February 28, 2009

किन गएछन सभासद मसाजपार्लर ?

धेरैले भने सभासद कृष्ण प्रसाद यादवको दिन विग्रिएको रहेछ । रंगेहात प्रहरीले समाते छ । आजकाल नेपालको प्रहरी अलि जागरुप भएका हुन की केहो मैले वुझन सकिन । कहिले ववन सिहलाई समातछ । कहिले पावरफुल पत्रकार धमला लाई अहिले सभासद यादवलाई । ल ल, ठिक छ, म चही यत्रो नेपाली मारेर सुपीम्रो हुँ भन्दै हिडनेलाई पनि समातेर थुनेको हेर्न प्रतिक्षारत छु । प्रसंगमा आऊ, हैन यो यादव किन गएछन मसाजपार्लर - अस्ती भर्खरै सभासदहरु नया वन्ने संविधान वारे जनताको मत वुझन गाउँ जाने समाचार पढे थिए । यही प्रसगमा मेरो विचारमा केही तर्क आएका छन । तपाई हरुको विचारमा कुन हुन सक्ला भन्नुस है ।

तर्क नं १ :नया वन्ने सविधान समावेसी प्रकारको हुने छ । सवैको भावनालाई यसले समेटने वताइएको छ । यसैले यादवले मसाज पार्लरवाट राय संकलनको यात्रा शुरु गरेका हुन की ?

तर्क २: नेपालको मधेसको स्थिती दिन प्रतिदिन खस्कदै छ । त्यहा जाँदा आज हो को भोली थाहा छैन । तेसैले भोली केही भैहाले भने आज रमाइलो गरौ भनेर होकी र?

तर्क ३ : नेपालको सडक मार्गको अवस्था सवैलाई थाहा भएकै हो । सभासद महोदय सभासद भए पछि कहिले गाउ फर्के की फर्केनन कुनी - त्यसै ले सहर वाट गाउँ जाँदा जिउ दुख्ला भनि यसो मसाज गरौ भनेर पो गएका हुन की र?

तर्क ४ :नेपालको सभासद पुरुषले पनि महिलाको औषधीको विल पेश गरेर पनि पैसा लिएको समाचार पढेकै हो । सभासद महोदयहरुले गाँउ जान अस्ति मात्र पेस्की वुझेका थिए । अव पेस्की फछयौट गर्दा सभासदको मसाज विल पनि पास हुन्छकी भनेर पो हो की ?

अरु तर्क पनि छन चने लेख्नुस है ।



7 Comments:

ठरकि दादा said...

तपाईको तर्कहरु मध्य तर्क नं २ र ४ मा बढि सम्भाव्यता देख्छु म।

त्यो बाहेक मेरो तर्कको कुरा गर्ने हो भने:
५: आफैले गाँउबाट ल्याएर पार्लरमा काममा लगाइदिएका लाजबन्ती, गुन्जा वा राम पियारीहरुका हाल-चाल बुझ्न ।
६: नेपाल प्रहरी साँच्चै सक्रिय छ कि छैन भनि क्रस चेक गर्न ।
७: मधेस आन्दोलन वा अन्य त्यस्तै कुनै क्रान्तिकोलागि नैतीक समर्थन जुटाउन ।
८: संबिधान लेख्‍न एकान्त स्थान खोज्न ।

Anonymous said...

ल हजुर म चाही त्यती बुद्दी घुमाउन लागिन, एकै वाक्यमा भन्छु - यि अरु नेता झै मोज मस्ती गर्न लागेका हुन मसाज पार्लर। चेकिगंमा परिहाले।
बिचरा कांग्रेसको सरकार छैन, धमला माथी त कमिलाको गोला बर्सय्यो अब माओबादीले पेल्ने मेसोमा यिनी कृष्ण प्रसाद यादवमाथी कुन कुन मुद्दाका फलफुल फल्ने हुन?

एकलव्य ( Eklavya) said...

यो दुखका भन्नु पर्छ , अन्तर्राष्ट्रिय सस्तो यौन पर्यटनका लागि नेपाल एसियामा थाइल्याण्ड पछिको दोस्रो स्थानमा दरिन थालेको छ । यो पनि उत्तिकै सत्य हो कि , यो संस्कृति-विकृतिलाई भरथेग गर्ने हाम्रो प्रशासन, प्रहरी र राजनीतिका खेलाडीहरू नै हुन् । देशमा धन कमाउन पर्ने रोग यसरी लागेको छ कि , जुन तरिका , शैलि र धन्दाको प्रयोग गरेर भए पनि यो गर्नै परेको छ । आज मात्र पढेँ इटहरीमा एकजना कमला थापा नामकी युवतीले कुनै भारतीय व्यापारीको सौजन्यमा अत्यधिक मदिरा सहितको यौन 'ओर्गी'मा समाहित हुँदा सहादत वरण गरिछन् । यौन पेसामा लाग्न पर्ने उनको वाध्यता थियो होला र त्यही अवसादको उपचारमा ती नारी मदिराको दहमा डुबिन् होला । अब यस्तो कुराको कुन ढंगले आलोचना वा समालोचना गर्नू । यहाँ मसाज पार्लर नामको यौन सभामा निमग्न हुन चाहने सभासदको कृत्यको जुन शब्दले आलोचना गर्दा पनि अन्यथा हुँदैन । समाचारमा आएको छ , त्यहाँबाट सकुशल भाग्नेमा एउटा बहालवाला मन्त्री पनि थिए रे ( दैनिकीबाट साभार)। यसले यो साबित गर्दैन र कसरी यौन उन्मुक्ति र यसका प्रभावहरू हाम्रो सांस्कृतिक जीवनमा धावा बोल्दैछन् ?

केही समय अगाडि नेपालमा २ महिना जति बिताउँदा, मान्छेले भने सुनेका आधारमा मैले नेपाल कसरी यौनबजारमा झर्दो छ बुझ्ने मौका पाएँ । ।

यो साँच्चै भयावह बनिसकेको छ ।

Anonymous said...

मलाई चाहीं तर्क ३ सही होला जस्तो लाग्यो...

Anonymous said...

yesta savasad lai jil halnu parcha. nepal ko kanun ma sana lai matra kanun cha us lai kanun chaina, bamdev ji k hernu bhayako cha. jail ma halnus

Anonymous said...

oho,
nepali congress is the only political party it provide all sorts of liberty to the members of constitutional Assembly.Yes.we are in the 21th century why not we enjoy with girl.gharki budhi vaihalin,maasik bhatta 45000 aihaal6,kina najaane massage parlour.thik 6 jaanu par6.baru +2 ka kt haru available garne prachalaan hunu par6.

Anonymous said...

मेरो एक महिनाको इताली बसाइले धेरै कुराहरु सिकाएको छ । जनताहरु धेरै अनुशासित छन ।सबै कामहरु सिस्टममा चलेका छन । सबैले हाम्रो हो भन्ने भावनाले काम गर्छन ।सडक,कार्यालय र सार्बजनिक पार्कहरु धेरै सफा सुन्दर् छन् हेर्दैमा मन् छुने छन्।हम्र नेत,बिज्ञ र बरिष्ठ प्रशासकहरु धेरै जनाले बिदेश भ्रमण गरेका थिए। तर तिनिहरुमा यस किसिमको बिकास गर्ने सोच कहिले नाआयेको देद्ख्द बुख लगेर आयो। तिनिहरुले आफ्नो मात्र प्रगति गर्न खोजे। अरुको लगि केहि वास्ता गरेनन् ।सबैको लगि हुने प्रगति गरे आफ्नो पनि प्रगति हुन्छ भन्ने धरणा तिनिहरुमा कहिल्यै आयन

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !