March 6, 2008

प्रवासीदांको पिडा

खेमनाथ पौडेल
यू।ए।ई

विदेश पलायन हुनु हामी सबैको रहर होईन बेरोजगार घरको आर्थिक भार परिवार तथा श्रीमतीको कचकच देखासेखी र छोटो समयमा धेरै पैसा कमाउने मनासाय ले हामी विदेशीएका हौ भने एकाधमात्रमा विदेश रहरले पनि आएका हुन्छौ ।
म पनि यिनै माथिका कारणहरु मधे एक कारणले आज भन्दा ५ बर्ष पहिला विदेश पलायन हुन बाध्य भए । मेरो पहिलो विदेश खाडी देश साउदी अरब थियो । त्यतिबेला महिनाको १० हजार भन्दा अतिनै ठुलो लाग्यो र कम्प्युटर अपरेटरको लागि भनेर साउदी अरब गए । साउदी अरबमा एकाध कम्पनीमा ३ बर्षे करार अवधी हुन्छ मेरो कम्पनीको पनि ३ बर्षे करार अबधी थियो । ३ बर्ष पछि मात्र ४ महिना छुट्टि पाउने मलाई त त्यतिबेला जेलमा निश्चित समयको लागि परेको जस्तो लाग्यो । गत बर्ष मात्र मेरो तिन बर्षे करार अबधी सकिएर ४घ् महिना पछि छोटो समयको लागि घर गए । घरमा ६ महिनाको छोरी काखमा खेलाउदै छोडेको छोरी आज ४३ महिना पछि छोरी त चिन्नै नसकिने भईछन् । पहिलो पटक छोरीलाई देख्दा पिल पिल आँखाबाट आसुका ढिक्का खसे । ४ महिनाको छुट्टि गएता पनि म तत्काल यू।ए।ई आउनु पर्ने भएको हुनाले करिव १८ दिन जति घर परिवारसँग मायाँ साटासाट गर्ने मौका पाए ।
करिव ४३ महिना पछि घरमा गएको १८ दिन भित्रमा नै परिवार जिवन संगिनी र प्यारो देशसँग विछोड हुदा असहाय पिडा भयो । एयर्पोटको भित्री प्रवास प्रवेश गर्ने द्धाराबाट सँगिनी तथा छोरीलाई दुई हातले टाटा गर्दै म फेरी प्रवासीए । पहिलो पटक यू।ए।ई आउँदा म रनभुल परे । साउदी अरबको अति अनकन्टार मरुभूमी उधेलियामा बसेको ब्यक्ति एक्कासी गगन चुम्बी भवनको बिचमा आउँदा केही दिन त म ति भवनहरुलाई हेर्दै दङ्गदास परे ।
मलाई समयले पनि साथ दिएको थियो र मेरा एक जना आफान्तले मलाई उहाँलेनै काम गर्ने कम्पनीमा बोलाउनु भएको थियो । करिव १५ महिना पछि म फेरी नेपाल फर्किए यो पटक भने करिव ४० दिनको विदा लिएर गएको थिए । लामो बिछोड पछि मिलन भएको परिवासँग ४० दिन कसरी बिते थाहानै भएन । अकस्मात विदेश उड्नु भन्दा ३ दिन अगाडी मात्र झल्यास्स भए फेरी विछोड हुनुपर्ने समय आयो भनेर । जिवन संगिनीले आफ्नो श्रीमानलाई मायाँ नगर्ने कमै मात्र होलान् तर मेरी जिवन संगिनीले मलाई अति मायाँ गर्दथिईन् विदेश जाने बेलामा उनि काठमाण्डौ सम्म जसरी पनि सँगै आउने र मलाई विदेश पठाएर मात्र जाने गर्दथिईन् तर यो पटक भने उनले मलाई एयरपोर्ट सम्म छोड्न सकिनन् । म विदेश आउने बिहान उनि घर फर्किन् मेरो बेलुका ९ बजेको उडान थियो एक्लै काठमाण्डौमा १२ घण्टा समय विताउन अति कठिन भयो साथमा भाईहरु त थिए तर प्यारी साथमा भएको जस्तो के हुन्थ्यो ।
भर्खरै रमाईलो लागेको कोठा एकैक्षणमा साह्रै सुन्य लाग्यो कता कता मोती हराएको जस्तो महसुस भयो । समय बितेको थाहानै पाईएन । विस्तारै समयले कोल्टो फेर्दै थियो अधेरी रातले ढपक्क ढाके जस्तै दिनलाई ढाक्दै थियो । हाते घडीले साढे पाँच बजाउदै थियो । मन कता कता गरुङ्गो भइरहेको थियो । बिहानै छुट्टने बेलामा संगिनीले रातो टिका निधारमा लगाईदिएकी थिईन् । दिउस हिड डुल गर्दा टिका खस्न सक्छ बेलुका दाजुलाई एयरपोर्ट जाँदा फेरी लगाईदिनु है उनले भाइलाई सम्झाउदै थिईन् तर मैले अति जतनले त्यो टिका जोगाई राखे । बेलुकासम्म उनले लगाईदिएको टिका जस्ताको तस्तै थियो । भाइले दुई वटा टिका थपि दिए भाउजुले दही राखीदिनु भएको छ खानु भन्दै गिलासमा दही देखाउदै दिए पिउन मात्र के लागेको थिए दुई थोपा आसु चुहिन थाल्यो ।
बाहीरी मौशम केही चिसो थियो एयरपोर्टमा पुग्दा झमक्क साँझ परेको थियो । जलश्रोतको दोश्रो धनी देश भएता पनि सडक पेटीमा उज्यालोको कमि थियो सायद लोडसेडीङ्ग भएको थियो क्यारे । विदेशी सडकमा बेलुका देखी बिहान सम्म उज्यालो हुने हुँदा भविश्यमा यहाँ पनि यस्तै होला कि भन्ने झिनो आशा लिदै म एयरपोर्ट तिर लागे । यात्रुहरु भित्र जाँदै थिए म पनि देव्रे काँधमा कालो झोला भिरी हातमा अर्को झोला डोराउदै एयरपोर्ट भित्र छिरे । भाइले जानु भन्दा पहिला अंगालो हालेर बिदाई गरे त्यतिबेला साह्रै रुन मन लाग्यो । रोए पनि तर उनीहरुले देखेनन् । एक दुई वटा फोटाहरु पनि खिचियो अनि म भित्र नगईन्देल यही बस्नु है भनि म १ बर्षको लागि बिछोड भएर भित्र छिरे । भित्र छिरेर टिकट चेक गरिसकेपछि बाहीर भाइहलाई अन्तिम बिदाई गर्नको लागि आँखाहरु तेसा्रए तर बाहिर अनकन्टार अध्यारो बाहेक केही देखीन पोहोर सालको जस्तै सिसाबाट छोरी र प्यारीले बाई बाई गरेको याद आयो । उनी हुन्थीन भने त म माथी नगईन्जेल बस्थीन होलीन् तर भाइ त हिडी सकेछन् । मन भरी बिलौना गर्दै त्यहि पनि कुनै हुलमा पो छन् कि भनेर भाइलाई यता उता खोजे पाउन सकिन अनि बिस्तारै पाहिलाहरु प्रवास तिर बढाए ।
३ घण्टा म नेपालको एयरपोर्टमा बसे । त्यसपछि रातको ९ बजेर १५ मिनेट जाँदा म त्यहाँबाट यू।ए।ईको लागि उडे । कोही नेपालीहरु पहिलो पटक विदेश जाँदै थिए उनिहरु खुशी मुद्रामा थिए तर म भने धेरै अमिलो थिए । जब म एयरपोर्ट भित्र छिरे अनि मनभरी त्यहि हिजो अस्तिका ताजा घटनाहरु एका एक आउन थाल्यो । मैले सम्झना होस् भनेर केही घटनाहरु जानी जानी गर्दथे र ख्याल ठट्टा पनि गर्दथे ताकी समयमानै सम्झन सकियोस यि घटनाहरुलाई भनेर ।
४० दिनको बसाईमा प्यारी छोरीहरुसँग लडीबुडी पनि धेरै गरिएछ । उनीहरुको मायाँ पनि बढिनै भएछ । एक मन त फर्केर जाउँ कि जस्तो पनि लाग्यो तर फर्केर गए भने के गर्ने मलाई सुहाउने रोजगारी देशमानै पाउन सक्छु त खै सक्दिन होला देशको अवस्था पनि यस्तै छ म मात्र होईन विदेशीन लागेको अरुलाई हेरेर चित्त बुझाए । अर्को मन फेरी फर्केर म गए भने उनिहरुको भविश्य के होला भन्ने सोचेर प्रवास तिर लागे । अनकन्टार अँध्यारो थियो बाहिरी मौशम र मेरो मन भित्र पनि त्यस्तै नै थियो । विस्तारै प्लेनमा भएका सबैले नेपाल छोड्दै थियौ । प्लेनले बिस्तारै आफ्नो गति लियो एकैक्षण पछि मेरो सुन्दर देश नेपाललाई छोड्न बाध्य भए । प्लेनले भुई छोडदा मुटुमा कम्पन भयो डरले होईन कि देश छोडेर फेरि विदेश जान लागेको भनेर । सुन्य आकाशमा उड्दा मन सधै परिवारहरुकै साथमा थियो ।
एथियाद एयरलाईन्समा पहिलो पटक यात्रा गर्दै थिए । अन्यमा भन्दा यसमा केही बढी सुविधाहरु भएको देखे । केही समयपछि परिचालिकाहरुको आगमन भयो हल्का पेय पदार्थ लिए । प्लेनमा यात्रा गर्दा जतिबेला पनि मेरो मन उहि नेपाल उहि गाउँ भिर पाखा नदी नाला बनजँगल अनि परिवारको बिचमा नाचिराखेको मात्र हुन्थ्यो ।
तिनै वितेका कल्पनै कल्पनाले यू।ए।ईको अबुधावी आएको थाहा पाईन । काठमाण्डौको चिसो वातावरणले हल्का जाडोको महसुस भएको थियो तर अबुधावी ओर्लने बित्तिकै गर्मी वातावरणले घेरीहाल्यो ।
करिव रातको १ बजे म अबुधावी एयरपोर्टमा उत्रिए । पहिलो पटक म त्यो एयरपोर्टमा उत्रिएको थिए अलि अल मल पनि परे । केही समय पछि बाहीर निस्किए । एक जना साथीसँग कोठामा लागे । विदेशमा नेपालमा जस्तो थिएन राती भए पनि सडकमा ठुला ठुला बत्तिहरु बलीरहेका थिए । मौशम गर्मि जस्तो लाग्दथ्यो । टाउको अलि अलि दुखी रहेको थियो । भित्र मुसा दगुरी राखेको थियो । करिव आधा घण्टाको यात्रा पछि कोठा आई पुगेछ । कोठा भित्र प्रवेश गर्दा तुरुक्क रोए फेरी एक बर्षको लागि यो कोठामा बस्नु परयो भनेर । साथीहरु कोही सुती रहनु भएको रहेछ भने कोही बसी रहनु भएको रहेछ । म पुग्दा साथीहरु खुशी हुनुभयो । केही समय भलाकुसारी गरी नेपालबाट ल्याएको ताजा सुन्ताला खायौ । रात भरी झसक्क झसक्क ब्युझदो रहेछु घरको यादले ।
बिहान १० बजे सम्म बेडमा सुति राखेको थिए । मेरा आफन्तले साथीको मोवाईलमा फोन गरेर किन घरमा आए भनेर खवर गर्नु भएन भन्नु भयो । म झसँग भए किनकी मेरी पियारीसँग वाचा गरेको थिए जाने बित्तिकै आरामैसँग आईपुगे भनि फोन गर्दछु भनेर । मोवाईल नेपालमानै छोडेको हुनाले एक जना साथीलाई मोवाईल मागेर मिसकल के गर्न लागेको थिए नेपालबाटै प्यारीको फोन आयो । पहिलो घण्टी उठाउँदा मधुरो आवाज आएर होला अलि नबुझिएको अनि कुरा हुन नपाउँदै काटियो र फेरी फोन आयो । मधुरो आवाजले आरामै सँग आईपुग्नु भयो भन्दा आखाँबाट आसु चुहे अँ आरामैसँग आए भनि छोटो कुराकानीमै टुङ्गाए । विहिवार आएको हुनाले सुक्रवार र शनिवार विदा थियो अफि २ दिन बिताउन मलाई दुई महिना जस्तो लाग्यो कोठामा राती सुत्यो कि तिनै दिनको याद आउने ।
२ दिनको विदा पछि म अफिस गए अफिसमा सबैले मलाई स्वागत गरे आज काम नगर भोली देखी गर्नु भनेर मलाई पि्रु छोडीदिए धन्यवाद तिमीहरुलाई मन मनै भने ।
खाडी राष्ट्रमा कार्यरत हामी नेपालीहरु एक बर्ष दुई वर्ष अथवा तिन बर्ष मा एक न एक पटक नेपाल फर्कन्छौ छुट्टिमा । साउदी अरबको तुलनामा अन्य खाडी राष्ट्रहरुमा प्रत्येक बर्ष या दुई बर्षमा विदा पाईन्छ तर साउदी अरबमा पनि अहिले बिस्तारै नियम कानुनहरु फेर बदल भईनै राखेको छ । हामी विदेशबाट स्वदेश फर्कदा जति खुसी गदगद हुन्छौ त्यति हामी स्वदेशबाट प्रवासीदा पिडादायी हुन्छौ ।
साच्चैनै हामी विदेशबाट घरमा जाने बेलामा कति खुशी हुन्छौ र दिन कहिले जाला जस्तो हुन्छ । घर जाने समय १ हप्ता बाँकी छदा हामीलाई निन्द्रा पनि लाग्दैन तर स्वदेशबाट विदेश फर्कदा भने पिडा अर्कै हुन्छ ।


2 Comments:

Anonymous said...

sabai ko halat ustai ustai rayecha. ma t a ma matra ho ki bhaneko. bidesh jana ramailo pani bore pani. aba bore namanau baru ramailo matra manau, kura khattam.
kaso sathi?

दाहाल said...

२ दिनको विदा पछि म अफिस गए अफिसमा सबैले मलाई स्वागत गरे आज काम नगर भोली देखी गर्नु भनेर मलाई पि्रु छोडीदिए धन्यवाद तिमीहरुलाई मन मनै भने । कहिले काही कसैले सानो सहयो गर्यो भने कति धेरै ठुलो राहात हुन्छ कि त्यसको लेखा जोखा नै हुदैन। तपाइको लेखेको त्यो कुराले साना तिना दुख र सहयोगको याद आयो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !