ कुनै न कुनै उपाय त होला नि !

Anonymous said...

दौतरिहरु नमस्कार,
एउटा लेखकको लेखकियतालाई सम्मन गर्नु हाम्रो परम धर्म हो । कस्ट र तर्कनाले लेखिएका कैयन कुरा र बिषयबस्तुलाई हामीले सम्मान गर्न जान्नुपर्छ । तर एउटा लेख सबैतिर छापिंदा एक त ब्लगको मुल्य घट्छ अनी मिठास हराउछ । र अर्को एख नै नपाएर हालेको भनी 'अबगाल' पनि आइपर्छ ।
एउटा लेखक हुँ भन्नेले सकेसम्म एउटै लेख जताततै हाल्नु राम्रो हुँदैन । शेखरजीलाई म ब्लग खोल्न सहयोग गर्छु तर कृपया दिनानुदिन ममताको स्नेहले हुर्किएको पवित्र दौतरिमा 'ठुओ लेखक' पल्टिन यसरी एउटै लेख कृपया दौतरिमा नहालिदिनुस् । यो मेरो पाचौ बिन्ती हो ।
लेखक्ले त्यो लेख आफ्नो ब्लगमा राख्न सक्छ अनी अरु कुनै मेडियामा दिनु स्वाभाबिक हो तर बग्रेल्ती 'कमेण्ट'को आशामा आफ्नु प्रचार नगरनु होला। यो मेरो बिन्ती छ । दौतरिले "एड्मिन अधिकार" दिएको म एउटा पात्र हुँ तर मलाई कतै हलेको लेख यो पवित्र मन्दिर फ्याक्न पाप लागे जस्तो हुन्छ, अत: कृपया, प्रचार नखोजौ । कमसेकम स्तरियतालाई ध्यान दिनु बुद्धिमत्ता होला ।

Samyak said...

अब भाषा , राज्य र जातियताका विवादहरू हल्का प्रतिकृयाका दावा भन्दा धेरै पर पुगेका छन् । जातियता र भाषा अनि कथित स्वात्यताका भावनात्मक लहडमा राज्य बनाइदिने माओवादी कथित युद्धका उप उत्पादन र ऐँजेरूहरू बढेर राष्ट्रमाथि क्यान्सर बनिसकेको यो बेला कागति पानीको उपचार खोज्नु पाखण्ड हो । नेताहरू मात्र पाखण्ड हैनन् समग्र प्रवृत्ति पाखण्ड हो र लेखमा देखिएको राजावादी प्रलाप अर्को पाखण्ड हो ।

अनि माथि अज्ञात साथीले भने जस्तो , शेखरजी एउटा सामन्य लेखोट जतासुकै पठाएर टाँस्न लगाएर विद्वान बन्ने लालसा राख्न भएन । म दौँतरीको शुभेक्षुकको नाताले , यस्ता जतासुकै टाँसिएका लेखहरूलाई दौँतरीको विशिष्टता जोगाउनका लागि हटाउन अनुरोध गर्दछु। प्रभा आचार्य र शेखरजीका ताइँ न तुइँका लेख जतासुकै टाँसो लगाएको मैले देखेको छु । दौँतरीलाई अरूले फालेका कागजपत्र तह लगाएर टाँस्ने जरूरत हुनुहुन्न । जय दौँतरी !!!

kunai din ........ said...

ma mathi kin anyaya ? mai le galti bhayo maf pau aba upranta yo blog ma audin bhaneko coment kin publish bhaen ? bidwaan haru ko chautari maa ma murkha ko ke kam ?feri sorry bhanchhu ra sadaako laagi bida linchhu jaya hos sabai ko
[email protected]

Luna said...

लेखको मूल मर्म भन्दा पनि बढी लेखक लाई निरुत्साहित बनाउने उद्देश्यले यो अज्ञात जि ( आन्नोम्युस जि ) र सम्यक जि ले खुबै मेहनत गर्नु भएर प्रतिकृया लेख्नु भो नि !!!
पसिना पसिना हुनु भो होला है तपाईंहरु शब्द टाइप गर्दा गर्दै ----- ओहो ! के बिधी रिस हो !
हरेक ब्लग हरु आँफैमा ' शेर शिह ' हुनु नै पर्छ र भन्या !
~~दौतरी ~~ को उदार बगैचामा हरेक फूलहरु फूल्न पाउनु यसै पनि सौभाग्य हो , अहो भाग्य हो सबैको निम्ती । ~~दौतरी ~~ब्लग देखी लिएर लेखक तथा पाठक सबैको निम्ती ।
किन साघुरो बनाउनु पर्‍यो बगैचालाई !
फूलून न थरी थरी का फूल हरु !
' मेरो बगैचामा सूर्य मुखी नै फूल्नु पर्छ ! पुष्प कमल नै चाहिन्छ ! गुलाफ नै चाहिन्छ ! ' भन्दै किन रोज्नु पर्‍यो !
फूल त फूल नै हो आखिर । हरेक श्रीजना फूल का रुप हुन आखिर ।
अनी ' मेरै मा पहिला फूल्नु पर्छ ! ' ----- श्रीजनाले ठाउँ जहाँ पनि पाउनु न्यायिक कुरा हो । फूल त जती छरियो उती राम्रो ----- किन मेरै मा पहिला ! किन मेरै मा मात्रै ! या एकै ठाउँ मा मात्रै !
किन श्रीजना मा पनि एकाधिकार को बजार लागू गर्ने !
~~दौतरी ब्लग ~~ को उदारताले हिर्दय भरी ~~~दौतरी ~~ प्रती माया सल्बलाउच सधैं सधैं ।

Anonymous said...

यो लेख नेपाली पोष्टमा रहेछ। चारै तिर त छैन के भन्नुभाको एडमिन Anonymous?
लेख भने राम्रै लाग्यो है।

Anonymous said...

yo lekhak (?) ka Autai lekh 10th media ma maile pani bheteko chhu hai mitra haru. badhi aaphulai lekhak dekhaune Darbariya parampara Mr. Mapai ma pani chha hai, hathi ho.dhannebat.

पीजी said...

ल है लुनाजीले पनि राम्रो कुरा उठाउनुभाको हो । दौतरीको मुल मर्म भनेको जस्ता सुकै तार्किक बिचारहरु (चाहे राजावादी हुन या माओबादी, अहिलेको परिप्रेक्ष्यमा दुई विपरित ध्रुबका बादहरु भएकोले यो उदाहरण लिएको हो मैले) र जसले सुकै लेखेका कुराहरु सबै सामु राखौं भन्ने हो ।

शेखरजीका डलर टिप्ने यात्रा सम्बन्धी लेखहरु मलाई पनि मन परेका लेखहरु हुन ।

एनोनिमस एडमिनिस्ट्रेटर साथिले उठाउनुभाको मुख्य कुरा चाहिं एउटै लेख धेरै तिर छापियो अनि लेखकहरुमा लेख प्रतिको जिम्मेवारी भन्दा पनि संख्यात्मक हिसाबले लेख थुपार्ने पट्टि लागेको हो कि भन्ने पट्टि लाग्यो ।

यस्तो संवेदनशिल विषयमा एडमिनिस्ट्रेटरहरुको बिचमा नै वा अझ नेपालियनजीलाई र ठरकीजीलाई नै सिधै जानाकारी गराएर यो विषयमा बहस गरेर लेखकहरुसंग नै कुरा गरेर यस्तो समस्या सुल्झाउन पाए र कमेन्ट बक्समा यस्ता विषयहरु प्रवेश नगरेको भए राम्रो हुन्थ्यो ।

दौतरी सबैको हो त्यसैले लेख लेख्ने देखि कमेन्ट मार्फत सहभागिता जनाउने साथिहरुले समेत यसलाई आत्मसात गरेर अगाडि बढिदिनु भए उपयुक्त हुन्थ्यो जस्तो लाग्छ मलाई ।

Anonymous said...

रिस हो है सबको सत्रु!!
ओहो ! के बिधी रिस हो !
लेखको मूल मर्म भन्दा पनि बढी लेखक लाई निरुत्साहित बनाउने उद्देश्यले यो अज्ञात जि ( आन्नोम्युस जि ) र सम्यक जि ले खुबै मेहनत गर्नु भएर प्रतिकृया लेख्नु भो नि !!!
पसिना पसिना हुनु भो होला है तपाईंहरु शब्द टाइप गर्दा गर्दै -----

ठरकि दादा said...

रोटी चिल्ला मिठा, कुरा खस्रा मिठा यो नेपाली उखानसंगै मेरो कुरा राखौं है ! ।

सर्व प्रथम शेखरजीको लेखनको म सधैं प्रशंसक रहेको छु ( यो कुरा अहिले यहाँ मात्रै लेखेको हैन, वहाका पुराना लेखहरुमा हेर्नु भयो भने मैले खुला दिलले वहाको लेखन शैली र लेखहरुको प्रशंसा गरेको कुरा धेरै भेटिन्छन्)।

यो लेख पनि मेरो आफ्नो सानो दिमागले आंकलन गर्ने हो भने यथार्थवादी छ । राजाको कुरा आयो भन्दैमा यो लेख पुरैलाई खराव भन्ने हुत्ती ममा छैन ।

यत्ति हुँदा-हुँदै पनि एउटा लेख धेरै ठाउँमा टाँस्ने कुरा मलाई पनि मन पर्दैन भन्न पनि म यहाँ हच्किन्न । नेपाली ब्लग वा अनलाईन साहित्य पढ्ने सिमीत पाठक भएको अबस्था र संख्याकै हिसाबमा हेर्दा पनि नेपाली ब्लगहरु अझै सुरुवाती क्रममै रहेको बेलामा, प्राय: सबै ब्लगमा भ्रमण गर्ने पाठकहरु ८०-९०% समान हुने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो ।

लेखकमा आफ्नो लेख बढी भन्दा बढी मानिसले पढुन भन्ने हुनु एकदमै प्राकृतिक कुरा हो (ममा पनि छ--किन ढाँटने ?)। तर मलाई लाग्छ, हालको परिप्रेक्षमा लेख जहाँ टाँसे पनि हाम्रो 'टार्गेट पाठक'ले त्यो अवश्य नै पढछन् त्यसैले निश्‍चित समयको दायरा भित्र यसलाई २-३ ठाउँमा टाँस्नुको कुनै अर्थ रहँदैन ।

अब कुरोको चुरोतर्फ जाँदा, हामीहरु अब भने परिपक्क हुनुपर्‍यो । माथि नाम उल्लेख नगर्नु भएको दौँतरी मित्र र सम्यकजीको कुरा अनी शेखरजीको उत्तर पनि पढ्दा मलाई शेखरजीले हत्तारमा निर्णय गर्नु भयो जस्तो (हुन त हत्तारमा निर्णय र फुर्सदमा पछुताउने त हामी नेपालीको पहिचान नै हो...) जस्तो महशुस भयो ।

शेखरजी, तपाई डलर खोज्ने यात्रामा त्यत्रो उतार चढाव झेल्नु भएको मान्छेले विचारमै प्रतिकार गर्नुहोस न !। हो सबैको लेख सबैलाई मन पर्दैन तर म त ठाडै भन्छु मेरो लेख मन परेन भनेर १०० जनाले लेखे पनि म त लेख्‍न छाडदीन । किनकि म James C. Hagerty को एउटा प्रसिद्ध भनाईमा विश्वास गर्छु ।

ल सबै दौँतरीहरुमा खुल्ला विचार राख्दै गर्न र शेखरजीमा पनि लेखनमा निरन्तरता दिन आग्रह गर्दै त्यो भनाई राख्छु है त:)

If you lose your temper at a newspaper columnist, he'll get rich or famous or both

(ब्लगरमा पनि यहि लागु हुन्छ ---हे भगवान मेरो लेखमा पनि temper lose गर्ने १०-२० जना बनाईदेउन !!)

Anonymous said...

मेरो लेख जहाँसुकै छाप्न सक्छु तर अन्त टाँसेको यत्रो राम्रो लेखकको लेख यहाँ पनि दिँदा टाँस्दैनौ भने , लौ खाओ म दौँतरीमा लेख्दै लेख्दिन भन्ने कुरा गरेको त अलिक कस्तो कस्तो लाग्यो , हैन र ?

शेखरजी, फरक फरक लेख लेख्ने ठाउँ ठाउँमा टाँस्ने गर्दा विचार पनि फुल्छ फल्छ , दिमागले कसरत पाउँछ , पढ्नेले पनि वाह ! यो मान्छेको दिमागमा पनि कति महान सोच छ हगि ! भनेर अचम्म पर्ने मौका पाउँछन् तसर्थ तपाईँले लेख्न पर्छ, सानो तर उचित कुरामा आलोचना आयो भनेर कलम भाँचेर दाउरा बाल्ने कुरा नगरम् है ! यो सुहाउने कुरा हुन्न ।

-सम्यक

पीजी said...

सम्यकजीले कुरोको चुरो समाउनु भयो मेरो पनि भावना त्यहि हो। "सानो कुरामा आलोचना भयो भनेर कलम भांचेर दाउरा बाल्ने कुरा नगरम" , सोर्है आना सही कुरा हो ।

मेरो बिचारमा लेख त्यस्तो होस पाठकले खोजी खोजी पढोस, पाठक खोज्दै लेखक सयतिर भौंतारिनु नपरोस ।

अब यो कुरालाई धेरै अगाडि बढाउनु भन्दा शेखरजीले पनि बुझिसक्नुभयो होला, ठरकीजीले भने जस्तै "उतार चढाव" झेलेको मान्छेले अरुको भावना बुझिदिएर संख्यात्मक "टार्गेट" भन्दा दौतरीमा तपाइको लेख खोज्दै पाठकहरु झुम्मिन आउने वातावरण बनोस यहि शुभकामना । अन्यथा यहांको जो मर्जी ।

Anonymous said...

Suruma, Sirsak nai Galti chha. yeso lai pani lekh maner mathapachhi ..... !
yesto pani lekh hunchha ? na bhasa Chha ? na Bichar Chha? na Sailee chha ? na Byakaran suddha chha ? kelna ka lagi matra lekne ra herak thau ma tasne.... Lekhak Re... wow !
Suruma Sirsak nai Galti chha. yeso lai pani lekh maner mathapachhi ..... !
Zero Hour le bhane jasto Manchhe le khoji khoji Padhosna !

Luna said...

OLLA !!! La ! la !
why this much proud ------
we people 's weakness is realy to be Proud ----
is it realy necearry ? ---
( sorry hai ! if i hurt someone )

नेपालियन said...

हिजो सांझ शेखरजीको लेख पोष्ट गरेर आज दौंतरीमा झुल्कींदा निकै उतार चढाब आइसकेको रहेछ। शेखरजीको लेखमा कता कता नेपाल जी ले अर्को ब्लगमा बेलायतको यती संगठनको प्रस्तुतीको झझल्को ल्यायो।

पहिलो कुरा त दौंतरी छुद्र भाषा प्रयोग गर्ने स्थल हुंदै होइन। छुद्र प्रबिर्ती देखी आजित भएर नै खुला,असल र स्पष्ट बिचार थलो राख्ने भनेर तयार भएको दौंतरीमा कमेन्ट केरमेट हुदैन भन्दैमा दौंतरीको मूल मर्म भुलेर तथानाम संस्क्रितीको बिकास नगरिदिनु हुन अनुरोध गर्दछु। नाम लुकाएर एडमिन भन्दै कमेन्ट गर्ने मित्र दौंतरीका एडमिन हुनै सक्दैनन, दौंतरीका एडमिनहरुबाट प्रश्स्त सुझाब पाएको छु तर यस्तो नमिठो शब्द दौंतरी एडमिनबाट मैले कहिल्यै अपेक्षा गर्दिन।

लेख मलाइ मध्यम लाग्यो। तर लुना जीले भने जस्तै काम्ने गरी रिस उठाएर जाइ लाग्नु कुनै उचित देख्दिन भने जिरो आउजीले भने जस्तो आलोचना भयो भन्दैमा कलम बालेर दाउरा बाल्ने काम एउटा स्थापित लेखकबाट सुहाउने कुरा होइन। ठरकी सरले भने जस्तै १०० जनाले मन परेन भने पनि आफ्नो कलममा बिर्को लगाउने काम गर्ने कुरै हुदैन।

यो लेख गुगलमा हेर्दा नेपाली पोष्टमा पनि भेटें र लेखमा सहभागिता अहिले सम्म शुन्य छ। नेपाली पोष्ट र दौंतरीलाइ शेखर जि ले लेख उपल्बध गराउनु भएको रेहेछ। सायद यि दुइ साइटको स्वाद फरक भएर हो कि ,त्यसको प्रष्ट उदाहरण त्या नभएका प्रतिक्रिया र यांहा भएको तातो बहसले स्पष्ट पार्दछ। बिगतमा कार्बन कपि लेखले हैरान भएका हामीहरु दौंतरी लगायत जम्मा जम्मी २ ठाउंमा लेख हुंदा डलर टिप्ने यात्राका लेखक शेखरजीसंग यदिबिधी नखनिनु हुन मेरो ब्यक्तीगत अनुरोध छ है? अनि डलर टिप्दा पिडाको जंगल पार गर्नुहुने शेखर जि यसरी हतोत्साहित भएर दौंतरीबाट अलप हुने काम नगर्नुहुन अनुरोध गर्दछु।

मैले सुझबुझको कुरा गरे समर्थन दिनुहोला चित्त नबुझे त एनोनिमसबाट गाली गर्न पाइने ब्यबस्थाको ग्यारेन्टी छ।

यती नै हुन मेरा दुइ शब्द । जय दौंतरी।

Anonymous said...

AJA YASO FURSAD MILER NAYA NAYA ONLINE KHOTALDAI JADA DAUTARI MA KLICK GARNA PUGE . PAHILO CHOTI DAUTARI YATRAA MAI MATA CHHAKKAI PARE LEKHAK SHEKHAR DHUNGEL MATHI KHANIEKA HARU KO BHIDA DEKHER . MA UNKA LEKHA HARU DASHAK AGI DEKHI PADDAI AAEKO CHHU UNI EK KHARA LEKHAK HUN.NATA RAJA NATA KANGRES NATA MAOBADI JASKO PANI GALAT KAM KO NISPACHHHYA BHAERA ALOCHANA GARCHHANA . UNI BLOG MA LEKHNE STAR KA LEKHAK NAI HOINAN . ABA NAJANE NIDHO GARECHHAN RAAMRAI BHO . CHANDAN RA KHURPA BINDA CHINNE PATHAK HUNE THAAU MA NA LEKHNU NAI JATI . KE DAUTARI LE UNLAI LEKHA BAPAT BHATTA DINTHYO ?BIBHINNA WEB MA EUTAI LEKHA KABITA KATHA PATHAAUNE UNI EKLO HUN?" THULO PALTIN '' PRASANSAA PAUN "" BHANAI KOI UNKO PARICHIT DUSTA LAI UNKO PRASIDHI NA PACHIKO JASTO DEKHINCHHA . 'KIN HAMI MA SAKAARAATMAK SOCHA'KO KAMI CHHA ?
DAUTARI BLOG MATRA NA BHAI ANYA BLOG MA DUSTYAAI , DURAABHAB RAAKHER ' MANORANJAN ' GARNE KO KAMI CHHAINA YO DHUKHA MAANASIKATA HO . YASTAI NAKAARAATMAK COMENT LE GARDAA DUI BARSHA AGI EK DURGHATANAA MA PAREKA dR . AACHAARYA LE JAIL MAI ATMA HATYAA GAREKA THIE . BISAYA KO GAHIRYAAI RA SATYATA ABUJHI NOMENT GARNE HAMRO BANI LAI SUDHAI RAMRO BOLER GARER MANORANJAN LINE BUDDHI KAHILE AAULA NEPAALI KO ?
SURYA B. SIGDHEL FRANCE

Anonymous said...

k kura garako kaji!e bandar harko kura sunara lakhna chodna kura garna ho? eni haru ta farak b-char ko manis lai bistapit garni b-char ka dhadu hun ni...... chaya jun sukai chatra ma kina nahos,

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !