October 9, 2007

बाहुन र बाहुनबादका सम्बन्धमा

नेपालमा बाहुनबादको चर्चा चल्न थालेदेखि नै यस मुद्दालाइ एकथरीले गायत्रिमन्त्र सरी गुपचुप राख्ने वा ढाकछोप गर्ने र अर्कोथरीले ब्रम्हास्त्र सरी जहिंतहिं आक्रमण गर्न प्रयोग गर्ने गर्दै आएका छन । जातले बाहुन भएकाहरु बिशेषत: यो बाहुनजातिको तेजोबध गर्न उचालिएको मुद्दा भन्ठान्छन । कतिपय त अझै बाहुन शब्द नै पनि आफ्ना जातिविशेषलाइ अपमान गर्ने शब्द भएको भन्ठान्छन भने ब्राम्हण भनिदिंदा मान गरेको भन्ठानेर गजक्क नाक फुलाउँछन । जनै लगाउनु नै ब्राह्मणको परिचय हो भन्ने सोच्ने मानिसको पनि कमि छैन, भने धेरैलाइ को ब्राह्मण हो वा होइन भन्ने स्पष्ट परिभाषा दिन धौ धौ पर्दछ ।
बाहुनबाद सम्बन्धि बिवादहरुमा मैले बाहुनबाद एउटा प्रवृत्तिसित गाँसिएको चरित्रको सैद्धान्तिक परिभाषा हो भन्ने ब्याख्या पनि पढेको छु, जसले बाहुन जातिलाइ बुझाउने नभै एकखालको प्रवृत्तिलाइ बुझाउँछ, जुन प्रवृत्ति धेरथोर जुनसुकै जातिका मान्छेहरुमा पाइन्छ भनिन्छ । तर जे होस बाहुनबाद शब्दलाइ जुन रुपमा प्रयोग गरिएको छ त्यो उचीत छैन भन्ने मलाइ लागेको छ ।

यसै प्रसंगमा एक बिदेशी साथिले मलाइ ब्राह्मणका दशप्रकार बारे जानकारी दिएका छन । त्यो लिस्ट हेर्दै जाँदा मैले चिनेजानेका सबै जसो मित्रहरु निषाद ब्राह्मण, पशु ब्राह्मण, म्लेच्छ ब्राह्मण वा चाण्डाल ब्राह्मण पो रहेछन जस्तो लाग्यो । ल हेर्नुस है त यो बर्णनअनुसार तपाइका वरीपरी रहेका ब्राह्मणहरु कुन प्रकारका रहेछन कमेण्टमा लेख्नुस है ।

ब्राह्मणका प्रकारहरु

१. देव ब्राह्मण
प्रतिदिन स्नान, सन्ध्या, जप, होम, वलि, वैश्वदेव आदि गर्ने ब्राह्मण
२. मुनि ब्राह्मण
जो बनमा बसी कन्दमूल, फलफूलमा बाँची दैनिक श्राद्ध गर्ने ब्राह्मण
३. द्विज ब्राह्मण
वेदान्त जान्ने, सबै अनुराग आशक्ति त्यागेको ब्राह्मण
४. क्षत्रिय ब्राह्मण
सैनिक पेशा वा युद्ध कर्म अगाल्ने ब्राह्मण
५. वैश्य ब्राह्मण
कृषि, पशुपालन र लत्ताकपडा व्यापार गर्ने ब्राह्मण
६. शूद्र ब्राह्मण
लाहा, नुन, रङ, दुध, घिउ, मह, मासु आदि बेच्ने ब्राह्मण
७. निषाद ब्राह्मण
चोर, डाँकु, षडयन्त्रकारी र माछा, मासु खाने ब्राह्मण
८. पशु ब्राह्मण
ब्रह्मको बारेमा केही पनि नजान्ने, खाली जनै लाएको भरमा ब्राह्मण भएकोमा घमण्ड गर्ने ब्राह्मण
९. म्लेच्छ ब्राह्मण
विना उद्धेश्य कुवा, तलाउ ,बगैचा, आदि नष्ट गर्ने अरुलाइ दु:ख दिन उद्यत रहने ब्राह्मण
१०. चाण्डाल ब्राह्मण
ब्राहमण संस्कारले शून्य सबै प्रकारका धर्म विचारबाट टाढा रहेको मै जान्ने सुन्ने हुँ भन्ने मुर्ख ब्राह्मण

9 Comments:

Anonymous said...

I am going to miss this dashai. Rahul's poem tells what is the real scenario of this year dashai. suvakamana dashai ko sabailai.

rahulvai said...

चना जी, बडा अनमोल जानकारी दिनु भयो। धन्यबाद।
जहां सम्म मलाई जानकारी छ, अथवा भनुं पूर्ण प्रकाश नेपाल "यात्री" जी को नेपालको बर्ण बिन्यास भन्ने पुस्तकमा उल्लेख छ, ब्राम्हणको अर्थ हामीले बुझ्दै आएका तागाधारी जाती होइनन्। "ब्राम्हण" को अर्थ ब्रम्ह ज्ञान भएको ब्यक्ती हुन्। अर्थात यो लोक र परलोक को समेत कुनै पनि शब्दर जिज्ञासको अर्थ पहिल्याउन सक्ने बिद्वान भन्ने बुझिन्छ। तसर्थ ब्राम्हण कुनै जात वा थर बिषेश होइन। निश्चित बौद्धिक बर्ग हुन्। नेवारी भाषी, तामाङ भाषी, मैथली, भोजपुरी, चेपाङ भाषी जो कोही पनि ब्राम्हण हुन सक्छन्। त्यसैले ब्राम्हणबादको बिबाद गर्ने, सवाल गर्ने हरु केवल ज्वलनशील समाजमा आगो लगाउने ब्यक्तीहरु मात्र जस्तो लाग्छ।

Anonymous said...

के लेख्या हो, भन्न के खोज्या हो दसैं को बेला गाइजत्रा..

ठरकी दादा said...
This comment has been removed by the author.
ठरकी दादा said...

यो ठरकी पनि कहिले काही "कूलत" मा लागेर २-४ किताब पढने गर्थ्यो । म तपाई र rahulvai संग पूर्ण सहमत छु । शास्त्रमा धेरे ठाउमा "कर्मणा जायते ब्रह्म" भनेर ब्राम्हण भनेको कर्म गरेर प्राप्त गर्नु पर्ने यौटा सामाजिक ओहदालाई जनाईन्थ्यो, तर पछी आएर राजाको जेठो छोरा फ्री मा राजा भएझैं बाहुनका सन्तान सबै बाहुन हुन थाले ।

ब्रह्म ज्ञान प्राप्त गरे पनि नगरे पनि बाहुनका सन्तान सबै बाहुन हुन थाले पछी समाजमा कुन असली र कुन नकली ब्राम्हण हो छुट्याउनु पर्ने अबस्था आयो । त्यसपछी ब्राह्मणका प्रकारहरु जस्तै देव ब्राह्मण, मुनि ब्राह्मण, द्विज ब्राह्मण आदीको बिभाजन शुरु भयो ।

संस्कृतको यौटा ऋचा "जन्मना जायते शुद्र, संस्कारात द्विज उच्यते" ले त प्रष्टै रुपमा जन्मको समयमा सबै जना शुद्र हुन्छन र "ब्राम्हणत्व" भनेको आफैले संस्कार गरी आर्जन गर्नु पर्ने कुरा हो भनेको छ ।

बास्तबमा "द्विज" को अर्थ पनि त्यहि हो । "द्विज" माने दुई चोटी जन्मने—एक चोटी आमाको कोख बाट र एक चोटी आफ्नै संस्कार बाट (आफूलाई परिस्कृत गरी) ।

पछी बुध्द धर्म र जैन धर्मको बिस्तार हुदैं जादा यो "ब्राम्हण" भन्ने शब्द नै बिकृत (corrupt) भएकोले यौटा नयाँ "श्रमण" भन्ने शब्द बन्यो । त्यसको मतलब "ब्राम्हणत्व" भनेको "श्रम" गरेर आर्जन गर्नु पर्ने भएकोले कोहि पनि जन्मकै आधारमा ब्राह्मण हुदैन र "ब्राह्मण" हुन चाहने ले सो को आवश्यक "श्रम" गर्नु पर्छ भन्ने थीयो ।

तर अहिलेको अबस्था हेर्दा न बाहुनबादको समर्थन गर्ने न बिरोध गर्ने कसैलाई पनि "ब्राह्मण" को अर्थ थाहा छैन । मलाई लाग्छ शर्मा, पौडेल, अर्याल वा आचार्य हुनु र "ब्राह्मण" हुनु भनेको एकदमै भिन्न कुरा हुन ।

"ब्राम्हण" भनेको मानव चेतनाको उच्चतम् आयाममा प्रवेश गरेको व्यक्तीत्व हो । शर्मा, पौडेल, अर्याल वा आचार्य जस्ता थर वालाहरु सबै जना मानव चेतनाको उच्चतम् शिखर हासिल गरेका हुदां हुन त देसको यो हालत कहिल्यै हुदैनथ्यो ।

समष्टीमा । शर्मा, पौडेल, अर्याल वा आचार्य हुनु संग "ब्राह्मण" को कुनै सम्बन्ध छैन भने हामीकहा अझै पनि "श्रेष्ट", "गुरुङ", "प्रधान" वा "मगर" थर भएका "ब्राह्मण" हरु प्रसस्तै छन ।

nepalean said...

चना, के के बाहुन ल्याएको हो तेस्तो ? हाम्रो गाममा त जैसी,उपाध्य र क्षेत्री मात्र हुन्थे, ७ वटा कता छुटेछन । लेख सारै राम्रो लाग्यो । यसो ब्लगलाइ नक्कल झक्कल पार्न लागेको हात दुख्यो केही पार लागेको होइन ।

me said...

यो बाहुनवाद कुनै आधिकारिक विषय हो जस्तो मलाइ लाग्दैन। तर,जहाँ-तहि बाहुनको पहुँच रहने हुदा स्वतह यस्तो विचारको शुरुवात भएको होला। अब हुदा हुदा चारैतिर बाहुनको बोलावाला भैराखेको छ, यो किन त? किन हामीले त्यसको रुप परिवर्तन गर्न सकेको छैनौं? जातियता र पितृसत्तात्मक धारणामा आधारित समाज मा यस्ले परंपरा देखि जरो गाडेको छ । आफूलाइ ठुलाबडा मान्ने र समाजको अगुवा हामी नै हौ भन्ने बाहुन तथा क्षत्रिको एकतर्फी सोचाइले नै 'बाहुनवाद'बाहुनको प्रवृतिको रुपमा विकसित भएको छ। यो बाहुनवाद बाहुन मात्रैले भन्दा पनि समाजमा बाहुन-क्षत्रिलाइ बढि महत्व दिने र कदर गर्ने चलनले झन मौलाएको होला। त्यसैले म त भन्छु बाहुनवाद परंपरादेखि चलिआएको सामन्तवादी प्रबृति हो ।व्यक्तिगत,पारिवारिक र सामाजिक विकासको लागि यो बाहुनवादी प्रबृति अतिनै हानिकारक छ।

माथि चना दाजुले राख्नुभएको १० प्रकार को प्रकृति बाहुनमा मात्रै नभएर सबै जातको मानिस मा बिद्यमान हुन्छन जस्तो लाग्यो :)

चना said...

हा हा रमाइलो र ज्ञानबर्द्धक कमेण्टहरु पो आए । त्यसको लागि राहुलभाइ, ठरकि दादा, नेपालियन, मि र बेनामि मित्रहरुलाइ धन्यबाद ।

यो लिस्ट हिन्दु धर्मको एक बैदिक शास्त्रबाटै साभार गरिएको रहेछ । खोज्दै गए श्रोत भेट्टाउन सक्छु होला, तर होस, श्रोत खोज्न पट्टि म लाग्दिन ।

Chamatkaribaba said...

Let me also tell something about this Caste System. The original concept of caste originated from the Concept of Division of Labour. The people who read holy books and books related to religious activities were called Brahmin, the work of Chhatriyas was to rule etc etc. By this rule, the son of Sudras could be Brahmin if he concentrated on Pristely Activities and a son of Brahmin could be Vaisya and Sudras if he did trade and jobs that need menial labour. So, birth had nothing to do with caste, rather deeds decided or say ur profession decided which castes you belong to.

Now, I must say, later, some brahmins did mistakes and they must have thought threat from other castes and slowly changed the concept of castes. This happened in two ways, mainly: one, all sons and daughters born from a brahmin became brahmin and most importantly, their children got married/were married only with brahmins (so-called). They tried to create closed system and other communities were forced to follow that suit.

Now, once they had monopoly over education and knowledge, they perpetuated injustice restricting other castes from education, good job, income and oppourtunities.

This is what I have understood about Caste.

Any dissenting Views?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !