February 12, 2008

यौटा नयाँ त्रिशुल बाबा !

त्यसो त नेपालमा बिभिन्न कुराहरुको हल्ला चलिरहेका हुन्छन् र थरी थरिका हल्ला चलाउने हरुको कुनै कमी छैन।

पशुपतिको मुर्तीमा पसिना आएको हल्ला, कुनै परिचीत सामाजिक व्यक्तित्वको हत्या भएको हल्ला, पानीमा बिष मिलाईएको हल्ला, र कुनै मानिसमा दैवि शक्तिको अवतरण भएको हल्ला। यस्ता र यस्तै बिभिन्न हल्लाले व्याप्त हाम्रो देशमा केहि समय यताबाट यौटा नया भविष्यबक्ताले पनि बेला बेलामा आफ्नो उपस्थिति देखाउन थालेका छन ।

करिब एक बर्ष जत्ती अगाडी ति नया भविष्यबक्ताले नेपालका अमेरिकि राजदूतको हत्या गर्ने ताना-बाना बुनीएको र त्यसको प्रमाण आफूसंग रहेको बताएका थिए। तर समय बित्तै जाँदा न त कुनै हत्याको षडयन्त्रको पर्दाफास भयो न त ती भविष्यबक्ताले कुनै प्रमाण कसैलाई दिए ।

केहि समय पछि तिनले फेरी नेपालमा 'कू' हुन लागेको देखि अन्य बिभिन्न भविष्यबाणि हरु गरे, ति सबै भविष्यबाणीहरु त्रिशुल बाबाको असार महिनामा नेपालमा बिशाल भुकम्प आउने बकम्फुसे हल्ला भन्दा केहि निक्लेनन् र सबैले सोचे शायद अब यी नया बिद्धान ज्योतिषले कुनै नया भविष्यबाणी गर्दैनन् ।

तर हिजो आजको नेपाली छापामा ति भविष्यवक्ता फेरी एक पटक छाएका छन् । यस पटक तिनले आफ्नै हत्या हुन लागेको धूवाँदार भविष्यबाणी गरेका छन। बताउनु नपर्ला, यो पनि तिनका पहिलाका भविष्यबाणी भन्दा केहि फरक छैनन् मतलब, न अंक ज्योतिष, न फलादेश न कुनै खगोलबिद वा कुनै पश्चिमी ज्योतिष बिद्यामा आधरित भएकोले यो पनि केवल यौटा चर्चामा बसिरहन चलाईएको यौटा हावादरी हल्ला मात्रै हो ।

हुन त त्रिशुल बाबा र यिनमा केहि भिन्नता नभएको होईन, त्रीशुल बाबालाई कालो अक्षर भैसीं बराबार थियो भने यीनी चाहि कुनै जमानामा अक्षर सिकाउने कार्यमा पनि लागेका थीए, तर जहाँसम्म भविष्यबाणीको सबाल छ, यी दुबैमा कुनै भीन्नता छैन, किनकी यी दुबै गलत भविष्यबाणी गर्नमा माहिर छन ।

जहाँ यौटा बाबा यौटै गलत भविष्यबाणी पछि चुप लागेका छन त्यहि यी भने नया नया भविष्यबाणी गर्न पछाडी परेका छैनन् ।

बास्तबमा राजनितिमा लाग्नेको लागी चर्चामा रहि रहनु वा मिडीयामा बनिरहनु आफ्नो उपस्थिति देखाउने मजबूरि वा अन्तीम उपाए हो । कुनै सार्थक वा रचनात्मक कार्यले आफ्नो उपस्थिति देखाउन नसके पछि जसरी भए पनि आफ्नो अस्तित्व देखाउन भिभिन्न बेलामा बिभिन्न नेताहरुले धेरै किसिमका प्रयोग गरेका छन, तर यि सबै भन्दा यो प्रयोग पक्कै पृथक छ।

भविष्यबाणी र त्यसमा पनि राजनैतीक भविष्यबाणी भने पछि सबैले कान त ठाडो गर्ने नै भए र यसै बाट आफ्नो चर्चा परिचर्चा पनि हुने । तर यो झूठको भविष्यबाणी धेरै भए पछी भविष्यबक्ता बिस्तारै ज्योतिष बाट हास्य पात्रमा परिणत हुदैं जाने कुरो चाही सबैलाई चेतना भया ।


2 Comments:

Anonymous said...

यति बिघ्न नाङ्गो भैसक्दा पनि नाङ्गो होइन वहाँ त बिना वस्त्र हुनु भएको भन्दै अझै भजन गाउनेहरुको लाम् देख्दा लाग्छ, हाम्रो मानसिकता मै कतै खोट छ कि? नत्र गु र गोबर छुट्याउन सक्नु पर्ने हो।

पीजी said...

मानसिकतामा खोट भनु कि हामी "नेपाली मेड" मान्छे मै खोट हो कुन्नी। कुनै जमानामा गाम तिर चुनाव को बेला मा भाषण श्रवण गर्न गाको (त्यस्तो भाषण शासण अनि आम्सभा मा गएन भने भोली गाउ बाट भगाउलान् भन्ने डर्!) । उदघोसक काठमाडौं तिर क्याम्पस पढ्दै गरेको ठिटो थियो, मुख मा जे आयो फरर बोल्छ, अनि अर्को पार्टी को नेता हरुलाई तथानाम गाली गर्छ, तर बोल्छ फरर । अर्को दिन धेरै जनाको मुख्बाट सुने त्यो केटो मदन भण्डारी जस्तो बोल्यो रे, खुब भाषण गर्न सक्ने रहेछ रे, अनि चुनाव को टिकट पाउन लायकको रहेछ रे!

०४६ साल को जन आन्दोलन पछी भ्रिकुटी मण्डप मा झल नाथ खनाल ले भाषण गरेक थिए संयुक्त आमा सभा मा, धेरै मान्छे ले उनको भलाद्मी भाषण मन पराएनछन र भने यिनी त बोल्न सक्दा रहेनछन बरु फलना लाई बोल्न दिनुपर्ने!

त्यती बेला देखी नै मलाई लग्थ्यो हाम्रो "नेपाली मेड" मानसिकतामा नेता भनेको भाषण गर्न सक्ने, दुनियाँ लाई बेबकुफ बनाउन अनि ढाट्न सक्ने उही अर्को अर्थ मा त्रिशुल बाबा हो । किनकी ॠषिकेश शाहले जम्मा २०० भोट् ल्याउने अनि राती राती रोधीमा नाच्ने जड्यहाले २०००० भोट् पाएर जित्ने ठाउँ पनि हाम्रो हो । त्यसैले हाम्रो देशमा भाषण बाजहरुलाई नाङो हुँदा नाङो भन्दैनन बरु झन ॠषि मुनी भनेर सास्टाङ दन्डवत गर्छन् ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !