March 20, 2009

नदुख्नुकोही

लेखका संबन्धमा: नीर्मनजीले करीब ३०।३२ बर्ष अघिदेखि बिभिन्न कथा, कविता, गीतीकथा, गीतहरु लेख्दैआउनु भएको छ । तर वेबसाईटमा प्रकाशन भएको सर्बप्रथम दौतरी वेबसाईटमा नै हो। उहांले अब निरन्तर रुपमा आफ्नोरचना पठाइरहने बाचा गर्नुभएको छ । साथै उहांले उहांको रचनाको बारेमा प्रतिकृया जनाउने सम्पूर्ण पाठकहरुमा अग्रिम धन्यवाद टक्रयाउनु भएकोछ किनकी पाठकहरुको सल्लाह र सुझावहरुलाई शिरोपर गरी अगाडि बढ्न उहांलाइ निकै प्रेरणा मिल्दछ (दौंतरी।


नीर्मन केएम
नंखेल ६,भक्तपुर (हाल हाइटी)

नदुख्नु कोही मेरो दु:खमा, म त यस्तै हुँ सधैंभरि
कठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरी

आफ्ना र अरुहरुका स्नेहले, अब म थाकिसकेछु
माया नै मायाको बोझले,धेरै नै थिचिएको छु
यो उराठ लाग्दो जीवन, यत्तिकैमा रमाइ रहन्छ
आशा उमंग सबै मारेर , नीरसतामै बांचिरहन्छ

नाआऊनु कोही मेरो साथमा, म एक्लै हुन्छु संसारभरि
कठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरि

फूल फुल्ने पाखाभररी अब, डढेलो लागिसकेको छ
खुशीमा उज्यालिने मनभरी अब, अंध्यारो छएको छ
एक्लोपन प्यारो बनिरहेछ, कसैले नझस्काइदिए हुन्थ्यो
मन अनन्त यात्रामा उडिरहेछ, कसैले नबिथोलिदिए हुन्थ्यो

नसिस्किनु कोही यो मेरो पनमा, आसुँ छैन मेरो आँखाभरी
कठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरी



3 Comments:

Anonymous said...

wa.. wa... nice one !!!

एकलव्य ( Eklavya) said...

कविता मीठो छ।

तर जे विषय प्रस्तुत छ त्यसले 'एकलकाटे' मलाई अरू एक्ल्याएको अनुभव गरेँ । हुनत हो, संसारबाट बिरक्तिएर एकलासे जीवनलाई self-abnegation यो तरिकाबाट 'यस्तै त हो नि, कसको साथले नै के सुखानुभूति गराउने हो र ?' भनेर सोच्ने हो भने अत्यन्त पीडादायी अनुभवहरूलाई पनि सामान्यीकरण गरेर जीउन सजिलो हुन्छ । वास्तवमा दु:ख र पीडाहरू भौतिक डसाइ हैनन् , मानव मनले सिर्जना गरेक नकारात्मक भावनाका अनुभूति त हुन नि !

Anonymous said...

कबिता ठीकै लाग्यो...कहिले काहीं एक्लोपन मलाई नि प्यारो लाग्छ....तर एक्लोपनमा म कहिले दुखी हुन्न...

कबिताको मूल निष्कर्ष मलाई मन परेन

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !