May 13, 2009

आशु नै आशुमा डेबेको जिवन

विजयकुमार श्रेष्ठ
हाल ईराक
मे १२ २००९, मंगलबार

आत्मा कुनै दिन खुशी भएन, जिवनमा सुख कहिलै मिलेन अनेकौ दर्द र पिडाका धाउहरु चहर् याई रहेछ, अन्तर बेदनामा आत्मा रोई रहयो । केवल बाच्नको लागी अथाहा संघर्षका पाईलाहरु हरपल हरदम चलिरहदा पनि खुशिका रेखाहरुसम्म सामु आएनन्, उल्टै चोट र बेदनाहरुमा रुँदा रुँदा आखाबाट आशुहरु रित्तिसके मायका सागरहरु सुकी सके जिवनका रंगिन सपनाहरु हावाको अन्तरंग बेगमा हराईसके सपना केवल सपनामा नै सिमीत रहयो । मेरा चाहना र ईच्छाहरुको कुठाराधात भयो । जिवन साच्चि नै पानी विनाको माछा जस्तै छटपटाई रहयो । बाल्य कालका मेरा ति कालखण्डहरुको कल्पना गर्दा मेरि आमाको मायाका ति छालहरु आज कहाँ हराए मेरा बा का ति शब्द सन्देशहरु त्यसै बिलाए । मेरा दाजुभाईदिदी बहिनी र साथि सँगीहरुकोलाड प्यार आज यूध्दको मरुभुमीमा बम लन्चर र तातो हावासँग मिश्रित माजमा चिच्याहटसँगै समिप रहने पुगे लक्ष्य र उदेश्यहरु यथावत झर्दै गए । यूवा अवस्थाका मेरा चाहानाहरु अनि जिवन घर न धाटको भएर दोधारमा दिनचर्याहरु विती रहे पनि मेरी उनीका बचनका बाडहरुले लागेका दागहरुले अझै पनि चहर् याई रहेछ पोलीरहेछ भित्र भित्र दुखि रहेछ । मेरो निश्चल माया अनि निश्वार्थ प्रेमका भावनाहरु बुझन नसक्ने उनिको मन तथा अन्तर आत्मा त मैले बुझेको छु । केवल उनिका हरेक मन र पलपलका अबिस्मरणीय घटनाहरु मेरो मानसपटलमा अजै ताजै छन । बिर्सन खोज्दा झस्काई दिन्छ, निदाउन खोज्दा बिउँझाई दिन्छ । त्यसैले होला कुनै बेलाको यो मिठो गितको याद आउछ:

बेहाल भयो जिन्दगी यो
निर्मोहीको जालमा परि ॥
आशुको त मोलै छैन
बलेसिको पानि सरि ॥

बिछोडको बेदनाले जति तड्पिए पनि अतितका ती तिता घटनाहरुले जति सताए पनि हर दिन र रातहरु निरासै निरासमा विती रहे केवल जिवनका लक्ष्य विहिन यात्राहरु कठोर भन्दा कठोर बन्दै गए । आशाका दियोहरु निब्दै गए भरोसाका मुहानहरु सुक्दै गए । दुख र बेदनाका सागरहरु एकपछि अर्को गर्दै आई रहे पागल सरि भौतारिदै आफु र आफुलाई काल खण्डरको मुखाकृती सामु धकेली रहे होमी रहे । दिन रात आफुलाई रागको ज्वालामा धकेली रहे होमी रहे केवल मिठो सपनाको लागी सारा जिवन ननीदाई विताई रहे । सानो आशाको लागी मिठो मिलनको लागी जिवनमा आएका अनेकौ उतार चडापहरुको सामना गर्दै समाल्नै नसक्ने मन अनि पागल सरि रोक्नै नसक्ने बेगहरुलाई यस कात्रो रुपी कागजमा रँग्याउन कासीस गरेको छु । अन्यथा नमानी अध्योपान्त गर्ने छौ भन्ने आशा राखेको छु ।

छुट्दैन कहिल्यै त्यो
दुई हाँगाको फेद जस्तो ॥
जुनि जुनिसँगै वाच्ने
दुई नदिको मेल जस्तो ॥



2 Comments:

प्रबिण थापा said...

भनिन्छ नि प्रेम तागत हो जसको सा हा रा मा जीवन जित्न सकिन्छ तर के गर्ने व्यक्तिगत बिबसता र बाध्यताह रुले हामीलाइ त्यो खुशि सग रमाउन दिएको छैन । अनेकौ मनका उच्छबाशहरुलाइ सकी नसकी मन भित्रै कैद गर्नु पर्ने बिबसता छ हाम्रो सामु । हरेक रातको सपना ले मायालुको समिप पुराए पनि व्युझिएपछि मरेकै छ। बिजय जि यो बास्तबिकता तपाइको मात्र होइन हजारौ नेपालि पिडा छ यह। आसा गरौ भोलिको दिन क्षितजमा लालिमा छरेर उदाउने छ अनि तपाइ हामि जस्ता बाध्यताले बिदेसिएका लाखौ नेपालिहरुले आफ्न्तो पृयसिको काखमा रमाउन दिन चाडै आउने छ।

एकलकाटे said...

बिजय जी,
यो तपाईं को पिडा हो भने पिडाको जिम्मेवारी तपाईं नै लिनुस्...अनी त्यो पिडा बाट निस्कने आट पनि गर्नुस्... संसारमा जन्मिसकेपछी दु:ख पिएर पनि हास्न सिक्नुपर्छ अनी पो बहादुरि हुन्छ...

पहिलो मुक्तक बिशेष रमाइलो लाग्यो:
बेहाल भयो जिन्दगी यो
निर्मोहीको जालमा परि ॥
आशुको त मोलै छैन
बलेसिको पानि सरि ॥

वा वा बिजय जी

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !