April 19, 2008

कमरेड प्रचण्ड: मेरको बिरालो च्यापेर ओरालो लाग्दै

सक्कली कम्नियुष्ट को? एमाले कि माओबादी? या जनमोर्चा, माले या नेकपा (कुनैबादी)। संसारकै गरिब मुलुक मध्य एक नेपालमा हसिया हथौडा भएको झण्डा किसिम किसिमले फराउने गर्छ। सपनामा जो पनि रम्छ। नेपाली जनता कम्नियुष्टनै हो गरिबको उत्थान गर्ने भनेर अझ नै बिश्वास गर्छन त्यही हो अहिलेको संबिधान सभा चुनबाको परणाम। सपना बाड्न कुनै पार्टि पनि कम छैनन।२०४७ सालको चुनाबमा एमाले नै सक्कली कम्नियुष्ट भएको ठहर गर्दै उसले जितेमा न्यु रोडमा सबैले एक-एक सटर पाउने भनेर सपना बाडि राखेको थियो। लाग्छ यो किम्बदन्ती हो, एउटै घरमा बाउ कांग्रेस र छोरो एमाले भएर झगडा भएकै थिएन या दाजु भाइ मध्य एक मात्र एमाले भएको हुंदा सहन नसकी डोरी लिएर मर्न निस्केकै थिएन। एमाले ले जिते धर्म निभेष पार्छ भनेर पोखराको संपुर्ण मिया गाउं कांग्रेस भएको थियो भने बुढा बुढिलाइ बन्दुक ठोक्छ भनेर सबै बुढा बुढी सकि नसकि भोटीगं बुथ तिर लागेका थिए।
अहिलेको परिणाम ब्ल्याक एण्ड ह्वाइट भएर निस्केको छ। माओबादीले स्पष्ट रुपमा बहुमत ल्याउने भएको छ। तर माओबादिले के सपना बाड्यो त्यो त पर्दा पछाडी नै छ। अजै १५ बर्ष सम्म पुरानो सत्ता भनाउदो संग लड्ने जन सेनाले के के सपना भेटे त्यो त छापामारकै झोला भित्र होला।
माओबादीको सिद्दान्त १००% किमिन्युजम हो। बिगतमा उनिहरुले जुन जुन रणनिती लिएका छन ति सबै या त चिन या क्युबा, या भियतनाम वा अरु कुनै कमिनियुष्ट मुलुकमा प्रयोग भैसकेका रणनिती प्रयोग गरेका छन। शहरबाट गाउ या गाउबाट शहर, दरवार निकट अथबा दक्षीण पन्थि या गद्दार, यि सबै कम्निष्ट आन्दोलनमा प्रयोग हुने कोड भाषा हुन। शान्ती संझौता गर्दै शक्ती संचयका साथ आक्रमण गर्ने माओबादी रणनीती भ्यागुते धार्नी साबित भयो। तर नेपाली राजनिती माओबादी बन्दुकले अत्यन्त तरक भइसकेको थियो। त्यसको भेउ पाएर नै माओबादी काठमान्डु ओर्लियो। नत्र भने एक दशको पहिले ब्यालेटमा लोप्पा खाएको पार्टी बुलेटबाट किन फेरी ब्यालेटमा फर्किन्थ्यो? प्रचण्ड ले त उहिले देखी नै हो पार्टी हांकेको, नया बजार नभै किन रोल्पामा बस्थे? चारै तिरबाट सभ्य परेर माओबादीले सानदार बिजयी हासील गरेको छ।
आगामी दिनमा नेपाललाइ कसरी चलाउने त्यो माओबादीको हातमा आएको छ। पुल बनाउन १ बर्ष लाग्छ तर त्यसलै भत्काउन र चर्चामा आउन १ घण्टा। आफैले भत्काएका झोलुंगे पुल माओबादीले कसरी बनाउने हो, आफुले जलाएका जेलका पर्खाल कसरी निर्माण गर्ने हो, १९५० देखीका असमान संधी कहिले खारेज गर्ने हो, नेवा,थारुवान,लिम्बुवान कुन कुन मुक्त क्षेत्र प्रदान गर्ने हो र कुन पहिला गर्ने हो यस्ता यावत कुरा छन ।
तर माओबादीले दिशा फेरेको लक्षण देखाइसकेको छ। नेपालको अर्थतन्त्र अत्यन्त खोक्रो, छेउ छाउमा चिन र भारत ति पनि अमेरिका निकट़, साम्यबादी चिन पनि पुजीबादमा परिणत भएको प्रतीकूल अबस्था प्रचण्ड लगायतका कमरेडहरुले बुझिसकेका छन। माओबादी सिद्दान्त त हावा खाइसक्यो, प्रचण्डपथ नै कम्नियुजमको पुजिबादसंग फ्युजन भन्दै कमरेड प्रचण्ड मेरको बिरालो च्यापेर ओरालो लाग्दैछन कांग्रेस-एमालेको गोरेटोमा।


8 Comments:

brilliantman71 said...

संसारभरिबाट कमुनिष्टहरु अस्ताउदैछन तर नेपालमा उदाउदैछन तर यसो हुनुमा जनाताले कम्युनिज्म जानेर बुझेर मन पराएका भने होइनन। मेरै सवालमा पनि यो लागु हुन्छ।न म बुझेर लागेको हुं र न मलाइ बिश्वास् छ कि देशमा पुर्ण कम्युनिज्म आउनेछ।मेरो परिवारको अन्तिम १० कठ्ठा जमीन् हडप्ने ठालू पहिला पंचायत कालमा नामूद पन्च थिए र बहुदल् आएको केहि समयमा तिनी कांग्रेस् बने। पंचायतमा हुंदा र बहुदल् आइसकेपछि पनि उनको आनबान-शानशौकत र हैकममा कुनै फरक आएन। स्वभावत् मेरो परिवार कम्युनिष्ट समर्थक बन्न पुग्यो।वास्तवमा जनताहरु मार्क्स् र एंगेल्सका पुस्तकहरु पढेर अनि बुझेर कम्युनिस्ट बनेका होइनन्। नेपालमा कम्युनिष्ट उत्पादन् गर्ने नै हाम्रा गाउंका ठूला ठालूहरु हुन्, यहांको असमानता,गरीबी,चरम भ्रष्टाचार् र थिचोमिचो हो। अहिले सम्मका शासकहरुले त्यस्तै ठूलाठालूहरुको मात्र संरक्षण गर्यो र तिनीहरुले आफूलाई जनताहरुको पंक्तिबाट अलग पारे।
अब हेर्नुछ, माओबादी कसरी अघि बढ्छन्। मजदूरको हितको मसिहा पनि बन्नु छ र मजदूरका मालिकहरु संग पनि हामी तपाईसंगै छौ भन्न परेको छ। अमेरिकी साम्रज्यबाद र भारतीय बिस्तारबादको बिरोध् पनि गर्नु छ र उनीहरुको समर्थन पनि चाहिएको छ। चिचि र पापा एकै चोटी चाहिएको छ जुन् त्यति सजिलो छैन। हिजो आफूले चरम प्रतिद्वन्दी र शत्रुबर्ग करार गरेको पार्टीहरुलाई पनि मिलेर जान अनुनय बिनय गर्नु परेको छ। मिलेर जांऊ भनेर त हिजो सत्तामा हुने जसले पनि भने तर ब्यबहारमा कसैले देखाएनन्। यहां सहमती भनेको नै "आफ्नो कुरा सबैले मानि दिऊन् " भन्ने आशय हो, जुन् संभव छैन। हिजो गिरिजाले भनेको वा माधवले भनेको सहमतीमा सबै जना गएको भये पनि त हुन्थ्यो।राजा ज्ञानेन्द्रले भनेको सहमतीमा गा'को भएपनि त हुन्थ्यो। अहिले किन माओबादीको सहमतीमा अरु आउनु पर्यो? तर के गर्नु, कुकुरले मान्छेलाई टोकेपनि मान्छेले कुकुरलाई टोक्न भएन। देश र जनताको खातिर सबैले आ-आफ्नो पुर्बाग्रह र घमण्डलाई छोडेर कसरी हुन्छ देशमा शान्ती ल्याउन पर्यो र प्रगतिको मार्गमा लैजान पर्यो।

Dilip Acharya said...

मलाई लाग्छ यो बिरालो ज्यूदैं पनि खासै काम लाग्ने जनावर होईन, भने त्यसलाई मरि सकेपछि पनि च्यापेर हिडनुको कुनै सार भेटिन्न, तर यौटा कुरा चाही के भने माओबादि नेतृत्वलाई त्यो पक्कै थाहा छ र नै अहिले यो फ्यूजन को कुरो उठेको छ।

चाहिने भन्दा बढी छलछाम-हानथाप र ताण्डब भैसकेको हाम्रो देशमा शान्ति र विकास आँउछ भने चाहि म त्यसलाई जुनसुकै नाममा पनि स्विकार्छु ।

बाँकि म brilliantman71 को, हामिहरु मध्य प्राय सबै जसो बुझेर वा जानेर कुने दलको समर्थक नभएको नाताले देश र जनताको खातिर सबैले आ-आफ्नो पुर्बाग्रह र घमण्डलाई छोडेर कसरी हुन्छ देशमा शान्ती ल्याउन पर्यो भन्नेमा १००% सहमत छु ।

माओबादिले अगाडिका बलगेत्री चुनौतिसंग कसरि सामना गर्लान भन्नेमा चाहि मलाई पनि शंका नै छ र त्यो समस्या नै समस्याको भुमरिमा प्रवेश गरेपछि माओबादि पनि कांग्रेस-एमालेको गोरेटोमा नअल्मल्लीएलान भन्न धेरै गाह्रो छ ।

nepalean said...

जब २०४७ पछिको आमचुनावमा कांग्रेसले सरकारको बागडोर समात्यो उसले पनि जनतालाइ निकै आश्वासन दिएको थियो। त्यतीबेला कांग्रेसको कम हिंसात्मक इतिहास थियो। सबैले कांग्रेससंग जादुको छडी छैन भनेर हो मा हो मिलाए। तर कांग्रेससंग जादुको छडि त के बाख्रा धपाउने छडि समेत रहेनछ।
त्यसपछीको चुनावमा एमालेले सत्ता समाल्यो। एकमाना सरकार नहुंदा तथा सुन्तुलित भएर सरकारमा नबस्दा आफ्नो आयु आफैले समाप्त गर्यो भने पहिलाको सरकार ढाल्ने बितण्डाको साटो कांग्रेसले सट्टा फेरेर पुरा गर्यो।
अहिले निकै बिध्बस्तमाक इतिहास बोकेको माओबादी सरकार एक्लै समाल्न आतुर छ। १० बर्षमा स्विजरलेन्ड बनाउने जादुको छडी त पक्कै उसंग पनि छैन तर नेपाललाइ अहिले देश बनाउने बासकै छडि भए पनि काफी छ। माओबादीको निती करिब करिब एमाले संग मिल्ने र एमाले सरकारमा भएपछि आफ्नो बाटो भुलेर कांग्रेसले बनाकै बाटो पछ्छाउनुले माओबादी पनि त्यही गल्लीमा सुइकिने हुनकी भन्ने मानसिकता सबैमा छ।
बिगतमा पार्टी ठुलो देख्ने मानसिकता भएका बौद्दिक बर्ग अहिले देश ठुलो देखेर सबभन्दा ठुलो भनेको जनताबाद हो र ठुलो उपलब्दि भनेको बिकासनै हो भन्ने कुराको महशुस हुनु एक प्रकारको शन्तुलीत आयाम हो।

Anonymous said...

The good news if maoist has clear victory.
The bad news is maoist is very immature and volatile party.

Anonymous said...

The good news is maoist has clear victory.
The bad news is maoist is very immature and volatile party.

Anonymous said...

माओवादीको जित समयको माग हो सारा नेपाली जनताको चाहाना हो। मत भिन्न हुनु एकदम राम्रो तर अहिलेको यो विकट परिस्थितिमा जो सरकार मा आए पनि नेपाल र नेपाली जनताको हितमा काम हुनुपर्छ सबैले चाँहेको त्यहि हो ।यस्को लागी सबै नेपालीको एकअर्का पर्ति सदभाव र मेल निकै आबस्यक हुन्छ। ब्यक्तिगत रुपमा होस या संस्थागत रुपमा हरेकले सपोर्टिङको भुमिका निर्बाह गर्नु पर्छ ।चाहेँ बिरालो च्यापुन चाहेँ लोखर्के तर ओरालो हैन उकालो लाग्नु पर्छ देशमा अमनचयन र शान्ति कायम हुनुपर्छ र देशलाई तिब्र विकाशको गति तिर लम्काउनु पर्च। त्यसैले हरेक पाइलाको बिरोध मात्रै गर्नु भन्दा समयको माग अनुसार सहयोगीको रुपमा आफूलाई प्रतिस्थापित गरौ।
:)

me said...

:)

आश्मा said...

keep it up

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !