June 21, 2008

Euro-Cup 2008:-युरो कपका गोलखाडी

फुटबल गज्जबको खेल, गोल गरे खेलाडी नगेर गोलखाडी। ९० मिनेट खेल्यो, सबैको वाह वाह बटुल्यो, लास्टमा अर्कोले फुस्स गोल छिराए उसको त के टिमकै करिस्मा एकै मिनेटमा हराउंछ। क्रिकेट र बेसबल जस्तो न त लम्बेतान हुन्छ न त एउटै टिमले पिट्छ। अझ त्यो भन्दा नि चिताउदै नचिताएको टिमले राज गर्न बेर लगाउदैन। त्यस्तै भयो यस पटकको युरोकप। लिग चरणमा गोल गरेर संख्या बटुल्नु पर्ने हुंदा अर्कै निती हुन्छ। त्यसैले नि होला, लिग चरणमा धेरै गोल देख्न पाइयो भने सोचेका या चिताइएका तगडा टिम क्वार्टर फाइनलमा पुगे। तर क्वाटर फाइनलमा भने हारुवा टिमहरुले चमत्कारनै गरे। हुन त अझै क्वाटर फाइनलको एउटा खेल बांकी छ, त्यसमा पनि गएका तिनवटा क्वाटर फाइनलको द्रिष्य नदेखिएला भन्न सकिन्न।
Euro-Cup 2008 मा चार समुहमा १६ टिम थिए। जसवाट लिग खेलाएर ८ टिमलाइ क्वाटर फाइनलमा लगिएको थियो।

Team A:
Portugal -6 points (winner)
Turkey - 6 points (runner-up)
Czechkoslovakia-3 points
Switzerland-3 points
Team B:
Croatia - 9 points (winner)
Germany - 3 points (runner-up)
Austria - 1 point
Poland - 1 point
Team C:
Netherland- 9 points (winner)
Italy-4 points (runner-up)
Romania - 2 points
France - 1 point
Team D:
Spain -9 points (winner)
Russia - 6 points (runner-up)
Sweden - 3 points
Greece- 0 point
एउटा समुहको winner अर्को समुहको runner-up संग भिडेका थिए। यसो गर्नको कारण winner टिमलाइ माथी जान सजिलो होस भन्नु हो भने runner-up लाइ अर्को पटक खेल्न मौका दिनु हो। तर यस पटकको क्वाटर फाइनलमा सबै runner-up ले मौकामा चौका हाने।
Team A को winner Portugal Team B को runner-up Germany संग खेलेको थियो। निकै प्रंशसिय खेल खेलेको Portugal जस्लाइ युरो कपको दाबेदारको रुपमा लिइएको थियो, फितलो खेल प्रदशर्न गरिरहेको Germanyलाइ सजिलै जित्ने आकलन गरिएको थियो तर उक्त आकलनलाइ मिथ्थया साबित गर्दै Germany ३-२ को झिनो अन्तरल सेमी फाइनलमा प्रबेश गर्यो।
Team B को winner Croatia Team A को runner-up Turkey संग खेलेको थियो। हुन त Croatia र Turkey दुबै नब चमत्कारी टिम हुन तर क्रोएसीयाको थप चमत्कार भनेको लिग चरणमा सबै खेलमा जित हांसिल गर्नु हो। खेल निकै घमासान भए पनि ९० मिनेटको खेलमा कुनै तर्फबाट गोल भएन। थपिएको इन्जुरी टाइममा १-१को बराबरी भयो जसमा म्रिगौला प्रतयारोपण गरेका Croatiaका क्लासनिकले गोल गेरर इतिहांस रचेका थिए। तर पेनाल्टी सुट आउटमा Turkeyले ३-१ को अग्रता हासील गर्दै सिमी-फाइनलमा प्रबेश गर्यो।
Team C को winner Netherland Team D को runner-up Russia संग खेलेको थियो। टिम डि बाटै बाहिरिने हो कि भन्ने शंकामा रहेको Russia लिगमा हार नबेहोरेको ९ संख्या बटुलेको Netherlandसंग सजिलै पराजित हुन्छ भन्ने सबैले सोचेका थिए। अहिले सम्मै युरो कप २००८मा सब भन्दा बढि गोल गर्न सफल Netherland युरो कप २००८ को शस्क्त दाबेदार नै थियो। तर रसियन टिमले ३-१ को ठुलै अन्तरले डचहरु माथि धावा बोल्दै सिमि फाइनलमा प्रवेश गरे।
भोली Team D को winner Spain Team C को runner-up Italy संग खेल्दै छ। धेरै गोल गर्नेEuro-Cup 2008मा दोस्रो स्पेन लिग चरणमा कसै संग पनि हार खान परेको छैन। प्रंशसिय खेल खेले पनि थोरै अंक र झिनो गोल बटुलेको Italyको बलले Spain भन्दा बढी नेट चुमे आश्रर्य नमाने हुन्छ!

6 Comments:

Anonymous said...

no doubt italy will win. Not only quarter final but they will handle to final cup. they know how to play with what kind of opponent.

पीजी said...

धेरै पटक शुरुमा राम्रो खेल्ने तर पछि आउट हुने भाग्यले साथ नदिएको टीम मध्यको एक हल्याण्डलाइ यो पटक चाही इटाली र फ्रान्सलाइ लीग म्याचमा नराम्रो संग पराजित गरे पछि कपको दावेदारको रुपमा धेरैले हेरेका थिए । पलेटी कसेर हल्याण्डले जित्ला भन्ने आशामा बसेको त पहिलो हाल्फको हल्याण्डको खेलले नै तुषारापातको संकेत गरिसकेको थियो ।

मीडफिल्डर खालिदको नवजात छोरीको मृत्युको शोक जनाउन कालो पट्टी बांधेर मैदानमा उत्रिएका हल्याण्डका खेलाडीहरु रुसको छरितो खेल र आक्रामक शैली देखेर आत्तिइसकेका थिए । त्यस माथि पहिलेका खेलहरुमा राम्रो प्रदर्शन गरेका स्नाइडर को फितलो खेल र घमण्डीपना ले खेललाइ गलत दिशा प्रदान गर्न सकेको थिएन । हल्याण्डसंग रियाल म्याड्रिड लगायत अन्य क्लबका व्यवसायिक खेलाडिहरु भए पनि विदेशी क्लबबाट खेल्ने हैसियतमा नपुगिसकेका रस्सियनहरुले “ज्यान दिएर” खेलेका कारणनै व्यक्तिबादी “स्टार” हरुको खेलमा पराजय भयो । अर्को कुरा शायद “माफिया” को धम्किले हो या चेल्सी का रसियन मालिकको धन हो या के हो रेड कार्ड पाइसकेका रसियनलाइ पुन रेफ्री ले निर्णय फिर्ता लिएर खेल्न दिएका थिए ।

उस्तै हो भने रसियनहरुले फाइनल नजित्लान भन्न सकिन्न । लुका टोनी, रिवेरी, क्लोज, पोडोल्स्की, लाम, स्वाइनस्टाइगर लगायत अधिकांश जर्मन राष्ट्रिय खेलाडीहरु समेत रहेको बायर्न म्युनिखलाइ केहि महिना पहिले एस पी जेनिथ (जुन क्लबबाट अधिकांश रसियन राष्ट्रिय खेलाडिहरु खेल्छन) ले ३ - ० ले हराएको थियो जसमा जर्मनीमा गोल मेशिन भनि चिनिएका इटालियन लुका टोनी र क्लोज निरिह बनेर फर्कनु परेको थियो । त्यसैले रसियाले कप जित्यो बने पनि अब आश्चर्य मान्नु पर्दैन । तर फुटबल हो केहि भन्न सकिन्न, स्पेन र जर्मनी को नै भिडन्त होला फाइनलमा ! हेरौं इटालीको खेल कस्तो हुन्छ आज !

पीजी said...

गलत भएछ "सही दिशा प्रदान गर्न सकेको थिएन" भन्न खोजेको !!!

nepalean said...

सांच्चै यो खेल ले अर्को कुरो सम्झायो। स्पेशमा के लेख्ने, अमेरीकाले निकै करौंडो लगाएर रिसर्च गरेका थिए उता रसियनले भने पेन्सिले प्रयोग गरेर काम चलाएका थिए। यसमा मानेमा रसियन हरु लिमिटेड रिसोर्सेस प्रयोग गेरर तगडै काम गर्न सक्छन।
हल्यान्ड बिरु्द्दको खेलमा रसियनले त्यही साबित गरिदिए।
आजको खेलमा किन हो किन इटालीले जित्छ कि जस्तो लाग्दैछ मलाइ। पान्डा जी त स्पेनमा लागी सकनु भएछ ल म इटाली तिर लागे है?

Anonymous said...

As everybody is predictiong, here is my spain vs italy prediction. Italy form has started to get better each game. I know some italian player wont be there but Italy is butilt for opponent and it is a tough team to beat especially during such important match. Their motivation has been very high ever since they lost to Holland. Since then, they have been getting better and better each match. I strongly guess italian will repeat their history and will make to wave hands for spain in today's match.

पीजी said...

नेपालियन जि,
म स्पेन तिर अझै लागिसकेको छैन , ढुलमुल छु देशको राजनीतिमा कतै नलागे जस्तै ।
वर्ल्ड कपमा त इटालीको टी शर्ट नै लाएको थिए क्वाटर फाइनल सम्म । इटालियनहरुलाइ नजिक बाट चिनेको भएर अहिले त मन मरिसकेको छ । यति छांट पार्छन ! आफुले अर्कालाइ गोद्ने अनि खुट्टा पसारेर घाइते भाको बहाना गर्ने । महा बहानाबाज ! तर लुका टोनी चाहि ठिक छ । फेरि जहिले पनि फ्रेन्चलाइ गोद्छन ।

अब फर्ष्ट हाफ एउटालाइ सेकेण्ड हाफ अर्कोलाइ सपोर्ट गर्नु पर्ला ! पहिलो हाफ मा इटालि र दोस्रो मा स्पेन !

रिसर्च को कुरो गर्नु भो । जर्मनीको कोलोन को स्पोर्ट युनिभर्सिटीले जर्मनीको संभाव्य प्रतिद्वन्दी टिमको खेल रणनीति अनुसन्धान गर्न १-१ जना रिसर्च स्टुडेन्ट लाइ १ वर्षे रिसर्च प्रोजेक्ट दिएको रहेछ ।

अझ त्यति मात्र नभएर जर्मन खेलाडिहरुलाइ मलोरका देखि स्विट्जरल्याण्डका पहाडहरुमा परिवार सहित लक्जरियस छुट्टी जस्तै adaptation को लागि excursion चलाइएको थियो । अलि बढ्ता नाटक गरे , के गर्नु पैसा नै रैछ ठुलो कुरो !!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !