May 17, 2012

थिएटरमा जम्दै स्कुले नानीहरु, रंगमञ्च जोगाउँन खुत्रुके अभियान


 ‘यति साना नानीहरुले यस्तो कला देखाँउछन् भन्ने कल्पनै गरेको थिइँन्,’ पसिना पुछ्दै महेन्द्र राई भन्दै थिए, ‘नानीहरुको प्रस्तुतीले मलाई भावुक बनायो ।’ 
 धनकुटाबाट आफ्नो छोराको प्रस्तुती हेर्नै भनेर इटहरी आएका राईले स्कुल थिएटर २ मा बालबालिकाले मञ्चन गरेको नाटक हेरेपछि आफुले जीवनमा यस्तो कहिल्यै नदेखेको बताए । आफु धनकुटामा व्यपार गरेपनि छोरा कपिललाई पढाउन इटहरीमा राखेको बताउँदै राइले छोराले आफुहरुको नाटक मञ्चन हुने खबर गरेपछि धनकुटाबाट झरेको उनको भनाइ थियो ।  


April 28, 2012

गाउँखाने कथा ५१ (Nepali #Gaukhane #Katha)






सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


सुनको बटुकी चांदिको खिल, टपटप टिपी सुटुक्क निल् , के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।






April 14, 2012

नयाँ बर्ष २०६९ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना

१२ महिनाको अन्तरालमा भित्ताको क्यालेन्डर फेर्न समय हुन्छ, नयाँ क्यालेन्डरले पुरानोको ठाउँ ओगट्छ, एक आपसमा शुभकामनाको आदान प्रदान हुन्छ र पुन नयाँ सालको यात्रामा दिन चर्या बित्न थाल्दछन। नयाँ सालमा नयाँ आयाम थप्ने प्रण प्राय सबैले गर्छन्। त्यो जिबनको एउटा महत्वपूर्ण औचित्य पनि हो।

तपाईँले जसरी जसरी नयाँ साल बिताउने प्रण गर्नुभएको छ, यो नयाँ साल सोचे भन्दा पनि अझ अब्बल भएर जाओस् भन्ने दौँतरीको तर्फबाट संपूर्ण मित्र बर्ग प्रति कामना गर्दछु।