June 6, 2009

भारत ले नेपाली को भावना मा चोट पुर्‍याउदै छ

शेखर ढुङेल

०६-०५-२००९

नेपाल र भारतको बीच विश्‍वमै एउटा अद्दितिय सम दुरी, धार्मिक एबं सास्कृतिक समानता र सामिप्यता हुनुको बाबजुद अनादी काल देखी नै पर्बतिय सृखंला र ॠषी मुनीहरुका तपोभुमी नेपाल आफ्नै बिशेष परिचय र अस्तित्वमा रेहेको देश हो । दुई देश का जनता बीच को सुमधुर सम्बन्ध र समदुरी लाई भारतीय सरकारको साउथ ब्लकले नाजायज निती मा परिणत गर्दै लगेको छ । साम्राज्यबाद बाट स्वयम पीडित भारतले छिमेकीहरु प्रती दादागिरी देखाउनु आँफैमा उदेक लाग्दो छ ।

एकाध सय बिभिन्न मुखुन्डो लगाएका नेपालका पापड लाल नेताहरु उस्को चरणमा छन भन्दैमा नेपाली सपुत हरुको बिरताको ईतिहासको साक्षी रहेको भारतले हामी नेपालीको सम्बेदनशील भावनामा खेलबाड गर्ने दुस्प्रयास गर्दछ भने त्यो भारतको लागि अरिंगालको गोला मा हात हाले बराबर हुनेछ । नेपालमा पनि लोन्डुप र लिट्टे उत्पादनको खेती फास्टाउदछ भन्ने भारतको सोच हो भने उस्ले आफ्नै खुट्टामा बन्चरो हान्यो भनी जाने हुन्छ । ''प्लिज नेभर उन्डरइस्टुड नेपलिज सेन्टिमेटल्'' भारत ले हाम्रो सम्बेदनशील भावनाको कदर गर्न जानेन वा सकेन वा आक्रमण गर्न खोज्दछ भने उ विश्‍व मै बदनाम हुने छ ।

कास्मिर को पिडा लाई नियालेर हेरोस अनी छिमेकी लाई कुदृष्टी लगाओस । छिमेकी लाई अस्थिर बनाएर , पेलेर अफु बलियो हुने भ्रम भारत ले त्याग्नु पर्दछ । नेपाल मा सधैं कुदृष्टी राख्ने भारतले नेपालीको एकतामा बिचलन भएको मौका पारी राजसस्था ढाल्न सफल भए पछी उस्ले रोपेको लोन्दुप र लिट्टे हरु फलेफुलेको भ्रम बढाएको हुन सक्तछ । त्यसैले निर्भिक्क भएर सिमा स्तम्भ गायब गरिदिने , मिच्ने र सिमा क्षेत्र मा बस्ने हज्जारौ नेपाली लाई आमानबिय ढंगले बिस्थापित हुनु पर्ने सम्म को अत्याचार गरेको छ । भारतको यो निम्न स्तरको दादागिरी ले संसार उ को सामुन्ने बदनाम हुनेछ ।

हाम्रा अदुरदर्शी सत्ता लोलुप पापड लाल केही नेताहरुको बिरोध , जुलुस , भाषण र स्मरण पत्र दिने औपचारिकताको भारतले मतलब राख्ने छैन । देखी हालियो, सचित्र अन्तरराष्ट्रिय चर्चाको बिषय भैसकेको दाङ घटनालाई भारतीय राजदुत सुदले ठाडो अस्विकार गर्दै चुनौती नै दिएका छन । दुताबास भन्दछ सिमा बिगारेको , हराएका छैनन , भारतीय सुरक्षा बलले केही गरेकै छैन, कुनै सीमा मिचेकै पनि छैन , नेपाली लाई झनै उत्तेजित बनाउने गरी यो बक्तब्य आउनु झन खतरा को संकेत हो । भारत सित टस्सल गर्न नैतीक रुपले आत्मबल गिराइ सकेका राजनैतिक दलले खुलेर बिरोध गर्न सकेका छैनन । देश सरकार , संबिधान , निती नियम बिहिन अवस्थामा पुगेको छ, यस बेला सम्पूर्ण तप्काका स्वाभिमानी नेपाली जनता एक भएर भारतको दादागिरी को बिरुद्धमा उत्रनु पर्ने भएको छ । नेपालको स्वाधिनताको लागि खम्बाको रुपमा रहेको राजसस्थालाई भारत कै चक्रब्युह मा फसेर ढाले पछी काठमान्डुमा दिल्ली दरबार खडा भएको छ । हाम्रा देशका सरकार प्रमुख र नेता भारतीय दुत का जागिरे जस्ता देखिएका छन । साझ बिहान घर घरमा गै यो गर र त्यो गर भनी आदेश दिन्छन । यस्तो अवस्थाको अन्त गर्न हामी जनता नै उठनु पर्दछ।

देशलाई माया गर्ने स्वाधिन नेपालका स्वाभिमानी नेपाली स्वदेश बिदेश जहाँ भए पनि भारतको दादागिरी , अन्याय अत्याचार , बिरुद्ध अन्तरराष्ट्रिय रुपमा सशक्त आवाज उठाउनु पर्दछ , तराइ का बिभिन्न शशास्त्र अपराधीक ( भारतीय ) गतिबिधी सन्चालन गर्दै आएको पर्सा ( बिरगन्ज ) को कन्सुलर कार्यालय हटाउनु पर्दछ , लैनचौर दुताबासमा भएको नेपाली नेता र उपल्लो कर्मचारी लाई बिदेशी रक्सी बाड्ने शाखा खारेज गराउनु पर्दछ , सयुक्त राष्ट्र संघ को स्थानिय र प्रमुख नियोग मा सप्रमाण भारत बिरुद्ध उजुरी दिनु पर्दछ , स्वतन्त्र अखन्ड राष्ट्र को हैसियत ले आफ्नो अस्मिता जोगाउन निस्चित नाका मात्र खोली मेची महाकाली सीमा मा पर्खाल लगाउनु पर्दछ , भारत सित पनि बदलिदो परिस्थिती अनुरुप राहदानी को ब्यबस्था गर्नु पर्दछ ।

हाम्रा पुर्खाको वीर गाथाले सुसज्जित सुन्दर देश नेपाल लाई भारतीय कुदृष्टीको बाछिट्टा बाट सुरक्षित राख्न परम्परागत सन्धि र नितीमा परिवर्तन गर्न जनताले अब नेताको मुख ताक्ने होइन स्वयम अरिंगाल बनी जाइ लाग्नु पर्दछ । जय होस नेपाल र नेपाली को ।



2 Comments:

प्रबिण थापा said...

लेख राम्रो भएपनि राजासस्था प्रति बढि सहानुभुति र गर्नु पर्ने भन्दा बढी नै प्रसंसा लुकेको छ ।
हाम्रा हुतिहारा र भारत परास्त राजनीतिमा समर्पित नेता हरुको भर पर्ने हो भने भोली नेपाल नै रहन्छ कि रहदैन भन्ने प्रश्न नेपालि जनतासामु अहिले अगाडि देखा परेको छ। भारतले नेपाल माथि पटक पटक गर्ने गरेको सिमा अतिक्रमणको बिरुद्ध अब नेपाली हरुले मुख खोल्नु पर्छ, हामि एकजुट हुनुपर्छ, राष्ट्र प्रति गद्धारि गर्ने नेताहरुबाट सम्पुर्ण हिसाब किताब चुक्ता गर्न अब नेपालि जनता जुर्मुराएर उठ्नु पर्ने बेला भएको छ।

Luna said...

भारतीय हरु को आगमन बजन बाट निकट मै नेपाल भारत तर्फ भासिने छ यदी समय मै भिसा सिस्टम लागू नगरे -----
तपाईं हरु को कलम ले यसरी नै आबाज उठाओस शेखर जि ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !