March 22, 2008

भविश्यको डायरी

दैनिकि वा डायरी भनेको प्राय: घटि सकेको घटनाहरुको टिपोट हो तर आज म पहिलो चोटि, भविष्यमा पछि घटने घटनाको बारेमा पहिल्यै लेख्दैछु । त्यसैले यसलाई शिर्षक दिएको छु "भविश्यको डायरी"
मेरो कल्पनामा अब आउने केहि हप्ताका मेरा दैनिकि वा 'बल्ग' मा करिव यस्ता कुराहरु हुनेछन्, जुन म एडभान्सको रुपमा पहिल्यै पेश गर्दै छु । नेपालको हाल बिद्यमान राजनैतीक तरलता र चुनाव अनी चुनावमा भाग लिएर जिते जित्छौं नजिते कब्जा गर्छौं भन्ने जुन किसिमको गन्जागोल पूर्ण वातावरण छ त्यसैको आधारमा हेर्दा मेरा आगामि केहि दिनका दैनिकि करिव यस्ता होलान:

मिति: २०६४ चैत्र २४ गते

संविधान सभाको मिति नजिकिदैं जाँदा आज अकस्मात यौटा दलले आगामी चुनावमा आफूलाई जसरि पनि हराउने षडयन्त्र रचिएको कुराको आफुहरुलाई गोप्य सूत्रबाट जानकारि भएको सनसनी खेज खुलासा गरेको छ। यो षडयन्त्रमा राजा देखी अन्य दल अनि अमेरिका, जपान, साईप्रस, लगायत हामिहरुले नामै पनि राम्रि नसुनेका बुरुण्डी, सोमालिया, कंगो, रुवाण्डा, बेनिन देखी लिएर युगाण्डा, टोगो र लुवाण्डा समेत लागेको जिकिर गर्दै सो दलले आगामी चुनावको मिति सार्न सरकारलाई ठाडो चुनौति दिएको छ ।

पत्रकार सम्मेलन स्थलमै धेरै जना पत्रकारले यो सनसनी खेज खुलासा सुने पछि आफ्नो हासो रोक्न सकेनन् भने कतिपय विद्वत वर्ग र पर्यव्यक्षकहरु भने यस पछाडी कुनै अज्ञात भयको आशंकाले चिन्तित देखिएका थिए।

मिति: २०६४ चैत्र २५ गते

आज दिनभर जसो राजनैतिक वृत्त तातो रह्‍यो, हालको चुनाव कुनै पनि हालतमा रोकेर चुनावको लागि नया मिति तोक्न दिनभरि जसो शक्ति प्रदर्शन र दबाब मुलक कार्यक्रमहरु जारि रहे। बिभिन्न दलका नेताहरु र छिमेकि मुलुकका राजदूतहरु दिनभर भेटघाट र सम्झाउने-बुझाउने कार्यमा व्यस्त रहे ।

मिति: २०६४ चैत्र २६ गते

हिजो दिनभरको दौड-धुप, सोच विचार र भेट वार्ताले कुनै पनि हल निकाल्न सकेन र आजको माहौल झन अस्तव्यस्त भएको छ । देश भर आज दिनभर तनाव व्याप्त रह्यो । राजनैतीक भेट-घाट झन तिब्र रह्यो भने समस्याको कुनै पनि हल निस्कन सकेको छैन ।

अहिले दिनको पाँच बजेको छ भने विश्‍वस्त सूत्रका अनुशार अहिले बालुवाटारमा देशका दिग्गजहरुको गोप्य बैठक चलि रहेको छ ।

मिति: २०६४ चैत्र २६ गते
अपडेट: रातको ८ बजे

सरकारि मिडियाले हाल हुन लागेको चुनाव कुनै पनि हालतमा नसारिने र तोकिएकै समयमा चुनाव गर्ने दृणता व्यक्त गरेको छ भने असन्तुष्ट समुहले तुरुन्तै त्यसलाई आफ्नो दललाई हराउन गरेको महा षडयन्त्रको संज्ञा दिएर त्यसको कडा रुपमा 'मुकावला' गर्ने र हालको चुनाव अवैधानिक र अमान्य हुने वक्तव्य जारि गरेको छ ।

मिति: २०६४ चैत्र २७ गते
आज दिनभरि देश प्राय: ठप्प रह्यो, कुनै पनि दल वा गुटले बन्दको घोषणा नगरे पनि कुनै अज्ञात भयका कारण आज आवागमन करिव करिव बन्द रह्यो । देशका बिभिन्न ठाँउमा चुनाव बहिस्कार गर्न आह्वान भए भने सुरक्षा मजबुत पारिएकाले कतै कतै छिट पुट घटना र साधारण मुठभेड बाहेक कुनै अप्रिय घटना घटेनन् ।

मिति: २०६४ चैत्र २८ गते

नारा, बिरोध, शक्ति प्रदर्शनको चरम उत्कर्षका बिचमा पनि आज चुनाव जारि रह्यो, आफ्नो दबाबले केहि नलागे पछि चुनाव बहिस्कार गर्ने समुह पनि आफ्नो सम्पूर्ण शक्ति परीचालन गरि चुनावि मैदान मा देखियो, बिरोध र चुनाव मात्रै हैन ठाउँ ठाउँमा बुथ क्याप्चर गर्ने जस्ता कार्यहरु पनि भएको खबर अहिले रातको ९ बज्दा सम्म बिभीन्न स्थानबाट आउदै छन ।

मिति: २०६४ चैत्र २९ गते

आज दिनभरि जसो चुनावको परिणामका अडकल बाजि र हिजोका घटनाका टिका टिप्पणिको खबरहरु फैलिरहे । एकातर्फ चुनाव सार्न माग गर्ने दल आज पनि हिजोको चुनावमा स्वदेशी र बिदेशी तत्वले आफूलाई हराउन धाँधलि गरेको आरोप सहित यो चुनाव रद्द गरिनु पर्ने माग गर्दै थिए भने अर्को तर्फ धेरै स्थानमा बुथ क्याप्चर र मत पेटिका समेत बदली भएको हवाला दिदैं अन्यदलहरु त्यसको निराकरण र दोषीलाई सजाय गर्न मागका साथ व्यस्त रहे ।

मिति: २०६४ चैत्र ३० गते
बिरोध, बाधा र होहल्लाको बिचमा सम्पन्न चुनाव पछि आज देखी मत गणनाका प्रारम्भिक परिणाम हरु आउन थालेका छन ।

अहिले बिहान को ११ बजेको छ र हालसम्मको मत गणनामा चुनाव सार्न माग गर्ने दल निक्कै पछाडि छ, अन्य दलको पनि निक्कै मिस्रित परिणामहरु आईरहेका छन् ।

अपडेट: दिनको १२ बजे

चुनाव सार्न माग गर्ने दलको स्थिति झन नाजुक हुदैं जाँदा सो दलले यो चुनावलाई बिदेशीको ईशारामा भएको र आफुलाई धाँधलि गरेर हराउन गरीएको नाटक मात्रै भएको बताउदै यसलाई नमान्ने घोषणा गरेको छ ।

अपडेट: दिनको २ बजे

अहिले सम्मको गणनामा चुनाव सार्न माग गर्ने दल नराम्ररि पराजित हुने निश्‍चीत देखिएको छ भने सो दलले आज राति १० बजे सम्ममा यो चुनाव रद्द गरेको घोषणा नगरे गम्भिर परिस्थितिको सामना गर्नु पर्ने चेतावनि दिएको छ ।

अपडेट: दिनको ४ बजे
दलका दिग्गज, बिदेशी राजदूत र बुद्दिजिबिहरुको फेरी दौड धुप चलेको छ, दिनभरिनै असन्तुष्ट दललाई पनि राखेर वार्ता गर्ने प्रयास भए पनि हालसम्म सम्भव भएको छैन। भर्खरै यो चुनावको सिट पनि 'बाँडि चुडि लिएमा' चुनाव सार्न माग गर्ने दलले पनि त्यसलाई स्विकार्ने भएको कुराको अपुष्ट समाचार आएको छ र सो को लागि पून बालुवाटारमा वार्ता हुने हल्ला फैलीएको छ।

अपडेट: रातको ८ बजे
चुनाव रद्द गर्ने वा सिट 'बाँडि चुडि लिने' बारेमा मिडियाले कुनै आधिकारिक जानकारि दिएको छैन तर देशको हालको स्थतिको बारेमा वार्ता हालसम्म जारि रहेको कुराको खुलासा भएको छ।

अपडेट: रातको १० बजे

सिट 'बाँडि चुडि लिने' कुराको आधिकारिक रुपमा खण्डन गरिएको छ र चुनाव सदर गरीएको छ । असन्तुष्ट पक्षलाई वार्ताको टेबुलमा आउन अनुरोध गरीएको छ ।

अपडेट: रातको १०:३० बजे
शहरको मुख्य मुख्य चोकमा अहिले राती देखी नै टायर बाल्न थालीएको छ , बाहिर जिन्दाबाद र मुर्दाबादका नारा घन्किन थालिसकेका छन, ब्यालक आउटको आदेश दिदैं हुलहरु गल्ली गल्लीमा प्रवेश गरेको खबर फोनबाट आउदै छ। सडकमा सुरक्षा निकायका सबै अंगलाई प्रयोग गरिएको छ । यसै पनि मेरोमा आज बत्ती निभ्ने दिन, अब केहि छिनमै बत्ती जाँदैछ .....‍‍तर ..... मेरो घरको गल्लीसम्म ब्यालक आउट गर्ने निर्देशन दिदैं एउटा हुल होहल्ला र सिट्ठी बजाउदै आई पुगि सकेको छ अब बत्ती .... .... *#?@?....... *#?@?...




March 21, 2008

हामीले निर्वाचन चाहन्छौँ किनभने हामीले जित्नै पर्छ , नजिते के गरिन्छ देखौला !

कम्युनिष्ट क्रान्तिको सम्पन्नता मार्फत देशमा जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्य बोकेको एउटा राजनैतिक पार्टिले , कालान्तरमा प्रजातान्त्रिक पद्दतिबाट आफ्नो हिंसात्मक आन्दोलनलाई सेफ ल्याण्डिङ गर्न पर्‍यो भने यसो गर्नु पर्ला भनी राखेको विकल्प नै राजनैतिक मुद्दा निरूपणको नेपाली इतिहासमा विविध राजनैतिक पक्षको मिलन बिन्दु हुन पुगेको छ । अब जनताले संविधानसभाको निर्वाचनमा आफ्ना प्रतिनिधि छनोट गरेर, कुन राजनैतिक दल समूह र पक्षमा कति जनता रैछन् त भन्ने फैसला दिए पछि मात्र , नया परिस्थितिमा आफ्नो वास्तविक हैसियत कति रहेछ भन्ने कुरा सबै घटकहरूले थाहा पाउने कुरामा विश्वस्त हुन सकिन्छ । तर , जनताले निर्वाध रूपमा भय मुक्त हुँदै कुनै पनि विचारका पक्षमा आफ्नो मत प्रदान गर्ने मौका पाए भने मात्र यो कुराको औचित्य प्रमाणित हुने हो । हैनभने , जुन माहौलमा अहिलेको निर्वाचन सम्पन्न हुन जाँदैछ त्यो कुरालाई हेर्दा नेपाली इतिहासको यो सबैभन्दा महत्वपूर्ण घटना कतै सबैभन्दा नाजूक परिस्थितिमा त हुँदै छैन भन्ने आशंका जन्मने ठाउँ भने प्रशस्त छ ।
धेरै जद्दोजेहद पश्चात संविधानसभाको चुनाब हुने छाँट बलीयो देखिएको छ । चुनाब नै सबै कुराको रामवाण औषधी हो कि हैन त्यो हामी जस्ता सामान्य जनताले बुझ्ने कुरा भएन किनभने राजनीतिक बजारका ठालूहरूले पनि अब यसपछि के हुने हो त भन्ने कुराको गोलमटोल सपना बेच्ने काम बाहेक केही गर्न सक्दैनन् वा सकाक छैनन् । फलत: देश हावादारी स्वरूपको सिंगापुर र स्विट्जरल्याण्ड बन्ने भकुण्डो खेलमा समाहित छ ।
यही राजनैतिक चटारोमा , संविधानसभाको निर्वाचन आँफ्नो कारण र फगत आफ्नो कारणले हुन जाँदैछ भन्ने दावा गर्ने महान क्रान्तिकारी माओवादी पार्टीको लोकतान्त्रिक दावा देखेर भने म बिलखबन्द परेको छु । उनीहरूका अनुसार उनीहरू वर्तमान नेपाली राजनीतिका सबैभन्दा बढी लोकतान्त्रिक शक्ति हुन् । नेपाली राजनीतिमा अहिले सम्म थाति रहेका राजनैतिक मुद्दाहरूको निरूपण गर्न आसन्न संविधानसभाको चुनाब हुनै पर्छ । यो चुनाबमा माओवादीले बहुमत ल्याउनै पर्छ । यो चुनाबमा माओवादीको बहुमत आएन भने निर्वाच परिणामलाई धोका मानिनेछ र अर्कै ढंगले डरलाग्दो आँधिबेहरीयुक्त क्रान्ति हुनेछ !
अनि भनिँदैछ , सके निर्वाचनबाट सत्ता कब्जा गरिन्छ नसके बिद्रोह र लडाइँबाट । तर पनि हामी निर्वाचन चाहन्छौँ, निर्वाचनमा हामीले जित्नु पर्छ र जितिएन भने झन ठूलो क्रान्ति गरिन्छ अनि सत्ता कब्जा गरिन्छ । यो त सहयोग माग्न जाने , दिने भए राम्ररी देऊ नदिने भए केही छैन भकुरेर पनि लिन्छौँ भने जस्तो भएन र ? अब यस्तो दावा , तमाशा र माहौल बीच देशले कस्तो निकास लिने होला ?



March 19, 2008

लघुकथा - मर्द

- दिलीप आचार्य
ऊ किसोर अबस्थाकै थियो, स्कुल जिवन मै उसको एकजना सहपाठीले उसलाई एक दिन चुरोट खान उक्सायो। शुरुमा उसले मनाहि गर्न खोज्यो तर उ भन्दा केहि ठूलो उसको साथीले सिधै उसको हीम्मतलाई लकार्‍यो : " चुरोट खान पनि के केटी जस्तो लजाएको ?", उसको साहश बढ्यो र उसले चुरोट तान्न शुरु गर्‍यो । चुरोट तान्दा अली अली खोकी लाग्थ्यो तर प्रत्येक चुरोट सल्काउँदा उ आफूलाई ठूलो मान्छे भएको ठान्थ्यो ।


केही समयको निरन्तरता पछी उसलाई चुरोटले मजा दिन छाड्यो, अनी एकदिन अर्को यौटा साथीले उसलाई गाँजा तान्न सुर्यायो। उसले आनाकानि गर्यो तर साथीले उसको पौरुषमा प्रहार गर्यो : " चुरोट स्वास्नी मान्छेले पनि खान्छन् शिव बुटी तान्ने पो केटा " उसको पौरुष जाग्यो बिस्तारै चुरोट संगै गाँजा पनि तान्न थाल्यो गाँजाले शरिर कमजोर बनाउँदै लग्यो तर पनि हरेक कस गाँजा तान्दा आफैलाई पूर्ण पुरुष भएको मान्दथ्यो


त्यसपछी पनि कहिले बहादुरी देखाउन कहीले कमजोरी लुकाउन चुरोट, गाँजा जाँड, रक्सी लगाएतका सबै पुरुषत्व झल्कीने पदार्थको सेवन गर्न थाल्यो यसरी ठूलो मान्छे, पूर्ण पुरुष मर्द बन्ने प्रयाशमा उसको शरिर नराम्ररी बिग्रियो तिस पैतीस बर्षकै उमेरमा असक्त रोगी कमजोर भयो



एकदिन बिरामी परी ओछ्यानमै पल्टी पल्टी सडक तर्फ हेर्दा उसले धूमपान, मद्यपान केहि नगर्ने एकजना जवान स्वस्थ युवकलाई बाटोमा हिड्दै गरेको देख्यो। उसले आफ्नो त्यो बटुवाको उमेर मनमनै दाँजेर हेर्यो अनायशै बर्बरायो " वाह ! क्या स्वस्थ ! क्या स्फूर्ती !!, यो पो मर्द रहेछ "



जिन्दगीमा




हिड्न खोज्दा यो दुनियामा राम्रो बाटो पाईन
भिखारीलाई जस्तो कतै माया छैन

वेदनाले मुटु छेडदा शरिर सबै गल्छ
मनमा हुरि चलिदिदा दिलमा आगो बल्छ

अनुहार भरि रोदन मेरो आँखा भरि आँसु
विरहको जीन्दगीमा कतिन्जेल वाँचु

मन भित्रको व्यथाहरु पोख्ने ठाउँ छैन
अभागिको संसारमा आफ्नो मान्छे छैन

खोज्न खोज्छु दुख्छ मुटु भित्र घाउ
यो मनोजले खोजीरहेछ नदि तर्नै नाऊ
मनोज (चितबन) आबुदाबी


March 18, 2008

गजल - मन

थुन्न जती खोजे पनि जाली मन त चुइदो रछ
भित्रै भित्र पाके पछी माया पनि त कुइदो रछ

साक्षी राखेका भगवान नि मौन भई दिएछन
छाती पग्ली भेल बगेछी खुशी पनि धुइदो रछ

जुन तारा धेरै टाढा कल्पनामा सिमित भए अब
सुख छैन भागमा जहिले नि दु:खै छुइदो रछ

जनमभरी नफुकोस भनी उनेको भनथ्यौ त
छली माया जती कसे पनि त चाडै फुइदो रछ

आफै मुटु घ्रेरेर आफ्नै मनमा बन्दी भएकोछु
घातका लप्का परेपछी मुटु पोली रुइदो रछ


मनोन्यास - मान्छे र दिशाहिन राजनीति

मान्छे र दिशाहिन राजनीति - १
- हस्त गौतम मृदुल

नेपालको कानुन त्यस्तो घोडा हो जस्को नौंवटा सिंग हुन्छन भने दुइवटा पुच्छर। जताबाट जस्ले छामेपनि उही पुच्छर उही सिंग हात लाग्छ। कसैलाइ यो कानुनको डर र सम्मान छैन। यस्मा जो चडयो उही जंग बहादुर हुन्छ। त्यसकारण यस्को डर कसैलाइ लाग्दैन। छाडा घोडा भएको छ। इज्जत र मान गुमाएको यस घोडाले निर्दोषमाथी छातीमा टेकेर हिन्छ। यसबाट कसैलाइ डर छैन। कसैलाइ भर छैन। यसबाट मान्छेले डराउन छोडीसक्यो। आफै बसेको धरालाइ आतंक्कीत पारेको छ। यस युद्धको बिकराल यात्रामा मात्रिभुमीलाइ डढाउन कस्सिएका छन। मान्छे महाभारतको युद्धबाट चेतिएका छैनन। मान्छे न त पहिलो न त दोस्रो विस्वयुद्धबाट चेतिए। हिरोसिमा नाकासाकीलाइ खरानी बनाए। त्यतिले कहाँ होर नक्ष्ेात्रयुद्धका लागी कम्मर कसेर लागेका छन। मान्छे आफनै घर आगो लगाएर रमाउन चाहान्छ। न त बुद्धको सान्तीले आस्वस्त छ मान्छे न त क्राइष्टको फाँसीले। असन्तोषी र अघोरी जात नै मानबजाती बनेको छ। अत्याधुनिक क्षेत्यास्त्रको होडबाजीमा पृथ्वीलाइ आगो लगाएर अर्को ग्रह खोज्न भौंतारिएको छ। त्यस्मा पनि मेरी आमाको कोखमा आगो लगाउनेहरु दिन दिनै बढेका छन। राष्ट्रिय सम्पदाको आगो खाएर गरिबीको अंगार हग्ने नेताहरुको बिकबिकी बढेको छ। आज मेरो देश अंगार बनेको छ। यही अंगारमा सेलाएको मानबताको गन्ध आर्यघाटमा मात्रै होइन राष्टभरी नै फैलिएको छ। अहिले मेरो देश सिंगो आर्यघाट बनेको छ। बिष्णुको अबतारमा राक्षेस बनेका छन। क्राइष्टको अबतारमा आततायी जन्मेका छन। बुद्धको अबतारमा आतंक्ककारी जन्मेका छन।
आफनो मात्रिभुमीलाइ बेचेर अर्काको आदेशमा शासन गर्ने निकम्मा नेताहरु आज आएर तै चुप मै चुप छन। आ आफनो सिद्धान्तको रोटी खाए पनि अचार भने उतैबाट सुटुक्क माग्छन र आफनो भुमीको माटो भेटी चढाउछन। निरंकुस्ताले कुम्चिएको मेरो भुगोललाइ dmन dmन खुम्च्याउने राजनीतिको अभ्यास चलेको छ। न त यहाँ लोकतन्त्र नै आएको छ न त गनतन्त्र....। यहाँ यि सव भ्रम तन्त्र चलेको छ। केवल भ्रम। यहाँ केवल बिनास आएको छ। बिखन्डन आएको छ। बिध्वंश आएको छ। अराजकत्ता आएको छ। अंशबन्डा आएको छ। केवल मनोमानी आएको छ। खिचातानी नै लोकतान्त्रिक राजनीतिको पहिलो परिभाषा हो। यो परिभाषा पनि उपहारमा पाएका छन। सिमा स्तम्भहरु मेटिएर नयाँ निसानी गाडीएको छ आमाको छातीमा। आँखा चिम्लीए पछि दोबाटोमा हग्न बसे पनि कस्ले देख्छ। जो अगुवा उही बाटो हगुवा नेता परे। आफुले नदेखे कसैले देख्दैन भन्ने राजनैतिक सोच बोकेका नेताहरुले राष्ट्रलाइ घोर राष्टघात गर्दै आएका छन। समयले हरेक गोप्यताहरुलाइ एकदिन छताछुल्ल पारिदिने छ। कसरी कस्ले कतिमा सम्पदा र किस्ताबन्दीमा राष्टियता बेचे भन्ने कुरा। माउले फुल पारे पछि फुल कोरलेर बिकासका चल्ला बढाउनु पर्नेमा फुलै खाइसकेर चित्त नबुdmी माउ नै पोलेर खाइसके। यस्ता लाचार नेताको कारण म बुद्धको सपनामा अटाउन सकेको छैन। नत उन्का आँखामा आँखा बनेर आफुलाइ नै हर्ेन पाएको छु। म मान्छेबाट भागीरहेको छु। मान्छे भित्रको आगो निभाउन न त चानक्य नितिले सक्यो न त कुरानले। इस्वर पनि मान्छेको नजिक पर्न डराइसके। किनभने मर्ुख देखी दैब पनि थरथर काप्छन भने म त मान्छे। फेरी यो मेरो देश मर्ुखहरुको अखडा हो। सहमती र समdmदारी यही मर्ुखताबाट शुरु हुन्छ। के था कुन बेला कुन स्वार्थसिद्धिका लागी बली चढाउने हुन। अग्रगामी कदम नै मानब बलि दिने सजिलो बाटो बनाए यी नरपिचासहरुले। अबतारी विष्णु पनि बलीकै भोका छन। किनभने राजनीतिको आशणमा रगतको रंग नै शोभयमान देख्दछन।
ब्रिटेनले भारतको स्वतन्त्रता दियो र भारतले मेरो स्वतन्त्रता हरण गरयो। सुगौली सन्धीले हामीलाइ बिरानो बनायो। पश्चिम किल्ला काँकडा, पर्ुवमा टुस्टा पुगे थ्यौ। तर........यी कथा भए आज। जबरजस्ती खुम्चीएको भुगोलमा अdmै खुम्चाउन निरन्तर आँच पुरयाउदै आएको छ। कालापानी देखी बिभिन्न भागमा कब्जा गरीसक्दा पनि सरकार मौन छ। किनभने नेताले खाने नुन उतै बन्छ र उतैबाट आउछ। आजका दरबारहरुमा योद्धाका पस्तिपन्जरहरु गाडीएका छन। आस्थाहरु फँासीमा dmुन्डाएका छन। बिचारहरु कत्लेआम भएका छन। ब्रि्रोह सल्केको छ दरबार तिर ...तर....। शिबपुरीको पहाड साक्षी छ कति योद्धाहरु जिउदै पुरिया भनी। फुल्चोकी पहाड साक्षी छ कतीलाइ जिउदै जलाइयो भनी। थानकोटको भीर साक्षी छ कति मारी फालिए भनि।
गोप्यताको साँक्षी यी पहाडहरु मात्रै छन। कसैको केही जोड चल्दैन। कसैको केही पत्तो लाग्दैन। जसरी dmुनकीरिहरु अन्धकारमै बिलाए। आज दूइ दशक भैसक्यो यी पहाडहरु योद्धाहरुको साक्षी बगेको तर।....। दर्रि्रता सवैभन्दा ठुलो नर्ग हो। यही नर्गको बास बसाएर धन्य छन नेताहरु। अति भैसक्यो अब त...। कलंक्की अबतार हुन लागी सक्यो। पशूहरु बोल्ने छन। रुखहरु सलबलाउने छन। यि आततायी मान्छेहरु बिस्तारै पशू हुनेछन। पशूहरु मान्छे....कस्तो अचम्म..।
म बाट स्वतन्त्रता छुटिएको छ। सान्ती संयुत्त राष्ट्रसंघमा कैद छ, या त नेताको षडेन्त्रमा। आलिसान महलमा छ की हवाइटहाउसमा या हिटलरको ग्यासच्याम्बरमा-
संसारमा खोजे पछि नपाइने कुनै बस्तु छैन तर कतै मैले सान्ती देखिन। मलाइ यतिखेर गोपाल प्रसाद रिमालको गीत याद आइरहेको छ, आमा त्यो आउछ र...। हो मलाइ त्यो आउने कुरामा ढुक्क छु। तर मेरो वरीपरी आइसकेर पनि कस्ले लुकाएको छ- कस्ले राखेको छ लुकाइ सिपी भित्र मोती बनाइ- कस्ले साँचेको छ पत्थरभित्र हिरा बनाइ- यदि तिमी आलीसान दरबारमा छौ भने बिर्स त्यो दरबार किनभने दरबारहरु संधै भ्रम र खोक्रो हुन्छन। संधै आडमबर र खिचातानीमा अल्dmेको हुन्छन। त्यो खोक्रो जीवन क्षेणिक र बन्धनमा हुन्छ। शरिर बाँच्नु जीवन बाँच्नु मात्र होइन। आउ समयको बोधीबृक्षमा हामी सवै बुद्ध बन्ने कोसिस गरयौ। बाँच्नुको अर्थ शरिर मरे पनि जीवन जिवन्त रहोस भन्ने हो। भृकुटीको जस्तो साहास लिएर जानु पर्छ। हरेक नेपाली भृकुटी भएर नेपालको सान्ती फैलाउन सक्छौ तर आज....। रुखमुनी छाया त्यो मुनी म कै स्थिति छ। सृजनशिलता नै जीवनका महान गौरभ हुन। साहास हुनेहरुलाइ सफल्ताले चुम्छ। बसेर कुनामा dmिंगा धपाउनेहरुलाइ सफल्ता हात पार्न खोज्नु कुकुरले रुख चर्न खोज्नु जस्तै हो। हरेक नेपाली हरेक पर्ुखाका प्रतिनिधि हुन किनभने हरेक ब्याक्ति उ आफनो राष्ट्र र त्यस्को सुन्दर भबिस्य हुन। देशको सलाइ भित्र रहेका तीन करोड काँटीहरुमा बल्नु छ आफैमा। जोस जाँगर उमल्न्छ ह्रदयभरी। कराइमा दुध उम्लीए
पोखियो भने खरानीमा परिन्छ। देशका युवाकाँटीहरु किन निरंकुस्ताको चिसोले ओसिदै गएका छन। ओसिय भने फेरी बल्न र बाल्न गारयो पर्छ। जहाँका युवाहरु ओसियका छन त्यो देश दर्रि्र हुन्छ। आज युवाहरु गरिवीको चिसोमा ओसिएर बिस्तापित भैरहेका छन। म देशको एउटा स्थानमा धपक्क बल्न चाहान्छु। जहाँ एकठाउको अँध्यारो नासियोस संधैलाइ। म ओसिन चाहान्न। म बल्न चाहान्छु। हे मेरी सान्ती आउ प्रिय मलाइ एकपटक यो धर्तिमा आफनै प्रकास र्छर्ने अबसर देउ। मेरो देश म बिना अँध्यारो छ। जीवन इस्वरको प्रकास हो। यो हरेक संग हुन्छ। मलाइ राष्ट्र र राष्ट्रियताको पहिचान संगै आत्माबोध भयो की देश बिना मान्छे कति दुख हुन्छ।
जसरी चन्द्र र्सर्ुय र पृथ्वी एकदिन एउटै रेखामा भेट गर्छन। त्यसैगरी यो देशमा सान्ती र स्वतन्त्रताको उज्यालो फैलाउनु पर्छ। जीवन प्याजको पत्रै पत्रले बनेको छ। सुन्तलाको केस्रा केस्रै केस्राले बनेको छ। मेरो यो जीवनका हरेक पत्रहरु खस्नु भन्दा अगाडी नै सान्ती आवस भन्ने चाहान्छु। जीवनको केस्राहरु छुटीन नपाउदै आए केही गती पर्ला नत्र...........

मात्सेतुगंको बैशाखीमा हिन्ने हैसियत पनि गुमाएका माओबादीमा आफनो क्षमतामा हिन्न सक्ने साहास रहेन छ। म्ााओबादी पनि उहि बिरबलको खिचडी पकाएर जनतालाइ बेकुप बनाउने भन्दा अरु गर्न सकेन्। उनीहरुको राजनैतिक सिद्धान्त नै अपाङ्ख छ भने अरु कस्को के आशा गर्न सकिन्छ र! आ-आफनो सिद्धान्तबाट बिचलित नेताहरु, जवसम्म अरुको
"शैद्धान्तीक बैशाखी" टेकेर हिन्न छोडदैनन तव सम्म नेपाल र नेपालीको भविस्य शुरक्षित हुन सक्दैन। जव सम्म आफनो खुटटामा उभिन खोज्ने नेता जन्मीदैनन तब सम्म देशमा संकट र्टर्दैन। जन्मेको सातदिनमा सात पाइला हिन्ने हामी बुद्धका सन्तान आज समयको गतीमा एक पाइला हिन्न पनि सकिरहेका छैनौ।
कस्तो बिडमबनामा जिउनु परेको छ आज नेपाली ! अरुको सैद्धान्तीक बैशाखीमा हिन्ने नेता होइन, हामीलाइ बामे सरेर भए पनि आफनै क्षेमता हिन्ने नेता चाहिएको छ। तर बिचरा हाम्रा नेताहरु त, अरुको बैशाखी नटेकी एक इन्च पनि हिन्न सक्दैनन। यस्ता गतिहिन अपाङ्ख नेताबाट देशले काँचुला फर्ेला भन्नु त केवल दिवासपना मात्र होे।
असफल नेताहरुबाट सफल राष्ट बनाउन समभव छैन। किनभने ब्याक्तिगत लाभ भन्दा माथी उठेर हिन्न सक्ने क्षमता हाम्रा राजनैतिक नेताहरुमा छैन। अहिलेको अबस्थामा लोकतन्त्र भन्नेहरु धृतराष्ट, गनतन्त्र भन्नेहरु दुर्योधन, राजतन्त्र भन्नेहरु सकुनी भएका छन। यस अन्यालग्रष्ट राजनैतिक महाभारतको युद्धमा जनता धेरै दिन द्रोपदी बनी रहन सक्दैनन्। नेतालाइ अबस्य चेतना भया।.........क्रमस.........