August 5, 2008

एक छिन लाई

आगो सरी जले को मन लाई
ननीभाई देओ एक्छिन ।
चहराए को त्यो ठुलो घाऊ लाई
न लगाउ मलम एक छिन ।
मरुभूमी मन मा लागेको प्यास लाई
न पीलाउ पानी एक छिन ।
प्रेम जोडी राखेको डोरी लाई
न चुडाली देउ एक छिन ।
जीबन भरी परे को पीर
न टार्न खोज एक छिन लाई ।
लोकेश धानुक
" प्रेम बीना को जिन्दकी र बसन्त बीना को बर्ष एउटै हुदो रहेछ "।


गजल - बेदना

बाबु भट्टराई "बनबासी "
भियना , अस्ट्रिया


विना काम त के सम्झिन्थ्यौ ,केही परेर त बोलायौ
बचाउन त के सक्छौ खै ,आफै लडाएर पो उठायौ

तान्नु र लडाउनु नै तिम्रो कर्म कतिलाई पछार्यौ
नढाटी भन नर्कको खाडलमा कति लाई धकेल्यौ

नहुँदा सम्म त काम कतिलाई दुई हात जोड्यौ
अब त पुग्यौ माथि भन त कति लाई लात ठोक्यौ

दुनियाँको आँखा अगाडि झुट्को खेल तिमीले खेल्यौ
अझै कोही फस्छ भनी दोबाटोमा पासो थापी बस्यौ

तमाशा धेरै नै देख्यौ , रगतको होली पनि खेल्यौ
खै के पुगेन तिमीलाई के को रागले खरानी धस्यौ


संवाद

प्रश्न: ६०१ जना जम्बो प्रतिनिधि किन निवर्चित गरेर तलब खुवाएर राखेको?
उत्तर : सबै नेपालीको प्रतिनिधित्व हुनलाइ ।
प्रश्न : के का लागि ?
उत्तर : प्रथमत, सबै नेपाली समेट्ने संविधान बनाउन ।
प्रश्न : आहिले ति ६०१ वाला हरु के गर्दै छन त?
उत्तर: कसले कसरी सरकार बनाउने भनेर झगडा गर्दै छन ।
प्रश्न : अनि संविधान कहिले बनाउंछन त ?
उत्तर: पहिला सरकार बनाउन सहमती खोज्ने अनी बल्ल पछी सहमत भएर संविधान बनाउने ।
प्रश्न : अनि संविधान बनांउदा बनाउंदै एउटाले खुट्टा तानेर सरकार ढाल्यो भने नि ?
उत्तर: फेरी अर्को सरकार बनाउने सहमती जुटाउन तर्फ लाग्ने ।
प्रश्न : बनाउंदै गरेको संविधान को के हुन्छ त ?
उत्तर : सरकारमा आएकाले जे भन्छ्न फेरी तेही गर्ने, नमिलेका कुरा झिकेर फाल्ने वा फेरी सुरु देखी फेरी बनाउन थाल्ने ।
प्रश्न : यसो गर्दा समय को नाश भएन र ?
उत्तर: हामीलाई के बितेको छ र, जनताले कर तिरी रहन्छन हाम्रो तलब पाकी हाल्छ ।
प्रश्न : जनताले तिमीहरु संविधान मात्र बनाउ, सरकार चलाऊन नागरिक समाजले प्रतिनिधि छान्दछन भने भनी नि ?
उत्तर: देश चलाऊन सक्ने हामी नेताहरु बाहेक को नै छन र नेपालमा ?
प्रश्न :के नागरिक समाजका दमननाथ ढुंगाना, लक्ष्मन अर्याल, कृष्ण पहाडी, डा. मथुरा श्रेष्ठ, डा. देवेन्द्र राज पाण्डे जस्ता सक्षम छैनन र ?
उत्तर: छन, बिल्कुल छन । तर तिनीहरु पनि सरकार बनाउने भए पछी कसले ठुलो पद पाउने भनेर हामी जस्तै लुछाचुंडी गर्न थाली हाल्छन नि ।
प्रश्न : तिनिहरु मिलेर आएर "तिमिहरु संविधान बनाउन मात्र ध्यान देउ, हामी सरकार चलाइदिन्छौं अनि आम चुनाव गरेर जित्नेलाई सत्ता सुम्पिदिन्छौं" भने भनी नि ?
उत्तर: अं त्यसो पनि हुन्छ र? जनताले हामीलाई पो पत्त्याएर पठाएको तिनीहरुलाई हो त?
प्रश्न : जनता सबै उर्लेर आइ नागरिक समाजलाई देश चलाऊ, तिमीहरु छिटो छरितो रुपामा संविधान बनाउ भन्ने आदेश दिए भने नि ?
उत्तर : त्यो कुरामा ढुक्क हुनुस, जनाताले हामी भन्दा पनि अरु विकल्प छन भनेर बुझ्न सक्ने भए रुष्ट भई भई पनि २० बर्ष देखी हामीलाई नै किन जिताउंछन र । ल अब मलाई ढिलो हुन थाल्यो, एउटा कार्यकरता को छोराको बिहे भोजमा जानु छ । त्यस पछी भोली को सर्वदलिय मिटिङमा कसरी असहमती बढाउने भनेर सहमती निकाल्न आ-आफ्नो पार्टिको मिटिङ छ, त्यसै मा जानु छ । जय होस नेपाली जनाता को ।


August 3, 2008

समाचार र प्रेश रिलिज

प्रेश रिलिज प्राप्तहुने क्रममा यस पटक बेबसाइटको प्रेश रिलिज प्राप्त भएको छ। ब्लग भएर समाचार बोक्ने प्रेश रिलिज प्रकाशन गर्न हुने नहुने आफ्नै ठाउमा छ। तर प्रेश रिलिजमा कुरा गरिएको प्रसंग नेपाली बेब साइट च्याउ सरह भएको परिस्थीतीमा आफ्नो पहिचानको साथै प्राप्त भएको कुरा ब्याख्या गरिएको छ। नेपाली संचार जगतमा समाचार तथा सुचनाको जाल बन्नु निसन्देह राम्रै कुरा हो। अझ नेपालको पहिचान संकटमा परेको यो क्षण यि समाचार जालाले नेपालीहुनुको न्यानो अनुभुती गराउछन। कति साइटले सिधै अरु साइटबाट कपि पेस्ट गेर आफ्नो समाचार बनाउने गर्छन त कती ट्याब्लोइड पत्रीका कपि गरेर बा टिभी,रेडियो समाचार सुनेर ब्रेकिंग न्युज दिदै नेपाली नं १ समाचार साइट बन्छन। केही भने एक अर्काको साइटसंग साजेदारी गर्दै अगाडी बढ्छन भने केही नेपाली साइट यस्ता छन कि अरु साइटको गन्ध आफ्नो साइटमा परे उसले आफुलाइ उछिन्ला भनेर उसलाइ रोक्न भर मजदुर प्रयास गर्छन। क्रियाकलाप जे सुकै हुन, नेपाली संचार जगतको आकाश फैलिदै जाओस, नेपालीहुनुमा गर्व बढाउदै जाउन, देश वा बिदेशको कुनामा बसेर नेपाललाइ अघी बढ्न सहि मार्ग देखाउदै जाउन, दोस्रो बर्षमा प्रबेश गरेको नेपाल ब्रिटियन डट कमलाइ दौंतरीबाट पनि शुभकामना छ।

प्रेस विज्ञप्ति
आज नेपाल बृटेन डट कम पहिलो वर्ष सफलतापूर्वक पूरा गरी दोश्रो वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा हामी हाम्रा विश्वभरि छरिएर रहेका समस्त पाठक वर्ग शुभेच्छुक सहयोगी विज्ञापनदाता महानुभावहरुबाट प्राप्त सहयोग सद्भाव र विश्वासका लागि हृदयत आभार प्रकट गर्दै विगत वर्षमा जस्तै आगामी दिनहरुमा पनि सहयोग सदभाव र विश्वास प्राप्त भइरहने अपेक्षा राख्दछौं ।
निश्चय नै प्रवासमा रहेर नेपाल र विश्वभरका नेपालीहरुको गतिविधि समेटेर पत्रिका साचालन गर्नु अझ त्यसमा पनि अनलाइन पत्रिका साचालन गर्नु सहज यात्रा पक्कै पनि होइन । देशविदेशमा पलपलमा भइरहेको महत्वपूर्ण र ऐतिहासिक परिवर्तनहरुलाई अनलाइन समाचारका रुपमा प्रस्तुत गर्दा कतिपय अवस्थामा कमीकमजोरी रहने सम्भावना पनि त्यत्तिकै प्रवल रहने गर्दछ । त्यसबाट हामी पनि कतिपय घटना र अवस्थामा अछुतो पक्कै रहेनौ होला भन्ने लागेको छ ।


यसका बावजुद पनि हामीले यो एक वर्षे संघर्षमय अवधिमा आम पाठक विज्ञापनदाता लेखक समाचारदाता सहयोगी र शुभेच्छुकहरुको जुन स्नेह ममता र सद्भाव प्राप्त गर् यौं त्यो नै हाम्रो ठुलो सम्पत्ति हो भन्ने अनुभूति गरिरहेका छौं ।


हाम्रो जन्मसँगै यहाँहरुमाझ हामीले गरेको निष्पक्षता तटस्थताका साथ समाचारका सबै विधाहरुमा सुसूचित गराउने हाम्रो प्रतिवद्धतालाई भविष्यमा अझ बढी परिमार्जित गरी विश्वासनीय तथा भरपर्दो समाचार माध्यमका रुपमा विकास गर्नुका साथै नयाँ नयाँ स्तम्भहरुको विस्तार गर्ने प्रतिवद्धतासमेत दोस्रो वर्षको यात्रा प्रारम्भको यस क्षणमा जाहेर गर्दछौं । साथै सदैव रचनात्मक सल्लाह र सुझावको अपेक्षा पनि गरेका छौं ।
अनगिन्ती अनलाइनहरुको माझमा सबैको सहयोगमा नेपाल बृटेन डट कमलाई स्थापित गराउने चुनौतीपूर्ण क्षणहरुमा सहयोग गर्ने सबैप्रति पुन हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा तपाई पाठकहरुकै रुची र आवश्यकताअनुसार अघि बढ्ने प्रतिवद्धताका साथ सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।


चिरन शर्मा
प्रधान सम्पादक
Nepalbritain.com
नेपाली मिडिया युके



चिनको ओल्मपिक र बिलाएको तिब्बत - १

The hidden Shangri-La भनेर चिनिने तिब्बत चारै तिर बेजिगं ओलम्पिकको रौनक बढ्दै गर्दा केही महिना पहिला तातेको तिब्बत चिनमा बिलिए सरी फेरी मिडियामा बिलाएको छ। ओलम्पिकको कारणले तातेको तिब्बत त्यती बेला दौंतरीमा मैले पढेको भोगेको कुरा लेखेको थिए। त्यस बखत फ्री-तिब्बतमा संग्लन ब्यक्तीका बिचार पनि ल्याउने जमर्को गरेको थिएं तर त्यो कुरा त्यतिकै थाती रहन पुग्यो।
चिनले हड्प्दा तिब्बतीले चिच्चाएर गुहार मागेका थिए तर सिंगो तिब्बत चिनमा बिलिंदा कसैले कठ्ठै सम्म नभनेकोमा अहिले चिनलाइ अल्झाउन बेला बेलामा तिब्बतको कुरा उठाउने गर्छन। किन तिब्बत बिलायो, यस बारेमा चिनमा ओल्मपिक खेल भइन्जेल Orphans of the Cold War पुस्तकबाट बिभिन्न भागमा दौंतरीमा प्रस्तुत गर्नेछु।



धर्नाको भर्त्सना

पटक पटक आनद्दोलनमा उत्रेका नेपाल वान टिभीका कर्मचारी यस पटक धर्ना दिन भारतीय राजदुताबास पुगेका छन।समाचारका कर्मचारी बिदेशको राजदुतावासमा किन जाने? सत्ता पक्ष देखी प्रतीपक्षका नेता भारतीय दुतावासको शरणमा पुगेको देख्दा देख्दा वाक्क भएका हामी, कर्मचारी पनि राजदुतावास धाउनुलाइ के भन्ने?
तर यस्तो गाइजात्रे धर्नालाइ मदरल्याण्ड नेपालले प्रेश बिज्ञप्ती नै जारी गरेका छन।

प्रेस विज्ञप्ति
विरोध एवं भत्स्रना
मितिः २०६५ साउन १९
नेपाल वन टेलिभिनका पत्रकार एवं कर्मचारीले आफ्नो संस्थाभित्रका समस्यालाई लिएर काठमाडौंस्थित भारतीय दूतावसमा धर्ना दिने भन्ने समाचारप्रति हाम्रो ध्यान आकर्षित भएको छ र हामी स्तम्भित बनेका छौं ।
भारतीय दूतावासलाई नेपालभित्रको कुनै पनि संघ-संस्थाको समस्या हेर्ने अधिकार छैन र यस्तो मुद्दा उसको कार्यक्षेत्रभित्र पर्दा पनि पर्दैन । नेपालभित्रको जायज-नाजायज माग हिई भारतीय दूतावास घाउने नेता एवं पत्रकारहरुको प्रवृत्ति घातक छ भनी स्मरण गराउन चाहन्छौं । नेपालभित्र नेपालको कानुन अन्तरगत स्थापना भएका सम्मानित संघ-संस्थाहरु छन् जसले यस्ता समस्या हेर्नसक्छन् । नेपालका समस्या नेपाल सरकारको सम्बन्धित निकायमा पुर् याउनुपर्ने र यसकै कार्यक्षेत्रमा पर्ने सामान्य ज्ञान नेपाल वनमा कार्यरत पत्रकार एवं कर्मचारीलाई थाहा नहोला भनी सोच्न सकिन्न । यस्ता निकायबाट पनि समस्या समाधान नभए अदालत जानुपर्नेमा भारतीय दूतावास जानु विडम्बना मात्र नभै क्षोभयुक्त पनि छ ।
यसै पनि भारतीय साचारमाध्यममा भारतीय मूलका राष्ट्रपति उपराष्ट्रपति नेपालमा निर्वाचित भए भनेर नेपाललाई होच्याउने शैलीमा प्रसार-प्रसार भैरहेको छ उपराष्ट्रपतिले हिन्दीमा शपथ लिएर नेपालीको शिर निहुराएकै छन् यतिले मात्र नपुगेर राज्यको चौथोअङ्गसमेत कथित समस्या बोकी दूतावासमा धर्ना दिन जानुले यस मुलुकमा स्वतन्त्रताको धज्जी उड्दैन र नेपाल वनका पत्रकार तथा कर्मचारीको आन्दोलनले सफलता प्राप्त गरोस् भन्ने शुभकामनाका साथ देश-विदेशका नेपालीहरुलाई लज्जाबोध हुने निर्णय भने फिर्ता लिई राष्ट्रिय स्वाभिमान उच्च हुने शैली अपनाई अघि बढ्न अनुरोध गर्दछौं ।

अनील पाण्डे
अध्यक्ष
मदरल्याण्ड नेपाल
शेखर ढुङ्गेल
लेखक एवं गीतकार
र राष्ट्रवादी नेपालीहरु
क्यालिफोर्निया
अमेरिका



August 2, 2008

आफ्नै कुरा - बसाइ सराईं

Akarmanas
हुन त मैले यो कुरा गर्दा कसैलाई अलि hypocritical लाग्न सक्ला, तर समस्या भने जायज नै हो ।
सानोमा मलाई आमाले भन्नु हुन्थ्यो "बाबु राम्रो सँग पढ है, प्लान मा पढ्नु पर्छ" । हुन पनि हो, नेपालमा टेक्निकल कलेजहरु धेरै नभएकाले बिदेशी सरकारको scholarship मा पढ्न जानु ठुलै कुरा हुन्थ्यो । यहाँ कुरा पढ्न जाने मात्रा को हो है, बसाइ सराई को हैन । आफ्नो सन्तान प्लान मा पढ्दै छन भनेर सुनाउनु पाउंदा बाबु-आमा गौरवान्वित हुन्थ्ये ।


ग्लोबलाईजेसन ले पो हो कि आहिले स्तिथी अलि फरक छ । आहिलेका आमाहरु शायद यस्तो भन्ने गर्छन् : "बाबु (वा नानी) राम्रो मार्क्स ल्याउनु पर्छ है नत्र काउन्सेलरले भिसा दिंदैन" । ब्यक्ती भएर सोच्दा सबै को आफ्नो मन परेको देशमा migrate हुन पाउनु अधिकार हो । तर देश भएर सोच्दा स्तिथि भाहभय छ । नेपालको primary र secondary लेवल पढाईको उदेश्य के भन्दा बिदेशमा पढ्न जान सक्ने दक्ष जन शक्ती तयार पार्ने मा सिमित भयो जस्तो छ । देश (ब्रिद्धाश्रम ?) केबल रेमिटेन्समा मात्र चली हाल्छ नि भनेर कसैले सोच्छ भने त्यो एकदमै ठुलो भुल हो ।


समस्या औंलाउन धेरै सजिलो हुन्छ, तर त्यसको समाधानको लागि केही नबोली समस्या मात्र औंलाउनु को पनि म केही औचित्य देख्दिन । म फेरी पनि दोहोराउनु चाहन्छु मैले migration को बिरुद्धमा बोल्न खोजेको हैन; संसार पहिला जस्तो रहेन, बसाइ सराइ सबै तिर ब्यापक रुपमा बढेको छ जुन आजको आर्थिक सामाजिक विश्व परिस्तिथिको लागि अपरिहार्य जस्तै भईसक्यो ।


कारण को रुपमा मेरो विचारमा बसाइ सराई दुई थरी हुन्छन: रहर र बाध्यता को । Temporal रुपमा हेर्ने हो भने बसाइ सराई फेरी दुई किसिमको हुन्छन: अस्थाहि र स्थाहि । मेरो सबै भन्दा ठुलो चिन्ता कुनै पनि बाध्य भई अस्थाहि रुपमा बिदेशिनु परेको नेपाली बाध्यताकै कारण स्थाहि रुपमा नै बिदेशमा थन्किनु नपरोस भन्ने हो । यो नेपाली बसाइ सराई को सबै भन्दा आधारभुत समस्या हो, यसको समाधान हुन साथ अरु पनि बिस्तारै सुल्झिंदै जान्छन जस्तो लाग्छ ।


अब म आँफैंलाई प्रश्न गर्न चाहन्छु, "म किन बिदेश आएको त"? मेरो विचारमा म रहरले पढ्न बिदेश आए पनि पढाई सकी देशको अस्थिरता लाई बाध्यताको टोपी बनाइ बसी रहेको छु । हुन पनि हो, एउटा जीवन शैली मा लागेपछी फेरी नेपालको भांडभैलो सहने क्षमता जुटाउन गार्है हुन्छ । तर I.Sc. / I.Com. सक्ने बित्तिकै सबै नेपाली बिदेशिन खोज्छ्न भने देशको स्तिथी र भविश्य सजिलै अनुमान लगाउन सकिन्छ । मेरो बिचरमा बिदेशिनु पनि पर्छ, बिदेश आएर म जस्तो मखण्डीलाई त कती धेरै सही-गलत को ज्ञान भयो भने अरु नेपालीले पनि धेरै कुरा सिक्छन । तर बिदेसियका २५% पनि नेपाल फर्केनन् भने त्यो आर्जित ज्ञान को नेपाललाई केही फाईदा हुने वाला छैन ।


परिवारको भविश्यको risk लिएर नेपाल (अहिलेको स्तिथीमा) फर्किन दर्है मुटुको मान्छे हुनु पर्छ । त्यस्ता कोही नहोला भन्न खोजेको हैन मैले, तर यि बिदेशी अनुभव र बिद्धा हासिल गरेका अधिकांस फर्किन भने अहिलेको स्तिथीमा ब्यापक सुधार हुनै पर्छ। मेरो पनि अब अर्को लेभलको पढाई सकेर नेपाल नै फर्किने मानसिकता छ (सबै कुरा मैले प्लान गरे जस्तै हुन गयो भने)। तर फर्किन को लागि नेपाल सरकार संग केही न्युनतम पुर्व सर्त भने अवश्य छ :

१. नेपालमा राजनैतीक स्थाहित्व हुनु पर्छ ।
२. नियम कानुन को प्रत्याभुति हुनु पर्छ ।
३. रिसर्च र अध्ययन का प्रोजेक्टहरु कमिसन को लोभ मा कन्सेल्तेन्सी लाई हैन विश्वाबिद्यालयहरु लाई प्रदान गरी प्राध्यापक र बिद्यार्थी दुबै लाई प्राविधिक सिप निखार्ने मौका दिनु पर्छ ।


यो नितान्त मेरो आफ्नै बिचार हो, सबैका आफ्नै सोचाइ र पुर्व सर्तहरु होलान ।