October 16, 2007

प्यारमा इमान हुनेको


प्यारमा
इमान हुनेको सधैं सुन हीराको हार हुँदैन प्यारमा,
बेइमान नगरे कसैको कहिल्यै हार हुँदैन प्यारमा
तोडेर तोडिने काँचो धागो होइन चोखो माया,
जब जून तारा दिने झुठो उपहार हुँदैन प्यारमा

तन हेरी तर मन न जुराइ गांसेको प्यार हो भने,
अमर प्रेमको कुनै सार्थक उपसंहार हुँदैन प्यारमा।

हृदयको आकृती अनि आबृती दुबैको एकै हुने हुन्छ,
अनन्त जीवन यात्रा भरिको साथ भार हुँदैन प्यारमा


2 Comments:

nepalean said...

गज्ब छ राहूल दाइ प्यारको परिभाषा । कतै तपाइकै भोगाइ बाट निकाल्नु भएको त होइन प्यारको ब्याख्या ?

rahulvai said...

जीवन भन्नु नै भोगाइ हो, प्यार त्यसको बुझाइ हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !