August 28, 2008

चर्चा राष्ट्रवाद र राष्ट्रियताको

-शेखर ढुङ्गेल
नयाँ नेपालको सपनामा मग्न नेपालीहरुमा राष्ट्रियता माथिको खतराप्रति शङ्का उपशङ्काका बारेमा विभिन्न कोणबाट चर्चा परिचर्चाले प्राथमिकता पाएका छन् । राष्ट्रियता र राष्ट्रवाद नेपाली राजनीतिको एउटा अभिन्न अङ्ग बनी आएको छ । राणाहरुले चार सहिदलाई अराष्ट्रवादी भनी झुण्ड्याएका थिए कतिपय चाटुकदार इतिहासकारले जङ्गबहादुरलाई एक प्रखर राष्ट्रवादी भनी टिप्पणीसमेत गरेका छन् ।
पाचायतकालभरि सो व्यवस्थाको आयु लम्बाउने एउटा सूत्र नै थियो राष्ट्रियता र राष्ट्रवाद यसकै त्रासमा व्यवस्थाको समर्थन गराउने कसरत पाचायतवादीले गरेका थिए । महेन्द्रलाई एक राष्ट्रवादी राजा मानिन्थ्यो वा भनिन्थ्यो जबकि कुनै पनि राजा स्वयं अराष्ट्रवादी हुनै सक्तैनथे । वहुदल आएपछि कम्युनिस्टधारहरु विशेष गरी एमालेले नम्बरी राष्ट्रवादी बन्न बाक्लै खरानी घस्यो र महाकाली सन्धिको विरोधमा महिनौं नेपाल बन्द सदन बन्द र सडकका खरानी उत्पादनको खेती गर् यो । जनयुद्ध सुरु भयो माओवादीले अम्वली राष्ट्रवादी र बाँकी अराष्ट्रवादी भनी भारतसित सुरुङ्ग बारुदी युद्ध गर्नेसमेत भन्यो । राष्ट्रहितका लागि आजसम्म भएका सबै सन्धि सम्झौता रद्द गर्ने भारतीय गोर्खा भर्ती केन्द्र बन्द गर्ने भन्यो । गणतन्त्र घोषणापश्चात् आजसम्मका सबै राष्ट्रवादीका नकाबसमेत फुस्कियो । को भारतपरस्त को राष्ट्रवादी छर्लङ्ग भएको छ । के हो राष्ट्रवादी के हो राष्ट्रियता गहन विवेचना र परिभाषा गर्नुपर्ने अवस्थामा आइपुगेको छ नयाँ नेपाल ।

अन्तरिम संविधानले हिन्दू राज्य संवैधानिक राजतन्त्र राष्ट्रियताको प्रतीक हो भन्ने मान्यतालाई अस्वीकार गरेको छ । विशेष गरी तीन दलको कोठे निर्णयलाई सभासद्बाट अनुमोदन गराउने औपचारिकता पूरा गराइएको छ । जनमत बुझ्ने आवश्यकता देखेनन् र राजनीति शास्त्री बरिष्ठ नागरिक बरिष्ठ पूर्व कानुनविद्हरु धेरै जसोले चुप बस्नुमै जाति देखेको जस्तो अवस्था छ । गणतन्त्र स्थापना र विश्वको एकमात्र हिन्दू राष्ट्रको विस्थापनाले सर्व पक्षीय स्वीकृति लिन सकेको छैन । द्वन्द्व र राजनीतिक विचलनले प्रश्रय पाइराखेको अवस्थामा सानो र कमजोर अनि तीनतिर एकपक्षबाट घेरिएको भूपरिबेष्ठित राष्ट्र नेपालको लागि राष्ट्रिय अस्मिता सधैं नै खतरा नै हुनु स्वाभाविक नै हो भने सत्ता पक्ष र विपक्षबीच एकले अर्कालाई राष्ट्रियता विरोधी देख्ने लगभग ५० बर्षे पुरानो रोग हो ।

माओवादीले सरकारको नेतृत्व पाएको छ । रक्षा उसको हातमा गए राष्ट्रिय सेनामा विचलन आउने सम्भावित मधेशवादी लिम्वुवान थारुहट लगायतका आन्दोलनले हिंसात्मक वा युद्धात्मक स्वरुप लिएमा राष्ट्रिय सेनाको कमजोरीको फाइदा उठाई जयप्रसाद गुप्ताजीले शङ्केत गरेझैं मधेशवादी मुद्दाले लिट्टेकॊ रुप लिएमा आफ्ना नागरिकको सुरक्षाको बहानामा जर्जियामाथि रसियाले हमला गरेझैं भारतले पनि हस्तक्षेप गर्नसक्ने सम्भावनातर्फ नेपाली सशंकित देखिनु अस्वाभाविक पनि होइन । अझ ग्लोवल भिलेजको अवधारणा विकसित भैराखेको अवस्थामा हाम्रोजस्तो सानो राष्ट्रको अस्मिता संस्कृति भेष र सामाजिक परम्पराको पहिचान कायम राख्न चुनौती थपिदै गएको छ । यस्तै राष्ट्रियताको नाममा हाम्राजस्ता धेरै साना देशमा कतै जनवादी अधिनायकवाद त कतै सैनिक नेतृत्व अगाडि बढेको पनि देखिएको छ ।

राष्ट्रियतालाई हाम्रो जस्तो देशको सन्दर्भमा भन्नु पर्दा राष्ट्रको पहिचानको निरन्तरतालाई लिइएको पाइन्छ भने राष्ट्रवाद देशप्रतिको माया नै हो । नेपाल राष्ट्रको एकीकरण सँगसँगै एकीकृत नेपाललाई अखण्डित राख्न र यसको विशेषता कायम गर्न धेरै पटक युद्ध र आन्दोलन भएका पनि छन् । इष्ट इण्डिया वेलायती औपनिवेषवादको प्रवेशअगाडि एकीकृत र नियन्त्रित नेपाल स्थापना नभैसकेको भए नेपाल नामको देश विश्व मानचित्रमा देखिने थिएन । त्यसै बेलादेखि स्वतन्त्र राष्ट्र आफ्नै राष्ट्र भाषा र भेषलाई राष्ट्रको पहिचानको रुपमा विश्वमा नेपाललाई चिनाउँदै आएका छौं ।

हाम्रो देशको सन्दर्भमा राष्ट्रवादी भनेको भारत विरोधी र राष्ट्रियतामा हमेसा भारतबाट खतरा भन्ने सोंच अधिक जनतामा पाइन्छ तर त्यो सत प्रतिशत सत्य होइन । यहाँ पूर्व मन्त्री कमल थापाले हालै एउटा प्रश्न उठाएका छन् दूतावास र आइएलजिओले समानान्तर सरकार चलाएका छन् जसमा भारतलगायत अमेरिका र केही युरोपेली राष्ट्रका दूतावास खुलेरै लागेका छन् । नेपाललाई हिन्दू अधिराज्यबाट विस्थापन गर्नमा केही आइएलजिओ र युरोपेली राजदूतावासहरुले नै दवाव दिएका हुन् । तर यसलाई नेपाली जनता र भारतले समेत स्वीकृति दिएका छैनन् । सरल भाषामा भन्नुपर्दा भेष भाषा र धर्म भनेको राष्ट्रको परिचय हो । आफ्नो भाषा बोल्न आफ्नो भेष पहिरिनु राष्ट्रधर्मको संरक्षण गर्नु नै राष्ट्रियता र राष्ट्रवाद हो । अमेरिकाजस्तो विविध संस्कृति भएको देशमा पनि राष्ट्रियता र राष्ट्रवाद भनेको यहाँ स्थापित मान्यतामाथि गर्व गर्नुको साथै जो जुन देशबाट आएको भए पनि म अमेरिकी हुँ भनी भन्न गर्व गर्दछ भने त्यही राष्ट्रवादी हो । भारतकै कुरा गर्दा प्रत्येक भारतीय पहिले गर्वसाथ म भारतीय हुँ भन्दछ त्यसपछि मात्र बंगाली मद्रासी आदि । तर हाम्रो देशमा यस्तो विचारसित अर्थात् म नेपाली मेरो भाषा नेपाली मेरो भेष नेपाली भनी गर्व नगर्ने ठूलो जमात अझै देखिएको छ र यो नै वास्तवमा राष्ट्रियताप्रतिको खतरा हटिनसकेको शङ्केत हो । व्यक्ति विशेष गरी सार्वजनिक पदमा भएका व्यक्तित्वले भेष भाषाको कदर एवं प्रयोग गर्दा व्यक्ति स्वयं र राष्ट्रको पनि इज्जत बढ्दछ । त्यही राष्ट्रवाद स्वयं र राष्ट्रको पनि इज्जत बढ्दछ । त्यही हो राष्ट्रवाद ।

राष्ट्रियता र राष्ट्रवादको चर्चा गर्दा प्रत्येक नेपालीले सोच्नु पर्दछ कि किन प्रवेश पाउँदछ विदेशी प्रभावले किन पुग्दछौं विदेशीकोमा सल्लाह लिन किन बाँधिदैछौं एनजिओ र आइएनजिओको प्रभावमा किन जान्छौं विदेशीकोमा सत्ता टिकाउन सल्लाह लिन अनि के यसकै कारण हाम्रो राष्ट्रियता र राष्ट्रवाद खिइंदै खतरा मय बन्दै गएको हो त त्यो कारण पनि पर्याप्त होइन जातीयता क्षेत्रीयताको द्वन्द्व एवं संघीयता र स्वायत्तताका प्रश्न र उत्पन्न आन्तरिक युद्धले हाम्रो राष्ट्रियता खतरामा पर्ने देिखंदैछ । जब व्यक्ति समाज जात अनि राष्ट्रको कुनै खण्डमाथि एकलौटी अधिकारको वकालत गर्दछ भने त्यो राष्ट्रवादी हुन सक्तैन त्यही राष्ट्रियता खतरामा पर्दछ ।

तसर्थ आज नेपालको राष्ट्रियता र राष्ट्रिय अस्मितामा कतैबाट खतरा छ भने त्यो हामी प्रत्येकबाट छ प्रत्येक नेताबाट छ हाम्रो कमजोरीबाट छ हाम्रो विदेशीप्रति लम्पसार पर्ने प्रवृत्तिबाट छ । आफ्नो आङको छारो विदेशीको नाक र कानमा पुर् याउनेहरुबाट छ आफ्नो भाइको कमजोरी विदेशीको खातामा लेखाउनेहरुबाट छ । उल्लिखित प्रवृत्तिको अन्त नै राष्ट्रियता राष्ट्रिय अस्मिता राष्ट्रधर्म सार्वभौमसत्तामाथिको खतरा हटाउने अचुक औषधि हो अर्थात् राष्ट्रिय मेल मिलाप र एकता नै सबैभन्दा ठूलो राष्ट्रवाद अनि राष्ट्रियता हो आजको नेपालको लागि ।


4 Comments:

BIplab said...

Everyone is gaddar. Rana to Raja. Dont count maoist, the are the biggest gaddar.

Panda said...

तपाइको लेख पढे पछि एउटा कुरा याद आयो , सुगाले भनेको कुरा ट्याप्प टिप्छ, अर्थ जाने जसरि नै बोल्छ , तर उसलाइ त्यसको अर्थ थाहा हुदैन । त्यस्तै राष्ट्रबादको सुगा रटाइ रटेका हामी नेपाली जो अर्को भन्दा आंफु १० गुणा राष्ट्रबादी भएको वकालत गर्छम तर व्यवहारमा शताब्दियौं देखिको नेपाल र नेपालीको अस्तित्वलाई बैरीले भन्दा आंफैले २० गुणा प्रहार गर्छौं ।

ठरकी दादा said...

तपाईको पोष्ट र पाण्डा जी को कमेण्ट दुबै सटिक छन।

तपाईकै पोष्टमा उल्लेख भएको "तीन दलको कोठे निर्णय' जस्तै धेरैजसो समयमा हाम्रो राष्ट्रवाद पनि 'कोठे राष्ट्रवाद' मा सिमित हुन्छन । फेरि हाम्रा क्रान्तिकारी भनिएका नेताहरुले राष्ट्रवादलाई पनि फ्युजन गराउन थालेपछि त यो राष्ट्रवाद भन्ने 'चरा' चीन्न पनि मुश्किल भैसक्यो ।

nepalean said...

सायद रा्ष्ट्रबाद र बिकास भन्ने शब्द पन्चायत संगै आर्यघाट पुग्यो कि जस्तो लाग्छ। हैन भने खोइ त नेपाल र बिकासको महत्व? प्रजातन्त्रमा बिस्वास नराखे पनि पन्चहरुले आक्रषण त पैदा गर्थे।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !