October 6, 2008

शुभकामना बिजया दशमीको

शुभकामना बिजया दशमीको

मन भरीका रहर ओठ भरी डुलुन
बसन्तको सुबास वरि परी घुलुन

जमरा झै शान्ती मौलायोस अधरमा
आशाका कोपिला सुगन्ध छरी फूलुन

तेरो मेरोको घेरो अंधेरो,अतिसारो यो
सदभाबका ज्योति बिभेद तरी झूलुन

मैलोको थैलो दुर्गन्ध,यो दैलो न त्यो दैलो
बिकारका तुष सपनामै टरी भूलुन

आस्थाका देव देवी विश्वाशमा जागा छन
कुसल मंगल तिम्रा पोल्टा भरी हुलुन

आशिष थापी निधारमा आधारको टिका
बिजय श्री तिम्रो खुशी घरी घरी फूलून


4 Comments:

एकलव्य ( Eklavya) said...

उत्कृष्ट छ । शव्दहरू टपक्क कुँदेर मिलेका छन् । भावमा आशीर्वाद भरिएको छ । साँचै दशैँ यस्तै हुन सकोस् , तपाईँको गजलमय शुभाशिष जस्तै ।

-एकलव्य

nepalean said...

लाग्छ यो आशिष यही दशैलाइ नै भनेर लेखिएको हो। अहिलेको स्थीतीमा माथीको सुन्दर कबितामा भनिए जै सबैको दशै राम्रो होस।

Anonymous said...

कती मिठो शब्द हरु ! मनै लोभ्याउने !

[email protected] said...

कती मिठो शब्द हरु ! मनै लोभ्याउने !


उत्कृष्ट छ । शव्दहरू टपक्क कुँदेर मिलेका छन् । भावमा आशीर्वाद भरिएको छ । साँचै दशैँ यस्तै हुन सकोस् , तपाईँको गजलमय शुभाशिष जस्तै ।

लाग्छ यो आशिष यही दशैलाइ नै भनेर लेखिएको हो। अहिलेको स्थीतीमा माथीको सुन्दर कबितामा भनिए जै सबैको दशै राम्रो होस।

लाग्छ यो आशिष यही दशैलाइ नै भनेर लेखिएको हो। अहिलेको स्थीतीमा माथीको सुन्दर कबितामा भनिए जै सबैको दशै राम्रो होस।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !