October 11, 2008

फरिया राम्रो हो कि जोबन राम्रो हो?

फरिया राम्रो हो कि जोबन राम्रो हो? प्राय: उत्तर आउंछ फरिया राम्रो त्यसै हुन्छ जोबन राम्रो हो। त्यसो भए टिका, चुरा, फुली, बुलाकी केही पनि होइनन् त ? यस्को उत्तर दिन भने गार्है पर्छ। कुनै पनि नारी यि सजिने कुरा समझ्दै मात्र पनि मुहार चम्किलो बनाउछन सजिए पछिको त कुरै छौडौं। तर पनि किन केही नारीहरु फरिया भन्दा जोबनकै पछि पर्छन त? समाज र आफ्नतको बिरोधको बाबजुत पनि जोबनको पछि लागेका प्रशस्त उदारण छन। त्यसो गर्दा धरातलबाट सिधै आसमानमा पुगिन्छ भन्ने धेरैको सोच छ र कतिपयलाइ केही क्षणको लागी भए पनि आकासमा पुगेको देखेका भोगेका छौं। हुन त यो फरिया र जोबन बिबादकै बिषय हो। त्यसैले नै सेन्सर भन्ने चिज उत्पन्न भएको होला। अनि फरिया र जोबन बिच रेखा खिचिन्छ, कति फरिया लगाउने र कती जोबन देखाउने। त्यही मिस नारीलाइ कसैले फरिया देखाउने खेल भन्छन त कती जोबन देखाउने ब्यबसाय भन्छन। नढाटी भन्नु पर्दा मिस नारीमा सुइमिगं सुट लगाएर बिरालो चालमा हिड्नु जोबनको प्रदर्शन होइन कस्ले भन्छ? त्यसो भए जोबनको पछाडी त सिगैं समाज पनि त रहेछ। त्यसै भएर त मिस नेपाल पक्ष र प्रतिपक्षकको बिबादले गर्दा सरेको सरै छ।


तपाइहरुले अनुभव गर्नु भएको होला नि त्यही नारी फरियामा सजिंदा कति सुन्दर दखिन्छे र जोबनमा प्रश्तुत हुदा त्यो सुन्दरता हराएर नग्नता मात्र देखिन्छ। नग्नता ले एक नजर त खिच्छ तर नजर उत्रे पछि नजरको न पनि पाउदैन। भनेपछि जती फरिया उती सुन्दरता हो त? कतै यही भावनाले मध्य एसियाको संस्कृति प्रभाबित भएको त होइन? होइन भने कालो बस्त्रले सिर देखी पाउ सम्म किन छोप्नु पर्यो त? हुन त जोबन जो कोही या जा कही देखाउने बिषय होइन भनेर वकालत गर्लान। तर यो जोबनको अर्को धुर्वमा उभ्भिएको एउटा शैली मात्र हो।


मानिसहरु जोबनको बिरोध गर्छन, नैतिकताको आदी इत्यादी कुरा गर्छन तर पनि जोबन देखाउने खेलमा नारी नै अगाडी छन भने समाज ताली बजाएर तिनीहरुको पछाडी उभिइरहेको हुन्छ मानौ उनिहरू हरेक नारीको जोबन पिउन लालायित छन।


यसै क्रममा जोबनको केही कुरा बांकी नराखेकी Brittney Spears को हिजै मात्र निस्किएको Womanizer भिडियो । जोबन राम्रो कि फरिया राम्रो हो तपाइ आफै निर्कोल गर्नुहोस।




3 Comments:

पीजी said...

यसको सिधा उत्तर दिन गार्है पर्ला ।

फरिया बिनाको यौवन र यौवन बिनाको फरिया दुवै निरश होलान, त्यसैले फरिया र जोवन एक अर्का का पुरक हुन । ब्रिटनीले गर्न खोजेको के हो त थाहा भएन तर मैले जानेको तपाइको प्रश्नको उत्तर यहि हो !

Anonymous said...

फरिया राम्रो हो कि जोबन राम्रो हो? दुबै बराबर् । फरिया ठिक्क भए सुन्दरता कम भए नग्नता। ब्रिट्नीको त के कुरो गराइ भो र सर, उनीले त फरिया नै लाउन भुल्न के बेर ?

Aakar said...

म त केही नबुझ्ने भैसकेँ !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !