October 5, 2008

दौंतरीमा १ बर्ष

सर्वप्रथम त शुरु भइसकेको दशैको लागी संपुर्ण मित्र बन्धू, दौंतरी शुभेछ्छुकहरुमाझ शुभकामना टुक्राउन चहान्छु। संयोग नै मान्नु पर्दछ, दौंतरी शुरू भएको पनि अक्टोबर ७, मंगलबार १ बर्ष पुग्दै छ। पोहोर साल दौंतरी शुरूहुदा खेरीका प्राय साथीहरु त अझै पनि सक्रिय हुनुहुन्छ। त्यसैले सक्रियनै हुनु भइरहेका साथीहरु र पछि जुट्नु भएका साथीहरु माझ दौंतरीमा आफ्नै गनथन बाढ्न चहान्छु।
दौंतरी साथिहरुकै उर्जाले खोलीएको र साथिहरुकै उर्जाले चलिरहेकोले दौंतरीलाइ सधै संपुर्ण मित्रहरुले आफ्नै ब्लग सम्झिनुहुन आग्रह गर्दछु। जब संचार जगतमा भक्तीभावको गिता मात्र पाठ भएको महशुस गरियो र स्पष्ट बिचार राख्नेको कलम खोसिएको महशुस भयो, तब स्पष्ट,सत्य तथा खुला बिचार निर्धक्क राख्ने ठाउ भनेर दौंतरीको उदय भयो। ब्लगको सुन्ना अनुभव भएको मैले दौंतरीको बागडोर समातेको थिएं। थुप्रै उत्तम नेपाली ब्लग तथा राम्रा नेपाली संचार वेवपेजहरु स्थापित भइसकेको अबस्थामा एक महिना जती निकै न्युन ब्यबस्थापनमा बल्ग चल्दा निकै हिनताबोध भएको थियो। पेजलाइ स्तरीय बनाउनु र स्तरीय बिचार प्रकाशन गर्नु चुनौती त छदैछ, वेब पेज ब्यबस्थापनको राम्रो ज्ञान नहुनुले निकै कठिन मोडमा पुर्याएको थियो भने ब्लग समाग्रीको कहिले कांही अभाव हुदा कनि कुथी म आफैले नि पान्ना भर्ने काम गरेको थिए। तर समग्रमा एक बर्षलाइ हेर्दा सबै दौंतरीले मित्रहरुको प्रशस्त माया पाएको छ भने स्तरिय लेख र रचनाहरु निरन्तर प्रकाशन भइरहेका छन तथा प्रावाधीक सहयोग पनि प्राप्त भइरहेको छ।
दौंतरी सबै माझ पुराउन जोड गर्दा थुप्रै मित्र तथा संस्था बाट निकै सहयोग मिलेको थियो भने कुनै साइटमा दौंतरी शब्द नै सेन्सर हुन पुगेको थियो। एक दुइ पटक त गालि भरिएका पत्रहरु र कमेन्ट पनि प्राप्त भएका थिए। नेगेटिभ बारे कुरा गर्दा केही मित्रहरुलाइ दौंतरीमा लेख्न हतोत्साहित पनि गरिएको मैले भेटाए। तर मलाइ लाग्दछ कलम कैले पनि तरवार संग झुक्दैन र स्पष्ट बिचार कहिले पनि कैद हुने छैनन। हुन त एउटै इभेन्टलाइ बिभिन्न कोणबाट हेर्नेहरु भेटीन्छन। हाल सालै भएको प्रचण्डको अमेरीका भ्रमणाइ कसैले पारिबारीक भ्रमण भने तथा कसैले इतिहासकै सानो र चुस्त टोलीको रुपमा चित्रित गरे। यो भ्रमण बिगतमा भएका भन्दा निकै उत्पादक भनेर ब्याख्या गरियो भने कसैले सयौं मुलुकका राष्ट्र प्रमुखको मेलामा प्रचण्डले पनि मेला भरेको स्पष्टाए। संयुक्त राष्ट्र संघको भ्रमणलाइ यसरी हेरीन्छ भने कतिपय महत्वपुर्ण कुराहरुलाइ सहि र खुला बिचारले सधै सप्ष्ट पारिनु नेपालीहरुको लागी सधै खांचोको कुरा पर्दछ।
जहिले पनि समुहको उर्जा समेटेर हिड्दा त्यो उर्जा समुहमै हराउने सम्भावना उत्तिकै हुन्छ। त्यो मलाइ सबैभन्दा ठुलो डरको बिषय थियो। केही मित्रहरुले त्यस्तै अनुभव सुनाउनु भएको थियो र बिचमा केही सक्रिय साथीहरु नपाउदा म पनि दौंतरीको त्यही नियती हुन्छ कि भनेर निकै अत्तालिएको थिए। तर केही मत्रहरुको निरन्तर सक्रियताले पुन साथिहरुका सहयोगी हात दौंतरीमा आइपुगे। मैले ब्होरेका १ बर्षका समस्टिगत अनुभव यिनै हुन। तपाइहरुका अनुभव, अपेक्षा आदी के छन त्यो पनि बाड्नुहोला। दौंतरी स्पष्ट,सत्य तथा खुला बिचार निर्धक्क राख्ने ठाउ सधै भइरहोस।


13 Comments:

Anonymous said...

दौंतरीलाइ मेरो पनि धेरै धेरै शुभकामना।
तपाइहरुको बिचार मा मेरो पनि सहमत छ। पाइला अगाडी बडाउनुहोस, सफल्ता पक्कै हात लाग्ने छ।
बिप्लब

Anonymous said...

Happy birthday Dautari. Happy returns of the day.

Anonymous said...

तपाइ र दौंतरिलाइ पनि शुभकामना। उत्तोर प्रगती हुदै जाओस।
प्रचण्ड को भ्रमणकै बारमा एउटा लेख रहेछ, रमाइलो लाग्यो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने क्रममा हालै गर्नुभएको अमेरिका भ्रमणको उपलब्धि के भयो भन्ने सर्न्दर्भमा व्यक्तिपिच्छे फरक मत आउने गरेको धरहराले देखिरहेको छ। तीमध्ये धरहराले सुन्ने गरेका केही मत यस्ता छन्

( आफनो पार्टीलाई आतड्ढकारीको सूचीबाट हटाउन पहल गर्नुबाहेक कुनै उपलब्धि भएन भ्रमणको,
( प्रचण्डले मौकामा आफू र स्वास्नी, छोराछोरीलाई सरकारी खर्चमा अमेरिका घुमाए, योभन्दा उपलब्धि के खोज्नु-
( स्वदेशभित्रै दलहरूलाई मिलाउन नसकेको बेला देशविदेश घुमेर सरकारी कोष रित्याउनुको कुनै अर्थ छैन।

यी त भए विरोधी विचार। अमेरिका भ्रमणको उपलब्धिबारे प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा ओर्लिएदेखि अहिलेसम्म भनेर सिध्याउनुभएको छैन। अमेरिकी राष्ट्रपति जर्ज बुससँग कुराकानी गरेको र सँगै बसेर फोटो खिचाएको कुरालाई प्रचण्डले बढी महत्त्व दिएर व्याख्या गर्दै आउनुभएको छ। विश्वसमुदायको ध्यान खिच्न सफल भएको कुरा त अचेल उहाँको थेगोजस्तै भइसकेको छ।

मुलुकको प्रधानमन्त्रीले बोलेका र विदेशमा गएर गरेका कुरामा धरहरा कुनै संशय लिन चाहँदैन, तर अहिले प्रचण्डले बुससँग भेट नै नगरेको कुरा आइरहेको छ। प्रचण्ड-बुस हस्तमिलानको फोटो धरहराले अहिलेसम्म पत्रपत्रिका, अनलाइन तथा कुनै टेलिभिजनमा देख्न पाएको छैन। त्यसै भएर धरहराको मनमा पनि चिसो पसेको छ। सायद त्यो फोटो प्रधानमन्त्रीका कम्प्युटर अपरेटर प्रकाश दाहालको कम्प्युटरमा सुरक्षित होला कि- धरहरा हेन लालायित छ।

एकलव्य ( Eklavya) said...

प्रिय नेपालियनजी,

तपाईँको प्रयास अति सह्रानीय छ । दौँतरी अवश्य फुल्नेछ, फल्नेछ !

बधाइ छ जनमदिनको दौँतरीलाई ! जय दौँतरी अनि दौँतरी परिवारका मित्रहरूलाई !

-एकलव्य

ठरकि दादा said...

एकलव्यजीले भन्नु भए जस्तै दौंतरी यहाँ सम्म आईपुग्नुमा नेपालियनजी एक्लैको ठुलो योगदान छ।

तसर्थ दौँतरीलाई र साथसाथै तपाईलाई पन बधाई छ।

अन्य सबै बल्गर मित्रहरु र पाठकहरुमा पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

-एकलव्य

Anonymous said...

Congratulations to dutari bloggers. Guys keep it up. Nepalean, Biplab,Dhakal, ekalavya and tharki, every one is a part of this celebration. Including myslef j/k

waka said...

मनको बह फुकाउने यो चौतारीले पक्कै पनि नेपाली मनहरुलाई छोएको छ ।
nepalean जि शुरुवात गर्नु भएको यो यात्रामा समेल हुने सबै यात्रीले गर्नु भएको
उत्साही कदमले यात्रामा रोचकता थपेको छ। यो अब हामी सबैको सामुहिक
यात्रा बनी सकेको छ ,हलेमालो गर्दै यात्रालाई रोचक बनायौ । शुभकामना

nepalean said...
This comment has been removed by the author.
nepalean said...

साथीहरुको उत्साह देखेर एकदमै खुसी लाग्यो। हुन त योग दान दिन साथीहरको लिस्ट लामै छ। दौंतरीको संगालो यसरी नै बलियो बनाउदै जाऔ।

पीजी said...

दौतरीको स्पीड राम्रै छ, साथिहरुले मेहनत गरिरहनु भएको छ ।
आंफु पनि कस्सिएर लाग्छु भनेको यो कामको टेन्सलले भाको कपाल पनि खुइलिरहेको बेलामा गर्छु भनेर गर्न खोजेको कुरा पनि गर्न नभ्याएर हैरान । अब त अलि फुर्सद होला र आफ्नो पनि दौतरीको लागि स्पीड बढाउने कोशिस गर्नेछु र यसलाई प्रचण्डको भाषण जसरी तुहिन दिने छैन भन्ने विश्वास दिलाउंदै वर्ष दिनको शुभकामना तथा बधाइ !

Postak_Shrestha said...

दौतरीले १ बर्ष पुरा गरेको मा खुशी लागेको छ। आफूले निरन्तर लेख्न नसके पनि बेला-बेला दौंतरीमा आँखा भने जरुर पुगेको छ। निरन्तर लेखिरहने साथीहरु नेपोलीएन, एकलब्य र ठरकीददाहरुलाई बिशेष बधाइ।

Anonymous said...

फूल मा रम्ने भमरा झै दौतरिको साहित्यइक फूलबारिमा धेरै पटक रमेकी छु । ( प्राय : हेर्छु दौतरी ) सुभाश छरिएका फूल हरुले मन लोभ्याउछन । यती सुन्दर फूलबारिको स्थापना भएको भर्खर १ बर्ष रहेछ । यसै गरी सधैं सधैं यो फूलबारी फूलोस -फलोस -मौलाओस हिर्दय देखी नै शुभ कामना ।

Anonymous said...

१ बर्षको तिता मिठा कुरा गर्नु भएको रहेछ, जिबन यस्तै हो। संघर्ष गर्दै जानुस, सफलता अबश्यनै मिल्दछ। मेरो दौतरी लाइ शुभकामना।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !